सर्लाही— सर्लाहीको रामनगर गाउँपालिका – ५ का वडा सदस्य राम सुवेश राय यादवको निधन भएको छ। लामो समयदेखि क्यान्सर पिडित रहेका यादवको शनिबार अपरान्ह आफ्नै घरमा निधन भएको पालिकाले जनाएको छ।यादव केही समयअघि भारतको दिल्लीमा उपचार गराई घर फर्किएका थिए। स्वास्थ्य अवस्था कमजोर बन्दै गएपछि पुनः भरतपुर चितवनमा उपचार गरिएको थियो। उपचारपछि घर फर्किएका यादवको शनिबार अपरान्ह घरमै निधन भएको हो।महतोको निधनप्रति शोक व्यक्त गर्दै पालिकाले आईतबार मंशिर २१ गते एक दिन शोक बिदा दिने निर्णय गरेको छ। पालिकाका अनुसार गाउककंपालिका तथा अन्तर्गतका वडा कार्यालय, स्वास्थ्य संस्था (आकस्मिक सेवा बाहेक), विद्यालय र अन्य संघ–संस्
काठमाडौं— नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा रसुवामा निर्माण भएको रसुवागढी जलविद्युत आयोजना आंशिक सञ्चालनमा आएको छ । गत असार २४ गते बिहान चीनको तिब्बतबाट बग्ने ल्येन्दे खोलामा हिमताल विष्फोटनबाट आएको बाढीले आयोजनाको बाँधलगायतका संरचना (हेडवक्र्स)मा ठूलो क्षति पुर्याएको थियो । हेडवक्र्सको मर्मतपछि अस्थायी रुपमा नदीबाट पानी पथान्तरण (डाइभर्सन)गरी विद्युतगृहमा रहेका तीनवटा युनिटमध्ये एउटा युनिट शनिबारबाट सञ्चालनमा ल्याइएको हो । १११ मेगावाट जडित क्षमताको आयोजनाको एउटा युनिटबाट ३७ मेगावाट विद्युत उत्पादन हुन्छ । बाँकी दुईवटा युनिट एक महिनाभित्र संचालनमा ल्य
उर्लाबारी— २१ असोज साँझ मोरङको लेटाङ नगरपालिका २, स्कूलचोककी बलात्कारपछि हत्या भएकी १३ वर्षीया अंशु गौतमको हत्या अभियुक्त पक्राउ परेका छन । प्रहरीले लामो खोज अनुसन्धानपछि अभियुक्त पत्ता लगाएको हो । प्रहरीले आइतबार दिउसो बिहान ११ बजे पत्रकार सम्मेलन गर्दै घटनामा सङ्लग्नलाई सार्बजनिक गर्दैछ । घटनामा सलग्न गौतमकै छिमेकी ५५ वार्षिय पदम बहादुर अधिकारी रहेका छन् । घटना के थियो ?गौतम घर नजिकै पिङ हालेको स्थानबाट बेपत्ता भइन् । बेपत्ता भएको १८ दिनपछि बेलबारी–चिसाङ साझेदारी वनभित्र क्षतविक्षत अवस्थामा उनको शव फेला पर्यो । शरीर, टाउको छुट्टिएको र कपडा नभएको अवस्थामा भेटिएको शवको पहिचान घटनास्थलमा फ
काठमाडौं— रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले मंसिर २२ गतेदेखि आफ्नो पहिलो सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले कुल ११ लाख ५५ हजार ९६० कित्ता सेयर सार्वजनिक गर्ने तयारी गरेको हो ।यसमध्ये १० प्रतिशत अर्थात् १ लाख १५ हजार ५९६ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको छ । विदेशमा कार्यरत नेपालीहरूले न्यूनतम ५० कित्ता र अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन पाउनेछन् । उक्त आईपीओ छिटोमा मंसिर २५ गते र ढिलोमा पुस ७ गतेसम्म खुला रहनेछ ।लगानीकर्ताले धितोपत्र बोर्डमा दर्ता भएका सबै आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू, तिनका शाखा कार्यालयहरू तथा मेरोसेयरमार्
ललितपुर— लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप), भोइस अफ चिल्ड्रेन तथा सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) नेपालको संयुक्त आयोजनामा ‘बालबालिकामाथि हुने हिँसा न्यूनिकरणमा सरोकारवालाको भूमिका’ विषयक छलफल कार्यक्रम ललितपुरको चकुपाटमा सम्पन्न भएको छ ।शनिबार आयोजित कार्यक्रममा सातै प्रदेशका प्रतिनिधि तथा बाल अधिकार क्षेत्रमा क्रियाशील सरोकारवालाहरूको सक्रिय सहभागिता रहेको हो । कार्यक्रममा सहभागीहरूले बालबालिकामाथि हुने शारीरिक, मानसिक, लैङ्गिक, अनलाइन तथा घरभित्रकै हिंसाका रूपहरूको पहिचान गर्दै ती कसरी, कहाँ र कसको तर्फबाट बढी हुने गर
बाजुरा— उद्योग वाणिज्य संघ बाजुराले आगलागी पीडित प्रकाश थापालाई आर्थिक सहयोग गरेको छ । बाजुरा उद्योग वाणिज्य संघले आगलागीबाट भएको क्षति प्रति दुःख व्यक्त गर्दै राहत स्वरुप आर्थिक सहयोग गरेको हो ।संघले राहत स्वरुप सहयोग संकलन गरेर ५१ हजार बढी आर्थिक सहयोग गरेको हो ।थोरै भए पनि राहत मिलोस् भन्ने उदेश्यका साथ संघको सहकार्यमा रकम हस्तान्तरण गरिएको उद्योग बाणिज्य संघ बाजुराले जनाएको छ ।संकलित रकम आगलागी भएकै पसलमा पुगेर हस्तान्तरण गरिएको बाजुरा उद्योग वाणिज्य संघका अध्यक्ष देवबहादुर रोकायाले बताए । उनले व्यवसायीहरुबाट संकलन गरेको ५१ हजार ६ सय ७० रुपैयाँ पीडित थापालाई हस्तान्तरण गरेको जानकारी दिए ।&
काठमाडौं— आज नेपाली बजारमा सुनको मूल्य सामान्यरुपमा घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन तोलामा २ सय रुपैयाँले घटेको हो । शुक्रबार २ लाख ५२ हजार ४ सय रुपैयाँमा कारोवार भएको सुन आज घटेर २ लाख ५२ हजार २ सय रुपैयाँमा कारोवार भैइरहेको छ ।यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । शुक्रबार ३ हजार ५ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी आज बढेर ३ हजार ६ सय ५ रुपैयाँमा कारोबार भईरहेको छ ।
सर्लाही— रौतहटमा जेनजी आन्दोलनका क्रममा सरकारी तथा सार्वजनिक संरचनामा गरिएको तोडफोड आगजनीमा संलग्न रहेको आरोपमा थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।प्रहरीका अनुसार पक्राउ पर्नेमा जिल्लाको चन्द्रपुर नगरपालिका–४ बस्ने ३० वर्षीय बिकी पाण्डे रहेका छन्। उनलाई गत बिहिबार राति नियन्त्रणमा लिइएको हो। यसअघि, गत बुधबार साँझ सोही घटनामा संलग्न चन्द्रपुर–४ का ३२ वर्षीय दीपक बस्नेत र वडा–८ का ४३ वर्षीय हरिनारायण चौधरीलाई प्रहरीले पक्राउ गरेको थियो ।पक्राउ परेका तीनैजनामाथि आपराधिक उपद्रवको मुद्दा दर्ता गरी जिल्ला अदालतबाट म्याद थप गरी हिरासतमा राखी थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय रौतहटल
सर्लाही— सर्लाहीमा रेडक्रसको एम्बुलेन्सबाट ठूलो परिमाणमा गाँजा बरामद भएको छ । हरिवन नगरपालिका – ५, घुर्कौलीस्थित हिरालाल टोलमा ज १ च १५५८ नम्बरको एम्बुलेन्समा लागुऔषध लुकाइ छिपाइ ढुवानी भइरहेको भन्ने सूचना पाएपछि प्रहरीले पछ्याउँदै नियन्त्रणमा लिएको हो।नेपाल रेडक्रस सोसाइटी रामनगर बहुअर्वाको नाममा दर्ता उक्त एम्बुलेन्सलाई इलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरीको टोलीले एम्बुलेन्सलाई पछ्याएर जाँच गर्दा पछाडिको भागमा बोराभित्र लुकाइएको ५१ किलो ५०० ग्राम गाँजा भेटिएको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार पक्राउ पर्नेमा एम्बुलेन्स चालक रौतहट यमुनामाई – ४ सरुअठाका ३७ वर्षीय सुरेन्द्र राय यादव रह
काठमाडौं— आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति राजमार्ग बन्द हुने भएको छ ।जिल्ला प्रशासन कार्यालय ललितपुरका अनुसार कान्ति राजमार्गका विभिन्न खण्डमा सडक विस्तारका लागि बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म बन्द हुने छ ।आगामी दुई महिनासम्म सवारी साधन सबै बन्द गरेर मर्मत एवम् विस्तारको काम अगाडि बढाउन लागिएको कान्ति राजमार्ग सडक योजनाले जनाएको छ ।जिल्ला प्रशासन कार्यालय ललितपुरले उक्त सडकखण्डमा सवारी आवागमन पूर्ण रूपमा बन्द हुनेछ ।
Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.