काठमाडौं— उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले इन्धनमा गरिएको मूल्यवृद्धि फिर्ता हुनुपर्ने बताएका छन् ।सुर्खेतको वीरेन्द्रनगरमा सोमबार आयोजित पत्रकार सम्मेलनमा घिसिङले इन्धनमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता लिन सरकारसँग माग गरेका हुन् ।कर्णाली प्रदेशस्तको प्रथम अगुवा कार्यकर्ता भेलामा सहभागी हुन सुर्खेत पुगेका उनले विशेष सहुलियत घोषणा गरेर मूल्य वृद्धि फिर्ता लिनुपर्ने बताए । छिमेकी भारतले इन्धनमा मूल्यवृद्धि नगरेको तर्क गर्दै उनले नेपालमा पनि नबढाउन सकिने विकल्पबारे सोच्न सुझाए । ‘नजिकको छिमेकी भारतले पनि इन्धनमा मूल्य वृद्धि गरेको छैन’, उनले भने, ‘सरकारले नागरिकमाथि मूल्य वृ
काठमाडौं— नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ ।आज सुनको मूल्य तोलामा १३ सय रुपैयाँले घटेर २ लाख ९९ हजार ७ सय रुपैयाँमा कारोबार भैइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।आइतबार सुनको मूल्य ३ लाख १ हजार रुपैयाँमा कारोबार भएको थियो ।त्यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी प्रतितोला ३५ रुपैयाँले घटेर ५ हजार १९० रुपैयाँमा कारोवार भैइरहेको छ । आइतबार चाँदी ५ हजार २२५ रुपैयाँमा कारोवार भएको थियो ।
काठमाडौं— शिक्षाका लागि राष्ट्रिय अभियान नेपालले ‘शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह –२०२६’ आजदेखि सुरु गरेको छ ।सोमबार पत्रकार सम्मेलन गर्दै अभियान नेपालले सार्वजनिक शिक्षाका विभिन्न सवालहरूलाई सरोकारवालाहरूमा सचेतना गर्ने र नीति निर्माण तहमा आवश्यक वकालत तथा दवाब सृजना गर्ने उद्देश्यका साथ विश्वका १५० भन्दा बढी देशहरुमा एकै साथ शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह सुरु भएको जानकारी दिएको हो ।आजदेखि १४ गतेसम्म ‘शिक्षामा पर्याप्त लगानीको लागि अभियानको ज्योति बालिराखौँ’ भन्ने मूल नाराका साथ विभिन्न सचेतना र वकालतमूलक क्रियाकलाप गरिने योजना रहेको छ ।नेपालको संविधानले आधारभूत शिक्षा अनिवार्य
इलाम— पर्यटकीय जिल्ला इलामको माईजोगमाई गाउँपालिकास्थित थुम्केरानी क्षेत्र पछिल्लो समय चर्चित पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ । यहाँबाट इलाम जिल्लाको विस्तृत भू–भाग, आकर्षक सूर्योदय तथा छिमेकी भारत का सहरहरूको दृश्यावलोकन गर्न सकिने भएपछि आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै गएको हो ।माईजोगमाई गाउँपालिकाको केन्द्र नयाँबजारबाट करिब ५ किलोमिटर दूरीमा रहेको थुम्केरानी पछिल्ला वर्षहरूमा सूर्योदय र सूर्यास्त अवलोकनका लागि लोकप्रिय बन्दै गएको छ । इलाम सदरमुकामबाट नजिक पर्ने भएकाले पनि यो पर्यटकहरूको पहिलो रोजाइ बन्न थालेको हो । इलाम बजारबाट सोयाङ हुँदै नयाँबजारसम्म सवारी साधनमार्फत करि
सुर्खेत— कर्णालीमा इन्धनको भण्डारण नहुँदा उपभोक्ताले सास्ती भोग्नु परेको छ । कर्णालीमा एक साताका लागि पनि भण्डारण सुविधा छैन । इन्धन भण्डारणका लागि आवश्यक जग्गाको व्यवस्था नहुँदा बर्षौदेखि सास्ती हुँदै आएको छ । कर्णालीमा आर्थिक वर्ष २०७७र७८ सम्ममा सबै प्रदेशमा पेट्रोलियम भण्डारण डिपो निर्माण गर्ने लक्ष्य रहे पनि जग्गा अभावमा भण्डारणको प्रक्रिया अगाडि बढ्न नसकेको हो ।प्रदेशमा दुर्गम भूगोल, कमजोर सडक सञ्जाल र मौसमजन्य अवरोधका कारण आपूर्ति श्रृङ्खला सहज नभएको अवस्थामा भण्डारण पूर्वाधारको अभावले जोखिम थपिएको छ । आपतकालीन अवस्था, प्राकृतिक विपद् वा अन्तर्राष्ट्रिय आपूर्ति अवरोध हुँदा कर्णालीमा इन्ध
हेटौंडा— मकवानपुरको भीमफेदी गाउँपालिका–२ भैँसेस्थित तिलखण्डी क्षेत्रमा सार्वजनिक बिदाको दिन सरकारी सवारीसाधन निजी प्रयोजनमा प्रयोग गरिएको घटना सार्वजनिक भएको छ ।कार्यालयको कामबाहेक पारिवारिक घुमघामका लागि सरकारी गाडी प्रयोग गरिएको देखिएपछि स्थानीयवासीले कडा आपत्ति जनाएका छन् । प्रत्यक्षदर्शी सुनिल वाइबाका अनुसार बिदाको दिन बागमती प्रदेश ०१–००२ झ ७१८४, बा २ भ १३९१ र प्रदेश ३–०३–००१ झ ००२८ नम्बरका सरकारी सवारीसाधनहरू होटल, भट्टी तथा मनोरञ्जनस्थलअगाडि लामो समयसम्म रोकिएका देखिएका थिए ।ती सवारीमा आएका व्यक्तिहरू मदिरा सेवन तथा खानपिनमा संलग्न रहेको र कतिपय अवस्थामा परिवारका सदस्यसँगै घुमघाममा निस्
सुर्खेत— दैलेखमा लोक नृत्य तथा सांस्कृतिक सम्मेलन सकिएको छ । कर्णालीको लोक नृत्य तथा संस्कृति प्रबद्र्धनका लागि नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले सम्मलनको आयोजना गरेको हो । शुक्रबारदेखि आइतबारसम्म सञ्चालन भएको सम्मेलनमा कर्णालीका सात जिल्लाका लोकसंस्कृति झल्कने नृत्य, लोकनाटक र झाँकी प्रस्तुत गरिएको थियो ।नेपाली भाषा र संस्कृतिको उद्गमस्थल मानिने दैलेखमा आयोजित यस सम्मेलनले कर्णालीको कला–संस्कृतिको संरक्षण, संवद्र्धन र प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुग्ने कर्णाली प्रदेशका समाजिक बिकासमन्त्री घनश्याम भण्डारीले बताए । नौमुले गाउँपालिका अध्यक्ष छविराम सुवेदीले नौमुलेमा सम्मेलन गरी यहाँक
काठमाडौं— उत्तर कोरियाले ‘क्लस्टर वारहेड’ (झुप्पा बम) जडित उन्नत रणनीतिक ब्यालिस्टिक मिसाइलको सफल परीक्षण गरेको पुष्टि गरेको छ । उक्त सैन्य अभ्यासको सर्वोच्च नेता किम जोङ उनले प्रत्यक्ष अवलोकन गरेका थिए । उत्तर कोरियाको सरकारी सञ्चार माध्यम (केसीएनए) लाई उद्धृत गर्दै क्योडो न्यूजले जनाएअनुसार, आइतबार गरिएको परीक्षणमा पाँचवटा ‘हवासोङ्फो–११ जमिनबाट जमिनमा प्रहार गर्ने रणनीतिक ब्यालिस्टिक मिसाइलहरू प्रयोग गरिएको थियो । ती मिसाइलहरूले १३६ किलोमिटर टाढा रहेको निर्धारित लक्ष्यमा सटिक प्रहार गरेका थिए ।उत्तर कोरियाको यो सैन्य गतिविधिलाई छिमेकी मुलुकहरूले नजिकबाट नियालेका छन् । प्योङयाङले यी मिसाइलहरू
सुर्खेत— आजदेखि कालिकोटको रास्कोट नगरपालिकामा इलाका प्रशासन कार्यालय सञ्चालनमा आउने भएको छ । लामो समयको प्रतीक्षापछि रास्कोटवासीले घर नजिकै प्रशासनिक सेवा पाउने भएका छन् । इलाका प्रशासन कार्यालय सञ्चालनसंगै कालिकोटका चार स्थानीय तहका नागरिकले एक दिनको यात्रामा सदरमुकाम आएर नेपाली नागरिकताको प्रमाण पत्र र राष्ट्रिय परिचय पत्र बनाउनु पर्ने सास्ती अन्त्य हुनेछ ।इलाका प्रशासनबाट रास्कोट नगरपालिका, सान्नि त्रिवेणी, पचालझरना र पलाता गाउँपालिकाका नागरिकलाई सेवा लिन सहज हुनेछ । कर्णालीका पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य महेन्द्रबहादुर शाहीले इलाका प्रशासन कार्यालय उद्घाटन गर्ने कार्यक्रम रहेको रास्
काठमाडौं— नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेज गर्ने विषय चरम अलोकतान्त्रिक भएको बताएका छन् । सरकारले विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेजीको तयारी गरेपछि ज्ञवालीेले सामाजिक सञ्जाल मार्फत यस्तो प्रतिक्रिया दिएका हुन् ।ज्ञवालीले विद्यार्थी संगठन खारेज गर्ने प्रयोजनका लागि विश्वविद्यालयहरुमा सुरक्षा युनिट स्थापना गर्नु प्राज्ञिक स्वायत्तता माथीको हस्तक्षेप भएको बताएका छन् ।विद्यार्थी संगठन खारेजीको निर्णयले विश्वविद्यालयको स्वायत्तता माथी नै हस्तक्षेप भएको ज्ञवालीको भनाइ छ । ज्ञवालीले पञ्चायतकालमा समेत सरकारले विद्यार्थी संगठन खारेज गर्ने आँट नगरेको अवस्
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.