भद्रपुर  ।  काठमाडौं बाट भद्रपुर आउदै गरेकाे श्रीएयरलान्सकाे विमान अवतरण गर्ने क्रममा  टायर पंचर भएको छ भने यात्रुहरु सकुशल रहेछ छन।

चन्द्रगढी विमानस्थलमा श्री एयरलाइन्स को SHA 941 नम्बरको उडानकाे विमान अवतरणकाे क्रममा टायर फुटेको छ । काठमाडौँबाट भद्रपुर आउँदै गर्दा आज १२:३५ बजे अवतरणका क्रममा देब्रेपट्टिको एक टायर फुटेको हाे ।

टायर फुटे पनि विमान धावनमार्गबाट सुरक्षित रूपमा पार्किङ क्षेत्रमा लगिएको र विमानमा सवार सबै ७८ जना यात्रु सकुशल रहेको विमानस्थल स्रोतले जनाएको छ।