समाचार

    Showing 6,971-6,980 of 25,597 items.
  • राष्ट्रपति पौडेलद्वारा १३ औं किन्डर ओलम्पिकको मस्कर्टको अनावरण

    काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलले १३ औं किन्डर ओलम्पिकको मस्कर्टको अनावरण गर्नुका साथ ओलम्पिक टर्च हस्तान्तरण गरेका छन् ।राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक कार्यक्रममा मस्कर्टको अनावरण गर्नुका साथै नेपाल विद्यालय खेलकुद महासंघका अध्यक्ष विनोद श्रेष्ठलाई ओलम्पिक टर्च हस्तान्तरण गरेका हुन् ।१३ औं किन्डर ओलम्पिक पुसको १२ गतेदेखि १५ गतेसम्म दशरथ रंगशालामा हुँदै छ । सो ओलम्पिकमा विभिन्न १२ खेलमा प्रतिष्पर्धा हुने नेपाल विद्यालय खेलकुद महासंघले जनाएको छ ।

    • प्रकाशित मितिः पुस ४, २०८२
    • 517 पटक पढिएको
  • पोखरामा हजुरआमाको हत्या आरोपमा नाति पक्राउ

    कास्की— पोखरामा एक वृद्धाको हत्या गरेको आरोपमा उनका नाति पक्राउ परेका छन् । पोखरा महानगरपालिका–३१ बेगनास गाउँकी ७२ वर्षीया दालकुमारी परियारको कुटपिटबाट मृत्यु भएको घटनामा उनका २१ वर्षीय नाति आशिष परियारलाई प्रहरीले बिहीबार दिउँसो पक्राउ गरेको हो ।प्रहरीका अनुसार आशिषले कुटपिट गर्दा घटनास्थलमै दालकुमारीको मृत्यु भएको भन्ने सूचना प्राप्त भएपछि सीआरभी अमरसिंहबाट खटिएको प्रहरी टोलीले उनलाई पोखरा महानगरपालिका–९ स्थित पृथ्वी चोकबाट पक्राउ गरेको हो ।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः पुस ४, २०८२
    • 512 पटक पढिएको
  • काठमाडौं महानगरको अन्तिम लेखापरीक्षण सुरु

    काठमाडौं— काठमाडौं महानगरपालिकाको आर्थिक वर्ष २०८१/८२ को अन्तिम लेखापरीक्षण सुरु भएको छ । महालेखापरीक्षकको कार्यालयका निर्देशक मुकुन्द घिमिरेको नेतृत्वमा खटिएको टोलीले लेखापरीक्षण सुरु गरेको हो ।लेखापरीक्षण अघि भएको बैठकमा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले विवरण, आधार, प्रमाण तथा कारण समयमै उपलब्ध नगराउँदा बेरुजु बढ्ने जोखिम रहने उल्लेख गर्दै सबै विभागीय प्रमुखलाई स्पष्ट जानकारी र आवश्यक कागजात तत्काल उपलब्ध गराउन निर्देशन दिएको थियो ।त्यस्तै प्रशासन विभागका प्रमुख ध्रुवकुमार काफ्लेले महानगरपालिकाको संगठन संरचना, दरबन्दी, सेवा विस्तारसँग सम्बन्धित जनशक्ति व्यवस्थापन, जारी

    • प्रकाशित मितिः पुस ४, २०८२
    • 466 पटक पढिएको
  • निर्धारित मितिमै चुनाव हुनुपर्छः शेखर कोइराला

    काठमाडौं— नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले फागुन २१ मा निर्वाचन हुनैपर्ने बताएका छन् । प्रजातन्त्रको जग निर्वाचन भएकाले कांग्रेस पार्टी निर्वाचनमा जान आतुर रहेको बताए ।“संविधान बचाउने र मुलुकलाई सक्रमणबाट जोगाउने निर्वाचनले मात्रै हो”-कोइरालाले भने-“हामी त निर्वाचनको मिति कुरेर बसेका छौं तर सरकारको तयारी हेर्दा निर्वाचन हुनेमा आशंका समेत जन्मिएको छ ।”सरकारले निर्वाचनको वातावरण बनाउन नसकेको उनको भनाई थियो । “दलका केही नेतालाई काठमाडौ बाहिर जान दिईएको छैन, लुटिएका हतियार बाहिर छन्, कैदीहरु बाहिर छन् यसबारेमा सरकारले के सोचेको छ ? कोइरालाले प्रश्न गरे ।आफ्नो निर्वाचन क्षेत्र मोरङ- ६ अन्तर

    • प्रकाशित मितिः पुस ४, २०८२
    • 460 पटक पढिएको
  • एमालेमा सवल लोकतान्त्रिक अभ्यासः भृकुटीमण्डपमा देखिएको उत्साह

    काठमाडौं— नेकपा एमालेको ११ औँ महाधिवेशन अन्तर्गत बुधबार बिहान ९ बजेदेखि सुरु भएको मतदान प्रक्रिया बिहीबार बिहान ७ बजे सम्पन्न भएको छ । निर्वाचनमा कुल २ हजार २२७ मत खसेको थियो । भृकुटीमण्डपमा नतिजा सार्वजनिक भएसँगै महाधिवेशनस्थल उत्साह, खुशीयाली र नाराबाजीले गुञ्जायमान बनेको थियो । मतदानमा सहभागी प्रतिनिधिहरूले आफ्नो मतको सम्मान भएको अनुभूति गर्दै खुसी व्यक्त गरेका थिए ।महाधिवेशनमा नेकपा एमालेभित्र देखिएका दुई प्यानल—केपी शर्मा ओली र ईश्वर पोखरेल समूहबीच प्रतिस्पर्धा भएको थियो । अन्तिम नतिजाअनुसार ओली नेतृत्वको प्यानल विजयी भएको छ । नतिजा सार्वजनिक भएपछि ‘केपी ओली वी लभ यू’, ‘महेश बस्नेत जिन्दा

    • प्रकाशित मितिः पुस ४, २०८२
    • 483 पटक पढिएको
  • केकी अधिकारीले ‘झिंगेदाउ २’को सेटमै सप्राइज केक काट्दै मनाइन् जन्मदिन

    काठमाडौं— अभिनेत्री केकी अधिकारीले बिहीबार ‘झिंगेदाउ २’को छायांकन सेटमै आफ्नो जन्मदिन मनाएकी छन्। यस वर्षको जन्मदिन ‘झिंगेदाउ २’को टिमले छायांकन सेटमै सप्राइजको रूपमा मनाएको हो।ज्ञानेन्द्र देउजा निर्देशित फिल्म ‘झिंगेदाउ २’को छायांकन हाल काभ्रेको पनौती क्षेत्रमा भइरहेको छ, जसमा केकी शीर्ष भूमिकामा छिन्।सेटमा कलाकार महेश त्रिपाठी र आँचल शर्माले केकीको आँखा छोपेर सप्राइज केक काटेका थिए। जन्मदिनको अवसरमा चलचित्र पत्रकारहरूको पनि उपस्थिती रहेको थियो।केकीले आफ्नै होमप्रोडक्सनमा निर्माण गरेको चलचित्र ‘बोक्सीको घर’ सुपरहिट भएपछि सन् २०२६ भित्रै अर्को चलचित्रको तयारी गरिरहेकी छिन्। पछिल्लो समय प्रदर्श

    • प्रकाशित मितिः पुस ४, २०८२
    • 502 पटक पढिएको
  • विमान नउडेपछि काठमाडौं एयरपोर्टमा कुर्दै रवि लामिछाने

    भैरहवा— पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भैरहवा आउने तयारीमा रहे पनि विमान उड्न नसक्दा काठमाडौंमै रोकिएका छन् ।थुनामुक्त प्रक्रिया पूरा गर्नका लागि उनी काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । तर, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा बाक्लो हुस्सु लागेकाले उडान तथा अवतरण अवरुद्ध हुँदा उनी भैरहवा जान सकेका छैनन्।रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारीको रकम ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई बिहीबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले थुनामुक्त गर्न आदेश दिएको थियो । आदेश ढिलो आएको र आवश्

    • प्रकाशित मितिः पुस ४, २०८२
    • 466 पटक पढिएको
  • रुपन्देही अदालतबाटै रिहा हुनेछन् रवि

    काठमाडौं— रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज रुपन्देही जिल्ला अदालतबाटै रिहा हुने भएका छन्।नक्खु कारागारले अदालतमा पत्र पठाइसकेको छ। अब त्यहाँ उच्च अदालतको आदेशअनुसारका सर्तमा कागज गराएर लामिछानेलाई रिहा गरिने अदालत स्रोतले नेपालखबरलाई जानकारी दिएको छ।रुपन्देहीकै बुटवलस्थित सुप्रिम सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि ललितपुरको नक्खु कारागारमा रहेका लामिछानेलाई उच्च अदालत तुलसीपुरको बुटवल इजलासले बिहीबार बिगोबापत जमानत लिएर रिहा गर्न आदेश दिएको थियो।त्यसको कागजी प्रक्रिया पूरा गर्न उनी आज रुपन्देही

    • प्रकाशित मितिः पुस ४, २०८२
    • 449 पटक पढिएको
  • सार्वजनिक खर्चको प्रभावकारिता र सेवा प्रवाह सुधार आजको प्रमुख चुनौतीः मन्त्री सिन्हा

    काठमाडौं— उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिलकुमार सिन्हाले सार्वजनिक खर्चको प्रभावकारिता र सेवा प्रवाह सुधार आजको प्रमुख चुनौती भएको बताएका छन् । सार्वजनिक खर्चको प्रभावकारिता र सेवा प्रवाह सुधारसम्बन्धी नीतिगत छलफल कार्यक्रममा बोल्दै मन्त्री सिन्हाले सार्वजनिक खर्चको उपयोगिता र सेवाको गुणस्तर नागरिकको दैनिकी, राज्यप्रतिको विश्वास र लोकतन्त्रको प्रभावकारितासँग प्रत्यक्ष रूपमा जोडिएको उल्लेख गरे ।उनले राज्यले नागरिकबाट संकलन गरेको कर, शुल्क तथा अन्तर्राष्ट्रिय सहायता मार्फत प्राप्त स्रोतलाई शिक्षा, स्वास्थ्य, पूर्वाधार, सामाजिक सुरक्षा र प्रशासनिक सेवामा लगानी गर्ने गरेको बताए ।उनले भने,

    • प्रकाशित मितिः पुस ४, २०८२
    • 499 पटक पढिएको
  • मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु

    विराटनगर— मोरङको सुनवर्षी नगरपालिका–४ कासीजाममा गएराति मोटरसाइकल र साइकल एकापसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ ।प्रहरीका अनुसार भित्री सडक हुँदै गोलगाउँबाट कासीजामतर्फ जाँदै गरेको मे ११ प १४० नम्बरको मोटरसाइकलले विपरीत दिशाबाट आउँदै गरेको साइकललाई गएराति करिब ८ः१५ बजे ठक्कर दिएको हो ।दुर्घटनामा गम्भीर घाइते भएका साइकल यात्री सुनवर्षी–४ का ६२ वर्षीय जयरामप्रसाद दासलाई उपचारका लागि रंगेली अस्पताल लगिएको थियो । तर अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले राति ८ः४५ बजे उनलाई मृत घोषणा गरेका मोरङ ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर सन्तोष न्यौपानेले जानकारी दिए ।दुर्घटनामा मोटरसाइकल चालक सुनवर्षी–४ का २७

    • प्रकाशित मितिः पुस ४, २०८२
    • 486 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.