समाचार

    Showing 6,341-6,350 of 25,597 items.
  • अध्यक्ष ओली भन्छन कांग्रेस–एमाले नजिकिएपछि निर्वाचन सार्ने षडयन्त्र हुँदैछ

    काठमाडौं— नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको वर्तमान राजनीतिक अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् ।मंगलबार बसेको सचिवालय बैठकमा बोल्दै अध्यक्ष ओलीले तत्काल निर्वाचन हुने वातावरण अझै नबनिसकेको धारणा पनि राखे ।उनका अनुसार एमाले र कांग्रेस नजिकिँदै गएपछि सरकार तथा केही विदेशी शक्तिहरूले निर्वाचनलाई सार्ने वा विभिन्न चरणमा विभाजन गरेर गराउने षड्यन्त्र गरिरहेको अवस्था देखिएको छ । यस प्रक्रियामा सर्वोच्च अदालतका न्यायाधीशहरूमाथि निरन्तर दबाब र धम्की दिइँदै संसद् पुनःस्थापना हुन नदिने प्रयास भइरहेको उल्लेख गर्दै उनले यसले लोकतान्त्रिक मूल्य–मान्यतामाथि गम्भीर प्रश्न उठाएको बताए ।अध

    • प्रकाशित मितिः पुस २२, २०८२
    • 536 पटक पढिएको
  • गोंगबुमा खैरो हेरोइनसहित दुई जना पक्राउ

    काठमाडौं— टोखा नगरपालिका–९ गोंगबुस्थित एक होटलबाट प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा नुवाकोट बेलकोटगढी नगरपालिका–११ निवासी २६ वर्षीय महेन्द्र तामाङ र बागलुङ ढोरपाटन नगरपालिकाकी २२ वर्षीया निरूता अदेही मगर रहेका छन्। गएराति उनीहरु दीपसागर होटलमा खैरो हेरोइन सहित पक्राउ गरेकोे प्रहरीले जनाएको छ। उनीहरूको साथबाट छ ग्राम ४४० मिलिग्राम खैरो हेरोइन बरामद गरेको प्रहरीको भनाइ छ।

    • प्रकाशित मितिः पुस २२, २०८२
    • 473 पटक पढिएको
  • आश्रममा सुबिसुको निःशुल्क वाइफाई जडान गर्यो

    काठमाडौं— नेपाललाई विगत २५ वर्षदेखि इन्टरनेट तथा टेलिभिजन सेवामार्फत जोड्दै आएको सुविसु लिमिटेडले नीलसागर सेवा आश्रममा निःशुल्क वाइफाई जडान गरिदिएको छ । २५ औं वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व (सीएसआर)अन्तर्गत निस्शुल्क वाइफाई जडान गरिएको कम्पनीले जनाएको छ ।नीलसागर सेवा आश्रमले वृद्धवृद्धा तथा अनाथ बालबालिकालाई आश्रय दिँदै आएको छ । सो आश्रममा २५० भन्दा बढीले आश्रय पाएका छन् । तीमध्ये ८० भन्दा बढी बालबालिका र १५० भन्दा बढी वृद्धवृद्धा छन् ।निशुल्क वाइफाई केवल इन्टरनेट कनेक्सन मात्र नभई उनीहरूलाई समाज र संसारसँग जोड्ने एउटा महत्त्वपूर्ण माध्यम पनि हो’ सुविसुले एक विज्ञप्तिमार्फत भनेको छ

    • प्रकाशित मितिः पुस २२, २०८२
    • 560 पटक पढिएको
  • विशेष महाधिवेशन केन्द्रीय समितले आब्हान गर्नुपर्छः डा.शेखर कोइराला

    काठमाडौं— नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले बिशेष महाधिवेशन सहमतिका आधारमा केन्द्रीय समितिले नै आह्वान गर्नुपर्ने बताएका छन् ।उनले भने, ‘अहिले राष्ट्रिय सभा र प्रतिनिधि सभाको समानुपाति उम्मेद्वार टुंग्याउनु पर्नेछ । यसकारण बिशेष महाधिवेशन पक्षधरहरुसँग छलफल गरेर माघ ६ गतेपछि बोलाउँदा उचित हुने बताए । उनका अनुसार त्यो बेलासम्म राष्ट्रिय सभा तथा प्रतिनिधि सभाको मनोनयनका सबै प्रक्रिया सकिन्छन् । यसरी बोलाउँदा एकताको सन्देश पनि जान्छ ।’मंगलबार उनले आफ्नो निजी सचिवालयमा पार्टीका ३० भन्दा केन्द्रीय सदस्यहरुको समूहसँग छलफल गरेका थिए । उक्त भेटघाटमा डा. कोइरालाले सबैको मनोभावना सम्बोधन ह

    • प्रकाशित मितिः पुस २२, २०८२
    • 505 पटक पढिएको
  • २५ अर्ब रुपैयाँको ऋण पत्र जारी गर्दै राष्ट्र बैंक

    काठमाडौं— नेपाल राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ बराबरको ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ (घ)’ जारी गर्ने भएको छ । बैंकले एक वर्ष अवधिको उक्त ऋणपत्र अनलाइन बोलकबोल प्रणालीमार्फत निष्कासन गर्न लागेको हो ।राष्ट्र बैंकका अनुसार ऋणपत्रको बोलकबोल मिति २०८२ पुस २२ गते  मध्यान्ह १२ बजेसम्म तोकिएको छ । आजै ऋणपत्र निष्कासन गरिनेछ भने यसको परिपक्वता मिति २०८३ पुस २२ गते रहेको छ ।ऋणपत्रको ब्याजदर बोलकबोल प्रक्रियाबाट निर्धारण हुनेछ । यसमा ब्याज भुक्तानी अर्धवार्षिक रूपमा गरिने व्यवस्था गरिएको छ । लगानीकर्ताले न्यूनतम ५ करोड रुपैयाँदेखि अधिकतम ५ करोड रुपैयाँका दरले, कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्ने

    • प्रकाशित मितिः पुस २२, २०८२
    • 438 पटक पढिएको
  • आज राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक बस्दै

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक आज बस्ने भएको छ ।दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बैठक बस्ने प्रवक्ता मनिष झाले जानकारी दिए ।बैठकमा प्रत्यक्षतर्फ उम्मेदवारी दिने अन्तिम मिति, उम्मेदवार सिफारिस उपसमिति र पार्टी समायोजन उपसमिति विस्तार, केन्द्रीय समिति विस्तार, निर्वाचन परिचालन समिति गठनका विषयमा छलफल हुनेछ ।साथै, समानुपातिक उम्मेदवार परिचालन कार्यविधि, निर्वाचन स्रोत व्यवस्थापन कार्यविधि, प्रदेश र जिल्ला स्तरीय पार्टी प्रवेश कार्यक्रम तथा स्थानीय तह उम्मेदवार क्लब गठनका विषयमा समेत छलफल हुने प्रवक्ता झाले बताए ।

    • प्रकाशित मितिः पुस २२, २०८२
    • 539 पटक पढिएको
  • गैँडाको आक्रमणबाट एक जनाको मृत्यु

    चितवन— चितवनमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ।सोमबार दिउँसो चितवनको भरतपुर महानगरपालिका(१२ रामदेलस्थित सामुदायिक वनको कालिमाटी घोलनजिक घाँसदाउरा काट्न गएका बेला ५६ वर्षीय बाबुकाजी क्षेत्रीलाई जंगली गैँडाले आक्रमण गर्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । पोस्टमार्टमका लागि शव सोमबार साँझ भरतपुर सरकारी अस्पताल पठाइएको छ।

    • प्रकाशित मितिः पुस २२, २०८२
    • 437 पटक पढिएको
  • ओलीले जाँचबुझ आयोगलाई दिएको लिखित बयानका मुख्य ६ बुँदाहरु

    काठमाडौं— नेकपा एमालेका अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले जाँचबुझ आयोगलाई दिएको बयानका मुख्य ६ बुँदा सार्वजनिक गरिएको छ।एमालेका सचिव महेश बस्नेतले मंगलबार बिहान ओलीले जाँचबुझ आयोगले दिएको लिखित बयानका मुख्य ६ बुँदा सार्वजनिक गरेका हुन्। यस्ता छन् बुँदाः-२२ भदौको बेलुका राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा आन्दोलन शान्तिपूर्ण हुने, बल प्रयोग नगर्ने र युवा(विद्यार्थीलाई सहयोग गर्ने विषयमा छलफल भएको।-आन्दोलनमा घुसपैठ र अराजक समूह प्रवेश भएको कुरा आन्दोलनमा संलग्न युवाहरूले नै स्वीकार गरिसकेका।-आन्दोलन गर्ने अधिकांश व्यक्ति जेनजी नभएको कुरा तत्कालीन फोटो र भिडिओहरूले प्रस्ट देख

    • प्रकाशित मितिः पुस २२, २०८२
    • 548 पटक पढिएको
  • विषालु च्याउ खाँदा गोरखामा चार जना बिरामी

    काठमाडौं— गोरखा नगरपालिका–१४ मा परालको थुप्रोमा उम्रिएको च्याउ खाँदा एउटै परिवारका चार जना बिरामी परेका छन्। विषालु च्याउको तरकारी खाएपछि ३० वर्षीया हीरा पहरी र उनका तीन सन्तान बिरामी भएका हुन्।मकवानपुरको बागमती नगरपालिका–१३ स्थायी घर भएकी पहरी हाल गोरखामा डेरा गरी बस्दै आएकी थिइन्। सोमबार साँझ घर नजिकैको परालको टौवामा उम्रिएको च्याउ टिपेर पकाएर खाएपछि उनीहरूमा पेट दुख्ने, वाकवाकी लाग्ने र अत्यधिक थकान लाग्ने जस्ता लक्षण देखिएको थियो।बिरामी पर्नेहरूमा १२ वर्षीय किसान, ६ वर्षीय हिमाल र ५ वर्षीया सुजिता रहेका छन्। सबैलाई तत्काल उपचारका लागि तनहुँको आबुखैरेनी गाउँपालिका अस्पताल पुर्‍याइएको र हाल

    • प्रकाशित मितिः पुस २२, २०८२
    • 513 पटक पढिएको
  • ‘मदुरोलाई क्याप्चर गरेको घटना अन्तर्राष्ट्रीय कानुन विपरित’

    काठमाडौं— मानव अधिकार तथा शान्ति समाजले अमेरिकाले भेनेजुएलामा अतिक्रमण गरी त्यहाँका विवादास्पद राष्ट्रपति निकोलस मदुरोलाई पक्राउ गरेको घट्नाप्रति आपत्ति जनाएको छ ।मंगलबार एक विज्ञप्ति जारी गर्दै समाजकी सभापति रेनुका पौडेलले मदुरोलाई क्याप्चर गरेको घटनाप्रति आपत्ति जनाएकी हुन् ।‘तानाशाह मदुरो कुनै आदर्श नेता होइनन तर अमेरिकी कदम अन्तर्राष्ट्रीय कानुन विपरित हुनुका साथै संयुक्त राष्ट्र सङ्घको बडापत्र विपरित छ । अमेरिकाको यो कदमले गलत नजीर स्थापना गरेको छ जुन थप अशान्तिको कारक बन्न सक्छ,’ विज्ञप्तिमा भनिएको छ ।‘मदुरो अनेकौ गम्भिर मानव अधिकार उल्लङ्घनका लागि जिम्मेवार छन तसर्थ मदुरोप्रति मानव अधिक

    • प्रकाशित मितिः पुस २२, २०८२
    • 470 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.