समाचार

    Showing 671-680 of 26,780 items.
  • बागलुङमा वर्षाको दोहोरो प्रहार : दुई राष्ट्रिय राजमार्ग ठप्प, यात्रु बाटोमै अलपत्र

    बागलुङ । रातभरको अविरल वर्षाले बागलुङका दुई प्रमुख राष्ट्रिय राजमार्गमा एकैपटक अवरोध सिर्जना गरेको छ। बाढी र पहिरोका कारण कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड ठप्प भएपछि सडकमा गुडिरहेका यात्रु तथा सवारीसाधन बाटोमै रोकिएका छन्।बागलुङ नगरपालिका–१३ स्थित कालाखोला बगरमा पहिरो खसेपछि कालीगण्डकी करिडोर अवरुद्ध भएको हो। रातिदेखि निरन्तर पानी परिरहेकाले सडकमा पहिरो खस्दा यातायात सञ्चालन हुन सकेको छैन।उता मध्यपहाडी लोकमार्गको बुर्तिवाङ–निसीखोला खण्ड पनि बाढीको चपेटामा परेको छ। निसीखोला गाउँपालिका–४ कानाबजार नजिक ठाडाखोलामा आएको बाढीले सडक अवरुद्ध गरेपछि मध्यपहाडी लोकमार्गबाट हुने आवागमन

    • प्रकाशित मितिः साउन २९, २०८३
    • 131 पटक पढिएको
  • जाजरकोटमा बाढीको वितण्डा स् चार घर र झोलुङ्गे पुल बगायो, भेरी करिडोर ठप्प

    जाजरकोट । अविरल वर्षापछि आएको बाढीले जाजरकोटको नलगाड नगरपालिका–१० तासुघाटमा ठूलो क्षति पुर्‍याएको छ। गएराति आएको बाढीले एउटा खाजा पसलसहित चार वटा घर र झोलुङ्गे पुल बगाएपछि भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।बाढीले बस्ती र सडकमा क्षति पुर्‍याए पनि हालसम्म मानवीय क्षतिको विवरण आएको छैन। बाढीपछि तासुघाट क्षेत्रको जनजीवन प्रभावित भएको छ भने जाजरकोट–डोल्पा आवतजावत गर्ने मुख्य सडक नै बन्द भएको छ।घटनालगत्तै प्रभावित क्षेत्रमा उद्धार तथा क्षतिको विवरण संकलनका लागि सुरक्षाकर्मी परिचालन गरिएको छ। दल्लीस्थित सशस्त्र प्रहरीको अस्थायी मनसुन विपद् व्यवस्थापन बेस र स्थानीय

    • प्रकाशित मितिः साउन २९, २०८३
    • 148 पटक पढिएको
  • नौ मुद्दा खेपिरहेका एकै परिवारका तीन जना पुर्पक्षका लागि जेल

     जनकपुरधाम । मिटरब्याज तथा अनुचित लेनदेनसम्बन्धी विवादमा धनुषा प्रहरीले पक्राउ गरेका एकै परिवारका तीन जना अब कारागारमै बसेर मुद्दाको सामना गर्ने भएका छन्। धनुषा जिल्ला अदालतले रेखा साह, उनका छोरा हरेराम साह र गोपाल साहलाई पुर्पक्षका लागि जलेश्वर कारागार पठाउने आदेश दिएको हो।जनकपुरधाम उपमहानगरपालिका–१६ कपिलेश्वरकी ४८ वर्षीया रेखा साह, ३२ वर्षीय हरेराम साह र ५३ वर्षीय गोपाल साहलाई प्रहरीले गत १ साउनमा पक्राउ गरेको थियो। उनीहरूमाथि अनुचित लेनदेन तथा आपराधिक विश्वासघातसम्बन्धी आरोपमा अनुसन्धान अघि बढाइएको थियो।बुधबार र बिहीबार भएको थुनछेक बहसपछि इजलास नम्बर ११ की न्यायाधीश हिरामाया अवालले तीन

    • प्रकाशित मितिः साउन २९, २०८३
    • 124 पटक पढिएको
  • रोल्पाको पहिरोपछि वर्षमान पुन सिंहदरबारमा, प्रधानमन्त्री बालेनसँग उद्धारमा जोड

     काठमाडौं । रोल्पामा बाढी र पहिरोले जनधनमा क्षति पुर्‍याएपछि नेकपाका नेता वर्षमान पुनले प्रधानमन्त्री बालेन शाहसँग भेटेर तत्काल उद्धार र राहतमा जोड दिएका छन्।शुक्रबार बिहान सिंहदरबार पुगेका पुनले प्रधानमन्त्री शाहसँग भेटवार्ता गर्दै रोल्पाको सुनछहरी गाउँपालिका–२ फलवाङलगायतका क्षेत्रमा पहिरोबाट उत्पन्न अवस्थाबारे जानकारी गराएका हुन्।पुनको सचिवालयका अनुसार भेटमा विशेषगरी पहिरोमा परेर बेपत्ता भएकाको खोजी, उद्धार तथा प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउने विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको थियो।सुनछहरी–२ फलवाङमा पहिरोले वीरबहादुर घर्ती मगरको घर पुरिँदा उनीसहित तीन जना बेपत्ता छन

    • प्रकाशित मितिः साउन २९, २०८३
    • 122 पटक पढिएको
  • पश्चिम नेपालमा वर्षाको कहर : पहिरोले घर पुर्‍यायो, बाढीले पुल–सडक बगायो

     काठमाडौं । पश्चिम नेपालमा लगातारको वर्षा अहिले प्राकृतिक विपद्को गम्भीर रूप लिएर देखिएको छ। गण्डकीदेखि सुदूरपश्चिमसम्म बाढी र पहिरोले सडक, पुल, घर तथा संरचनामा क्षति पुर्‍याउनुका साथै मानवीय क्षतिसमेत भएको छ।पछिल्लो २४ घण्टामा पश्चिम नेपालका विभिन्न क्षेत्रमा भारीदेखि अति भारी वर्षा भएको छ। लमजुङको गिलुङमा १७९।२ मिलिमिटर, स्याङ्जाको पञ्चमुलमा १५३ र कास्कीका विभिन्न स्थानमा १४० मिलिमिटरभन्दा बढी वर्षा मापन भएको छ।लगातारको वर्षापछि बागलुङमा सडक अवरुद्ध, कास्कीमा पुल र होटल बगे, जाजरकोटमा झोलुंगे पुलसहित घरमा क्षति पुगेको छ। सडक अवरुद्ध भएपछि कतिपय ठाउँमा यात्रु बाटोमै अलपत्र परेका छन्।कास्

    • प्रकाशित मितिः साउन २९, २०८३
    • 157 पटक पढिएको
  • पत्रकार किशोर श्रेष्ठलाई महाराजगञ्ज हिरासतमा सारियो, सोमबार सर्वोच्चमा उपस्थित गराइने

     काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक पत्रकार किशोर श्रेष्ठलाई जिल्ला प्रहरी परिसर काठमाडौंको भद्रकाली हिरासतबाट प्रहरी वृत्त महाराजगञ्जमा सारिएको छ। वैयक्तिक गोपनीयता भंग गरेको आरोपमा परेको उजुरीपछि पक्राउ परेका श्रेष्ठलाई प्रहरीले हिरासत स्थान परिवर्तन गरेको हो। प्रहरीले उनलाई अहिले महाराजगञ्ज वृत्तमै राखिएको पुष्टि गरेको छ।श्रेष्ठलाई २७ साउन राति कुसुन्तीस्थित आफ्नै निवासबाट प्रहरीले पक्राउ गरेको थियो। समाचारमा प्रकाशित विषयलाई लिएर एक महिलाले वैयक्तिक गोपनीयता भंग भएको दाबी गर्दै उजुरी दिएपछि उनी पक्राउ परेका हुन्।पक्राउपछि उनलाई अदालतमा उपस्थित गराउँदा तीन दिन हिरासतमा

    • प्रकाशित मितिः साउन २९, २०८३
    • 101 पटक पढिएको
  • दैनिक फलफूलको रस सेवन डिप्रेसनको औषधि !

    एजेन्सी । दैनिक फलफूलको रस वा स्मुदी एक गिलास पिउनाले मानसिक स्वास्थ्यमा केही सकारात्मक प्रभाव पार्न सक्ने देखिएको छ । चार हप्तासम्म गरिएको एउटा सानो अध्ययन अनुसार स्वस्थ आहारका रुपमा फलफुलको जुसमा केही मिसावट नगरी सेवन गर्नाले डिप्रेसनका लक्षणको स्कोर उल्लेखनीय रूपमा कम भएको देखाएको छ ।सामान्य आहारमा गरिएको यस्तो सरल परिवर्तनले मानसिक स्वास्थ्यलाई पनि सहयोग गर्न सक्ने संकेत गरेको हो । बेलायतको न्यूकास्टल विश्वविद्यालयका शोधकर्ताहरुले गरेको उक्त अध्ययनले दैनिक एक गिलास सय प्रतिशत फलफूलको रस वा स्मुदी सेवनले मानसिक स्वास्थ्यलाई सहयोग गर्न सक्नेछ ।सहभागीहरूलाई विभिन्न समूहमा विभाजन गरे

    • प्रकाशित मितिः साउन २९, २०८३
    • 80 पटक पढिएको
  • प्रज्ञा प्रतिष्ठानमा गरिएको नियुक्तिबारे चर्को आलोचना, ‘नैतिक पतन’व्यक्तिलाई कुलपति बनाएको आरोप

    काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपति नियुक्तिको विषय विवादित बनेको छ । प्रतिष्ठानको कुलपतिमा सरकारले विवादित साहित्यकार कुमार नगरकोटीलाई नियुक्त गरेको भन्दै चर्को विरोध भइरहेको हो । कतिपय साहित्यकारहरुले उनलाई ‘नैतिक पतन कुलपति’ कुलपतिको संज्ञा दिएका छन् । पूराना राजनीतिक दलहरूले आफ्ना आफन्त र आफू निकटहरूलाई राजनीतिक नियुक्ति गरेको भन्दै बालेन्द्र शाह नेतृत्वको सरकारले प्रतिष्ठानका सबै नियुक्ति खारेज गरेको थियो। यससँगै योग्य र क्षमता भएका व्यक्ति प्रज्ञाको नेतृत्वमा पुग्ने सबैको अपेक्षा थियो।सरकारले ‘मेरिटोक्रेसी’ योग्यता र क्षमताका आधारमा राजनीतिक भागबण्डा अन्त्य गर्दै खुला प्रतिस्पर्

    • प्रकाशित मितिः साउन २९, २०८३
    • 103 पटक पढिएको
  • कारागारबाट फरार कैदीको संख्या ठूलो छ : आईजीपी कार्की

    काठमाडौं । कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा विभिन्न कारागार तथा हिरासतमा रहेका थुनुवा एवं कैदीबन्दीहरूको मानव अधिकारको अवस्था सम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिको प्रतिवेदन, २०८३ माथि छलफल तथा सुझाव सङ्कलन गरिएको छ ।साथै, बाल सुधार गृहमा रहेका बालबालिकाको मानव अधिकारको अवस्थासम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिले समितिमा पेस गरेको प्रतिवेदन, २०८३ पारित गर्ने सम्बन्धमा पनि छलफल भएको छ ।बैठकमा प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले कारागार तथा हिरासत व्यवस्थापन र फरार कैदीबन्दीको खोजीका विषयमा जानकारी गराएका छन् ।आईजीपी कार्कीले सप्तरी, सिरहा र बाँकेका कारागारमा भएका घटनाका

    • प्रकाशित मितिः साउन २९, २०८३
    • 55 पटक पढिएको
  • बाजुरामा पहिरो थप विवरण: बेपत्ता थापा मृत फेला

    बाजुरा / बाजुरामा पहिरोमा परि बेपत्ता भएकी प्रतीक्षा थापा मृत भेटिएकी छन् । पहिरोमा परेर बेपत्ता भएकी २० वर्षीय प्रतीक्षा थापाको खोजतलास गर्ने क्रममा मृत भेटिएकी हुन् ।पहिराले पुरिएको अवस्थामा उनको शव भेटिएपछि गाउँ शोकाकुल बनेको छ।अविरल वर्षाले गर्दा बाजुराको त्रिवेणी नगरपालिका ताम्सुमा घर माथिबाट पहिरो गएको थियो।पहिरोमा परेर सोही ठाउँ बस्ने धौली देवी रावल र अन्दाजी ४० वर्षका धर्म थापा घाइते भएका थिए । घाइते भएकाहरूलाई उपचारको लागी जिल्ला अस्पताल ल्याइएको छ । बिहीबार राति देखिको अविरल वर्षापछि ताम्सु बस्ने ३९ वर्षीय धर्म थापा र ४३ वर्षीय कर्णबहादुर थापाको घर पहिरोले पुरिएको जिल्ला प्रहरी

    • प्रकाशित मितिः साउन २९, २०८३
    • 135 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.