समाचार

    Showing 2,711-2,720 of 19,052 items.
  • जापानिज इन्सेफ्लाइटिसबाट ६ जनाको मृत्यु, १७ जना संक्रमित

    चितवन— चितवन जिल्लामा जापानिज इन्सेफ्लाइटिसको संक्रमण बढेसँगै मृत्यु हुनेको सङ्ख्या ६ पुगेको छ। साउन महिनादेखि हालसम्म यो रोगका कारण विभिन्न स्थानीय तहका नागरिकले ज्यान गुमाएका हुन्।मृत्यु हुनेमा भरतपुर महानगरका दुई, राप्ती नगरपालिकाका दुई, खैरहनी नगरपालिकाका एक र कालिका नगरपालिकाका एक जना रहेका जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ। पछिल्लो पटक खैरहनी–४ की एक महिलाको मृत्यु भएको जानकारी किट नियन्त्रण महाशाखाका प्रतिनिधि राम केसीले दिए।हालसम्म जिल्लामा १७ जनामा संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये १० जना महिला र ७ जना पुरुष रहेका छन्। उमेर समूह हेर्दा, १५ वर्षमुनिका ३ जना, १५ देखि ६० वर्ष उमे

    • प्रकाशित मितिः असोज २२, २०८२
    • 420 पटक पढिएको
  • नेपाल सरकार र जर्मन सरकारबीच वित्तीय र प्राविधिक सहयोग सम्बन्धी सम्झौताहरुमा हस्ताक्षर

    काठमाडौं । नेपाल सरकार र जर्मनीबीच वित्तीय सहयोग र प्राविधिक सहयोग सम्बन्धी दुई महत्वपूर्ण सम्झौताहरुमा आज हस्ताक्षर सम्पन्न भएको छ ।  यी सम्झौताहरुले नेपालको उर्जा, स्वास्थ्य, कृषि, शासन तथा समावेशी विकासका प्राथमिकतालाई सहायता गर्ने लक्ष्य लिएको छ । नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालयका सहसचिव श्री धनिराम शर्मा र जर्मन सरकारको तर्फबाट काठमाडौँस्थित नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो भोल्जले हस्ताक्षर गरेका हुन् । वित्तीय सहयोग सम्झौताअन्तर्गत जर्मन सरकारले ‘पावर डिस्ट्रीब्युसन स्ट्रेन्थेनिङ कार्यक्रम’ मा सहयोगस्वरूप २० मिलियन युरो सम्मको प्रतिबद्धता जनाएको छ ।&nb

    • प्रकाशित मितिः असोज २२, २०८२
    • 124 पटक पढिएको
  • सरकारलाई महेश बस्नेतको चुनौती, मलाई समातेर देखाउनुस्

    काठमाडौं—  नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले आफूलाई पक्राउ गर्न चुनौती दिएका छन्।बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै बस्नेतले विधिको शासन र लोकतन्त्रको पक्षमा आफू जेल जान तयार रहेको बताउँदै आरोपको खण्डन गरे। “मलाई समातेर देखाउनुस्,” बस्नेतले भने, “विधिको पक्षमा, लोकतन्त्रको पक्षमा लड्नेहरू देश र जनताको लागि जेल जान तयार छन्। तर, झूटो आरोप सहन सकिँदैन।”उनले हालको ‘जेन जेड सरकार’ लाई लक्षित गर्दै आगजनी, लुटपाट र हत्यामा संलग्नलाई कारबाहीको दायरामा ल्याउन पनि माग गरे।बस्नेतले यस्तो अभिव्यक्ति एक महिलाले दिएको उजुरीका आधारमा प्रहरीको साइबर ब्युरोमा बय

    • प्रकाशित मितिः असोज २२, २०८२
    • 421 पटक पढिएको
  • दोलखाको झुलेमा ६ घर पहिरोको जोखिममा, ४६ जना प्रभावित

    दोलखा । लगातारको वर्षाका कारण दोलखाको तामाकोशी गाउँपालिका–२ झुलेस्थित एक बस्ती पहिरोको उच्च जोखिममा परेको छ ।तीन दिनदेखि परेको अविरल वर्षापछि झुलेको पातले र सिमबारी क्षेत्रका ६ घर पहिरोको जोखिममा परेका हुन् । उक्त बस्तीका ६ परिवारका ४६ जना पहिरोको उच्च जोखिममा रहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जानकारी दिएको छ ।वडा अध्यक्ष ईश्वरराज कार्कीका अनुसार लगातारको वर्षाका कारण जमिन चर्किन थालेपछि पहिरो खस्ने क्रम जारी छ । प्रभावित परिवारलाई तत्काल सुरक्षित स्थानमा सार्ने तयारी भइरहेको उनले बताए । स्थानीयवासीहरू अहिले राति सुत्दा समेत भयभीत हुने अवस्था आएको बताउँछन् ।

    • प्रकाशित मितिः असोज २२, २०८२
    • 117 पटक पढिएको
  • महेश बस्नेतले दिए बालेन र सुदनको टोलीलाई ‘विदेशी दलाल’ को संज्ञा

    काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले बालेन शाह, सुदन गुरुङसहितको समूहमाथि गम्भीर आरोप लगाएका छन् । उनले आज पत्रकार सम्मेलन गर्दै उनीहरूलाई ‘विदेशी दलाल’ को संज्ञा दिँदै आपराधिक गतिविधिमा संलग्न भएको आरोप लगाए ।‘बालेन र सुदनलगायतका यी टिमहरू विदेशी दलाल हुन् । यिनीहरूले आपराधिक गतिविधि गरेका छन्, त्यसैले कारबाही उनीहरूबाट सुरु गर्नुपर्छ,’ बस्नेतले भने ।उनले हालैको आन्दोलन र संसद विघटनसम्बन्धी विषयमा एमालेले चाँडै औपचारिक धारणा लिने जानकारी दिए । संसद विघटन वैधानिक कि अवैधानिक भन्ने प्रश्न उठाउँदै उनले भने, ‘संसद पुनस्र्थापनाको माग लिएर हामी सर्वोच्च अदालतको ढोका ढकढक्याउँछौं । पार्टीले आ

    • प्रकाशित मितिः असोज २२, २०८२
    • 143 पटक पढिएको
  • रामेछाप–काठमाडौं रुटमा नियमित हवाई उडान पुनः सुरु

    काठमाडौं । रामेछाप–काठमाडौं हवाई रुटमा पुनः नियमित उडान सुरु भएको छ । स्थानीय प्रशासन, राजनीतिक दल, जनप्रतिनिधि र नागरिक समाजको पहलमा मंगलबारदेखि समिट एयर, सिता एयर र तारा एयरले नियमित उडान सञ्चालन गरेका हुन् ।केही दिनयता रामेछाप–लुक्ला रुटमा दैनिक ५० देखि ६० वटा उडान भइरहेकाले रामेछाप–काठमाडौं उडान स्थगित भएको थियो। असोज १७, १८ र १९ गते परेको अविरल वर्षाका कारण विपी राजमार्ग अवरुद्ध भएपछि यात्रुहरूको सहजताका लागि हवाई उडान पुनः सुरु गरिएको हो ।मन्थलीबाट विपी राजमार्ग हुँदै काठमाडौंसम्मको दूरी करिब १२५ किलोमिटर छ भने चरिकोट हुँदै दोललघाट निस्किएर काठमाडौं पुग्दा करिब २०० किलोमिटर दूरी पर्छ ।ना

    • प्रकाशित मितिः असोज २२, २०८२
    • 131 पटक पढिएको
  • रूसको अग्रगमन, युक्रेनको आणविक केन्द्रमाथि ड्रोन हमला प्रयास

    काठमाडौं— रूसले सोमबार युक्रेनविरुद्धका सबै मोर्चामा सैन्य अग्रगमन गरेको दाबी गरेको छ, जबकि युक्रेनले रूसको नोभोरोनेझ आणविक ऊर्जा केन्द्रमा आक्रमण गर्ने प्रयास गरेको बताइएको छ ।रूसी रक्षा मन्त्रालयका अनुसार सोमबार डोनेट्स्क र जापोरिजिया क्षेत्रमा एउटा–एउटा बस्तीमाथि नियन्त्रण कायम गरिएको छ । साथै, रूसी सेनाले युक्रेनी सशस्त्र बल र विदेशी भाडाका लडाकूहरू रहेका अस्थायी बेस, इन्धन भण्डार, ऊर्जा तथा यातायात संरचनामाथि १४८ स्थानमा आक्रमण गरेको छ । त्यस क्रममा ४१६ फिक्स्ड–विङ ड्रोनहरू पनि खसालिएको बताइएको छ ।रूसी सर्वोच्च सेनापति भ्यालेरी गेरेसिमोभले मंगलबार बताएअनुसार, “रूसी सेना सबै दिशामा अगाडि ब

    • प्रकाशित मितिः असोज २२, २०८२
    • 408 पटक पढिएको
  • भारी वर्षाबाट कृषि र पशुपालनमा क्षति, विवरण संकलन सुरु

    काठमाडौं । देशभर कृषि र पशुपालन क्षेत्रमा भएको क्षतिको विवरण संकलन सुरु गरेको छ । मन्त्रालयले सातै प्रदेशका सम्बन्धित कार्यालयलाई प्रारम्भिक विवरण संकलन गरी केन्द्रमा पठाउन निर्देशन दिएको छ ।संलग्न कार्यालयहरूले स्थानीय तहको समन्वयमा बाढीबाट प्रभावित कृषि वस्तुहरूको प्रकार र परिमाण, पशुपंक्षीको क्षति, गोठ तथा व्यावसायिक फार्ममा भएको असर, र प्रभावित किसानको अवस्थाबारे विवरण संकलन गर्ने भएका छन्।मन्त्रालयका अनुसार संकलित तथ्याङ्कको आधारमा किसानको योगदानको मूल्याङ्कन गरी आवश्यक सहयोग र सुविधा उपलब्ध गराइने छ । बाली वा पशुधनमा बिमा गरेका किसानका हकमा बिमाको सहजीकरणसहित मल, बिउ, प्रविधि र प्राविधिक

    • प्रकाशित मितिः असोज २२, २०८२
    • 141 पटक पढिएको
  • मदन भण्डारी लोकमार्गमा सवारी दुर्घटना, १६ जना घाइते

    हेटौंडा— मकवानपुर जिल्लाको बागमती गाउँपालिका–४ हरामीचोकस्थित मदन भण्डारी लोकमार्गमा आज बिहान भएको सवारी दुर्घटनामा १६ जना घाइते भएका छन् ।प्रहरीका अनुसार बिहान करिब ६ः४५ बजे सिन्धुलीबाट हेटौंडातर्फ आउँदै गरेको म.प्र.०२–००१ ज ००७२ नम्बरको इभि गाडीले भित्रि बाटोबाट राजमार्गमा प्रवेश गर्न खोज्दै गरेको ना ५ प ५५५८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करपछि इभि गाडी अनियन्त्रित भई करिब १५ फिट तल खोल्सोमा खसेको बताइएको छ ।दुर्घटनामा इभि गाडीमा सवार यात्रुहरू र मोटरसाइकल चालक सहित जम्मा १६ जना घाइते भएका छन् । घाइतेहरूलाई प्रहरी टोली र स्थानीयवासीको सहयोगमा तत्काल उद्धार गरी साम्भि पोलिक्लिनिक

    • प्रकाशित मितिः असोज २२, २०८२
    • 380 पटक पढिएको
  • नेपालको आर्थिक वृद्धिदर २.१ प्रतिशतमा सीमित हुने विश्व बैंकको प्रक्षेपण

    काठमाडौं । विश्व बैंकले सार्वजनिक गरेको ताजा प्रतिवेदनअनुसार चालु आर्थिक वर्ष २०८२÷८३ मा नेपालको आर्थिक वृद्धिदर २.१ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरिएको छ । ‘साउथ एसिया डेभलपमेन्ट अपडेट’ नामक प्रतिवेदनमा विश्व बैंकले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको अशान्ति र त्यसपछि बढेको राजनीतिक तथा आर्थिक अनिश्चितताका कारण नेपालको वृद्धिदरमा व्यापक गिरावट आउने अनुमान गरेको हो ।गत आर्थिक वर्ष २०८१/८२ मा नेपालको आर्थिक वृद्धि दर ४.६१ प्रतिशत रहेकोमा यस वर्ष त्यसको आधा भन्दा कम रहने देखिएको छ । प्रतिवेदनले नेपालको सम्भावित आर्थिक वृद्धि दायरा १.५ देखि २.६ प्रतिशतसम्म सीमित रहने उल्लेख गरेको छ ।

    • प्रकाशित मितिः असोज २२, २०८२
    • 133 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा