समाचार

    Showing 4,341-4,350 of 19,309 items.
  • नाबालिका बलात्कार आरोपमा युवक पक्राउ

    झापा— १४ वर्षीया नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । बुद्धशान्ति गाउँपालिका–१ स्थित होक्सेमा नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ताप्लेजुङ जिल्ला सिदिङवा गाउँपालिका–३ बस्ने १९ वर्षीय जीवन कटुवाल पक्राउ परेको प्रहरीले जनाएको छ ।उक्त घटना गत असार १४ गते राति भएको प्रहरीले जनाएको छ । पीडित बालिकाकी कान्छी आमाले गत सोमबार दिएको जाहेरीको आधारमा कटुवाललाई पक्राउ गरिएको जनाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको पनि प्रहरीको भनाइ छ ।

    • प्रकाशित मितिः भदौ ११, २०८२
    • 477 पटक पढिएको
  • मोटरसाइकल दुर्घटनामा स्ववियु सभापतिसहित २ जनाको मृत्यु

    काठमाडौं— दोलखाको भीमेश्वर नगरपालिकामा मंगलबार राति भएको मोटरसाइकल दुर्घटनामा दुई युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा भीमेश्वर नगरपालिका–५ माटीका २४ वर्षीय शिरिष बस्नेत र बैतेश्वर गाउँपालिका–३ चिलाउनेखर्कका २५ वर्षीय सुजन दाहाल रहेका छन् । भीमेश्वर नगरपालिका–६ रमिते डाँडास्थित सडकमा दुई वटा मोटरसाइकल आपसमा ठोक्किँदा ती युवकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । प्रहरीका अनुसार राति ९ बजे तिर भएको दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूलाई उपचारका लागि च्छोरोल्पा अस्पताल चरिकोट लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । उनीहरूको शव पोष्टमार्टमका लागि पशुपति चौलागाई स्मृत

    • प्रकाशित मितिः भदौ ११, २०८२
    • 482 पटक पढिएको
  • सवारी दुर्घटनामा ज्यान गुमाउने भ्यान चालकको सनाखत, ४ जनाको उपचार हुदै

    काठमाडौं— गएराति झापाको कन्काईमा भएको सवारी दुर्घटनामा ज्यान गुमाउने भ्यान चालकको पहिचान खुलेको छ। पूर्वपश्चिम राजमार्गमा पर्ने कन्काई नगरपालिका–८ बिरीङ पुल नजिक सुरुङ्गाबाट बिर्तामोडतर्फ जाँदै गरेको मे १ च ५४४६ नम्बरको पिकअप र विपरीत दिशाबाट आउँदै गरेको मे १ च ३४४० नम्बरको मारुती भ्यान आपसमा ठोक्किँदा भ्यान चालकको मृत्यु भएको थियो भने एकै घरका चार जना घाइते भएका थिए। ज्यान गुमाउने भ्यान चालक झापाकै शिवसताक्षी नगरपालिका ७ बस्ने २९ वर्षीय नवराज बाँस्कोटा भएका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। परिवारका सदस्यबाट सनाखत भएपछि प्रहरीले उनको शव पोष्टमार्टमको लागि अस्पतालमा राखेको छ। द

    • प्रकाशित मितिः भदौ ११, २०८२
    • 506 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ  ।  जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेस र बागमती प्रदेशलगायत देशको पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका थोरै स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको केहि स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।दिउँसो देशभर साधारणतया बदली रहने तथा कोशी, मधेस, वाग्मती र गण्डकी प्रदेशलगायत पहाडी भागका केही स्थानका साथै  तराईका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । कोशी र गण्डकी प्रदेशका पहाडी भागका केहि स्थानमा भारी वर्षाको सम्भावना छ ।राति कोशी, गण्डकी र लुम्

    • प्रकाशित मितिः भदौ ११, २०८२
    • 304 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिदर १४० रुपैयाँ र बिक्रीदर १४० रुपैयाँ ६० पैसा कायम भएको छ ।युरोपियन युरो एकको खरिदर १६३ रुपैयाँ र बिक्रीदर १६३  रुपैयाँ ६९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १८८ रुपैयाँ ७५ पैसा र बिक्रीदर १८९ रुपैयाँ ५६ पैसा, स्विस फ्र्यांक एकको खरिददर १७३ रुपैयाँ ८१ पैसा र बिक्रीदर १७४ रुपैयाँ ५५ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ८३  पैसा र बिक्रीदर ९१ रुपैयाँ २१ पैसा, क्यानेडियन डलर एकको खरिदर १०१ रुपैयाँ ११ पैसा र बिक्रीदर १०१ रुपैयाँ ५४

    • प्रकाशित मितिः भदौ ११, २०८२
    • 261 पटक पढिएको
  • आज २०८२ साल भदौँ ११ गते बुधबारको राशिफल

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)व्यापार–व्यवसायमा प्रगति हुने छ । जग्गा कारोबार लाभदायक रहनेछ । सामाजिक सम्मान र जागिरमा प्रशंसा प्राप्त हुने सम्भावना छ । बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)नयाँ लगानी लाभदायक नहुन सक्छ । खर्च वृद्धि र थकानको अनुभव हुनेछ । यात्राबाट अपेक्षित परिणाम नआउन सक्छ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)उत्साहमा कमी रहनेछ । अरूको लागि गरिएको कामबाट लाभ कम हुनेछ । बोलिचालिमा संयमता आवश्यक छ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)विगतको प्रयासबाट लाभ मिल्नेछ । थोरै प्रयासले पनि ठूलो उपलब्धि सम्भव छ । कार्यद्वारा अरूलाई पन

    • प्रकाशित मितिः भदौ ११, २०८२
    • 303 पटक पढिएको
  • भोटेकोसीमा जिप खस्दा चालक र सहचालक बेपत्ता

    सिन्धुपाल्चोक— जिल्लाबाट चीन जोड्ने भोटेकोसी गाउँपालिका—४ हिन्दीमा मंगलबार बोलेरो जिप भोटेकोसीमा खस्दा चालकसहित २ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा सर्लाही बरथहवा नगरपालिका—२ बस्ने २३ वर्षीय चालक राजेशकुमार कुसवाह र २५ वर्षीय सहचालक राम प्रवेश महत्तो रहेका छन् । तातोपानीबाट बाह्रबिसेतर्फ आउँदै गरेको बा २१ च ७५४४ को जिप सडकबाट भोटेकोसी नदीमा खस्दा चालक र सहचालक बेपत्ता भएका जिल्ला प्रहरी सिन्धुपाल्चोकले जनाएको छ । बेपत्ता भएका दुबै जनाको खोजी कार्य भइरहेको प्रहरीको भनाइ छ ।दुर्घटना भएको जिपलाई एक्स्काभेटरको सहयोगमा डोरी लगाएर तान्ने बेलामा एक पुरुष व्यक्तिको शव भोटेकोसी नदीले बगाएको थि

    • प्रकाशित मितिः भदौ १०, २०८२
    • 438 पटक पढिएको
  • राष्ट्रपतिद्वारा विपिनको रिहाइका लागि जोर्डनका राजासँग आग्रह

    काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलले हमासले बन्धक बनाएका महेन्द्रनगरका विपिन जोशीको रिहाइका लागि आवश्यक पहल गरिदिन जोर्डनका राजा अब्दुल्ला द्वितीयलाई आग्रह गरेका छन्।राष्ट्रपति पौडेलले जोर्डनका राजालाई मंगलबार एक पत्र पठाउँदै जोशीको अवस्था पहिचान, सुरक्षित रिहाइ तथा स्वदेश फिर्तीका लागि यथासक्य पहल गरिदिन आग्रह गरेका हुन्। पौडेलले पत्रमा यस प्रयोजनका लागि जोर्डनी समकक्षीले चाल्ने सबै मानवीय तथा कूटनीतिक कदमको नेपाल र नेपाली जनताले उच्च प्रशंसा र स्वागत गर्ने कुरा उल्लेख गरेका छन्।राष्ट्रपति पौडेललाई जोशीका आमा र बहिनीले राष्ट्रपति भवन शीतल निवासमा आइतबार भेटेर रिहाइको लागि पहल गरिदिन आग्रह ग

    • प्रकाशित मितिः भदौ १०, २०८२
    • 518 पटक पढिएको
  • राज्य व्यवस्था तथा सुशानस समितिको सभापतिमा ईश्वरी न्यौपाने सर्वसम्मत

    काठमाडौं— राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपाने सर्वसम्मत भएकी छन् ।निर्धारित समयमा न्यौपानेको एकल उम्मेदवारी परेकोले उनी सर्वसम्मत भएकी हुन् । यद्यपि, उनी सभापतिमा निर्वाचित भएको घोषणा हुन बाँकी छ ।

    • प्रकाशित मितिः भदौ १०, २०८२
    • 507 पटक पढिएको
  • रसुवा र तातोपानी नाका सञ्चालन गर्न चेम्बरको आग्रह

    काठमाडौं— गत असारको भारी वर्षा र बाढीका कारण अवरुद्ध रसुवा र तातोपानी नाका यथाशीघ्र सञ्चालनमा ल्याउन नेपाल चेम्बर अफ कमर्सले सरकारको ध्यानाकर्षण गराएको छ। यी दुई नाका नजिकिँदो चाडपर्वका बेला बन्द भएपछि व्यापार, व्यवसाय र वस्तु आयात निर्यात प्रणालीमा गम्भीर समस्या देखिएकाले तत्काल पुनर्निर्माण गर्न चेम्बरले सरकारसमक्ष आग्रह गरेको हो।यसले मूल्यवृद्धिमा समेत असर गर्ने भएकाले सरोकारवाला परराष्ट्र मन्त्रालय, अर्थ, गृह, भौतिक पूर्वाधार तथा यातायात र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा ध्यानाकर्षण गराइएको चेम्बरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। लत्ताकपडाका साथै दैनिक उपभोग्य वस्तु बजारमा अभाव सृजन

    • प्रकाशित मितिः भदौ १०, २०८२
    • 493 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा