समाचार

    Showing 5,051-5,060 of 9,793 items.
  • प्रतिनिधिसभाले पास गरेको १० दिनपछि नागरिकता विधेयक आज राष्ट्रियसभामा पेस हुँदै

    झापा / राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि फिर्ता पठाएको नागरिकता विधेयकबारे आज राष्ट्रिय सभाको बैठकमा पेस गर्ने तयारी छ ।बैठकमा राष्ट्रपतिबाट पुनर्विचार गर्न भन्दै फिर्ता गरिएको तर प्रतिनिधिसभाले जस्ताको तस्तै पुनः पारित गरेको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७१ पेस गर्ने तयारी भएको हो ।राष्ट्रिय सभाको बैठक आज दिउँसो १ बजे बस्दैछ । सम्भावित कार्यसूची अनुसार बैठकमा राष्ट्रिय सभाका सचिव राजेन्द्र फुँयालले राष्ट्रपतिबाट पुनर्विचारको लागि फिर्ता भएको ‘ नागरिकता विधेयकका सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देशको जानकारी गराउनेछन् ।संघीय संसद्का दुवै सदनबाट पारित भई नागरिकता व

    • प्रकाशित मितिः भदौ १२, २०७९
    • 59 पटक पढिएको
  • काठमाडौंमा दुर्घटना : एक प्रहरी हवल्दारको मृत्यु , तीन जना घाइते

    काठमाडौं / काठमाडौंको गोकर्णेश्वर नगरपालिका -६ अर्थोपेडिक अस्पताल नजिकै गएराती स्कुटर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्कुटर चालक काठमाडौंकै शंकरापुर नगरपालिका -५ पालुबारीका ३५ वर्षीय बाल कुमार कटुवाल रहेका छन् ।  अत्तरखेल स्थित नेपाल मेडिकल कलेजमा उपचारको क्रममा कटुवालको गएराती पौने १२ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा तीन जना घाइते भएका छन् । कटुवाल प्रहरी प्रभाग साँखुमा कार्यरत प्रहरी हवल्दार रहेको बुझिन आएको छ । दुर्घटनामा घाइते भएका स्कुटरमा पछाडि जोरपाटी बस्ने ३१ वर्षीय सुरेश राई र मोटरसाइकल चालक भक्तपुरका सुमन श्रेष्ठको उपचार त्रि

    • प्रकाशित मितिः भदौ १२, २०७९
    • 134 पटक पढिएको
  • विराटनगरबाट तेल बोकेर गएको ट्रक त्रिशूली किनारमा खस्दा आगलागी

    झापा / विराटनगरबाट खाने तेल लिएर काठमाडौँ जाँदै गरेको ना ५ ख ५९५५ नम्बरको ट्रक आज बिहान पृथ्वीराजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका –६ स्थित जरे खेतमा दुर्घटना भएको छ।सडकबाट करिब दुई सय मिटर तल त्रिशूली नदी किनारमा खस्दा ट्रकको अगाडिपट्टि भागमा आगलागी भएको थियो।इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायब उपरीक्षक भावेश रिमालको नेतृत्वको प्रहरी र आदमघाटस्थित सशस्त्र प्रहरी बलको संयुक्त टोली सहित स्थानीयवासीले तत्काल आगो नियन्त्रणमा लिएका थिए।‘प्रहरी र स्थानीयको प्रयासमा आगो नियन्त्रण गर्न सकिएकाले मानवीय क्षति हुनबाट जोगियो,’ उनले भने। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    • प्रकाशित मितिः भदौ १२, २०७९
    • 37 पटक पढिएको
  • लिबियामा झडपमा परी २३ जनाको मृत्यु

    एजेन्सी / लिबियामा राजनीतिक विवाद फेरि चुलिएको छ । विवादले हिंसाको रूप लिएको छ । पछिल्लो पटक राजधानी त्रिपोलीमा झडपमा कम्तीमा २३ जनाको मृत्यु भएको छ । घटनामा कयौँ मानिस घाइते भएका छन् । अधिकारीहरूका अनुसार झडपमा त्यहाँका एक युवा हास्य कलाकार मस्तफा बराकाको पनि मृत्यु भएको छ ।लिबियामा सन् २०११ मा कर्नेल मुअम्मर गद्धाफीको अन्त्यसँगै केही समय राजनीतिक अस्थिरता भए पनि पछिल्ला वर्षहरूमा देश शान्त थियो । तर, मान्यता पाएको सरकारको सुरक्षा बल र स्वघोषित सरकारका सुरक्षा बलबीच झडपका घटना हुन थालेका छन् ।राजधानी त्रिपोली लगायत कयौँ ठाउँमा पछिल्लो पटक घरेलु सहित स- साना हतियार बोकेका मिलिसिया देखिन थ

    • प्रकाशित मितिः भदौ १२, २०७९
    • 87 पटक पढिएको
  • बाढीले मेलम्ची–हेलम्बु सडक अवरुद्ध

    काठमाडौँ  / गए रातिको बाढीले मेलम्ची–हेलम्बु सडकअन्तर्गत मेलम्ची –११ मा सडक अवरुद्ध भएको छ । सीमखेत नजिकै नदी सडकमा पसेर कटान गर्दा यातायातका साधन सञ्चालनमा समस्या आएको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ ।सडक अवरुद्ध हुँदा हेलम्बु गाउँपालिका र मेलम्चीको वडा नं ६ र ७ का स्थानीय प्रभावित भएका छन् । पानीको बहाव हेरेर सडक सञ्चालन गरिने मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले जानकारी दिए।सिन्धुपाल्चोकको धाप र आसपासको क्षेत्रमा पछिल्लो छ घण्टामा भारी वर्षा मापन गरिएको छ । मध्यरातदेखि बिहानसम्म पनि वर्षा जारी रहेकाले सो क्षेत्र भई बहने स–साना नदीमा आकस्मिक बहाव हुने हुँदा तटीय क्षेत

    • प्रकाशित मितिः भदौ १२, २०७९
    • 53 पटक पढिएको
  • आजदेखि एक सातासम्म मतदाता नामावली अद्यावधिक गरिने

    झापा / निर्वाचन आयोगले आज (आइतबार) देखि मतदाता नामावली अद्यावधिक तथा दाबी विरोधको प्रक्रिया सुरु गर्दै छ ।मतदाता नामावली अद्यावधिक (दाबी विरोधसमेत)को कार्यक्रम आयोगले आज भदौ १२ गतेदेखि १९ गते सम्म सञ्चालन गर्ने भएको हो । मतदाता नामावली ऐन, २०७३ बमोजिम निर्वाचनको मिति घोषणा भएको दिन २०७९ साउन १९ गतेसम्म सङ्कलन भएको र मतदान हुने मिति भन्दा अघिल्लो दिन २०७९ मंसिर ३ गतेसम्म १८ वर्ष उमेर पुग्ने व्यक्तिको मतदाता नामावली अद्यावधिक तथा दाबी विरोधको प्रक्रिया सुरु गरिने आयोगले जनाएको छ ।उक्त अवधिमा नामावलीमा भएको त्रुटि सच्याउने, कसैले झुट्टा विवरण दिई नामावलीमा नाम समावेश गरेको भए त्यसको विरोधमा

    • प्रकाशित मितिः भदौ १२, २०७९
    • 57 पटक पढिएको
  • राहदानी विभागको अण्डरग्राउण्ड पार्किङ एरिया महानगरले गरायो खाली

    काठमाडौं  / काठमाडौं महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभागको अण्डरग्राउण्ड पार्किङ खाली गराएको छ ।ट्राफिक व्यवस्थापनका लागि अन्डरग्राउण्ड पार्किङमा जोड दिएको महानगरको टोली शुक्रबार राहदानी विभागको अनुगमनमा गएको थियो ।त्यसक्रममा बेसमेन्ट प्रतीक्षालयका रुपमा प्रयोग गरेको पाइएपछि नगर प्रहरीले कुर्सीहरू हटाएको हो ।‘अन्डरग्राउण्ड’ पार्किङमा विभिन्न सामानहरू राखिएको थियो । अवैध संरचना हटाउन ३५ दिने सूचना जारी गरेको महानगरले पछिल्लो दुई दिनयता आफैले डोजर लगाएर संरचना भत्काइरहेको छ ।नक्सा पास भए बमोजिम अन्डरग्राउण्डमा पार्किङ प्रयोजनमा आए नआएको अनुगमन गर्न महानगरका नगरप्रहरी प्रमुख एसपी

    • प्रकाशित मितिः भदौ १०, २०७९
    • 66 पटक पढिएको
  • नक्कली मदिरा उत्पादन गरी बिक्रीवितरण गर्ने गिरोह पक्राउ

    काठमाडौं / नक्कली मदिरा उत्पादन गरि बिक्रीवितरण गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा हरि वली, भगवान बस्नेत, विशाल वली, मनोज खत्री र गोपी श्रेष्ठ रहेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँले शुक्रबार पत्रकार सम्मेलन गर्दै बरामद भएका विभिन्न ब्राण्डका नक्कली मदिरा‍सहित पक्राउ परेकाहरूलाई सार्वजनिक गरेको हो। कोटेश्वरमा विभिन्न ब्राण्डका नक्कली मदिराको बिक्रीवितरण हुने गरेको सूचनाका आधारमा अनुसन्धान गर्दा हरि वली भन्ने व्यक्तिको संलग्नता पाइएको र निजको डेराबाट डबल ब्ल्याक, ब्ल्याक लेबल लगायतका मदिराहरू चार कार्टुन सिल प्याक गरिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।उनीसँग

    • प्रकाशित मितिः भदौ १०, २०७९
    • 97 पटक पढिएको
  • महाअभियोग समितिले माग्यो चोलेन्द्र विरुद्धका प्रमाण

    झापा / प्रतिनिधि सभाको महाभियोग सिफारिस समितिले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध लागेको महाभियोगसँग सम्बन्धित प्रमाण माग गरेको छ । समितिले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै तीन दिनभित्र महाअभियोग लगाइएको आरोपसँग सम्बन्धित विषयमा प्रमाण उपलब्ध गराउन आदेश दिएको हो ।बिहीबार बसेको महाअभियोग सिफारिस समितिको बैठकले राणाविरुद्धको महाअभियोग आरोपसँग सम्बन्धित विषयमा प्रमाण, कागजात तथा जानकारी समितिमा उपलब्ध गराइदिन सरोकारवालालाई आग्रह गर्ने निर्णय गरेको थियो। प्रधानन्यायाधीश जबराविरुद्ध संविधानको धारा १०१ को उपचार २ तथा प्रतिनिधिसभा नियमावली २०७५ को नियम १६१ बमोजिम एक चौथाई भन्दा

    • प्रकाशित मितिः भदौ १०, २०७९
    • 80 पटक पढिएको
  • आफैले घाटीमा खुकुरी प्रहार गरी आत्महत्या

    झापा / भोजपुरको सानोदुम्बा -५ घर भई धरान -१३ बस्दै आएका ४१ वर्षीय राम बहादुर रम्तेलले आफैले घाँटीमा खुकुरी प्रहार गरी आत्महत्या गरेका छन् । बिहीवार बेलुका रम्तेलले ७१ वर्षीय सासु नरमाया भुजेललाई अचानक टाउकोमा खुकुरी प्रहार गरी घाईते बनाएको र आफैले घाँटीमा खुकुरी प्रहार गरी आत्महत्या गरेको भन्ने खबर प्राप्त भए सँगै इलाका प्रहरी कार्यालय धरानबाट प्रहरी टोली खटि गई घाइतेलाई उपचारको लागी बि पि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा पठाएको तथा घटना र मृतकको सम्बन्धमा थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।

    • प्रकाशित मितिः भदौ १०, २०७९
    • 210 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा