समाचार

    Showing 2,511-2,520 of 19,047 items.
  • टी–२० विश्वकप छनोटमा नेपाल र ओमानबीच आज निर्णायक भिडन्त

    काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा आज नेपाल र ओमानबीच प्रतिस्पर्धा हुदैँछ । सुपर सिक्समा यूएईलाई १ रन र कतारलाई पाँच रनले हराएको नेपालले आज ओमानलाई पराजित गरे टी–२० विश्वकपमा छनोट हुनेछ । विश्वकप छनोटका लागि निर्णायक मानिएको नेपाल र ओमानको खेल राति ८ः४५ बजे सुरु हुनेछ ।सुपर सिक्समा सहभागी नेपाल, यूएई, ओमान, जापान, कतार र सामाओमध्ये शीर्ष स्थानमा रहने तीन टिमले भारत र श्रीलंकामा हुने २०२६ को टी–२० विश्वकप खेल्नेछन् ।सुपर सिक्सको तालिकामा ओमान र नेपालको समान ६–६ अंक छ । रनरेटको आधारमा ओमान शीर्ष स्थानमा छ भने नेपाल दोस्रो स्थानमा छ । दुई अंक जोड

    • प्रकाशित मितिः असोज २९, २०८२
    • 102 पटक पढिएको
  • भारतीय बजारमा नेपालीको चहलपहल, नेपाली बजार भने सुनसान

    रौतहट । दिपावाली र छठ पर्वका लागि आवश्यक सामग्री किन्नका लागि सीमापारिको भारतीय बजारमा नेपाली सेवाग्राहीको चहलपहल बढेको छ । तर, सिमावारी नेपाली बजार भने सुनसान जस्तै बनेका छन् ।दैनिक उपभोग्य खाद्यान्न सामग्री, लत्ताकपडा भाँडावर्तन लगायतका सामग्रीहरु नेपालमा भन्दा भारतीय बजारमा सस्तो पाईने भएपछि नेपाली सेवाग्राहीको चाप भारतीय बजारमा बढेको हो । आफ्ना दैनिक आवश्यकताको वस्तु किनमेलका लागि गौरका अधिकांश नागरिक बरगैनिया बजार जाने चलन बढ्दो छ । गौर स्थानीय अमित केशरीका अनुसार पर्वको समयमा नेपाल र भारतको सिमामा सवारीको जाम नै हुने गर्छ । यो समयमा नेपालको बजार सुनसान र भारतिय बजारमा सर्वसाधारणको क

    • प्रकाशित मितिः असोज २९, २०८२
    • 130 पटक पढिएको
  • मधेश प्रदेशमा लोसपाको नेतृत्वमा नयाँ सरकार गठनको दाबी

    सर्लाही । मधेश प्रदेशमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को नेतृत्वमा नयाँ सरकार गठनका लागि दाबी पेस गरिएको छ ।लोसपा संसदीय दलका नेता जितेन्द्र सोनललाई मुख्यमन्त्री बनाउने प्रस्तावसहित पाँच राजनीतिक दलहरूले संयुक्त रूपमा दाबी पेस गरेका हुन् । लोसपासँगै जनता समाजवादी पार्टी (जसपा), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनमत पार्टीका केही सांसदहरूको हस्ताक्षर सहित ५६ जना प्रदेशसभा सदस्यले बुधबार बिहान प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीसमक्ष नयाँ सरकारका लागि दाबी बुझाएका हुन् ।यसअघि मंगलबार तत्कालीन मुख्यमन्त्री सतिशकुमार सिंहले राजीनामा दिएपछि प्रदेश प्रमुख भण्डारीले नयाँ सरक

    • प्रकाशित मितिः असोज २९, २०८२
    • 122 पटक पढिएको
  • जेन–जीका माग पूरा नभई संसद पुनःस्थापना गर्न नहुने राप्रपाको अडान

    काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानबहादुर शाहीले जेन–जी आन्दोलनले उठाएका मागहरू पूरा नगरीकन प्रतिनिधिसभा पुनःस्थापना गर्न नहुने अडान राखेका छन्। उनले यो धारणा आज सभामुख देवराज घिमिरे सँगको छलफलका क्रममा व्यक्त गरेका हुन्।प्रवक्ता शाहीले राप्रपाले सभामुखसँग जेन–जीका मागहरू सम्बोधन गर्ने प्रतिबद्धता नभएसम्म संसद पुनःस्थापना गर्नु हुँदैन भनेर स्पष्ट धारणा राखेको बताए। जेन–जीका मुख्य मागहरूमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, प्रदेश संरचना खारेज र गैरदलीय स्थानीय तह रहेको उनको भनाइ छ।उनले संसद पुनःस्थापना गर्दा यी मागहरू संसदबाट पारित गर्ने प्रतिबद्धता भएम

    • प्रकाशित मितिः असोज २९, २०८२
    • 402 पटक पढिएको
  • दाना उद्योगको पर्खाल भत्किँदा ३ जनाको मृत्यु

    चितवन— चितवनको रत्ननगर नगरपालिका वडा नं. १२ शान्तिकुञ्ज टोलमा किसान दाना उद्योगको पर्खाल भत्किँदा ३ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।आज बिहान दाना उद्योगको पर्खाल भत्किँदा उद्योगमा काम गर्ने ३ जना मजदुरको मृत्यु भएको हो । उनीहरुको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ ।मृत्यु हुनेमा चितवन खैरहनी नगरपालिका वडा नं. २ का ४५ वर्षका शुकराम दराई, गोरखा घर भई रत्ननगर १२ बस्ने ५४ वर्षका रेशम दराई र रत्ननगर नगरपालिका वडा नं.१२ बस्ने ४५ वर्षका कमल गुरुङछन् ।सो घटनामा पर्सा जिल्ला घर भई रत्ननगर नगरपालिका १२ बस्ने वर्ष ३९ का जितेन्द्र महतो र पर्सा जिल्ला घर भई रत्नन

    • प्रकाशित मितिः असोज २९, २०८२
    • 380 पटक पढिएको
  • मोटरसाइकल चालकको मृत्यु

    काठमाडौँ, २९ असोजः यातायात विभाग मीनभवनस्थित सडकखण्ड नयाँबानेश्वरमा जिप र मोटरसाइकल ठोक्किँदा घाइते भएका मोटरसाइकल चालकको मृत्यु भएको छ ।मृत्यु हुनेमा गोरखा सिरानचोक–४ का २३ वर्षीय बालकृष्ण परियार रहेका काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले राससलाई जानकारी दिए ।यातायात विभाग मीनभवनस्थित सडकखण्डमा नयाँबानेश्वरबाट आएर सोही स्थानमा ‘राइट टर्न’ गर्दै गरेको वाग्मती बिएबी ०३६५ नम्बरको जिप नयाँबानेश्वरबाट तीनकुनेतर्फ आउँदै गरेको बा८१प ४०१० नम्बरको मोटरसाइकल गए राति एकापसमा ठोक्किँदा उक्त दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकल चालक परियार घाइते भएका

    • प्रकाशित मितिः असोज २९, २०८२
    • 253 पटक पढिएको
  • देशभर आज मौसम सफा रहने

    काठमाडौँ, २९ असोजः देशभर आज मौसम सफा रहने छ । देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाका अनुसार आज दिउँसो कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।त्यसैगरी, आज राति देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

    • प्रकाशित मितिः असोज २९, २०८२
    • 184 पटक पढिएको
  • यस वर्षको भाइटिकाको उत्तम साइत सार्वजनिक

    काठमाडौँ । नेपाल पञ्चांग निर्णायक विकास समितिले यस वर्षको भाइटिकाको उत्तम साइत सार्वजनिक गरेको छ । कात्तिक ६ गते बिहीबार बिहान ११:३९ बजे भाइटिकाको साइत उत्तम रहेको समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालले जानकारी दिए ।कात्तिक ६ गते बिहीबार मध्याह्नकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि धनु लग्न, कन्या नवमांश, चर बेला र अभिजित् योग तथा विजय मुहूर्तको शुभ साइत दिइएको समितिका सदस्य प्रा देवमणि भट्टराईले जानकारी दिए। “राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्छ । सर्वसाधारणका लागि मध्याह्नकालमा टीका लगाउन कुनै समस्या छैन”, उनले भने ।यस वर्ष यमपञ्चक कात्तिक १ गते शनिबारदेखि सुरु हुन्छ । त

    • प्रकाशित मितिः असोज २८, २०८२
    • 246 पटक पढिएको
  • कांग्रेस निर्वाचनबाट भाग्दैन् तर सरकारले वातावरण बनाउनुपर्छ : खतिवडा

    काठमाडौं । नेपाली कांग्रेसका नेता रामहरी खतिवडाले कांग्रेस निर्वाचनबाट नभाग्ने तर सरकारले चुनावी वातावरण बनाउनुपर्ने बताएका छन् ।उनले पार्टी भित्र र बाहिर पार्टी एकता आवश्यक रहेको बताउँदै त्यसका लागि केन्द्रीय समितिको बैठक महत्वपूर्ण रहेको बताएका छन् । मंगलबार केन्द्रीय समितिको बैठकमा सहभागी हुनेक्रममा पत्रकारहरुसँग कुरा गर्दै उनले पार्टी भित्र र बाहिर एकतावद्धरुपमा लिएर जानु आजको आवश्यकता रहेको औंल्याएका हुन् । ‘हामी केवल कांग्रेस भित्रको एकता मात्र कुरा गरिरहेका छैनौं । संविधान, देश, प्रजातन्त्रलाई स्थिरता बनाउनेक्रममा छौं । अन्य पार्टीहरुसँग सल्लाह गरेर अगाडि बढाउन यस पटकको बैठक ए

    • प्रकाशित मितिः असोज २८, २०८२
    • 185 पटक पढिएको
  • लक्षित वर्ग उपचारका लागि वीर अस्पतालमा कक्ष स्थापना गर्दै काठमाडौं महानगरपालिका

    काठमाडौं । विपन्न, असहाय र वेवारिसेले निःशुल्क प्राप्त गर्ने लक्षित वर्गको उपचारलाई प्रभावकारी बनाउन काठमाडौं महानगरपालिकाले वीर अस्पतालमा सहजीकरण कक्ष स्थापना गर्ने भएको छ । यसका लागि महानगरपालिकाको स्वास्थ्य विभागका प्रमुख दिपक के. सी. र अस्पतालका निर्देशक प्रा. डा. दिलिप शर्माले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार अस्पतालले सहजीकरण कक्षका लागि स्थान उपलब्ध गराउनेछ । कक्षमा नर्सिङ् विषय अध्ययन गरेका ३ जना जनशक्ति करार सेवामा राख्नेछ । यसरी राखिएका जनशक्तिको पारिश्रमिक महानगरपालिकाले उपलब्ध गराउनेछ ।त्यस कक्षबाट महानगरपालिकाको फ्री हेल्थ डट काठमाडौं डट जीओभी डट एनपी अनलाइ

    • प्रकाशित मितिः असोज २८, २०८२
    • 179 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा