समाचार

    Showing 921-930 of 18,965 items.
  • हेटौँडा २५ मिटर सडक विस्तारबारे दुर्गा प्रसाईंको आपत्ति

    मकवानपुर । हेटौँडा बजार क्षेत्रमा जारी २५ मिटर सडक विस्तारको विषयमा मेडिकल व्यवसायी दुर्गा प्रसाईंले सरकारको शैली र मुआब्जा प्रक्रियाप्रति कडा आपत्ति जनाएका छन् ।सामाजिक सञ्जालमा पोस्ट गर्दै उनले उचित क्षतिपूर्ति नदिइ नागरिकका घरमा बुलडोजर चलाउनु अन्यायपूर्ण भएको टिप्पणी गरेका छन् ।प्रसाईंका अनुसार भारतमा रेल्वे ट्र्याक वा सडक विस्तारका क्रममा प्रभावित नागरिकलाई सरकारी दरभन्दा तीन गुणा बढी मुआब्जा दिइएपछि मात्र परियोजना अघि बढाइने प्रचलन छ । ‘त्यो उदाहरण पर्खनु पनि पर्दैन, छिमेकी भारतकै अभ्यास हेर्नुपर्छ, जहाँ नागरिकले राज्यको कामलाई स्वागत गर्छन्,’ उनले लेखेका छन् ।तर नेपालमा भने यसको ठीक उल्

    • प्रकाशित मितिः मंसिर १६, २०८२
    • 93 पटक पढिएको
  • पालिका केन्द्र र बस्ती बिकासका लागि सबै सहयोग गर्न तयार छौँ : मन्त्री देवकोटा

    काठमाडौं । बागमती प्रदेशस्थित भौतिक पूर्वाधार विकास मन्त्रालयको आयोजनामा पालिका केन्द्र–बस्ती विकास आयोजना उपर अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । काठमाडौंमा सम्पन्न कार्यक्रममा बागमती प्रदेशका विभिन्न पालिकाका प्रमुख तथा अध्यक्षहरुले पालिका केन्द्र र बस्ती विकासका विषयमा धारणा राखेका थिए । बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री डा. दिनेशचन्द्र देवकोटाको उपस्तिथिमा भएको कार्यक्रममा आयोजना, बजेट व्यवस्थापन, विकासका चुनौती लगायतका विषयमा छलफल भएको थियो । मन्त्री देवकोटोले बस्ती विकासको कार्यविधि बनाउन नै चुनौती रहेको बताए । पालिकाहरुलाई मन्त्रालयको तर्फबाट कार्यविधि बनाउ

    • प्रकाशित मितिः मंसिर १६, २०८२
    • 88 पटक पढिएको
  • पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई दियो २०२ रनको लक्ष्य

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई २०२ रनको लक्ष्य दिएको छ । टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै २०१ रन बनाएको हो ।पोखराका लागि ओपनर एडम रोसिङटनले शतक प्रहार गरे । एडम ५८ बलमा १०८ रनमा अविजित रहे । जेसोन रोय ४६ र कप्तान कुशल भुर्तेल १८ रनमा आउट भए धनन्जय लक्षन २३ रनमा अविजित रहे ।बलिङमा कर्णालीका मार्क वाट र गुल्सन झाले एक/ एक विकेट लिए ।

    • प्रकाशित मितिः मंसिर १६, २०८२
    • 99 पटक पढिएको
  • मुख्यमन्त्री सरोज कुमार यादवले बुधबार विश्वासको मत लिने

    जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले भोली बुधबार विश्वासको मत लिने भएका छन् ।मंगलबार (आज) साँझ पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री यादवले भोली दिउँसो मधेश प्रदेश सभामा विश्वासको मत लिने जानकारी दिए । उनले सर्वोच्च अदालतले २४ घण्टाभीत्र विश्वासको मत लिन भने पनि आफूले पत्र ढिलो प्राप्त गरेको र पत्र प्राप्त हुने वित्तिकै विश्वासको मत लिनुभन्दा पहिला प्रदेश सभामा जानकारी गराउनुपर्ने, पत्र दर्ता गर्नुपर्ने लगायतका कागजी कामहरु गरेकोले केही ढिलो हुन गएको बताए । उनले पत्र प्राप्त भएको समयदेखि २४ घण्टा भित्र विश्वासको मत लिनुपर्ने बताए । सोही अनुसार उनले भोली विश्वासको मत लिन

    • प्रकाशित मितिः मंसिर १६, २०८२
    • 104 पटक पढिएको
  • एक क्विन्टल गाँजासहित दुई जना पक्राउ

    वीरगञ्ज— पर्सा प्रहरीले एक क्विन्टल चार किलोग्राम गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीले विशेष सूचनाका आधारमा जाँच गर्दा पर्साको मनवाबाट रङ्गपुरतर्फ जाँदै गरेको बिएबी ९३९८ नम्बरको कारमा लुकाइराखेको १०४ किलोग्राम गाँजा बरामद गरेको हो ।पर्सा प्रहरीका प्रवक्ता राजु कार्कीले गाँजासहित मकवानपुर जिल्ला भीमफेदी गाउँपालिका–८ का भीम स्याङ्तान (चालक) र मकवानपुरगढी गाउँपालिका–१ का ३८ वर्षे कुमार स्याङ्तानलाई पक्राउ गरेको जानकारी दिए। दुवैजनामाथि लागूऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको उनले बताए।

    • प्रकाशित मितिः मंसिर १६, २०८२
    • 389 पटक पढिएको
  • सामान्य अंकले घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट

    काठमाडौं— साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से पसिुचक सामान्य अंकले घटेको छ । सोमबारको बजारमा ४.२८ अंक घटेर २६४५.२४ विन्दुमा झरेको नेप्से परिसुचक आजभने ०.५३ अंकले घटेर २६४४.७० विन्दुमा झरेको हो ।त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १.२६ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.०८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३८ अंक घटेको छ ।सोमबार ४ अर्ब ७१ करोड ६३ लाख ८३ हजार रुपैयाँबराबरको १ करोड ८ लाख ६० हजार कित्ता शेयर खरिदबिक्री भएको बजारमा यसदिन कुल ३२४ स्टकको ४ अर्ब ४८ करोड १३ लाख ९४ हजार रुपैयाँ बराबरको १ करोड ८ लाख १० हजार कित्ता शेयर खरिद बिक्री भएको छ । यो खरिद बिक्री ५६ हजार ९ पटकको कारोबारमा भएको ह

    • प्रकाशित मितिः मंसिर १६, २०८२
    • 417 पटक पढिएको
  • मार्तडीमा भीषण आगलागी, करोडौंको क्षति

    बाजुरा— बाजुराको सदरमुकाम मार्तडीमा भीषण आगलागी भएको छ । बडीमालिका नगरपालिका–८ का स्थानीय प्रकाश थापाको कम्पेलेक्स डिपार्टमेन्टल स्टोरमा मंगलबार दिउँसो करिब सवा १२ बजेतिर आगलागी भएको हो ।बिजुलीको तार सर्ट हुँदा आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ । आगलागीबाट करोडौं रूपैयाँको क्षति भएको प्रहरीको अनुमान छ । क्षतिको एकिन विवरण भने प्रहरीले संकलन गरिरहेको छ ।बडीमालिका नगरपालिका–८ नयाँ बसपार्क जाने बाटो जिउलामा सञ्चालनमा रहेको फर्निचर उद्योगमा आगलागी भएको हो।आगलागीबाट ग्यारेज सहितकासम्पूर्ण  सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक तथा सूचना अधिकारी लक्ष्मीराज जो

    • प्रकाशित मितिः मंसिर १६, २०८२
    • 388 पटक पढिएको
  • एनपीएलमा जनकपुरको पहिलो जित

    काठमाडौं— दोस्रो नेपाल प्रिमियर लिग (एनपीएल) मा आज भएको पहिलो खेलमा जनकपुर बोल्ट्सले आफ्नो पहिलो जित निकाल्न सफल भएको छ । मंगलबार टीयू क्रिकेट मैदानमा भएको खेलमा जनकपुरले चितवन राइनोजलाई ६ विकेट र १५ बलले पराजित गरेको हो ।चितवन राइनोजले जनकपुरलाई निर्धारित २० ओभरको खेलमा ४ विकेट गुमाउदै १७७ रनको लक्ष्य दिएको थियो भने जनकपुरले १७.३ ओभरको खेलमा ४ विकेट गुमाउदैँ १८० रन बनाएको हो । जनकपुरविरुद्ध चितवनका कप्तान कुशल मल्लले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका थिए । 

    • प्रकाशित मितिः मंसिर १६, २०८२
    • 384 पटक पढिएको
  • मन्त्री घिसिङबाट निर्माणाधीन बाल अस्पतालको निरीक्षण

    काठमाडौं— ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर भगवान कोइरालाको नेतृत्वमा निर्माणाधीन विशिष्टीकृत बाल अस्पतालको निरीक्षण गरेका छन् । मन्त्री घिसिङले मंगलबार काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (कियोच) नेपालले बूढानीलकण्ठ नगरपालिका–७ हेपाली हाइटमा निर्माण गरिरहेको दुई सय शैय्याको अत्याधुनिक सुविधा सम्पन्न अन्तर्राष्ट्रिस्तरको बाल अस्पतालको निरीक्षण गरेका हुन् ।मन्त्री घिसिङले सोमबार कियोजबाट  झापाको दमकमा सञ्चालित बाल अस्पतालको पनि निरीक्षण गरेका थिए । अस्पतालको मुख्य भवन निर्माण निर्माण अन्तिम चरणमा

    • प्रकाशित मितिः मंसिर १६, २०८२
    • 431 पटक पढिएको
  • मुगु एमालेमा प्रतिनिधि छनोट अपारदर्शी भन्दै कार्यकर्ता असन्तुष्ट

    मुगु— नेकपा एमालेको ११औँ महाधिवेशनका लागि जिल्लामा गरिएको प्रतिनिधि छनोट प्रक्रिया अपारदर्शी, पक्षपातपूर्ण र मापदण्ड विपरीत भएको आरोपसहित स्थानीय नेता–कार्यकर्ताहरूले विरोध जनाएका छन् ।आगामी मंसिर २७ देखि २९ गतेसम्म हुने एमालेको केन्द्रीय महाधिवेशनका लागि मुगुबाट सर्वसम्मत रूपमा प्रतिनिधि चयन प्रक्रिया टुंगो लागेको भए पनि एकै गाउँका तीन जना प्रतिनिधि छनोटमा पर्नु जालझेल र मापदण्ड विपरीत भएको भन्दै विरोध गरिएको हो ।मुगुमा खुला, महिला, युवा र दलित समावेशी समूहबाट प्रतिनिधि चयन भए पनि सो प्रक्रिया अपारदर्शी र पक्षपातपूर्ण रहेको भन्दै केही स्थानीय तथा कार्यकर्ताहरूले असन्तोष व्यक्त गरेका छन् ।मुगु

    • प्रकाशित मितिः मंसिर १६, २०८२
    • 416 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा