काठमाडौं । सरकारले सोमबारबाट पत्रकार र कूटनीतिक नियोगका कर्मचारीलाई कोरोना भाइरसविरूद्धको खोप दिने भएको छ।

OM Sai Pathibhara Hospital


स्वास्थ्य सेवा विभाग अन्तर्गत खोप शाखा प्रमख डा। झलक शर्मा गौतमका अनुसार पत्रकार, कूटनीतिक नियोग र सयुक्त राष्ट्र संघका कर्मचारी गरी झन्डै १९ हजारलाई सोमबारदेखि खोप दिने तयारी भएको हो ।


उपत्यकाका चार वटा अस्पताल तोकिएको छ। डा।गौतमका अनुसार पत्रकारले सिभिल अस्पताल, कूटनीतिक नियोगका कर्मचारीका लागि गंगालाल हृदयरोग अस्पताल र टिचिङ अस्पताल अनि संयुक्त राष्ट्र संघका कर्मचारीका लागि पाटन अस्पतालमा खोप लगाउन पाउनेछन्।


शनिबार सम्पन्न पहिलो चरणको खोप अभियानमा जम्मा ‍१ लाख ८४ हजार ८५७ जनाले खोप लगाएका छन्।


जसमा स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, शव व्यवस्थापनमा खटिएका कर्मचारी, कैदी, सरसफाइ कर्मचारी छन्।


पहिलो चरणको खोप अभियान सकिएसँगै सरकारले अब पत्रकार, कूटनीतिक नियोग र सयुक्त राष्ट्र संघका कर्मचारीलाई खोप दिने तयारी गरेको छ।