काठमाडौं। सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरस्थित सुनकोशी नदीमा बसको ठक्करपछि एउटा कार नदीमा खसेको छ। दुर्घटनापछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली उद्धार तथा खोजीका लागि घटनास्थलतर्फ परिचालित भएको छ।जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख (एसपी) रवीन्द्रबहादुर सिंहका अनुसार कार नदीमा खसेको सूचना प्राप्त हुनासाथ उद्धार टोली घटनास्थलतर्फ पठाइएको हो। प्रारम्भिक सूचनाअनुसार बसको ठक्करका कारण कार नदीमा खसेको बताइएको छ।कारमा कति जना सवार थिए भन्ने अझै यकिन हुन सकेको छैन। यस्तै, नदीमा खसेको कारको दर्ता नम्बर र ठक्कर दिएको भनिएको बसको नम्बरसमेत खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।उद्धार
रामेछाप / काठमाडौंबाट पूर्वी नेपालका विभिन्न जिल्लामा आवतजावत गर्ने प्रमुख तथा सबैभन्दा छोटो मार्गका रूपमा रहेको बिपी राजमार्गको यात्रा वर्षायाममा थप जोखिमपूर्ण बनेको छ । अत्यधिक सवारीचाप, तीन वर्षअघि बाढीले क्षति पुर्याएको सडकको पुनर्निर्माण अझै सम्पन्न नहुनु तथा रोशी र सहायक खोलाहरुमा आउने आकस्मिक बाढीका कारण यात्रुले दैनिक सास्ती भोग्नुपरेको छ । काठमाडौंबाट काभ्रे र सिन्धुली हुँदै रामेछाप, दोलखा, ओखलढुंगा, सोलुखुम्बु, खोटाङ, भोजपुर, संखुवासभा तथा पूर्वी तराईका महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, झापा हुँदै धनकुटा, इलाम र ताप्लेजुङसम्म पुग्ने प्रमुख मार्गका रूपमा रहेको बि
सिरहा / सिरहाको लहान नगरपालिका–१५ शोभापुर निवासी तेज नारायण सदायको परिवारमा असामान्य शारीरिक अवस्थासहित एक शिशुको जन्म भएपछि परिवार चिन्तित बनेको छ ।परिवारका अनुसार शिशुको जन्म लहानस्थित प्रादेशिक अस्पतालमा भएको हो। । जन्मदेखि नै शारीरिक अवस्था सामान्य नभएकाले शिशुलाई विशेषज्ञ चिकित्सकीय उपचार आवश्यक रहेको चिकित्सकहरूले सुझाव दिएका छन् । तर आर्थिक अवस्था कमजोर भएकाले आवश्यक उपचार गराउन कठिनाइ भइरहेको परिवारले जनाएको छ ।उपचारका लागि लाग्ने खर्च जुटाउन नसक्दा परिवार थप समस्यामा परेको भन्दै सम्बन्धित सरकारी निकाय, सामाजिक संघ–संस्था तथा सहयोगी मन भएका व्यक्तिहरूसँग सहयोगको अपिल गरिएको छ । स्
राजविराज । सुनसरीको देवानगञ्ज घटनापछि सुरक्षा संवेदनशीलता बढ्दै लागू गरिएको निषेधाज्ञा अन्ततः सप्तरीमा पूर्ण रूपमा हटाइएको छ। जिल्ला प्रशासन कार्यालय सप्तरीले सोमबार बिहान १० बजेदेखि राजविराज र बोदेबर्साइन नगरपालिकामा जारी निषेधाज्ञा फुकुवा गरेको हो।प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाका अनुसार जिल्लाको सुरक्षा अवस्था सामान्य बन्दै गएपछि निषेधाज्ञा हटाउने निर्णय गरिएको हो। देवानगञ्जमा भएको साम्प्रदायिक तनावको प्रभावलाई मध्यनजर गर्दै सम्भावित अप्रिय घटना रोक्न प्रशासनले यसअघि कर्फ्यु र निषेधाज्ञा लागू गरेको थियो।यसबीच आइतबार जिल्ला प्रशासनको समन्वयमा राजविराजलगायत विभिन्न स्थानमा शान्ति, सद्भा
विराटनगर । विराटनगरका उद्योगी तथा नेपाल उद्योग परिसंघ (सीएनआई) कोशी प्रदेशका उपाध्यक्ष प्रकाश मुन्दडाको निवास र कार्यालयमा प्रहरीले सोमबार बिहान करिब पाँच घण्टा लामो खानतलासी गरेको छ। विशेष सूचनाका आधारमा सञ्चालन गरिएको अपरेसनमा ठूलो संख्यामा प्रहरी परिचालन गरिए पनि कुनै पनि अवैध नगद, कागजात वा अन्य आपत्तिजनक सामग्री फेला नपरेको प्रहरीले जनाएको छ।जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी कवित कटवालको नेतृत्वमा बिहान करिब ४ बजेदेखि सुरु भएको अपरेसनमा जिल्ला प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय रानीका प्रहरी परिचालन गरिएको थियो। खानतलासीका क्रममा मुन्दडाको विराटन
काठमाडौं / भारतको बिहार राज्यस्थित सहरसा जिल्लामा सोमबार बिहान यात्रुवाहक रेलको इन्जिन र त्यससँग जोडिएको एक डब्बामा आगलागी भएको छ । आगलागीपछि यात्रुहरूलाई तत्काल सुरक्षित रूपमा बाहिर निकालिएको र कुनै मानवीय क्षति नभएको अधिकारीहरूले बताएका छन् । समस्तीपुर–सहरसा यात्रुवाहक रेल नम्बर ६३३४४ को इन्जिनमा सिमरी बख्तियारपुर रेल स्टेशनमा बिहान करिब ३ः४० बजे आगलागी भएको हो । सहरसा अग्नि नियन्त्रण कार्यालयका सहायक अग्नि अधिकृत निरञ्जन कुमारका अनुसार रेलको इन्जिनमा आगो लागेको सूचना प्राप्त हुनासाथ फोम टेन्डर र पानी टेन्डरसहितको टोली घटनास्थल पठाइएको थियो ।आगलागी अहिले नियन्त्रणमा आइसकेको छ । ‘रेल इन्
मुगु / मुगुको मुगुम कार्मारोङ गाउँपालिका–५ स्थित पुलु बजारमा आइतबार राति एक्कासी आएको सुक्खा पहिरोका कारण स्थानिय बासिन्दा घर छाड्न बाध्य भएका छन् ।आइतबार राति करिब ८ः३० बजे गाउँपालिका कार्यालय नजिकैको डाँडाबाट अचानक ढुङ्गा खस्न थालेसँगै स्थानियले घर छाडेर गएपछि बजार क्षेत्र सुनसान बनेको छ । मुगुम कार्मारोङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवासचन्द रावलका अनुसार ढुङ्गा खस्ने क्रम सुरु र्भपछि सम्भावित जोखिमलाई ध्यानमा राख्दै स्थानीयलाई सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ । केही दिनअघि सोही क्षेत्रमा गएको पहिरोमा परी ३ वर्षीय बालकको मृत्यु भएको थियो भने ६ वटा घर पूर्ण रूपमा क्षत
भद्रपुर। पूर्वी नाका काँकडभिट्टा भएर भारततर्फ हुने नेपाली चियाको निर्यातमा गिरावट आएको छ । काँकडभिट्टा भन्सार कार्यालयका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा गत आव २०८२÷८३ मा चिया निर्यातको परिमाण र आम्दानी दुवैमा कमी आएको हो ।भन्सार कार्यालयको तथ्याङ्कअनुसार आव २०८२÷८३ मा रु तीन अर्ब ५२ करोड ९६ लाख ६९ हजार बराबरको १३ हजार ४५ मेट्रिक टन चिया निर्यात भएको थियो भने आव २०८१÷८२ मा रु चार अर्ब १६ करोड ९३ लाख ५८ हजार मूल्य बराबरको १५ हजार ३११ मेट्रिक टन चिया निर्यात भएको थियो ।परिमाण घटेसँगै निर्यातबाट हुने आम्दानीबाट रु ६३ करोड ९६ लाख ८९ हजारको गिरावट आएको छ । प्रमुख भन्सार प्रशासक शिवलाल न्यौपानेक
काठमाडौं / ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ८४१ सयवटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।सोमबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ५६, सिसिटिभिमार्फत ८०, रातोबत्तीमा २९ जना चालकलाई कारबाही गरिएको छ । यसैगरी, तीव्रगतिमा ५४, हर्न निषेधमा २३, लेन क्रसमा २०, अवस्था ठिक नभएको २३, एकतर्फीमा २२ र अन्यमा ५३४ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।
भक्तपुर । प्रहरीले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गरेर रातिदेखि हिरासतमा राखेको छ ।हिजो दिउँसो पत्रकार सम्मेलन गरेर प्रसाईंले आन्दोलन गर्ने घोषणा गरेका थिए ।राति १० बजे भक्तपुर प्रहरीको टोली उनलाई पक्राउ गर्न निकोसेरास्थित निवास पुगेको थियो ।भक्तपुर प्रहरीका एसपी सूर्य खड्काले सार्वजनिक शान्ति सुरक्षाको कसुरमा प्रसाईंलाई पक्राउ गरिएको बताए ।शान्ति सुरक्षा खलबल्याएको आरोपमा प्रसाईं यसअघि पनि पटकपटक पक्राउ पर्दै छुट्दै आएका छन् ।प्रहरीले प्रसाईंलाई आज अदालतबाट म्याद थपेर अनुसन्धान जारी राख्ने बताएको छ ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.