काठमाडौँ। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मतदाता नामावली सङ्कलनका लागि आवश्यक सहयोग गर्न स्थानीय तहलाई आग्रह गरेको छ । मन्त्रालयले बुधबार सबै गाउँपालिका र नगरपालिकालाई पत्राचार गर्दै प्रदेश र जिल्ला निर्वाचन कार्यालयलाई मतदाता नामावली सङ्कलन गर्न आवश्यक सहयोग, समन्वय र सहजीकरण गर्न आग्रह गरेको हो । निर्वाचन आयोगले यसअघि नै मतदाता नामावली अद्यावधिक गर्ने निर्णय गरिसकेको छ । आयोगको यही साउन १५ गतेको बैठकले मतदाता नामावली अद्यावधिक गर्ने र त्यसका लागि वडास्तरमा नै आवश्यक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको थियो । आयोगले वडा स्तरमा नै मतदाता नामावल
काठमाडौँ। सङ्घीय संसद्, राष्ट्रियसभाको बैठक आज बस्दैछ । अपराह्न १ः १५ बजे सिंहदरबारमा बस्ने बैठकमा गृहमन्त्री सुधन गुुरुङले मनत्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिनुहुने सम्भावित कार्यसूची छ । सङ्घीय संसद् सचिवालयका अनुसार महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्सपङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सिता बादीले मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिनुहुने छ । राष्ट्रियसभा सदस्य कमला पन्तले ‘मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारी सम्बन्धमा’ गृहमन्त्रीको ध्यानाकर्षण गराउने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ । यस्तै, कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले ‘सङ्क्रा
काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले खुला बजार कारोबार सञ्चालनलाई थप प्रभावकारी, पारदर्शी र प्रविधिमैत्री बनाउन ‘खुला बजार कारोबारसम्बन्धी कार्यविधि, २०७८ (नवौँ संशोधन, २०८३)’ लागू गरेको छ । संशोधित कार्यविधिले खुला बजार कारोबारका मौद्रिक उपकरणको प्रयोग, बोलकबोल प्रक्रिया, धितोपत्र व्यवस्थापन, भुक्तानी, अनलाइन सहभागिता तथा दीर्घकालीन तरलता व्यवस्थापनसम्बन्धी प्रावधानलाई थप स्पष्ट र व्यवस्थित बनाएको छ । केन्द्रीय बैङ्कले खुला बजार कारोबारलाई मौद्रिक नीतिको प्रभावकारी कार्यान्वयनका प्रमुख उपकरणका रूपमा प्रयोग गर्दै आएको छ । खुला बजारमा नियमित र संरचनागत गरी दुई वर्गमा विभाजन गरिएको छ । वित्तीय
काठमाडौँ। कुल दुई हजार ५०० मेगावाट बराबरको बिजुली प्रवाहका लागि बझाङ–बनलेक (पश्चिम सेती) प्रसारण लाइन निर्माण हुने भएको छ । कुल ४०० केभी क्षमताको सो आयोजना निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको छ । कुल ६० किलोमिटर लामो प्रसारण लाइन बझाङ जिल्लाको जयपृथ्वी नगरपालिका वडा नं १ मा प्रस्तावित चैनपुर सबस्टेसनदेखि डोटी जिल्लाको शिखर नगरपालिका–१० मा प्रस्तावित बनलेक (पश्चिम सेती) मा जोडिनेछ । प्रसारण लाइन निर्माणका लागि राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडले विद्युत् विकास विभागमा आवेदन दिएको छ । विद्युत् ऐन, २०४९ को दफा (४) को व्यवस्थाअनुसार विवरण खुलाई अनुमतिका
काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले आजका (बिहीबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ९० पैसा र बिक्रीदर १५२ रुपैयाँ ५० पैसा निर्धारण गरिएको छ ।युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ २६ पैसा र बिक्रीदर १७५ रुपैयाँ ९५ पैसा , युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०४ रुपैयाँ ५७ पैसा र बिक्रीदर २०५ रुपैयाँ ३८ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १८७ रुपैयाँ ६६ पैसा र बिक्रीदर १८८ रुपैयाँ ४० पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ ०१ पैसा र बिक्रीदर १०७ रुपैयाँ ४४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०७ रुपैयाँ ९९ पैसा
काठमाडौं । तिब्बती अध्ययनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन अन्तिम घडीमा सरकारले रद्द गरेपछि नेपालको कूटनीतिक निर्णय प्रक्रियामाथि फेरि प्रश्न उठेको छ। सम्मेलनको तयारी लगभग पूरा भइसकेको अवस्थामा आएको निर्णयले राजनीतिक र कूटनीतिक वृत्तमा तरंग पैदा गरेको छ।यस घटनालाई धेरैले केही समयअघि मङ्गोलियाका पूर्वप्रधानमन्त्रीको नेपाल भ्रमण अन्तिम समयमा स्थगित/रोकिएको घटनासँग पनि जोडेर हेर्न थालेका छन्। दुवै घटनामा चीनको चासोबारे सार्वजनिक बहस चलेपछि नेपालले संवेदनशील विषयमा बाह्य दबाब थेग्न नसकेको हो कि भन्ने प्रश्न फेरि सतहमा आएको छ। यद्यपि सरकारले यी दुई घटनाबीच कुनै सम्बन्ध रहेको औपचारिक रूपमा स्वीकार गर
काठमाडौं । राजधानीका होटल, रेस्टुरेन्ट, लाउञ्ज र क्याफेमा वर्षौंदेखि खुलेआम चल्दै आएको हुक्का र चुरोटको धुवाँमाथि अन्ततः सरकारी आँखा परेको छ। सार्वजनिक स्थानलाई निजी धूम्रपान कक्ष बनाउने प्रवृत्तिलाई रोक्न सम्बन्धित निकायले कडा कदम चाल्ने घोषणा गरेको छ।अब होटल वा रेस्टुरेन्टभित्र ग्राहकले जथाभावी हुक्का ताने वा चुरोट सल्काए त्यसको जिम्मेवारी ग्राहकले मात्र होइन, त्यसलाई छुट दिने व्यवसायीले पनि बेहोर्नुपर्नेछ। नियम उल्लङ्घन गर्ने व्यक्ति र संस्थामाथि कानुनअनुसार जरिवाना तथा अन्य कारबाही गरिने चेतावनी दिइएको छ।राजधानीका महँगा लाउञ्जदेखि सामान्य रेस्टुरेन्टसम्म हुक्का ‘स्टाटस सिम्बोल’ जस्तै बनेको
काठमाडौं । राजतन्त्र पक्षधर राजनीतिक वृत्तमा नयाँ समीकरणको संकेत देखिएको छ। प्राप्त जानकारीअनुसार डा. धवलशम्शेर राणा नेतृत्वको समूहले नयाँ दलको नाम ‘जय नेपाल पार्टी’ राख्ने निर्णय गरेको छ। स्रोतका अनुसार बुधबार नेता मुकुन्दश्याम गिरीको अध्यक्षतामा बसेको बैठकले आगामी २८ साउनमा निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय गरेको हो।आन्तरिक तयारीअनुसार पार्टीको सभापतिमा डा. धवलशम्शेर राणा रहनेछन् भने व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंलाई सर्वोच्च नेता को भूमिकामा राख्ने समझदारी बनेको बताइएको छ। सचिवालय प्रमुख सगुनसुन्दर लावतीले यसबारे जानकारी दिएको स्रोतले जनाएको छ।राजनीतिक विश्लेषकहरूका अनुसार यदि यो
काठमाडौं– संसद्मा देशका जल्दाबल्दा मुद्दाभन्दा कालो चस्माले बढी चर्चा पाउन थालेपछि राजनीति फेरि एकपटक व्यंग्यको विषय बनेको छ।प्रतिनिधिसभाको बैठकमा कालो चस्मा लगाएर प्रवेश गर्न नपाइने व्यवस्थालाई लिएर अहिले राजनीतिक वृत्तदेखि सामाजिक सञ्जालसम्म बहस चुलिएको छ। कतिपयले यसलाई संसद्को मर्यादा जोगाउने नियम भनेका छन् भने कतिले यो निर्णयलाई व्यक्तिको पहिरनमाथिको अनावश्यक कडाइका रूपमा चित्रण गरेका छन्।प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को पहिचान नै बनेको कालो चस्मा यतिबेला प्रत्यक्ष वा परोक्ष रूपमा संसदीय बहसको केन्द्रमा पुगेको छ। त्यसैले सामाजिक सञ्जालमा प्रश्न उठ्न थालेको छ– संसद् अब जनताका समस्या स
चितवन। मुग्लिन–नारायणगढ सडकखण्डको सेतीदोभान क्षेत्रमा ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जना गम्भीर घाइते भएका छन्। दुर्घटनापछि मोटरसाइकलमा आगलागी हुँदा सवारी पूर्णरूपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार दुर्घटनामा घाइते हुनेहरू लमजुङको राइनास गाउँपालिका–४ निवासी ५० वर्षीय बलराम पराजुली र गोरखाको सिराञ्चोक गाउँपालिका–१ निवासी २० वर्षीय प्रशान्त घिमिरे हुन्। उनीहरू दुवै मोटरसाइकलमा सवार थिए। गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि नयाँ मेडिकल कलेज, भरतपुर पठाइएको छ।प्रारम्भिक अनुसन्धानअनुसार नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ना ६ ख ४०९२ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँद
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.