काठमाडौं / ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा १ हजार १७३ सयवटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।बिहीबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ मापसे सेवन गरी सवारी चलाउने ६, सिसिटिभिमार्फत ८०, रातोबत्तीमा ५५ जना चालकलाई कारबाही गरिएको छ । यसैगरी, तीव्रगतिमा ९०, हर्न निषेधमा ४१, लेन क्रसमा ४४, अवस्था ठिक नभएको १८, एकतर्फीमा ३५ र अन्यमा ८०४ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।
काठमाडौं । सडक बनाउने नाममा अब सरकारले जग्गाधनीको ढोका ढकढक्याउने मात्र होइन, कर नतिरे जग्गै लिलाम गर्ने कानुनी बाटो खोल्ने तयारी गरेको छ।सार्वजनिक सडक निर्माणबाट प्रत्यक्ष लाभ लिने भन्दै सडकछेउका जग्गाधनीसँग एकपटकका लागि २५ प्रतिशतसम्म विकास कर उठाउने प्रस्ताव सरकारले अघि सारेको हो। त्यति मात्र होइन, तोकिएको समयभित्र कर नतिरे जग्गाको किनबेच रोक्का लगाउने र अन्तिम अवस्थामा लिलाम गरेर समेत रकम असुल गर्ने व्यवस्था प्रस्तावित विधेयकमा समेटिएको छ। पूर्वाधार विकास मन्त्रालयले तयार पारेको ुसार्वजनिक सडक विधेयकु को मस्यौदाअनुसार सडक निर्माणका बेला जग्गा अधिग्रहण गर्दा निर्धारण गरिएको मुआब्जा मूल
काठमाडौं / राष्ट्रिय जेनजी नागरिका अभियानका आजय सोडारी, प्रकाश बम र सुनिल बिकलाई विगत ८ दिनदेखि गैरकानुनी तवरबाट हिरासतमा राखिएको संयोजक सुनिल सिंहले बताएका छन् । बुधबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी सर्वौच्च अदालतले कारणदेखाउ आदेश माग गर्दा पनि सरकारले आलटाल गरेकोसमेत आरोप लगाएका छन् । संयोज सिंहले आफ्ना सहकर्मीहरुलाई गत साउन १२ गते माइतिघर मण्डलबाट नियन्त्रणमा लिएर प्रहरी वृत्त सिंहदरबारमा राखेको बताउँदै तत्काल रिहा नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।उनीहरूविरूद्ध‘अभद्र व्यवहारसम्बन्धि’को कसूरमा हिरासतमा राखेको र अनुसन्धानका नाममा प्रतिशोध साँधिएको आरोप लगाउँदै सिंहले भन
काठमाडौं / उद्योग तथा वाणिज्य तथा श्रम तथा उपभोक्ता हित समितिको बैठकमा युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र पारदर्शी बनाउन मन्त्रालयले विभिन्न सुधारका कार्यक्रम अघि बढाएको बताएका छन् ।समितिको बैठकमा वैदेशिक रोजगार व्यवस्थापनसम्बन्धी छलफलका क्रममा मन्त्री यादवले वैदेशिक रोजगारीका क्रममा नेपाली श्रमिकको मृत्यु, स्वास्थ्य सेवा, श्रमिक संरक्षण, श्रम कूटनीति तथा विभिन्न गन्तव्य मुलुकमा रोजगारी व्यवस्थापनका विषयमा मन्त्रालयले गरिरहेको कामबारे जानकारी दिए । उनले वैदेशिक रोजगारीका क्रममा वार्षिक करिब ७०० नेपाली श्रमिकको प्राकृतिक कारणले मृत्यु हुने र
मुगु / छायाँनाथ रारा नगरपालिकाको पहलमा गमगढी–नाक्च्या सडक खण्डअन्तर्गत अल्का साँगु मोटरेबल पक्की पुल क्षेत्रको सडक १८ महिनापछि पुनः सञ्चालनमा आएको छ ।छायाँनाथ रारा नगरपालिका–१ स्थित उक्त सडक खण्ड मुआब्जा विवादका कारण लामो समयदेखि अवरुद्ध रहेको थियो । सडक डिभिजन कार्यालय जुम्लाले निर्माण गरेको ४० मिटर लम्बाइ र ११ मिटर चौडाइको पुल सञ्चालनका लागि आवश्यक पहुँच मार्गमा पर्ने जग्गाको मुआब्जा सम्बन्धी विवाद समाधान हुन नसक्दा स्थानीयले सडक अवरुद्ध गरेका थिए । नगर प्रमुख विष्णुकुमार भामको नेतृत्वमा भएको पहलपछि जग्गाधनी धनबहादुर मल्ल र छायाँनाथ रारा नगरपालिकाबीच मुआब्जा सम्बन्धी सहमति भएको छ । सहमत
काठमाडौं / नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । दैनिक जीवनमा आवश्यक पर्ने विभिन्न सेवाहरूलाई एउटै डिजिटल प्लेटफर्ममा एकीकृत गर्दै ‘फिरिरी भेन्चर्स प्रा.लि.’ ले यसलाई पूर्ण ‘अल–इन–वन’ इकोसिस्टमका रूपमा बजारमा ल्याएको हो । यो एपको सुरुवातसँगै अब प्रयोगकर्ताले फरक–फरक कामका लागि धेरै एप डाउनलोड गर्नुपर्ने झन्झटबाट मुक्ति पाउने अपेक्षा गरिएको छ । फिरिरी सुपर एपभित्र राइड–सेयरिङ, फूड डेलिभरी, ग्रोसरी तथा मार्केटप्लेस, पार्सल तथा लजिस्टिक्स जस्ता आधारभूत सेवाहरू समावेश छन् ।यसका साथै होटल तथा ट्राभल बुकिङ, डिजिटल भुक्तानी, रियल स्टेट सेवा, र घरायसी
काठमाडौं / सरकारले लगानी बोर्ड नेपालको प्रमुख कार्यकारी अधिकृत सीईओमा यांकी उक्याबलाई नियुक्त गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उक्याबलाई बोर्डको सीईओ नियुक्त गर्ने निर्णय गरेको हो । लगानी बोर्ड नेपाल विदेशी तथा स्वदेशी ठूला लगानी परियोजनाको स्वीकृति, सहजीकरण तथा लगानीमैत्री वातावरण निर्माण गर्ने प्रमुख निकाय हो । बोर्डले ऊर्जा, पूर्वाधार, पर्यटन, यातायात लगायतका रणनीतिक क्षेत्रका ठूला परियोजनाको प्रवद्र्धन तथा व्यवस्थापन गर्दै आएको छ ।नवनियुक्त सीईओ उक्याब विकास अर्थशास्त्र र सार्वजनिक नीतिको क्षेत्रमा अनुभवी विज्ञका रूपमा परिचित छिन् । उनले संयुक्त राष्ट्रसंघ विकास कार्यक्रम य
कैलाली / सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले किसानले आफ्नो लगानीअनुसार सहज रूपमा प्रतिफल प्राप्त गर्ने वातावरण निर्माण गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।बुधबार कैलालीको लम्कीचुहा नगरपालिका–४ कौवापुरमा किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्वारा निर्माण गरिएको बिउ प्रशोधन तथा भण्डारण गृह भवनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । अधिकांश जनसंख्या कृषि पेशामा आबद्ध रहेको उल्लेख गर्दै मुख्यमन्त्री शाहले कृषिमैत्री वातावरण सिर्जना गर्न सरकार सक्रिय रहेको धारणा व्यक्त गरे । अर्को प्रसङ्गमा उनले लम्कीचुहामा प्रादेशिक अस्पताल सञ्चालनका क्रममा देखिएका केही अवरोधप्
काठमाडौं /कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा स्वतन्त्र न्यायपालिका तथा न्याय प्रशासनको वर्तमान अवस्था, समस्या र समाधान सम्बन्धका विषयमा छलफल भएको छ । बुधबार छलफलका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसद सुलभ खरेलले सर्वोच्च अदालतका न्यायाधीश उच्च नैतिक चरित्र भएका हुनुपर्नेमा बताएका छन् । न्यायपालिकामा सुधार आवश्यक रहेको बताउँदै उनले त्यसका लागि संविधान तथा कानुनी व्यवस्थामा आवश्यक संशोधनबारे गम्भीर छलफल हुनुपर्ने बताए ।उनले भने, ‘सर्वोच्च अदालतको न्यायधिस हुनु उच्च नैतिकताको चरित्र अनिवार्य हुनु पर्छ । त्यो संशोधन हामीले अगाडी बढाउन सक्यौ भने यसले इन्टायर सिस्टममा नै
काठमाडौं— नेपाल प्रहरीले तीन महिनाको अवधिमा देशभरबाट हातहतियारसम्बन्धी कसुरमा संलग्न ८४ जनालाई पक्राउ गरेको छ ।प्रहरीका अनुसार गत वैशाख १ गतेदेखि असार मसान्तसम्म सञ्चालन गरिएको कारबाहीका क्रममा उनीहरू पक्राउ परेका हुन् । पक्राउ पर्नेमा काठमाडौं उपत्यकाबाट ८ जना, कोशी प्रदेशबाट १४, मधेश प्रदेशबाट ११, बागमती प्रदेशबाट ५, गण्डकी प्रदेशबाट १८, लुम्बिनी प्रदेशबाट १३, कर्णाली प्रदेशबाट १० र सुदूरपश्चिम प्रदेशबाट ५ जना रहेका छन् ।प्रहरीले पक्राउ परेकाहरूको साथबाट विभिन्न प्रकारका ६७ थान हातहतियार बरामद गरेको जनाएको छ । बरामद हतियारमा २ थान चाइनिज पेस्तोल, २ थान पेस्तोल, १ थान रिभल्वर, ९ थान कटुवा पेस
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.