समाचार

    Showing 821-830 of 18,965 items.
  • आज विश्व माटो दिवस : विभिन्न कार्यक्रम गरि मनाइँदै

    काठमाडौं— ‘स्वस्थ शहरहरूको लागि स्वस्थ माटो’ भन्ने नाराका साथ आज विश्व माटो दिवस मनाइँदैछ ।खाद्य तथा कृषि सङ्गठनको सिफारिसमा संयुक्त राष्ट्रसङ्घको ६८औँ महासभाको निर्णयानुसार सन् २०१३ डिसेम्बर ५ गतेदेखि विश्व माटो दिवस मनाउन थालिएको हो । बढिरहेको आधुनिकीकरणको प्रभावले समाजमा आइरहेको सकारात्मक एवं नकारात्मक परिवर्तनहरू कति देख्न सक्ने हुन्छन् भने कति देख्न नसक्ने खालका हुन्छन् । त्यसमा माटो पनि पर्छ, माटोमा आएको परिवर्तन, माटोको प्रदूषण हामीले कहिले ख्याल नै गरेका छैनौ । त्यसैले स्वस्थ माटोको महत्त्वमा विश्वको ध्यान केन्द्रित गर्न र माटोको स्रोतको स्थायी व्यवस्थापन सम्बन्धी जनजागरूकता फैलाउ

    • प्रकाशित मितिः मंसिर १९, २०८२
    • 338 पटक पढिएको
  • हेटौंडामा भोलिदेखि देखि सडक विस्तारः २५/२५ गजभित्रका संरचना हटाइने

    हेटौंडा— भोलिदेखि हेटौंडाको रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म, साथै बुद्धचोक–सामरी पुल खण्डसम्म पर्ने २५/२५ गजभित्रका घर–टहरा तथा अन्य संरचना भत्काइने भएका छन्। सडक डिभिजन कार्यालय हेटौंडाले सार्वजनिक सूचना जारी गर्दै भोलिदेखि सडक विस्तार कार्य औपचारिक रूपमा सुरु हुने जानकारी दिएको हो ।सडक डिभिजन कार्यालयका प्रमुख गुरुप्रसाद अधिकारीका अनुसार भौतिक संरचना हटाउने तयारी पूरा भएको छ । अधिकारीले भने, ‘भोलिदेखि हामी राप्तीपुर र रातोपाटी तर्फ विस्तारको दायरा बढाउँदै लैजान्छौँ । २५ वटा डोजर र २५ वटा अन्य मेसिन ल्याएर काम सुरु गर्ने तयारीमा छौँ ।’ उनका अनुसार सडक विस्तारसँगै निर्माण

    • प्रकाशित मितिः मंसिर १९, २०८२
    • 352 पटक पढिएको
  • आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस मनाइँदै

    काठमाडौं— आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस संयुक्त राष्ट्रसंघको आह्वानमा सबै सदस्यराष्ट्रमा विभिन्न कार्यक्रम गरि मनाइँदैछ । स्वयंसेवकहरूको योगदानलाई सम्मान गर्ने र स्वयंसेवाको भावना तथा सेवा संस्कृतिलाई स्थानीयदेखि राष्ट्रिय र अन्तरराष्ट्रिय तहसम्म प्रवद्र्धन गर्ने उद्देश्यका साथ यो दिवस सन् १९८५ देखि मनाउन थालिएको हो । राष्ट्रसंघीय महासभाले सोही वर्ष डिसेम्बर ५ मा अन्तरराष्ट्रिय दिवसका रूपमा सदस्य देशमा यो दिवस मनाउने घोषणा गरेको हो ।‘हरेक योगदानको महत्व छ’ भन्ने २०२५ को नाराले सानोदेखि ठूलो हरेक सहयोगले समाजलाई अगाडि बढाउन महत्वपूर्ण भूमिका खेल्ने बताउँछ । चाहे केही घण्टा सहयोग होस् व

    • प्रकाशित मितिः मंसिर १९, २०८२
    • 348 पटक पढिएको
  • मधेश प्रदेशः सरकार गठन गर्न सात दलले आज दाबी पेश गर्दै

    जनकपुर— मधेश प्रदेश सरकार गठनका लागि सात राजनितिक दलले गठबन्धनसहित आज दाबी पेश गर्ने भएको छ ।प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले आज बेलुकी ५ बजे सम्म दाबी पेस गर्न समय दिएकोमा गठबन्धनको तर्फबाट दिउँसो २ बजे दाबी पेश गर्ने जसपा नेपालका सांसद एवम पूर्व मुख्यमन्त्री सरोज कुमार यादवले जानकारी दिए । मुख्यमन्त्रीको टुंगो लागिसकेको छ आज २ बजे दाबी पेश गर्न जान्छौ, उनेल भने । सात राजनितिक दलको गठबन्धनमा जनमत पार्टी, नेकपा एस, नेकपा माओवादी केन्द्र, जसपा नेपाल, लोसपा, नेपाली कांग्रेस, नागरिक उन्मुक्ति पार्टी रहेको छ ।लोसपाले मुख्यमन्त्री पाए कांग्रेसले सभामुख पाउने जसपा निकट स्रोतको भनाई छ । &

    • प्रकाशित मितिः मंसिर १९, २०८२
    • 344 पटक पढिएको
  • आज विधायन व्यवस्थापन समितिको बैठक बस्दै

    काठमाडौं— राष्ट्रिय सभा अन्तरगत आज विधायन व्यवस्थापन समितिको बैठक बस्ने तय भएको छ । शुक्रबार बिहान ११ः३० बजे समितिको बैठक कक्षमा बैठक बस्ने तय भएको हो । बैठकमा चलचित्र विधेयक, २०८१ को बारेमा चलचित्र विकास बोर्डसँग छलफल गर्ने कार्यसूची रहेको छ ।

    • प्रकाशित मितिः मंसिर १९, २०८२
    • 352 पटक पढिएको
  • मधेशमा नयाँ सरकार गठनका लागि आज दाबी पेश गरिँदै

    काठमाडौं— मधेश प्रदेशका राजनीतिक दलहरूले नयाँ सरकार नेतृत्वमा आज दाबी पेस गर्दैछन् । आज शुक्रबार साँझ ५ बजेसम्म सरकारमा दाबी पेश गर्ने समय सीमा तोकिएको छ ।एमाले बाहेक नयाँ मुख्यमन्त्रीको दाबी पेश गर्न ७ दलले तयारी गरेका छन् । नेपाली काँग्रेस, माओवादी, जसपा नेपाल, जनमत, लोसपा, नेकपा एस र नाउपाले संयुक्त गठबन्धन बनाएर मुख्यमन्त्री दाबी गर्न लागेका हुन् । गठबन्धनमा लोसपाका जितेन्द्र सोनल र काँग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव मुख्य दाबेदार छन् । यहाँ एमालेका सभामुख रामचन्द्र मण्डल पदमुक्त भएसँगै एक सभामुख पनि खाली छ । यसअघि सरोजकुमार यादवले विश्वासको मत पाउने नदेखिएपछि मुख्यमन्त्र

    • प्रकाशित मितिः मंसिर १९, २०८२
    • 354 पटक पढिएको
  • बालुवाटारमा आज सर्वपक्षीय बैठक बस्दै

    काठमाडौं— प्रधानमन्त्री सुशीला कार्कीले आसन्न प्रतिनिधिसभा निर्वाचनबारे छलफल गर्न सर्वपक्षीय बैठक आह्वान गरेकी छन् । बैठक आज अपराह्न ४ बजे बालुवाटारमा बस्ने गरी बोलाइएको हो । बैठकमा राजनीतिक दल, जेनजी प्रतिनिधि, सुरक्षा निकाय, निर्वाचन आयोगलगायतलाई आमन्त्रण गरिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । सरकारले फागुन २१ गतेका लागि निर्वाचनको मिति तय गरेको छ ।निर्वाचनका लागि वातावरण तयार गर्न प्रधानमन्त्री कार्की सक्रिय रूपमा लागेकी छन् ।

    • प्रकाशित मितिः मंसिर १९, २०८२
    • 337 पटक पढिएको
  • एनआरएनए एकतापछि स्टेरिङ कमिटीको बैठक शुक्रवार बस्दै

    काठमाडौं— गैरआवासीय नेपाली संघ एनआरएनएको एकतापछि गठन भएपछि स्टेरिङ कमिटीको पहिलो बैठक बस्दै छ । डिसेम्बर ५ तारिख शुक्रवार बिहान ९ बजे बैठक बस्ने जनाइएको छ । गत आइतबार प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा एनआरएनएका दुई समूह महेश कुमार श्रेष्ठ र डा. बद्री केसी पक्षबिच एकता भएको थियो ।एकतापछि ११ सदस्यीय स्टेरिङ कमिटी गठन गरिएको छ । उक्त कमिटीमा रहने १० जनाको नाम सार्वजनिक भइसकेको छ भने एक जनाको नाम चाँडै सार्वजनिक हुने बताइएको छ । पहिलो बैठकमा संघको काम कारबाहीलाई चुस्त दुरुस्त पार्ने र सहमति अनुसार १२ औँ महाधिवेशनका विषयमा पनि छलफल हुने छ । स्टेरिङ कमिटीमा महेश कुमार श्रेष्ठ,

    • प्रकाशित मितिः मंसिर १९, २०८२
    • 337 पटक पढिएको
  • उपचारका क्रममा वडाध्यक्ष थापाको निधन

    काठमाडौं— कागेश्वरी मनोहरा नगरपालिका–७ का वडाध्यक्ष भीमसेन थापाको निधन भएको छ । उनको हरिसिद्धीस्थित नेपाल क्यान्सर अस्पतालमा उपचारका क्रममा बिहीबार निधन भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदीले जानकारी दिए।वडाध्यक्ष थापाको निधनमा नगरपालिकाले शोक विज्ञप्ति जारी गरी पालिकाअन्तर्गतका वडा कार्यालय, अत्यावश्यक सेवाबाहेकका स्वास्थ्य संस्था, आयुर्वेद औषधालय, संस्थागत तथा सामुदायिक विद्यालयमा आज बिदा दिएको जनाएको छ । 

    • प्रकाशित मितिः मंसिर १९, २०८२
    • 368 पटक पढिएको
  • आज एनपीएलमा लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स

    काठमाण्डौ । अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स भिड्दैछन् ।छ खेलबाट छ अङ्क जोडेको लुम्बिनीलाई प्लेअफ पुग्न अति आवश्यक छ । लुम्बिनीले जितेमा पोखरा एभेन्जर्स, चितवन राइनोज र जनकपुर बाहिरनेछ । जनकपुरले हालसम्म पाँच खेलबाट दुई अङ्क मात्र पाएको छ।

    • प्रकाशित मितिः मंसिर १९, २०८२
    • 153 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा