समाचार

    Showing 711-720 of 26,780 items.
  • शेरबहादुर देउवा १२ः४५ मा अवतरण हुँदै, प्रहरीले बासस्थानसम्म एस्कर्ट गर्ने

    काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा थाई एयरलाइन्सको उडानबाट आज बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुँदैछन् । अध्यागमनस्रोतका अनुसार विमान १२ः४५ को समयमा अवतरण हुने पूर्वनिर्धारित तालिका छ ।काठमाडौँ प्रहरीका प्रवक्ता एसपी दानबहादुर थापाका अनुसार उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सिनामंगलस्थित मूल प्रवेशद्वार गोल्डेनगेटदेखि उनको बासस्थान महाराजगञ्ज, चुनादेवीसम्म सुरक्षा सहित (एस्कर्ट) जाने व्यवस्था मिलाइएको छ । चर्चा भएजस्तो धरपकडको कुनै योजना नभएको उनले बताए ।गतवर्ष भदौ २४ मा जेन–जी आन्दोलनका प्रदर्शनकारीबाट शारीरिक दुर्व

    • प्रकाशित मितिः साउन २८, २०८३
    • 207 पटक पढिएको
  • जनआस्था कार्यालयमा बिहानै प्रहरीको छापा

    काठमाडौँ । जनआस्थाका सम्पादक किशोर श्रेष्ठ पक्राउ प्रकरणमा प्रहरीको टोली आज बिहानै जनआस्था साप्ताहिकको कार्यालयमा छापा मार्न पुगेको छ ।जनआस्थाका कर्मचारीका अनुसार पत्रिकाको कार्यालयमा पुगेको प्रहरीको टोली सम्पादक श्रेष्ठको कार्यकक्ष र समाचारकक्षमा प्रवेश गरेको छ ।यसअघि हिजो राति घरबाटै श्रेष्ठ पक्राउ परेपछि राति १ बजे फेरि प्रहरीको टोली घर पुगेर छापा मारेको थियो ।नेपाल पत्रकार महासंघलगायतका पत्रकारका संस्थाहरुले मध्यराति नै प्रहरी कार्यालयमा धर्ना दिएका थिए । प्रहरीको टोली आज बिहानै श्रेष्ठको कार्यालय पुगेको हो ।

    • प्रकाशित मितिः साउन २८, २०८३
    • 174 पटक पढिएको
  • गुप्तचर खबरको प्रश्नपछि प्रहरी छापा, नबिना पक्राउ

    काठमाडौं ।  गुप्तचर खबरको प्रश्नपछि  प्रहरी छापा, नबिना पक्राउ ! एकजना सञ्चालक पक्राउ, अरू कहाँ ? कम्पनीका सञ्चालक कति, नाम किन गुपचुप ? कारोबारमा भूमिका रहेको भनिएका राम गुरुङ खोइ ?           नियामक निकायको अनुमति नलिई घरजग्गा धितो राखेर ऋण प्रवाह भइरहेको भन्दै गुप्तचर खबरले प्रश्न उठाएपछि अन्ततः प्रहरी टप ग्लोबल इन्भेस्टमेन्ट प्रालिको कार्यालयसम्म पुगेको छ । महाराजगञ्जस्थित कम्पनीको कार्यालयमा छापा मारेर प्रहरीले सञ्चालक नबिना गुरुङलाई पक्राउ गरेको छ ।प्रहरीले नबिना गुरुङलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएपछि अहिले प्रश्न एउटा व्यक्तिको पक्राउमा मा

    • प्रकाशित मितिः साउन २७, २०८३
    • 420 पटक पढिएको
  • कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न संसदीय समितिको निर्देशन

    काठमाडौं— उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासमा कालोबजारी गर्ने पेट्रोलपम्प, ढुवानी ट्याङ्कर तथा ग्यास डिलरको इजाजत खारेज गर्नेसम्मको कडा कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ।सिंहदरबारमा आयोजित ‘अत्यावश्यक दैनिक खाद्यवस्तुको सहज आपूर्ति व्यवस्थापनबारे सरोकारवाला निकायसँगको छलफल’ कार्यक्रममा समितिका सभापति रहबर अन्सारीले कालोबजारीमा संलग्न जोकोहीलाई तत्काल कानुनी दायरामा ल्याउन सम्बन्धित निकायलाई निर्देशन दिए।सभापति अन्सारीले पेट्रोलियम पदार्थसम्बन्धी ऐन तथा कालोबजारी नियन्त्रणसम्बन्धी विधेयक तयार गर्न आवश्यक तयारी अघि बढाउन उद्योग, वा

    • प्रकाशित मितिः साउन २७, २०८३
    • 348 पटक पढिएको
  • जटिल अवस्थामा रहेकी गर्भवतीसहित दुई जनाको सफल हवाई उद्धार

    काठमाडौं /  महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सञ्चालित राष्ट्रिय महिला सशक्तीकरण परियोजनामार्फत ज्यान जोखिममा रहेका दुई जनाको सफल हवाई उद्धार गरी समयमै विशेषज्ञ स्वास्थ्य सेवाको पहुँच सुनिश्चित गरिएको छ।सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका–७ निवासी ३८ वर्षीया शारदा बस्नेत विगत तीन दिनदेखि जटिल प्रसूति समस्याका कारण प्रसूति हुन नसकी स्वास्थ्य अवस्था गम्भीर बनेपछि चिकित्सकीय सिफारिसमा तत्काल हवाई उद्धार गरिएको हो। उनलाई हवाई उद्धारमार्फत परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, थापाथली ल्याई विशेषज्ञ चिकित्सकको निगरानीमा उपचार भइरहेको छ।

    • प्रकाशित मितिः साउन २७, २०८३
    • 242 पटक पढिएको
  • रेडक्रसको नयाँ विधानमै कानुनी लडाइँ, सर्वोच्चमा सुनुवाइ जारी

    काठमाडौं । नेपाल रेडक्रसको हालै संशोधित विधान कार्यान्वयनमै प्रश्न उठेपछि विवाद सर्वोच्च अदालत पुगेको छ ।रेडक्रसका सुदूरपश्चिम प्रदेश अध्यक्ष दिलबहादुर बुढासहितले दायर गरेको रिटमाथि न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासमा प्रारम्भिक सुनुवाइ भइरहेको छ ।काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट स्वीकृत रेडक्रस विधान २०२० को १९औँ संशोधन प्रक्रिया नै त्रुटिपूर्ण रहेको दाबी निवेदकहरूको छ । प्रदेश तथा जिल्लाका प्रतिनिधि सहभागी साधारणसभा वा विशेष साधारणसभाबाट विधान पारित हुनुपर्ने प्रावधान मिचिएको भन्दै संशोधित विधान कार्यान्वयन रोक्न माग गरिएको हो ।निवेदक पक्षले संशोधन प्रक्रियामै प्रश्न उठाएपछि रेडक्रसभित्

    • प्रकाशित मितिः साउन २७, २०८३
    • 207 पटक पढिएको
  • लालबकैयामा बेपत्ता दुई बालबालिकाको शव फेला,एक अझै बेपत्ता

    रौतहट । लालबकैया खोलामा नुहाउन तथा पौडी खेल्न गएका तीन बालबालिकामध्ये दुई जनाको मृत्यु भएको छ भने एक जना अझै बेपत्ता छन् ।देवाही गोनाही नगरपालिका–१ करुनियास्थित लालबकैया खोलामा मंगलबार डुबेर बेपत्ता भएका १० वर्षीय महमद रमतुलाह, १० वर्षीया सबनम खातुन र १० वर्षीया रौशन खातुनमध्ये रमतुलाह र सबनमको शव बुधबार बिहान फेला परेको हो ।प्रहरीका अनुसार दुवैको शव घटनास्थलबाट करिब पाँच किलोमिटर दक्षिण परोहा नगरपालिका–२ जिंगडवास्थित लालबकैया खोला किनारमा भेटिएको हो । करिब २०० मिटरको दूरीमा उनीहरूको शव फेला परेको प्रहरीले जनाएको छ ।एउटै खोलामा तीन बालबालिका बेपत्ता भएपछि परिवारमा बज्रपात परेको छ । दुई बालबालि

    • प्रकाशित मितिः साउन २७, २०८३
    • 144 पटक पढिएको
  • रौतहटको लालबकैयामा नदीमा डुबेका दुई बालबालिकाको शव फेला, एक बेपत्ता

    रौतहट / रौतहटको लालबकैया नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका तीन जना बालबालिकामध्ये दुई जनाको शव फेला परेको छ ।जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार देवाहीगोनाही नगरपालिका–२ लक्ष्मिनिया बस्ने १० वर्षीय मोहम्मद रहमतुल्लाह र १० वर्षीया सवनम खातुनको शव फेला परेको हो । उनीहरू हिजो दिउँसो नदीमा नुहाउन गएका बेला डुबेर बेपत्ता भएका थिए ।नदीमा डुबेका अर्की एक बालिका रौशन खातुनको अवस्था भने अझै अज्ञात छ । उनको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ ।बालबालिकाहरू नदीमा डुबेर हराएको सूचना पाउनासाथ स्थानीय सुरक्षा निकायको टोली उद्धारमा खटिएको थियो । इलाका प्रहरी कार्यालय देवाही गोनाहीका प्रहर

    • प्रकाशित मितिः साउन २७, २०८३
    • 166 पटक पढिएको
  • ‘थर्मल ड्रोन’को सहायताबाट चितुवालाई नियन्त्रणमा लिइँदै

    चितवन। डिभिजन वन कार्यालयले मानव बस्ती र आसपासका क्षेत्रमा रहेका दुई चितुवा अनुगमन र नियन्त्रणका लागि ‘थर्मल ड्रोन’को सहायता लिएको छ । कार्यालय र राष्ट्रिय प्रकृति संरक्षण कोषको संयुक्त टोलीलले विगत दुई दिनदेखि कृषि तथा वन विज्ञान विश्वविद्यालयको क्षेत्रमा रहेको झाडीमा चितुवा हुनसक्ने आकलन गर्दै ड्रोनको सहायता लिएको हो ।विगत दुई महिनादेखि भरतपुर महानगरपालिका–१५ र कृषि तथा वन विज्ञान विश्वविद्यालयको परिसरमा रहेको झाडीमा चितुवा देखिएपछि नियन्त्रणको काम सुरु गरिएको हो । दिनको समयमा नदेखिने रातको समयमा देखिने गर्दा नियन्त्रणमा लिन कठिन भएको कार्यालयका सूचना अधिकारी देवीप्रसाद पौडेलले जानकारी दिनुभ

    • प्रकाशित मितिः साउन २७, २०८३
    • 233 पटक पढिएको
  • नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै

    ओखलढुङ्गा। यहाँको रमाइलोडाँडा–रुम्जाटार सडक नौ वर्षपछि पुनः कालोपत्र गरिने भएको छ । कोशी प्रदेश सरकारमातहतको पूर्वाधार विकास कार्यालयले सदरमुकामस्थित रमाइलोडाँडादेखि सानीटारसम्मको ६.५ किलोमिटर सडक स्तरोन्नतिका लागि औपचारिक रूपमा बोलपत्र आह्वान गरेको छ ।कार्यालयले एक महिनाभित्र बोलपत्र टुङ्ग्याएर दुई वर्षभित्र कालोपत्रको काम सक्नेगरी तयारी गरिरहेको जनाएको छ । “हामीले पूरै नयाँ काम गर्नेगरी बोलपत्र आह्वान गरेका छौँ”, पूर्वाधार विकास कार्यालयका प्रमुख सुरेशप्रसाद साहले भन्नुभयो, “अहिले रु ३० करोड बजेटमा ४० एमएम थीक रहने अस्फाल्ड कङ्क्रिट कालोपत्र गर्ने हाम्रो तयारी हो ।”कार्यालयका अनुसार पहिलो चर

    • प्रकाशित मितिः साउन २७, २०८३
    • 204 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.