हेटौँडा । वर्षा रोकिएसँगै आज(आइतबार) हेटौँडाको आकाश आंशिक खुलेको छ । विगत केही दिनदेखिको अविरल वर्षापछि आज बिहानदेखि घाम देखिँदा जनजीवन सामान्य बन्दै गएको छ ।सडकमा सवारीसाधनको आवागमन बढेसँगै बजार र गल्लीहरूमा चहलपहल बढेको छ । वर्षाका कारण घरभित्र सीमित रहन बाध्य भएका सर्वसाधारण आज बिहानदेखि दैनिक क्रियाकलापमा फर्किएका छन् । वर्षासँगै प्रभावित भएका सडकहरूमा मर्मत कार्य सुरु हुन थालेको छ भने स्थानीय व्यवसायीले पनि पसलहरू नियमित रूपमा सञ्चालन गर्न थालेका छन् । मौसम विभागका अनुसार आज दिउँसो आंशिक बदली रहने भए पनि हेटौँडामा ठूलो वर्षाको सम्भावना कम रहेको छ ।
विराटनगर । इलाममा बाढीपहिरोका कारण घाइतेहरूलाई उद्धारका लागि पठाइएको नेपाली सेनाको हेलिकप्टरले प्रतिकूल मौसमका कारण अवतरण गर्न नसक्दा उद्धार कार्यमा चुनौती थपिएको छ ।माङसेबुङ–१, गजुरमुखीबाट घाइते लिएर धरानस्थित घोपा क्याम्पतर्फ गइरहेको हेलिकप्टर खराब मौसमका कारण अवतरण गर्न असफल भएको हो । विराटनगरको नोबेल अस्पतालमा ल्याण्ड गर्ने प्रयास पनि असफल भएपछि हेलिकप्टरलाई इटहरी फर्काएर सुरक्षित अवतरण गरिएको छ ।हाल इटहरीमै घाइतेहरूको अवस्था स्थिर राखिएको र मौसम सुधार भएपछि पुनः धरानको घोपा क्याम्प लैजाने तयारी भइरहेको बताइएको छ ।नेपाली सेनाको हेलिकप्टरले पहिरो प्रभावित क्षेत्रबाट गर्भवती महिलासहित घ
काठमाडौं— पछिल्लो दुई दिनमा विपद्का घटनामा परी देशभर ४० जनाको मृत्यु भएको छ । बाढीपहिरो, चट्याङ तथा सवारी दुर्घटनामा परी १३ जना घाइते भएका सशस्त्र प्रहरी बल नेपालले जनाएको छ ।विपद्का घटनामा परी ११ जना बेपत्ता भएका छन् । बाढीपहिरोबाट इलाम जिल्लामा मात्रै २८ जनाको मत्यु र दुई जना गम्भीर घाइते भएको सशस्त्र प्रहरीले जनाएको छ ।इलामको सूर्योदय नगरपालिकामा पाँच, इलाम नगरपालिकामा छ, देउमाई नगरपालिकामा दुई, फाकफोकथुम गाउँपालिकामा एक, माङ्सेबुङ गाउँपालिकामा तीन, माइजोगमाई गाउँपालिकामा आठ र सन्दकपुर गाउँपालिकामा तीन जनाको मृत्यु भएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।यसैगरी बाढ
वीरगन्ज । अविरल वर्षाका कारण डुबानको समस्या बढ्दै गएपछि जिल्ला प्रहरी कार्यालय पर्साले नौं दलित परिवारलाई सुरक्षित स्थानमा सारेको छ । डुबानमा परी व्यक्तिको ज्यान जाने सम्भावना बढ्दै गएपछि वीरगन्ज महानगरपालिकाको वडा नं. १९ का ती परिवारलाई सुरक्षित स्थानतर्फ सारिएको हो ।घरमा पानी पस्न थालेपछि ज्यानमाथि जोखिम बढेपछि गएराति वीरगन्ज महानगरपालिका–१९ मा पर्ने डुम बस्तीबाट ६ परिवारलाई सोही स्थानमा रहेको भुवनेश्वर धर्मशालामा र ३ परिवारका १३ जनालाई वीरगन्जको लालबंगलामा सारिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए । उनले वर्षाले जिल्लाका अधिकांश
काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले सडकमा यात्रुहरुको चापलाई मध्यनजरगरी पहिरो पन्छाई एकतर्फीरुपमा सवारी संचालनको लागि आवश्यक तयारीको कार्य गरिरहेको जानकारी दिएको छ । आइतबार एक सूचना जारी गर्दै कार्यालयले हाल मौसममा क्रमिक सुधार हुँदै गएकाले धादिङ, नुवाकोट र काठमाडौ दक्षिणकाली सडक खण्डका पहिरोहरु पन्छाएर सडक सूचारु गर्ने कार्य द्रुतगतिमा भइरहेको जानकारी दिएको हो । विगत दुई दिनदेखि परेको अविरल वर्षाका कारण काठमाडौंबाट पृथ्वी राजमार्ग हुँदै बाहिरिने सवारी साधनहरु, काठमाडौंबाट नुवाकोटतर्फ जाने सवारी साधनहरु र काठमाडौं दक्षिणकाली हुँदै हेटौडातर्फ जाने सवारी साधनहरुलाई पूर्णरुपम
काठमाडौं । घरेलु टोली मलेसिया विरुद्धको महिला टि ट्वान्टी सिरिजको तेस्रो खेलमा नेपाल पराजित भएको छ । नेपाललाई १३ रनले हराउँदै मलेसियाले ५ खेलको सिरिजमा २–१ को अग्रता बनाएको हो ।वायुमास ओभल स्टेडियममा जितको लागि १ सय २१ रनको विजय लक्ष्य पछ्याएको नेपाल २० ओभरमा ८ विकेट गुमाउँदै १ रन ७ रनमा समेटियो ।टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ४ विकेट गुमाएर १२० रन बनायो । उसका लागि ओपनर आइना हासिमले ५८ बलमा ५ चौका प्रहार गर्दै ६१ रन जोडिन् भने मास एल्साले ३० बनाइन् ।बलिङमा नेपालका लागि कविता जोशी र कविता कुँवरले २–२ विकेट लिए । नेपालका लगि सम्झना खड्काले १८ रन र रूबि पोद्दारले ३१ रन&nbs
इलाम— इलामका विभिन्न ठाउँमा गएको पहिरोमा परेर २५ जनाको मृत्यु भएको छ । सशस्त्र प्रहरीका अनुसार, इलाम नगरपालिका–६, घोसमा ६ जनाको मृत्यु भएको हो । त्यसै गरी सूर्योदय नगरपालिकामा पाँच, देउमाई गाउँपालिकाका दुईजना, खापखुकपुङ गाउँपालिकाका एकजना, मान्सेबुङ गाउँपालिकाका तीनजना, माईजोगमाई गाउँपालिकामा आठ जना र सन्दकपुर गाउँपालिका तीन जनाको मृत्यु भएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाको भनाइ छ ।
सिमरा— बाराको प्रसौनी गाउँपालिका–५ स्थित दुधौरा खोलाले शनिबार एक किशोरलाई बगाएर बेपत्ता बनाएको छ।टिकटक भिडियो बनाउने क्रममा १७ वर्र्षीय बिक्की खोलामा हाम फालेपछि बेपत्ता भएका हुन्। जिल्ला प्रहरी कार्यालय, बाराका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक बिजयराज पण्डितका अनुसार, दुई जना युवक खोलामा हाम फालेका थिए। तीमध्ये एकजनालाई सुरक्षित निकालिएको छ भने विक्की भने बेपत्ता भएका हुन्।घटनापछि खोजी कार्यका लागि प्रहरी टोली घटनास्थल पुगेको छ। उद्धार प्रयास जारी रहेको प्रहरीले जनाएको छ।
काठमाडौं— गएराति परेको चट्याङबाट काभ्रेको पनौती नगरपालिका-३ का राजु सापकोटाको घर जलेर क्षति भएको छ । शनिबार राति चट्याङ परेपछि भएको आगलागीमा परी तेलमालेका सापकोटाको घर पूर्ण क्षति भएको हो । वर्षासँगै परेको चट्याङपछिको आगलागीमा परेर घरमा भएका सुन चाँदी, लत्ताकपडा र अन्नपातसहितका सबै सामग्री नष्ट भएको सापकोटाले बताए । २०७२ सालको भूकम्पपछि सापकोटाले ज्याला मजदुरी गरेर बनाएको घर चट्याङपछि आगलागीमा परेको हो । सापकोटाले ज्याला मजदुरी गरेर परिवारको गुजारा गर्दै आएका छन् । उनको परिवारमा श्रीमती, एक छोरा
विराटनगर । इलामका विभिन्न स्थानमा गएको पहिरोमा परेर १८ जनाको मृत्यु भएको छ । कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक दीपक पोखरेलका अनुसार सुर्योदय नगरपालिकामा मात्रै पाँच जनाको मृत्यु भएको छ ।त्यस्तै, माङसेवुङ गाउँपालिका– १, पाटीगाउँका तीन, देउमाई नगरपालिका– ५, धारेका एक, सोही वडाको धुसुनीका दुई, फाकफोकथुम गाउँपालिका– ३, रातमाटेका एक र इलाम नगरपालिका– ५ घोसगाउँका ६ जनाको पहिरोमा परेर मृत्यु भएको पोखरेलले जानकारी दिए ।त्यस्तै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीका अनुसार उदयपुरमा १ जना र खोटाङमा १ जनाको मृत्यु भएको छ ।कोशी प्रदेशका विभिन्न क्षेत्र जलमग्न भएका छन् । अझै केह
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.