समाचार

    Showing 2,981-2,990 of 19,080 items.
  • अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सी आगामी डिसेम्बरमा भारत भ्रमणमा

    एजेन्शी  ।  भारततर्फ मेस्सी — डिसेम्बरमा भारत भ्रमण तय भएको छ।गत फिफा विश्वकप विजेता अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सी आगामी डिसेम्बरमा भारत भ्रमण गर्ने भएका छन्। उनले कोलकाता, मुम्बई र नयाँ दिल्लीमा कन्सर्ट, फुटबल क्लिनिक, प्याडल कप र विभिन्न सामाजिक कार्यक्रममा सहभागी हुने कार्यक्रम तय भएको छ।टिकट भने District एपमार्फत मात्र उपलब्ध हुनेछन्। मेस्सीले भारतलाई १४ वर्षपछि फेरि फर्किन पाउनु उनलाई “उत्साह र सम्मान”का विषय भएको बताउँदै, भारतीय स्टार र उच्च पदस्थ व्यक्तिहरूसँग भेट्ने अवसर पाउनु ठूलो कुरा हुने बताएका छन्।

    • प्रकाशित मितिः असोज १७, २०८२
    • 214 पटक पढिएको
  • सरकारको बुद्धि नपुगेकै कारण जेनजीको ज्यान गयो : प्रधानमन्त्री कार्की

    काठमाण्डौ  ।   अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका क्रममा युवाको ज्यान गएको घटनाप्रति दुःख व्यक्त गर्दै “सरकारमा हुनेहरूको बुद्धि नपुगेकै कारण यस्तो दुर्घटना भएको” टिप्पणी गरेकी छन्।विजया दशमीको दिन शहीद परिवारसँग भेटघाटका क्रममा कार्कीले राज्यले मृतकलाई फर्काउन नसक्ने तर पीडित परिवारलाई सहयोग गर्ने प्रतिबद्धता जनाइन्। उनले भनिन्, “दुःखद घटना भयो। बच्चाहरूले पढ्ने, रोजगारी पाउने व्यवस्था गर्नेबारे सोचिरहेका छौँ। उहाँहरूले ठूलो माग गर्नुभएको छैन। भएको नोक्सानी क्षतिपूर्ति त हुन सक्दैन तर राज्यले उठ्नलाई मद्दत गर्न सक्छ।”

    • प्रकाशित मितिः असोज १७, २०८२
    • 290 पटक पढिएको
  • जलेश्वरमा बम विस्फोट, पाँचजना घाइते

    महोत्तरी । महोत्तरीको सदरमुकाम जलेश्वरमा विजयादशमीको अवसरमा आयोजित रावण दहन कार्यक्रममा भएको बम विस्फोटमा परी ५ जना घाइते भएका छन् । घाइतेमध्ये १ जनाको अवस्था गम्भीर रहेको र उनलाई थप उपचारका लागि जनकपुरधाम रिफर गरिएको छ ।घटना शनिबार साँझ जलेश्वरस्थित शंकर चोकमा भएको हो । रावणको पुतलामा राखिएको बम पड्किँदा नजिकै रहेका दर्शकहरू घाइते भएका हुन् ।घाइते हुनेहरूमा जलेश्वर नगरपालिका-८ का पवन पाठक, वडा नम्बर ४ मसुरपट्टीका ९ वर्षीय आनन्द पाठक, वडा नम्बर ३ खैराका आलम राइन, वडा नम्बर २ का सुरज भण्डारी र वडा नम्बर १ का मनीष चौधरी रहेका छन्। उनीहरूको टाउको, आँखा र गालामा चोट लागेको प्रादेशिक अस्पताल ज

    • प्रकाशित मितिः असोज १७, २०८२
    • 228 पटक पढिएको
  • भीषण वर्षा र विपद्को उच्च जोखिम बढेपछि रातको समयमा बिपी राजमार्ग बन्द

    रामेछाप— भीषण वर्षा र विपद्को उच्च जोखिम बढेपछि रातको समयमा बिपी राजमार्ग  बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले असोज १७ गतेदेखि २० गतेसम्म भारी वर्षा हुने सम्भावना रहेको भन्दै  असोज १६ गते बिहीबारदेखि असोज २१ गते मंगलबारसम्म बेलुकी ५ बजेदेखि बिहान ५ बजेसम्म बिपी राजमार्गको काभ्रे भञ्ज्याङ–भकुण्डेवेशी–सिन्धुली सडक खण्डमा एम्बुलेन्स र अत्यावश्यक सेवाका सवारीसाधनबाहेक अन्य सार्वजनिक तथा निजी सवारीसाधनको आवागमनमा रोक लगाइएको जनाएको छ । कार्यालयले सूचना जारी गरी यात्रा गर्दा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालद्वारा जारी स

    • प्रकाशित मितिः असोज १७, २०८२
    • 433 पटक पढिएको
  • बस दुर्घटना हुदा १ जनाको मृत्यु, २० जना घाइते

    महोत्तरि । महोत्तरीको बर्दिबास नगरपालिका खैरमारामा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् । घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर छ ।काठमाडौं–खैरमारा चल्ने ना ६ ख १४६३० नम्बरको बस आज बिहान काठमाडौंतर्फ जाने क्रममा दुर्घटना भएको हो । दुर्घटनामा स्थानीय करिब ८० वर्षीय चुल्हाइ चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।प्रहरी घटनास्थलमा टोली पुगेर घाइतेहरुको उद्धार गर्दै अस्पताल पठाएको छ । दुर्घटनाको कारण नखुलेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः असोज १७, २०८२
    • 244 पटक पढिएको
  • आज पनि दशैंको टीका लगाउने र आशीर्वाद लिनेक्रम जारी

    काठमाण्डौ । आश्विनशुक्ल एकादशीका दिन आज नवदुर्गाको प्रसादस्वरुप दशैंको टीका लगाउन र आशीर्वाद थाप्न मान्यजनको घरमा जानेक्रम जारी रहेको छ।नौ दिनसम्म पूजा आराधना गरी विजयादशमीका दिन देवी विसर्जन गरेपछि सुरु भएको प्रसाद लगाउने र मान्यजनबाट आशीर्वाद लिने क्रम कोजाग्रत पूर्णिमाका दिनसम्म जारी रहन्छ। पश्चिम नेपालका केही जिल्लामा भने विजयादशमीका दिनमात्र दुर्गाको प्रसाद लगाउने र आशीर्वाद थाप्ने प्रचलन रहेको छ।नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार कोजाग्रत पूर्णिमाका दिन अखिल बलिपूर्ति नभएसम्म नवदुर्गाको प्रसाद लगाउन शास्त्रीयरुपमा नै उल्लेख गरिएको छ।पहिलो दिन मान्यजनकहाँ जान नपाएकाहरु पूर्णिमाक

    • प्रकाशित मितिः असोज १७, २०८२
    • 345 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ  ।  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार  हाल देशको पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभाग लगायत मधेश प्रदेशका केहि स्थानमा हल्का वर्षा भइरहेको छ।दिउँसो कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाड र तराइका केही भू-भागहरू र मधेस प्रदेश लगायत देशका बाँकी प्रदेशका पहाड र तराई भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी प्रदेशका तराइ, कर्णाली प्रदेश र बागमती प्रदेशको पहाडी भूभागका केहि स्थानमा भारी वर्षाको

    • प्रकाशित मितिः असोज १७, २०८२
    • 314 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ  ।   नेपाल राष्ट्र बैंकले आज असोज १७, शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।अमेरिकी डलर, चिनियाँ युआन, साउदी अरेबियन रियालको मूल्य स्थिर बस्दा युरोपियन युरो, स्विस फ्रयाङ्क, सिंगापुर डलर, जापानी येनको मूल्य बढेको छ भने अस्ट्रेलियन डलर, क्यानेडियन डलरको भाउ केही घटेको छ। अमेरिकी डलर १ को खरिददर १४१ रुपैयाँ ६१ पैसा र बिक्रीदर १४२ रुपैयाँ २१ पैसा छ। युरोपियन युरो १ को खरिददर १६६ रुपैयाँ ४२ पैसा र बिक्रीदर १६७ रुपैयाँ १३ पैसा कायम गरिएको छ।  यूके पाउन्ड स्टर्लिङ १ को खरिददर १९० रुपैयाँ ८२ पैसा र बिक्रीदर १९१ रुपैयाँ ६३ पैसा कायम गरिएको छ। स्व

    • प्रकाशित मितिः असोज १७, २०८२
    • 221 पटक पढिएको
  • आज २०८२ साल असोज १७ गते शुक्रबारको राशिफल

    मेष - परिवारको सहयोग प्राप्त हुने तथा शैक्षिक क्षेत्रमा प्रगति गर्ने समय छ। परीक्षा शुभ परिणाम ल्याउने सम्भावना प्रबल छ। आन्तरिक लगानी लाभदायी रहनेछ, तर विदेश यात्रा वा त्यहाँको लगानीमा सावधानी अपनाउनु हितकर हुनेछ।वृष - सामाजिक क्षेत्रमा सफलता पाउने तथा सेवामुखी कार्यमा अवसर प्राप्त हुने दिन हो। पारिवारिक प्रेम–सम्बन्ध प्रगाढ बन्नेछन्। विदेशप्रतिको आकर्षण बढे पनि साथीसँगको सहकार्यबाट ठोस लाभ मिल्नेछ।मिथुन - मन केही चञ्चल भए पनि सोच विचार गरी बोल्दा फाइदा हुनेछ। ठूला काम वा नयाँ सुरुवात घरपरिवारसँग परामर्श गरेर गर्दा सफल हुनेछ। प्रेम जीवनमा सन्तुष्टि र आत्मीयता अनुभव हुनेछ।कर्कट

    • प्रकाशित मितिः असोज १७, २०८२
    • 421 पटक पढिएको
  • कुमारी आर्यतारा शाक्यद्वारा सर्वसाधारणलाई विजयादशमीको टीका

    काठमाडौं— विजयादशमीको अवसरमा कुमारी आर्यतारा शाक्यले आज सर्वसाधारणलाई टीका र जमरा लगाइदिएकी छन्। ऐतिहासिक तथा धार्मिक परम्पराअनुसार हरेक वर्ष विजयादशमीका दिन कुमारीले टीका दिनु विशेष रूपमा मानिन्छ।बिहानैदेखि कुमारीगृहमा श्रद्धालुहरूको भीड लागेको थियो। विभिन्न उमेर समूहका महिला, पुरुष, बालबालिकाहरू कुमारीबाट टीका र आशीर्वाद लिन आएका थिए।कुमारी आर्यताराले रातो टीका, जमरा र प्रसाद दिँदै आशीर्वाद स्वरूप शान्ति, समृद्धि र दीर्घायुको कामना गरिन्।कुमारीगृहका अनुसार आज विशेष रूपमा आम नागरिकलाई टीका लगाइने कार्यक्रम तय गरिएको थियो। 'हामीले बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म सर्वसाधारणलाई दर्शन र टीका दि

    • प्रकाशित मितिः असोज १६, २०८२
    • 474 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा