समाचार

    Showing 3,071-3,080 of 26,789 items.
  • सेबोन अध्यक्ष नियुक्ति आजै टुङ्गिने सम्भावना

    काठमाडौं— आज दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद् बैठक बस्दैछ । उक्त बैठकले नेपाल धितोपत्र बोर्ड (सेबोन) को नयाँ अध्यक्ष नियुक्त गर्ने सम्भावना रहेको छ ।बोर्ड अध्यक्ष नियुक्तिका लागि गठित सिफारिस समितिले ४७ आवेदकमध्येबाट डा. नवराज अधिकारी, विनयदेव आचार्य, मुकुन्द कुमार क्षेत्री र डा. गोपाल प्रसाद भट्टलाई संक्षिप्त सूचीमा राख्दै अन्तर्वार्ता र कार्ययोजना प्रस्तुतीकरण गरिसकेको छ । तीमध्ये तीन जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गरिएको बुझिएको छ ।प्रतिस्पर्धामा रहेका उम्मेदवारमध्ये डा. अधिकारी सेबोनका पूर्व कार्यकारी निर्देशक हुन् भने विनयदेव आचार्य

    • प्रकाशित मितिः जेठ ११, २०८३
    • 456 पटक पढिएको
  • मन्त्री गौतम भन्छिन् पूर्वाधार विकास छिट्याउन विशेष न्यायाधिकरण चाहिन्छ

    काठमाडौं— प्रतिनिधिसभाअन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको कार्यक्षेत्र, चालु आर्थिक वर्षको प्रगति समीक्षा, आगामी कार्ययोजना तथा होल्डिङ सेन्टर सम्बन्धी समितिले गरेको स्थलगत अवलोकन प्रतिवेदनमाथि छलफल गरिएको छ ।बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले कतिपय मन्त्रालयको प्रत्यक्ष कार्यक्षेत्रभन्दा बाहिरका विषयसमेत आउने गरेको बताइन् ।त्यस्ता विषय सम्बन्धित मन्त्रालय वा निकायमा पठाउने गरिएको उल्लेख गर्दै उनले शाखा तथा महाशाखामा तोकिएको समयभित्र काम सम्पन्न भए नभएको नियमित अनुगमन भइरहेको जानकारी दिइन् ।उनले भनिन्, ‘यस मन

    • प्रकाशित मितिः जेठ ११, २०८३
    • 518 पटक पढिएको
  • सेती नदीमा हाम फालेका व्यक्तिको शव फेला

    काठमाडौं— कास्कीको पोखरा महानगरपालिका–१७ स्थित सेती नदीको खोचबाट सोमबार (आज) बिहान सशस्त्र प्रहरी बलको टोलीले एकजनाको शव निकालेको छ ।भारत घर भई पोखरा–१७, घारीपाटनमा बस्दै आएका अन्दाजी ३४ वर्षीय मुकेश महतो आइतबार राति उक्त नदीमा हाम फालेर बेपत्ता भएका थिए । उनको खोजीमा सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गणबाट राति नै टोली खटिएको थियो । तर, फेला नपरेपछि टोली फर्किएको थियो ।सोमबार बिहान पुनः विपद् व्यवस्थापन तालिमप्राप्तसहितको टोली खटिएको थियो । उक्त टोलीले २५० फिट तल सेतीको खोचबाट उनको शव बाहिर निकालेको सशस्त्र प्रहरीका प्रवक्ता एवं डीआईजी विष्णुप्रसाद भट्टले जानकारी दिए ।

    • प्रकाशित मितिः जेठ ११, २०८३
    • 543 पटक पढिएको
  • दुर्गा प्रसाईंविरुद्ध अनुसन्धान सकियो, प्रतिवेदन बुझाइयो

    काठमाडौं— पर्सा प्रहरीले मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्धको अनुसन्धान पूरा गरी जिल्ला सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको छ ।जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी हरि बस्नेतका अनुसार सोमबार प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेश गरिएको हो ।प्रहरीले जेठ ४ गते वीरगन्जस्थित दियालो होटलबाट प्रसाईंलाई पक्राउ गरेको थियो । उनीविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुर तथा राज्यविरुद्धको कसुरमा मुद्दा चलाउन राय दिइएको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार अनुसन्धानका क्रममा प्रसाईंका विभिन्न युट्युब अन्तर्वार्ता तथा सार्वजनिक अभिव्यक्तिलाई आधार बनाइएको छ । ती अभिव्यक्तिमा उनले महिलामाथि अ

    • प्रकाशित मितिः जेठ ११, २०८३
    • 479 पटक पढिएको
  • भीरमा फसेका साइकलयात्रीको सेनाद्धारा उद्धार

    काठमाडौं— धादिङको रुबीभ्याली गाउँपालिका–३ स्थित सवालुङ्ग भीर क्षेत्रमा साइक्लिङ गर्ने क्रममा करिब २०० मिटर तल खसेर अड्किएका काठमाडौंको कपनका एक जनालाई नेपाली सेनाले उद्धार गरेको छ ।आइतबार भएको उक्त घटनापछि सेनाको भैरव गण (बोराङ्ग)बाट खटिएको टोलीले नेपाल प्रहरी र स्थानीयको सहकार्यमा उनको उद्धार गरेको हो।घाइतेलाई प्राथमिक उपचारपछि करिब ७ किलोमिटर स्ट्रेचरमा बोकेर सुरक्षित स्थानमा ल्याइएको र त्यसपछि हेलिकप्टरमार्फत् काठमाडौं पठाइएको सेनाले जनाएको छ।

    • प्रकाशित मितिः जेठ ११, २०८३
    • 542 पटक पढिएको
  • ग्रामीण क्षेत्रमा पनि नपत्याउँदो गरी सल्किँदै नसर्ने रोगको आगो

    रामेछाप— धनीलाई लाग्ने भनिएका नसर्ने रोगको समस्या अब गाउँमा पनि भुसको आगो जस्तै सल्किँदै गएको छ । एक पटक लागे पछि लामो समयसम्म अझ जीवन भरी नै उपचार गर्नु पर्ने र औषधि खानु पर्ने नसर्ने रोगको प्रकोप ग्रामीण क्षेत्रमा पनि नपत्याउँदो गरी भयङ्कर रूपमा फैलिएको छ ।विलासी जीवन र खानपानको कारण देखिने भनिएका यस्ता रोगहरू ग्रामीण भेगका विपन्न नागरिकहरूमा पनि निक्कै बढेको पाइएको छ । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापले ग्रामीण भेगमा सञ्चालन गरेको स्वास्थ्य शिविरमा यस्ता रोगका बिरामीहरू ठुलो सङ्ख्यामा देखिन लागेका छन् । यसमा उच्च रक्तचाप तथा मधुमेहका बिरामीहरूको सङ्ख्या निक्कै रहेको छ । त्यस्तै बाथ,

    • प्रकाशित मितिः जेठ ११, २०८३
    • 478 पटक पढिएको
  • होर्मुज जलमार्गमा इरानको कडा निगरानी, २४ घण्टामा ३३ जहाजलाई मात्र अनुमति

    काठमाडौं— इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्स (आइआरजीसी) को नौसेनाले पछिल्लो २४ घण्टामा थप ३३ वटा जहाज होर्मुज जलमार्ग मध्य पार गरेको जनाएको छ । ती जहाजहरूले आइआरजीसीको समन्वय र अनुमति लिएर सुरक्षित रूपमा मार्ग प्रयोग गरेको बताइएको छ ।आइआरजीसीको आधिकारिक समाचार माध्यममार्फत जारी वक्तव्यमा तेल ट्यांकर, व्यापारिक तथा कन्टेनर जहाजहरू जलमार्ग पार गरेको उल्लेख गरिएको छ । ती जहाजहरूको सुरक्षाको जिम्मा आइआरजीसी नौसेनाले लिएको पनि जनाइएको छ ।आइआरजीसी नौसेनाले अमेरिका विरुद्धको आक्रमण पछि क्षेत्रमा उत्पन्न असुरक्षाको अवस्थालाई ध्यानमा राख्दै होर्मुज जलमार्ग स्मार्ट नियन्त्रण कायम गरिएको दाबी गरेको

    • प्रकाशित मितिः जेठ ११, २०८३
    • 491 पटक पढिएको
  • रसुवाबाट ४३ हजार डलरसहित एक जना पक्राउ

    काठमाडौं— रसुवाबाट ४३ हजार डलरसहित एक जना पक्राउ परेका छन् ।रसुवाको उत्तरगया गाउँपालिका बेत्रावती बजारस्थित पासाङल्याम्हु सडक खण्डमा काठमाडौंबाट टिमुरे जाँदै गरेको यात्रुवाहक बसमा चेकजाँच गर्नेक्रममा प्रहरीले बसमा सवार धादिङका ३७ वर्षीय सुशील गुरुङलाई पक्राउ गरेको हो ।प्रहरीका अनुसार गुरुङसँग ४३ हजार डलर फेला पारेको बताएको छ । अहिले गुरुङलाई राजश्व अनुसन्धान विभाग पठाएको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः जेठ ११, २०८३
    • 488 पटक पढिएको
  • चर्को घाममा शीतलताको छहारीः रौतहट प्रशासनको एउटा मानवीय र नागरिकमैत्री कदम

    रौतहट— पछिल्लो केही सातादेखि तराई–मधेसका जिल्लामा चर्को गर्मी छ । तातो हावा (लू) र अत्यधिक गर्मीका कारण रौतहटबासीको जनजीवन अस्तव्यस्त बनेको छ । यस्तो कस्टकर मौसममा पनि सर्वसाधारण नागरिक आफ्नो अत्यावश्यक प्रशासनिक कामका लागि घरबाहिर निस्कनै पर्ने बाध्यता छ ।नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र वा सामान्य सिफारिस बनाउन जिल्ला प्रशासन कार्यालय रौतहट आइपुग्ने वृद्धवृद्धा, नाबालक बोकेका आमाहरू र सर्वसाधारण नागरिक घण्टौँसम्म लाममा उभिन विवश थिए । चर्को घाम र पसिनाले निथ्रुक्क भिजेका सेवाग्राहीहरूलाई कार्यालय परिसरमा पालो पर्खेर बस्नु निकै कष्ट भइरहेको थियो ।नागरिकको यही सास्ती र छटपटीलाई नजिकबाट न

    • प्रकाशित मितिः जेठ ११, २०८३
    • 585 पटक पढिएको
  • देउवा दम्पत्तिलाई पक्राउ गर्न जारी गरिएको पुर्जीविरुद्धको रिटमा सुनुवाइ हुँदै

    काठमाडौं—  नेपाली कांग्रेसका पूर्वसभापति शेर बहादुर देउबा र उनकी पत्नी आरजु राणा देउबा विरुद्ध जारी गरिएको पक्राउ पुर्जी बदरको मागसहित दायर रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ।न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा उक्त रिट पहिलो नम्बरमा पेसीमा राखिएको छ। यसअघि गत ५ जेठमा न्यायाधीश मेघराज पोखरेलको इजलासले कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेशसम्बन्धी छलफलका लागि दुवै पक्षलाई उपस्थित हुन निर्देशन दिएको थियो।सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धानका क्रममा जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति लिएको थियो। तर निवेदक पक्षले भने सम्पत्ति शुद्धीकर

    • प्रकाशित मितिः जेठ ११, २०८३
    • 465 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.