समाचार

    Showing 671-680 of 18,958 items.
  • शाक्यलाई विद्युत प्राधिकरणमा पुनर्स्थापित गर्न सर्वोच्चको आदेश

    काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरण कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई पुनर्स्थापित गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।शाक्यको रिटमा सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीशद्वय डा. नहकुल सुवेदी र श्रीकान्त पौडेलको इजलासले शाक्यलाई पुनर्स्थापित गर्ने आदेश दिएको हो । सर्वोच्चको आदेशमा भनिएको छ, ‘नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकलाई सो पदबाट हटाउनु पर्दा नेपाल विद्युत् प्राधिकरण, कार्यकारी निर्देशक वा महाप्रबन्धकको सेवाको सर्त तथा सुविधासम्बन्धी विनियावली, २०६१ वा निजसँग गरिएको कार्यसम्पादन सम्झौतामा उल्लिखित प्रकृया र आधारमा हटाउन सकिनेमा सो बमोजिमको कुनै पनि प्रकृया अबलम्बन नगर

    • प्रकाशित मितिः मंसिर २३, २०८२
    • 188 पटक पढिएको
  • सरकारले गर्यो सुरेश रजकलाई सहिद घोषणा

    काठमाण्डौ । सरकारले स्व. पत्रकार सुरेश रजकलाई सहिद घोषणा गर्ने निर्णय गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले रजकलाई सहिद घोषणा गर्ने निर्णय गरेको हो ।रजक काठमाडौंको तीनकुनेमा २०८१ चैत १५ मा भएको प्रदर्शनको क्रममा मारिएका थिए । सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले रजकलाई राज्यको तर्फबाट सहिद घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए ।बैठकले जेनजी आन्दोलनका क्रममा घाइते तथा अपाङ्ग भएका व्यक्तिलाई राहत सहायता उपलब्ध गराउने सम्बन्धी कार्यविधि २०८२ स्वीकृत गरेको छ भने जेनजी आन्दोलनका घाइतेलाई शिक्षा, स्वास्थ्य र रोजगारीको सम्बन्धमा आवश्य

    • प्रकाशित मितिः मंसिर २३, २०८२
    • 191 पटक पढिएको
  • नेपालमा जनविद्रोह हुने दुर्गा प्रसाईंको चेतावनी

    काठमाण्डौ । नागरिक बचाउ दलका संरक्षक दुर्गा प्रसाईंले आफ्ना माग पूरा नभए जनविद्रोह हुने चेतावनी दिएका छन्।सोमवार साँझ सिंहदरबारमा अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीसँगको भेटपछि उनले आफूहरुले राखेका माग पूरा नभए जनविद्रोह हुने र त्यो कसैले नसोचेको हुने चेतावनी दिएका हुन्। उनले प्रधानमन्त्रीसँग आफ्ना मागहरु स्पष्ट रुपमा राखेको बताउँदै उनले आफ्ना माग नागरिकको जनजीविकासँग सम्बन्धित रहेको बताए। अब पुस २ गते दोस्रो चरणको वार्ता गर्ने सहमति भएको बताइएको छ। प्रसाईंले आफूले अघि सारेका मागबारे बुँदागत रुपमा प्रस्तुति दिएका थिए। त्यसपछि प्रधानमन्त्रीले जवाफ दिएकी थिइन्।सो क्रममा प्रसाईंले सरकारब

    • प्रकाशित मितिः मंसिर २३, २०८२
    • 259 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ  ।  जल तथा मौसम विज्ञान विभागका अनुसार देशको गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।दिउँसो कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागसहित देशभर आंशिक बदली रहने महाशाखाले जनाएको छ।राति गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी तथा हिमाली भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। गण्डकी प्रदेशको हिमाली भूभागको केहि स्थानमा हल्का बर्षा/हिमपातको सम्भावना रहेको छ।

    • प्रकाशित मितिः मंसिर २३, २०८२
    • 199 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ८२ पैसा र बिक्रीदर १४४ रुपैयाँ ४२ पैसा निर्धारण गरिएको छ । युरो एकको खरिददर १६७ रुपैयाँ ५४ पैसा र बिक्रीदर १६८ रुपैयाँ २३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९१ रुपैयाँ ५४ पैसा र बिक्रीदर १९२ रुपैयाँ ३४ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७८ रुपैयाँ ७४ पैसा र बिक्रीदर १७९ रुपैयाँ ४८ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ९५ रुपैयाँ ४९ पैसा र बिक्रीदर ९५ रुपैयाँ ८९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०४ रुपैयाँ ०३ पैसा र बिक्रीदर १०४ रुपैयाँ ४६ पैसा, सिङ्गापुर डलर

    • प्रकाशित मितिः मंसिर २३, २०८२
    • 145 पटक पढिएको
  • आज २०८२ साल मंसिर २३ गते मंगलवारको राशिफल

    मेष - Aries(चु, चे, चो, ला, लि, लु, ले, लो, अ)परिस्थिति आफ्नै लागि प्रतिकूल रहला। हडबडीले काम बिग्रनेछ भने सानो गल्तीले काम दोहोर्याउनुपर्ला। बेसुरको व्यवहारले समस्या निम्त्याउनेछ। महत्त्वाकांक्षी योजनामा आफ्नैले बाधा पुर्याउलान्। निर्णायक मोडमा दुविधा हुने हुँदा हतारमा निर्णय नलिनुहोला। हिस्सेदारसँग असमझदारी बढ्नाले सम्झौता भंग हुन सक्छ। गोपनीयतामा सावधान रहनुहोला।वृष - Taurus(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)छोटो समयमा राम्रो उपलब्धि हातलागी हुनेछ। स्रोत-साधन जुट्नाले नयाँ काम थालनी हुनेछ। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। मिहिनेतले दैनिकीमा परिवर्तन आउनेछ। रोकिएका काम बन्नाले थप काम गर्ने

    • प्रकाशित मितिः मंसिर २३, २०८२
    • 312 पटक पढिएको
  • ‘झिँगेदाउ–२’ : दाप्चा फूलबारीमा क्यामेरा पूजा गरेर आर्यन सिग्देल लगायतका कलाकारहरु छायांकनमा

    काठमाडौं । बहुप्रतिक्षित नेपाली चलचित्र ‘झिँगेदाउ–२’ को छायांकन औपचारिक रुपमा सुरु भएको छ । सोमबार काभ्रेको पनौती नगरपालिका–१० स्थित खोपासी जुजु गाउँबाट छायांकन सुरु गरिएको हो । दाप्चा फूलबारीमा क्यामेरा पूजा गरेर कलाकार आर्यन सिग्देल लगायतका कलाकारहरु छायांकनमा छन् ।ज्ञानेन्द्र देउजाको निर्देशनमा न्ने चलचित्रको पहिलो क्ल्याप गीता अधिकारी र संस्कृत अधिकारी अभिनित दृश्यबाट गरिएको निर्माण टिमले जनाएको छ । कपनगढी सिनेमा प्रालिको प्रस्तुतिमा बन्न लागेको यो चलचित्रको छायांकन विष्णु घिमिरे ‘कल्पित’ ले गरिरहेका छन् ।चलचित्रका निर्माता सुलभ प्रतिक देउजा र समिक्षा देउजा, निर्माण नियन्त्रक ईश्

    • प्रकाशित मितिः मंसिर २२, २०८२
    • 94 पटक पढिएको
  • सुनसरीमा १९ किलो गाँजासहित दुई युवक पक्राउ

    सुनसरी— बराहक्षेत्र नगरपालिका–११ मनाही टोलमा प्रहरीले गरेको चेकजाँचका क्रममा १९ किलो गाँजा बरामद गरी दुई जनालाई पक्राउ गरिएको छ।पक्राउ पर्नेमा कोशी गाउँपालिका–६ का रामनाथ यादव (मोटरसाइकल चालक) र भारत बिहार राज्य, सुपौलका भूषण कुमार यादव रहेका छन्।गएराति मधुवन प्रहरी चौकीबाट खटिएको टोलीले प्रकाशपुरबाट मधुवनतर्फ आउँदै गरेको प्रदेश १–०५–००१ प ३४९४ नम्बरको मोटरसाइकल रोकेर खानतलासी गर्दा लागूपदार्थ फेला परेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख प्रहरी निरीक्षक दिवस कुँवरले जानकारी दिए ।मोटरसाइकलको पछाडिको सीटमा सवार रहेका उनीहरू समातिएपछि प्रहरीद्वारा तत्काल नियन्त्रणमा लिइएका छन्।प्रहरीले ब

    • प्रकाशित मितिः मंसिर २२, २०८२
    • 388 पटक पढिएको
  • चितवनमा एक सातामा स्क्रब टाइफस र डेंगुका पाँच संक्रमित फेला परे

    चितवन— चितवनमा एक साताभित्र स्क्रब टाइफस र डेंगुका गरी पाँच जना नयाँ बिरामी भेटिएका छन्।तीनजनामा स्क्रब टाइफस र दुईजनामा डेंगु संक्रमण पुष्टि भएको जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ । यसअघि कार्तिक महिनामा मात्र जिल्लामा स्क्रब टाइफसका ७४ र डेंगुका ३२ जना संक्रमित भेटिएका थिए।गत तीन वर्षको विवरण हेर्दा चितवनमा स्क्रब टाइफसका १ हजार ६२९ र डेंगुका २ हजार ५३६ जना संक्रमित फेला परेका थिए ।

    • प्रकाशित मितिः मंसिर २२, २०८२
    • 392 पटक पढिएको
  • नेप्सेमा सामान्य गिरावट, नगदी ग्रूपमा झुम्मिए लगानीकर्ता

    काठमाडौं— साताको कारोबारको दोस्रो दिन आज सेयर बजारमा सामान्य गिरावट आएको छ ।आज नेप्से परिसूचक ३ दशमलव ०२ अंकले घटेर २६०६ दशमलव ६७ को विन्दुमा पुगेको छ । सोमबार ३३१ कम्पनीका ८३ हजार २७३ पटकको कारोबारमा एक करोड एक लाख ४६ हजार ४०० कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ४ अर्ब ६६ करोड ९५ लाख ४८ हजार ७४२ रुपैयाँ रहेको छ ।आज ९९ कम्पनीको सेयर मूल्य बढ्दा १४७ कम्पनीको घटेको छ भने १२ कम्पनीको मूल्य स्थिर रहेको छ । सोमबार अप्पर स्याङ्गे हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने स्वस्तिक लघुवित्त, झापा इनर्जी र श्रीनगर एग्रीटेकको सेयर मूल्य ९ दशमलव ९९ प्रतिशतले वृद्धि भएको छ ।त्

    • प्रकाशित मितिः मंसिर २२, २०८२
    • 378 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा