काठमाडौं । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालले सबै विद्यालयका विद्यार्थी, शिक्षक र कर्मचारीका लागि प्राथमिकताका साथ दोस्रो चरणमा खोप कार्यक्रमको प्रबन्ध गर्न आग्रह गरेको छ ।महासङ्घका अध्यक्ष कृष्ण थापा र महासचिव गुणराज मोक्तानले आज जारी गर्नुभएको विज्ञप्तिमा लामो समयदेखि बन्द रहेका विद्यालय पुनः सञ्चालन हुन लागेकाले सम्पूर्ण विद्यार्थी, शिक्षक र कर्मचारीलाई खोपको कार्यक्रम मिलाउन आग्रह गरिएको हो । सो क्रममा महासङ्घले विद्यालय तहमा आवश्यक सहजीकरण गर्ने पनि जनाइएको छ ।
झापा । पूर्वी नाका काँकडभिट्टाबाट भारततर्फ आवतजावत गर्न सहज हुन थालेको छ । नाकामा गरिने जाँचलाई खुकुलो बनाएसँगै दैनिक सयौँ मानिसलाई ओहोरदोहोर गर्न सहज भएको हो ।नाकाबाट ठूला सवारी–साधन आवतजावतमा रोक लगाइए पनि मोटरसाइकल, सिटी रिक्सा तथा पैदलयात्रीलाई भने सहज भएका कारण दैनिक सयौँ नेपाली भारतीय सीमावर्ती बजार पानीट्यांकी, नक्सलबाडी, सिलगुढीलगायतका क्षेत्रमा औषधि, लत्ताकपडा र खाद्यान्न खरिदका लागि जाने र नेपालतर्फ आउने क्रम बढेको छ ।इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक सुनिल दाहालले अझै पनि कोभिड–१९ को जोखिम कायमै रहेकाले सरकारले लागु गरेको स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गराएर
काठमाडौं । सरकारले सोमबारबाट पत्रकार र कूटनीतिक नियोगका कर्मचारीलाई कोरोना भाइरसविरूद्धको खोप दिने भएको छ।स्वास्थ्य सेवा विभाग अन्तर्गत खोप शाखा प्रमख डा। झलक शर्मा गौतमका अनुसार पत्रकार, कूटनीतिक नियोग र सयुक्त राष्ट्र संघका कर्मचारी गरी झन्डै १९ हजारलाई सोमबारदेखि खोप दिने तयारी भएको हो ।उपत्यकाका चार वटा अस्पताल तोकिएको छ। डा।गौतमका अनुसार पत्रकारले सिभिल अस्पताल, कूटनीतिक नियोगका कर्मचारीका लागि गंगालाल हृदयरोग अस्पताल र टिचिङ अस्पताल अनि संयुक्त राष्ट्र संघका कर्मचारीका लागि पाटन अस्पतालमा खोप लगाउन पाउनेछन्।शनिबार सम्पन्न पहिलो चरणको खोप अभियानमा जम्मा १ लाख ८४ हजार ८५७ जनाले खोप लगाएका
काठमाडौं । प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा म्यानचेष्टर युनाइटेड र एभरटनले ३ं३ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । डोमिनिक काल्भर्ट लेविनले इन्जुरी टाइमको पाँचौ मिनेटमा गोल गरेपछि युनाइटेड घरेलु मैदानमा जितबाट बन्चित रहेको हो ।ओल्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेडले दुई पटकको अग्रता जोगाउन सकेन । एभरटनले भने शानदार पुनरागमन गर्दै युनाइटेडसंग अंक खोस्न सफल भयो ।खेलको २४औं मिनेटमा एडिनसन कभानीले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । पहिलो हाफको अन्तिममा ब्रुनो फर्नान्डेजले गोल गर्दै युनाइटेडको अग्रता दोब्बर पारे।रोमाञ्चक दोस्रो हाफमा चार गोल हुौा एभरटनले तीन गोल फर्कायो । ४९औं
भद्रपुर/ भद्रपुर छोटी भन्सारबाट मुल भन्सारमा स्तरोन्नति भएको तीन वर्ष भइसकेपनि व्यापारी जाने वातावरणमा सुधार नभएका कारण भद्रपुर भन्सार कार्यालय ओझेलमा पर्दै गएको सरोकारवालाहरुले गुनासो गरेका छन् । ६९ औँ अन्र्तराष्ट्रिय भन्सार दिवसको अवसरमा भद्रपुर भन्सारले मङ्लबार विहान आयोजना गरेको कार्यक्रममा वक्ताहरुले यस्तो गुनासा गरेका हुन् ।बल्ल तल्ल भन्सारमा आएका व्यापारीले भन्सार राजस्व तिरेर सामान भन्सार पास भएपनि गन्तव्य स्थलमा नै नपुगी प्रहरी,प्रशासन लगायत सम्बन्धित निकायले सामान रोकेर व्यारीमाथि हस्तछेप गर्ने क्रम मौलाएर गएकोले भन्सार भएर सामान आउन समस्या भएको झापा उद्योग वाणिज्य सङ्धका
धरान/ सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अदालतको अवहेलना मुद्दामा आफैँ उपस्थित भएर जवाफ दिन आदेश दिएको छ। प्रधानमन्त्री ओलीले सार्वजनिक रुपमा बोलेका तीन वटा कुराले अदालतको अवहेलना भएको भन्दै वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले हालेको मुद्धामा डा. मनोजकुमार शर्माको एकल इजलासले प्रधानमन्त्री ओलीलाई अदालतमै उपस्थित भएर जवाफ दिन आदेश दिएको हो।प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा बहस गरेका वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई ओलीले ‘बाजे वकीलले तमासा गरेको’ भन्दै टिप्पणी गरेका थिए । त्यसैगरी बहसलाई पनि ‘वकीलहरुले फिटेको फिटै छन्’ भनेका थिए। भने
विराटनगर/ मोरङको कटहरी गाउँपालिका – ७ का २६ वर्षिय रामकुमार मुडियारी तीन वर्ष अघि रोजगारको लागि मलेसिया गएका थिए । विदेशमा कमाएको पैसाले पक्की घर बनाउने र विवाह गर्ने सपना देखेर गएका उनको सपना त पुरा भएन, जीवनै समाप्त भयाे ।वैदेशिक रोजगारको अवधि सकिएपछि उनी घरफर्कने बेलामा लकडाउन भयो । सरकारले थपेको ६ महिनाको भिसा अबधिमा पनि उनी घर फर्कन सफल भएनन । घर फर्कन पटक पटक प्रयास गर्दा पनि असफल भएका रामकुमारले विक्षिप्त अवस्थामा कम्पनीमै आत्महत्या गरेर ज्यान गुमाएको परिवारकोे भनाई छ ।‘पैसा कमाएर घर बनाएर विवाह गर्छु भनेको छोराको शवको बाकस आइपुग्यो,’ छोराको काजकिरयामा बसेका रामकुमारका
धरान/ पूर्वका पर्यटकीयस्थल भेडेटार र इलाममा पर्यटक बस चल्ने भएका छन् ।पूर्वको पर्यटनलाई काठमाडौंसँग जोड्ने उद्देश्यले नेपाल पर्यटन बोर्डको पहल र नेपाल पर्यटक यातायात व्यवसायी संघको सक्रियतामा फागुन पहिलो साताबाट काठमाडौंबाट भेडेटार र इलामका लागि बस सञ्चालन गर्न लागेको हो । बोर्डका अनुसार काठमाडौं–भेडेटार र काठमाडौं–इलामका लागि २७ सिट क्षमताका बस सञ्चालनमा आउनेछन् ।स्वास्थ्य मापदण्ड पुरा गरी बस चलाउन लागिएको बताइएको छ । बस चलेपछि भेडेटार र इलाममा आन्तरिक पर्यटकको अझै वृद्धि हुने अपेक्षा गरिएको छ । हाल काठमाडौंबाट पोखरा, चितवन, लुम्बिनी, जनकपुर र वीरगञ्जका लागि पर्यटक बस चल्ने गरेका छन् ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.