समाचार

    Showing 4,881-4,890 of 19,440 items.
  • आज प्रतिनिधि सभाको बैठक बस्दैँ, यस्ता छन् कार्यसूची

    काठमाडौं – संघीय संसद अन्तरगत आज प्रतिनिधि सभाको बैठक दिनको १ बजे बस्ने भएको छ । बिहीबार बस्न लागेको प्रतिनिधि सभाको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले ‘सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । यस्तै, भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले ‘राष्ट्रिय सभामा उत्पत्ति भएको पानी जहाज ( सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाईयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । 

    • प्रकाशित मितिः साउन २९, २०८२
    • 236 पटक पढिएको
  • सामाजिक सञ्जालका भ्रामक सुचनाको प्रलोभनबाट जोगिन प्रहरीको अनुरोध

    काठमाडौं— केहि दिन यता सामाजिक संजाल फेसबुक, इस्ट्राग्राम र टिकटक मार्फत शेयर बजारको बारेमा सूचना दिने भनी आएका भ्रामक सूचनाको प्रलोभनमा नपर्न केन्द्रीय अनुसन्धान ब्यूरोले अनुरोध गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरोले एक विज्ञप्ती जारी गर्दै सामाजिक संजाल फेसबुक, इस्ट्राग्राम र टिकटक मार्फत नेप्से एआइ नामक एपको प्रयोग नगर्न र अपरिचित लिङक तथा एपहरु डाउनलोड नगर्न अनुरोध गरेको हो । ब्यूरोको विज्ञप्तीमा भनिएको छ, ‘केहि दिन यता सामाजिक (संजाल फेसबुक, इस्ट्राग्राम र टिकटक लगायत) मा नेप्से एआई नामक एप डाउनलोड गर्न लगाई एआईले शेयर बजारको बिश्लेषण गरी बढि भन्दा बढि नाफा कमाउन सक्ने जस्त

    • प्रकाशित मितिः साउन २९, २०८२
    • 484 पटक पढिएको
  • ‘राष्ट्रिय मानव अधिकार सम्बन्धी नयाँ ऐन प्रक्रियागत रुपमा छ’

    काठमाडौं— राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तप बहादुर मगरले राष्ट्रिय मानव अधिकार सम्बन्धी नयाँ ऐनको आवश्यकता महशुस भएको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित ‘मानव अधिकार रक्षकहरुको अवस्था, चुनौती र अधिकार संरक्षण सम्बन्धी कानूनको मस्यौदा विधेयक’ विषयक कार्यक्रममा उनले राष्ट्रिय मानव अधिकार सम्बन्धी नयाँ ऐनको आवश्यकता महशुस भएको कारण २०६८ को ठाँउमा नयाँ ऐन ल्याएको बताए । उनले भने, ‘राष्ट्रिय मानव अधिकारमा नयाँ ऐन २०६८ को ठाँउमा नयाँ ऐन ल्याउने कुरा भईसकेपछि हामी त्यसमा अघि बढ्यौं । यो अहिले छलफल कै चरणमा छ । यो ऐन सदनमा पेश भएपछि, समिति पनि छ त्यहाँ पनि छलफल हुन्छ, त्यो बेला पनि

    • प्रकाशित मितिः साउन २९, २०८२
    • 535 पटक पढिएको
  • बाजुरा: बिच्छ्या खोलाको बाढीले दुई घर पुरिए

    बाजुरा— बाजुराको हिमाली गाउँपालिका वडा नम्बर १ मा रहेको बिच्छ्या खोलाको बाढीले २ वटा घर पुरेको छ ।बाढीले ४ वटा घरमा क्षति पुर्‍याएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । हिजो बेलुकी ६ बजेतिर आएको बाढीले स्थानीय नरेन्द्र बुढाको पसल र सञ्चलाल थापाको घर पुरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक देब वहादुर चौधरीले जानकारी दिए ।त्यसैगरी स्थानीय धनसिंह थापा, सब्बले थापा, लाल बहादुर थापा, गोताल थापाको घरमा आशिंक रुपमा क्षति पुगेको छ भने सुजालाल थापाको शौचालय बाढीले पुरेको प्रहरी निरीक्षक चौधरीले बताए ।बाढीले झोलुङ्गे पुल र बिच्छ्या मावि, १ नम्बर वडा कार्यालय भवन लगायत अरु

    • प्रकाशित मितिः साउन २९, २०८२
    • 537 पटक पढिएको
  • ६६ जनाबाट ४ करोड १७ लाख रुपैयाँभन्दा बढी रकम ठगी गरी फरार सिंह पक्राउ

    काठमाडौं— वैदेशिक रोजगारीको नाममा ६६ जनाबाट ४ करोड १७ लाख रुपैयाँभन्दा बढी रकम ठगी गरी फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एनएन मेरिटाइम ट्रेनिङ एण्ड एजेन्सी प्रालिका सञ्चालक त्रिलोक सिंहलाई कास्कीबाट पक्राउ गरेको हो।डम्बर देउवा लगायतका पीडितहरूले दिएको जाहेरीका आधारमा सिंहविरुद्ध वैदेशिक रोजगार ठगी सम्बन्धी मुद्दा दायर भएको थियो। मुद्दा चलेपछि फरार रहेका सिंह कास्की जिल्लाको पोखरा महानगरपालिका–२७ स्थित डाँडाकोनामा लुकीछिपी बसेको विशेष सूचनाका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो।उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको

    • प्रकाशित मितिः साउन २९, २०८२
    • 471 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ  ।  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर पूर्णतया बदली रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मध्यम वर्षा भइरहेको छ।दिउँसो देशभर साधारणतया बदली रहनेछ। कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागका केही स्थानहरूमा र मधेश प्रदेशलगायत देशका बाँकी तराई भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशको पहाडी भूभागको केहि स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।राति भने देशभर साधारणतया बदली रह

    • प्रकाशित मितिः साउन २९, २०८२
    • 278 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको सटहीदर निर्धारण गरेको छ ।अमेरिकी डलर एकको खरिददर १३९ रूपैयाँ ६१ पैसा र बिक्रीदर १४० रूपैयाँ २१ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ५२ पैसा र बिक्रीदर १६४ रुपैयाँ २२ पैसा रहनेछ ।पाउन्ड स्टर्लिङ एकको खरिददर १८९ रूपैयाँ ४९ पैसा र बिक्रीदर १९० रूपैयाँ ३० पैसा, स्विस फ्रयाङ्क एकको खरिददर १७३ रूपैयाँ ६९ पैसा र बिक्रीदर १७४ रूपैयाँ ४३ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ९१ रूपैयाँ ४७ पैसा र बिक्रीदर ९१ रूपैयाँ ८६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रूपैयाँ ४६ पैसा र बिक्रीदर १०१ रूपैयाँ ८९ पैसा, सि

    • प्रकाशित मितिः साउन २९, २०८२
    • 236 पटक पढिएको
  • गैरनाफामूलक र पूर्ण छात्रवृत्तिमा निजी विद्यालयको असन्तुष्टि, प्याब्सनद्धारा चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा

    काठमाडौँ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) ले प्रस्तावित शिक्षा विधेयकका केही विषयहरू निजी विद्यालयका लागि अस्वीकृत भएको भन्दै देशैभर आन्दोलन कार्यक्रम तय गरेको छ ।प्याब्सन केन्द्रीय कार्यालयमा साउन २७ गते बसेको संयुक्त बैठकले स्थानीय, जिल्ला र प्रदेशस्तरीय समितिहरू मार्फत कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो ।प्याब्सनका अनुसार आगामी कार्यक्रमअनुसार साउन २९ गते बिहीबार पत्रकारहरूको उपस्थितिमा अध्यक्ष र पालिका शिक्षा शाखा प्रमुखलाई ज्ञापन पत्र बुझाइनेछ ।त्यसपछि साउन ३० गते जिल्ला प्रशासन कार्यालय, शिक्षा विकास तथा समन्वय इकाई र जिल्ला समन्वय कार्यालयमा ज्ञापन पत्र बुझाइ

    • प्रकाशित मितिः साउन २८, २०८२
    • 262 पटक पढिएको
  • धार्मिक सहिष्णुता अझ मजबुत बनाउन लामा, बज्राचार्य र ब्राम्हण गुरूबाट महाङ्कालको पूजाअर्चना

    काठमाडौँ । धार्मिक सहिष्णुता अझ मजबुत बनाउन श्री बौद्धनाथ क्षेत्र विकास समितिले लामा, बज्राचार्य र ब्राम्हण गुरूहरूबाट महाङ्कालको पूजाअर्चना गरी ऐतिहासिक बौद्ध महाङ्काल जात्रा मनाएको छ । पूजामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे र रक्षा मन्त्री मानवीर राईले पनि लामा, बज्राचार्य र ब्राम्हण गुरूहरूद्वारा गरिएको पूजापद्धतिको अवलोकन गरे । उनले महाङ्कालको पूजाअर्चना गरी प्रसाद ग्रहण गर्दै धार्मिक सहिष्णुता कायम राख्नका लागि श्री बौद्धनाथ क्षेत्र विकास समितिले गरेको कामको प्रशंसा समेत गरेका थिए । हिन्दु एवं बुद्ध धर्मावलम्वीले आ–आफ्नो धार्मिक विधि–पद्धति अनु

    • प्रकाशित मितिः साउन २८, २०८२
    • 260 पटक पढिएको
  • मधेश प्रदेश सरकारद्वारा २०८१/८२ मा अहिलेसम्मकै उच्च आन्तरिक राजश्व संकलन

    जनकपुर । मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०८१/८२ मा ५ अर्व ५४ करोड ७२ लाख ३३ हजार रुपैयाँ आन्तरिक राजश्व संकलन गर्न सफल भएको छ । यस अघिका वर्षहरुको तुलनामा यो हालसम्मकै उच्च राजश्व संकलन भएको देखिएको छ ।विगत वर्षहरूसँग तुलना गर्दा २०८१/८२ मा संकलित रकम सात वर्ष अघिको भन्दा दोब्बरभन्दा बढी भएको अर्थ मन्त्रालयका सचिव रामकुमार महतोले जानकारी दिए । महतोका अनुसार कर प्रशासन सुदृढीकरण, राजस्व चुहावट नियन्त्रण, डिजिटल प्रणालीको विस्तार र आन्तरिक आर्थिक गतिविधि वृद्धिका कारण यो उल्लेखनीय प्रगति सम्भव भएको हो ।प्रदेश सरकारले आव ०७५/७६ मा २ अर्व ६६ करोड १५ लाख ३६ हजार , आव ०७६/७७ मा २ अर्व ७५ करोड ७२ ला

    • प्रकाशित मितिः साउन २८, २०८२
    • 192 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा