बिर्तामोड / नेपालका लागि नेपाली पार्टीका प्रवक्ता डा बिजय मिश्रले आफ्नो दलको ओमकार परिवार सहित नेपालमा रहेका सवै धार्मिक समुदायको सह अस्तित्व सहितको सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र स्थापना गर्ने लक्ष्य रहेको बताएका छन् ।२५६५ औं वुद्ध जयन्ति , साकेला उभौली र गोरखनाथ पर्वका अवसरमा सो पार्टीका तर्फबाट शुभकामना वक्तव्य जारी गर्दै महासचिव मिश्रले पार्टीको आधिकारीक धारणा सार्वजनिक गरेका हुन् । मिश्रद्धारा जारी वक्तव्यमा महायोगी गोरखनाथकै कृपा र आशीर्वादले नेपाली विश्वमा विर गोर्खाली नामले चिनिएको अनि अंग्रेजलाई परास्त गर्न पनि गोरखनाथकै कृपा रहेको जिकीर समेत गरिएको छ । नेपाल र नेपा
डोटी / जिल्लाको बडिकेदार गाउँपालिकास्थित अस्थायी कोभिड अस्पतालबाट भागेका एक ४५ वर्षीय कोरोना सङ्क्रमित पुरुष पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी इन्द्रबहादुर मल्लका अनुसार मङ्गलबार दिउँसो एकाएक फरार भएका निज सङ्क्रमित पुरुषलाई प्रहरी चौकी खडेउलीका प्रमुख तथा प्रहरी सहायक निरीक्षक जगत बोहराको कमाण्डमा खटिएको टोलीले गए राति पक्राउ गरेको हो ।कोरोना उपचारका लागि गाउँपालिकाले सञ्चालनमा ल्याएको अस्थायी कोभिड अस्पताल भर्ना भएका निज सङ्क्रमित पुरुष अस्पतालबाट एकाएक भागेपछि खोजीका लागि प्रहरीलाई खबर गरेपछि गए राति पक्राउ गरी पुनः अस्पतालमा ल्याइएको डा सुरज श्रेष्ठले जानकारी द
विराटनगर / प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले विपन्नका लागि ‘स्वास्थ्य कार्यक्रम’ ल्याइने बताएकी छन् । उनले विपन्न केन्द्रित गरेर उपचार कोष निर्माणको तयारीमा सरकार लागेको बताइन् । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमका विषयमा आज अधिकारकर्मीको सुझाव लिदै उनले सो कुरा बताएकी हुन् । उनले विपन्नलाई निःशुल्क स्वास्थ्य सेवा दिनेगरी प्रदेशवासीबाट सहयोग संकलन गरि उपचार कोष निर्माणको अवधारणा अघि सारिएको बताएकी छिन् । अभियानमा प्रदेश १ का कुनैपनि नागरिक नछुटुन भनेर न्युनतम १० रुपैयाँदेखि अधिकतम जतिपनि कोषमा राख्न सकिने गरिको अवधारणा तय गरिएको मन्त्री राईले बताइन् । उनले भनिन्,‘ स
काठमाडौँ / नेपालको कूटनीतिक सम्बन्ध १७० देशमा विस्तार भएको छ । पश्चिम अफ्रिकी मुलुक गाम्बियासँग आज दौँत्य सम्बन्ध स्थापना भएसँगै नेपालको कूटनीतिक सम्बन्ध १७० मुलुकमा फैलिएको हो ।कूटनीतिक सम्बन्ध स्थापना गर्नेसम्बन्धी संयुक्त दस्तावेजमा संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि/राजदूत अमृतबहादुर राई र उक्त विश्वसंस्थाका लागि गाम्बियाका स्थायी प्रतिनिधि /राजदूत लाङ यावौले राष्ट्रसङ्घका लागि न्युयोर्कस्थित नेपालको स्थायी नियोगमा आज बिहान आयोजित एक कार्यक्रममा हस्ताक्षर गरे ।राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसलाई नेपाल र गाम्बियाबीच कूटनीतिक सम्बन्ध स्थापना गरिएको जनाउ दिने संयु
काठमाडौँ / सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले भूकम्पबाट अतिप्रभावित आठ जिल्लामा ब्रोडब्याण्ड इन्टरनेटको क्षमता अभिवृद्धि गरिने बताएका छन् । उनले डिजिटल नेपालको आकांक्षा पूरा गर्ने उद्देश्यका साथ दोलखा, रामेछाप, सिन्धुली, ओखलढुङ्गा, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा र नुवाकोट जिल्लाका स्थानीय तह र वडा कार्यालय, सामुदायिक माध्यमिक विद्यालय र स्वास्थ्य संस्थामा ब्रोडब्याण्ड इन्टरनेट सेवा पु¥याउन नेपाल दूरसञ्चार प्राधिकरण र स्थानीय तहबीच सम्झौता हुने तयारी भइरहेको जानकारी दिए । सञ्चार मन्त्रालयद्वारा यहाँ आज स्थानीय तहमा इन्टरनेट पु¥याउनेबारे तिनका प्रतिन
काठमाडौँ / देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या बढिरहँदा नारायणगढ–बुटवल सडक बिस्तारमा कार्यरत धेरै कामदारले काम छाडेका छन् । गत महिनासम्ममा आयोजनामा पाँचदेखि छ सयसम्म कामदार कार्यरत रहेकामा हाल ६०÷७० जना मात्रै बाँकी रहेको नारायणगढ–बुटवल सडक आयोजनाले जनाएको छ । निर्माण व्यवसायीले क्याम्पमा मिलाएर राखेर काम गराउन चाहेपनि कामदार कोभिडकै कारणले धमाधम निर्माणस्थल छाडिरहेको आयोजनाले जनाएको छ । कतिपय कामदारको परिवारका सदस्य वा आफन्त कोभिड भएकाले काम छाडेको आयोजना प्रमुख रमेशकुमार दृष्टिले बताए । एकै दिन वा एकै पटकभन्दा पनि कामदार बिस्तारै घटेको उनले बताए । उनले भने, “ यो अवस्थामा सुधार नभएसम्
काठमाडौँ / वन तथा वातावरणमन्त्री प्रेम आलेमगरले गृहजिल्ला डोटीमा वितरण गरेको स्वास्थ्य सामग्रीमा आफ्नो तस्विर टाँसेको सामाजिक सञ्जालमा भाइरल बनेको छ । सोही बिषयमा मन्त्री आलेले जिल्ला अस्पताल डोटीमा वितरण गरिएका ७५ अक्सिजन सिलिण्डरमध्ये १५ स्वास्थ्य सेवा विभागले प्रदान गरेको र ६० वटा आफूले किनेर दिएको स्पष्ट गरेका छन् । सेती प्रादेशिक अस्पताल कैलालीमा आज अक्सिजन सिलिण्डर वितरण कार्यक्रममा मन्त्री आलेले विदेशीले दिएको नभई आफ्नै खर्चमा किनिएको बताए । उनले भने, “अक्सिजन नभएर नागरिकले ज्यान गुमाइरहेका बेलामा भ्रामक समाचार सम्प्रेषण हुनु आफैँमा नराम्रो हो, सकिन्छ भने सत्य समाच
काठमाडौँ / जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले बङ्गालको खाडीमा रहेको न्यून – चापीय ‘चक्रवात यास’का कारण आज अपराह्नपछि देशका धेरै स्थानमा मौसममा सामान्यदेखि पूर्ण बदली हुने जनाएको छ । पूर्वीमध्य बङ्गालको खाडीमा रहेको न्यून–चापीय प्रणाली हाल ‘चक्रवात यास’मा परिणत भएको हो ।यो चक्रवात उत्तर–उत्तरपश्चिम सर्ने क्रममा आज धेरै शक्तिशाली चक्रवातमा परिणत भएको र बुधबारसम्ममा थप शक्तिशाली हुने मौसम पूर्वानुमान महाशाखाले प्रक्षेपण गरेको छ । ‘चक्रवात यास’ उत्तरउत्तरपश्चिम दिशातर्फ जाने अनुमान रहेको छ ।चक्रवातको असरे केही दिन नेपालको बिभिन्न भू–भागमा समेत पर्ने भएको छ
पाल्पा / नेपाल प्रहरीले गुणस्तरहीन स्यानिटाइजर उत्पादन गरी बिक्रीवितरण गर्ने एक जनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले गुणस्तरहीन ह्याण्ड स्यानिटाइजर उत्पादन तथा बिक्री वितरण गर्ने पाल्पा तानसेन नगरपालिका–१ का २३ वर्षीय दुर्गा भट्टराईलाई सोमबार पक्राउ गरेको हो ।महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक चन्द्रकुबेर खापुङले कोरोना महामारीको फाइदा उठाउँदै गुणस्तरहीन स्यानिटाइजर उत्पादन गरी बिक्रीवितरण गर्ने भट्टराईलाई ललितपुरको कुपण्डोलबाट पक्राउ गरिएको जानकारी दिएका छन् । पक्राउ भट्टराईले औषधि व्यवस्था विभागमा दर्ता नगरी चिनियाँ ब्राण्डको लोगो नक्कल गरी स्टिकर टाँसेर हानिकारक पदार
काठमाडौं / राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणमा दुई करोडका सामान खरिदमा अनियमितता भएको पुष्टि भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको छानबिनमा अनियमितता पुष्टि भएको हो ।प्राधिकरण अन्र्तगत केन्द्रीय आयोजना कार्यान्वायन इकाई शिक्षामा अनियमितता भएको हो । ३५ वटा डेस्कटप कम्प्युटर तथा २२ वटा ल्यापटक खरिद गर्दा स्पेशिफिकेसनमा तोकिएको भन्दा अर्को सामान खरिद गरेकोले त्यसमा अनियमितता देखिएको हो ।अख्तियार स्रोतका अनुसार कम्प्युटर र ल्यापटक खरिदको ठेक्का पुतलीसडकको म्याक्स इन्टरनेशनल कम्पनीलाई छनोट गरिएको थियो । आइटीका सरकारी ठेक्कमाा केही वर्षयता सोही कम्पनीले कब्जा जमाउँदै आएको छ । कम्पनीका माल
Copyright © 2021 / 2024 / Esoul Media (P) Ltd. / All Rights Reserved.