समाचार

    Showing 4,961-4,970 of 25,564 items.
  • सवारी दुर्घटनामा दुई जनाको मृत्यु

    सुनसरी— सुनसरीको दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । दुहबी नगरपालिका–५ का ३२ बर्षीय बिजय ऋषिदेव र सप्तरी छिन्नमस्ता गाउँपालिका–६ का ४७ वर्षीय गिरिजानन्द साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए।आज बिहान बराहक्षेत्र नगरपालिका–११ गुप्ताटोलस्थित भित्रि सडकमा को २५ प १४९ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा ऋषिदेव गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । सोही दुर्घटनमा दुहबी–५ का दिपेन ऋषिदेव घाइते भएका हुन । उनको उपचार भइरहेको प्रनाउ खड्काले बताए। त्

    • प्रकाशित मितिः फागुन १४, २०८२
    • 524 पटक पढिएको
  • नेपालमा स्मार्टफोन आयातमा चीनको वर्चस्व बढ्दै, भारतबाट आयात घट्दो

    काठमाडौं— पछिल्ला केही वर्षयता भारतमा समेत ठूलो परिमाणमा स्मार्टफोन उत्पादन हुँदै आए पनि नेपालमा भने चीनबाट हुने आयातको हिस्सा उल्लेखनीय रूपमा बढेको देखिएको छ । भन्सार विभागको चालू आर्थिक वर्षको पहिलो सात महिनाको तथ्यांकले चीनबाट आयात भएका स्मार्टफोनको हिस्सा अझै बढेको पुष्टि गरेको छ । विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्षको पहिलो सात महिनामा चीनबाट मात्रै १२ लाख ४ हजार ५७७ ओटा स्मार्टफोन आयात भएका छन् ।यो संख्या उक्त अवधिमा आयात भएका कुल स्मार्टफोनको ८५.१३ प्रतिशत हो । गत आर्थिक वर्षको सोही अवधिमा चीनबाट ९ लाख ५३ हजार २१६ थान स्मार्टफोन आयात भएका थिए, जुन कुल आयातको ७७.५० प्रतिशत थियो ।गत आर

    • प्रकाशित मितिः फागुन १४, २०८२
    • 566 पटक पढिएको
  • उपचारका लागि सिंगापुर प्रस्थान गरे शेरबहादुर देउवा

    काठमाडौं— शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान गरेका छन् ।नेपाली कांग्रेसका पूर्व सभापति समेत रहेका देउवा बुधबार राति ११ः३० बजे सिंगापुर एयरलाइन्सको उडानबाट प्रस्थान गरेका हुन् ।उनको स्वास्थ्य अवस्थाबारे विस्तृत जानकारी सार्वजनिक नगरिए पनि नियमित स्वास्थ्य परीक्षण तथा आवश्यक उपचारका लागि उनी सिंगापुर गएको स्रोतले जनाएको छ ।

    • प्रकाशित मितिः फागुन १४, २०८२
    • 563 पटक पढिएको
  • सुनचाँदीकोे मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं— नेपाली बजारमा बिहीबार सुनचाँदीकोे मूल्य बढेको छ ।आज छापावाला सुनको मूल्य ६ सय रुपैयाँले बढेर ३ लाख १५ हजार ४ सय रुंपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बुधबार सुनको मूल्य ३ लाख १४ हजार ८ सय रुंपैयाँमा कारोबार भएको थियो ।त्यस्तै, आज चाँदीको मूल्य १० रुपैयाँले बढेको छ । आज चाँदीका मूल्य तोलामा ५ हजार ७ सय २५ रुपैयाँमा कारोबार भएको छ । बिहीबार मंगलबार चाँदी प्रतितोला ५ हजार ७ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।

    • प्रकाशित मितिः फागुन १४, २०८२
    • 563 पटक पढिएको
  • झापाका ३ मतदान केन्द्र महिलाको नेतृत्वमा

    प्रतिनिधिसभा निर्वाचनका लागि झापा क्षेत्र नम्बर ३ का ३ मतदान केन्द्रको नेतृत्व महिलाले पाएका छन् ।भद्रपुर नगरपालिका– ८ स्थित मेची रंगशालामा रहेको मतदानस्थलका ३ मतदान केन्द्रको नेतृत्व महिलालाई सुम्पिएको मुख्य निर्वाचन कार्यालयका सहायक निर्वाचन अधिकारी डिल्लीप्रसाद प्रसाईले जानकारी दिए ।‘यहाँको मतदान अधिकृतदेखि कर्मचारी, प्रहरीसमेत महिलालाई तोकिएको छ,’ प्रसाईले भने । उनका अनुसार मतदानस्थलको ‘क’ केन्द्रको बुथमा मतदान अधिकृतको रूपमा घरेलु तथा साना उद्योग कार्यालय भद्रपुरकी प्रमुख पुष्पलता उप्रेती र सहायक मतदान अधिकृतमा प्रतिक्षा घिमिरे छन् ।‘ख’ केन्द्रको बुथमा मतदान अधिकृतको रूपमा विशेष नापी कार्

    • प्रकाशित मितिः फागुन १४, २०८२
    • 247 पटक पढिएको
  • सात महिनामा ८ अर्ब ६१ करोडको अलैंची निर्यात

    काठमाडौं— नेपालबाट चालु आर्थिक वर्ष (आव) २०८२/८३ को पहिलो सात महिनामा ८ अर्ब ६१ करोड २० लाख रुपैयाँको अलैंची निर्यात भएको छ । विभागका अनुसार यस अबधिमा उक्त रकम बराबरको ४ हजार १५३ मेट्रिक टन अलैंची निर्यात भएको हो ।यो निर्यात गत आवको सोहि अवधिको तुलनामा बढी हो । गत आवको सोहि अवधिमा नेपालबाट ५ अर्ब ३९ करोड रुपैयाँ बराबरको ३ हजार २८ मेट्रिक टन अलैंची निर्यात भएको थियो । नेपालले दुबई, अस्ट्रेलीया, फ्रान्स, भारत, स्विटजरल्यान्ड र अमेरीका लगायत मुलुकमा अलैंची निर्यात गर्दै आएको छ ।नेपालमा इलाम, पाँचथर, ताप्लेजुङ, तेह्थुम, संखुवासभा, भोजपुर, धनकुटा, दोलखा, काभ्रेपलाञ्चोकलगायत ३९ जिल्लामा अलैंची खेती

    • प्रकाशित मितिः फागुन १४, २०८२
    • 512 पटक पढिएको
  • निर्वाचन आचारसंहिता कडाइका साथ पालना गराउन आयोगको आग्रह

    काठमाडौं— निर्वाचन आयोगले निर्वाचन प्रचारप्रसार निषेध अवधि प्रभावकारी रूपमा लागू गराउन गृह मन्त्रालयलाई निर्देशन दिन अनुरोध गरेको छ ।आयोगले प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायलाई आचारसंहिता उल्लङ्घन भए तत्काल कानुनी कारबाही गर्न र जानकारी गराउन भनेको छ । मतदानको मितिभन्दा सात दिनअघिदेखि अन्तिम परिणाम घोषणा नभएसम्म मदिरा बिक्री–वितरण तथा सेवनमा रोक लगाउन पनि आयोगले आग्रह गरेको छ ।मतदानको दिन अत्यावश्यक सेवाका सवारीसाधनबाहेक अन्य सार्वजनिक तथा निजी सवारी सञ्चालनमा रोक लगाइने जनाइएको छ । हवाई उडान भने यथावत् रहने र टिकट भएका यात्रुलाई एयरलाइन्स वा निजी सवारी प्रयोग गर्न दिने व्यवस्था मिलाइने

    • प्रकाशित मितिः फागुन १४, २०८२
    • 481 पटक पढिएको
  • उज्यालो नेपाल पार्टीको भेटघाट कार्यक्रम स्थगित

    काठमाडौं— उज्यालो नेपाल पार्टी (उनेपा)को हेटौंडामा आज हुने भनिएको भेटघाट कार्यक्रम स्थगित भएको छ ।बिहीबार एक विज्ञप्ती जारी गर्दै हेटौंडामा गर्ने भनिएको भेटघाट कार्यक्रम पार्टी अध्यक्ष कुलमान घिसिङको प्रतिकूल स्वास्थ्य अवस्थाका कारण स्थगित भएको पार्टीका जिल्ला कमिटि योञ्जन सुरेन्द्र लामाले जानकारी दिएका छन् ।विज्ञप्तीमा लेखीएको छ, ‘उहाँको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै उक्त कार्यक्रम सञ्चालन गर्न सम्भव नभएकाले कार्यक्रम हालका लागि स्थगित गरिएको हो । हामी उहाँको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं ।’

    • प्रकाशित मितिः फागुन १४, २०८२
    • 507 पटक पढिएको
  • माइनस डिग्री मुस्ताङको चिसोमा निर्वाचन सरगर्मी

    मुस्ताङ। माइनस डिग्री तापक्रमका बाबजुद मुस्ताङमा निर्वाचन सरगर्मी बढिरहेको छ । यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै यहाँ राजनीतिक दल र तिनका उम्मेदवारको प्रचार–प्रसार अभियान पनि उत्कर्षमा छ ।जतिबेला निर्वाचनको माहोल बन्न सुरु भएकामे थियो, त्यसबेला अर्थात् अघिल्लो महिना माथिल्लो मुस्ताङको तापक्रम माइनस २० डिग्री पुगेको थियो । हाल चुनावी माहोल उत्कर्षमा छ र फागुनदेखि भने यहाँको मौसमी तापक्रम घट्दैछ । हाल माथिल्लो मुस्ताङको तापक्रम माइनस १० डिग्रीमा झरेको छ । तल्लो मुस्ताङको तापक्रम पनि माइसन ३ डिग्रीमा छ । यद्यपि, मौसम चिसो र प्रतिकूल बने पनि निर्वाचन प्रचार–प्रसार

    • प्रकाशित मितिः फागुन १४, २०८२
    • 373 पटक पढिएको
  • स्याङ्जामा पहिलोपटक अंगीकृत नागरिकता वितरण

    काठमाडौं— संशोधित नागरिकता कानुन कार्यान्वयनमा आएपछि जिल्ला प्रशासन कार्यालय स्याङ्जा ले जिल्लामै पहिलोपटक अंगीकृत नागरिकता वितरण गरेको छ ।पुतलीबजार नगरपालिका–४ निवासी मुना पोख्रेलका सन्तान १९ वर्षीय डेबिट पोख्रेल र १७ वर्षीया प्रियंका पोख्रेलले नागरिकता प्राप्त गरेका हुन् । नेपाली आमा र भारतीय बाबुबाट जन्मिएका उनीहरूलाई कानुनी व्यवस्था नहुँदा लामो समय नागरिकता लिन कठिनाइ थियो ।नेपाल नागरिकता चौथो संशोधन ऐन तथा नियमावली २०८२ अनुसार नेपाली आमा र विदेशी बाबुबाट नेपालमै जन्मी बसेकालाई जिल्लाबाटै अंगीकृत नागरिकता दिने व्यवस्था भएपछि नागरिकता वितरण सम्भव भएको हो ।प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद

    • प्रकाशित मितिः फागुन १४, २०८२
    • 492 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.