मकवानपुर / नेपाल सरकारले प्रतिबन्ध गरेको लागुऔषधको कारोवार गर्ने १५१ व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले गत आर्थिक वर्षमा पक्राउ गरी कारवाही गरेको छ । भारतबाट अवैधरुपमा ल्याइएको र नेपाल सरकारले प्रतिबन्ध गरेका लागुऔषध, गाँजा तथा अफिमको अवैध कारोवारमा संलग्न ती व्यक्तिलाई आव ०७७÷७८ मा पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्लाका विभिन्न स्थानमा सवारीसाधन जाँच र विशेष सुराकीका आधारमा छापा हान्ने क्रममा प्रतिबन्धित लागुपदार्थ औषधसहित कारोवारीलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले बताएका छन् । पक्राउपर्ने माथि जिल्ला अदालतमा मुद्दा दायरसमेत गरिएको बताइएको छ । गाँजा
संखुवासभा / संखुवासभामा सामान सार्ने क्रममा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ . मृत्यु हुनेमा सिलिचोङ गाउँपालिका १ केवाडाँडा बस्ने २१ बर्षीय दिनेश राई रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जानकारी दिएको छ .शनिबार दिउँसो साढे २ बजे नवनिर्मित भवनमा चौकीको सामान सार्ने क्रममा काठको टेवल बोकी आउदै गर्दा बाटो साधुरो भएको कारण सडकबाट २०० मिटर तल सिसुवा खोलाको दहमा खसेर मृत्यु भएको प्रदेश १ प्रहरी कार्यालय बिराटनगरका प्रहरी उपरीक्षक नविनराज राईले जानकारी दिएका छन् । घटनाको जानकारी पाएसँगै प्रहरी चौकी सिसुवाटार र जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट परिचालन भएको प्रहरी टोली घटन
काठमाडौँ / माथिल्लो तामाकोसी जलविद्युत आयोजनाबाट शुक्रबार रातिदेखि तेस्रो युनिट सञ्चालन गरिएको छ । असार २१मा सञ्चालन गर्दै उद्घाटन गरिएको सो आयोजनाबाट पहिलो र दोस्रो युनिटको परीक्षण उत्पादन सफल भएपछि तेस्रो युनिट पनि सञ्चालनमा ल्याइएको हो ।माथिल्लो तामाकोसी जलविद्युत् लिमिटेडका कार्यकारी निर्देशक विज्ञान श्रेष्ठका अनुसार माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको विद्युत् गृहमा ७६ मेगावाटका छवटा टर्वाइन जोडिएका छन् । यससँगै ४५६ मेगावाट क्षमताको सो आयोजनाबाट २२८ मेगावाट विद्युत् उत्पादन हुन थालेको छ । साउनभित्रै चौथो युनिट पनि सञ्चालन गर्ने र भदौभरमा बाँकी दुई युनिट पनि सञ्चालन गरी अयोजना पूर्ण क्षम
फुङ्लिङ / चीनको सीमावर्ती क्षेत्र ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–७ याङ्मा क्षेत्रका गोठबाट दुई वर्षयता याकहको बिक्री भएको छैन । कोभिडका कारण चीनसँगको नाका बन्द भएसँगै याक बिक्री नहुँदा त्यहाँका बासिन्दाले आर्थिक सङ्कट खेप्नुपरेको छ ।फक्ताङ्लुङ–७ याङ्मावासी कान्दे ग्याबु शेर्पा परिवारको दिन याकगोठमा बित्छ । उनको पुख्र्यौली पेशा नै हो याकपालन । शेर्पासँग ६० वटा डी (याकको माउ) छन् । उनले याक गोठमै ६५ वर्ष बिताइसक्नुभएको छ । याङ्मागाउँमा ११ घरपरिवारको बसोबास छ । सबैको मुख्य पुख्र्यौली पेशा याकपालन हो ।यहाँका याक चीनको विभिन्न क्षेत्रमा निर्यात हुँदै आएको छ तर कोभिडका कारणले दुई वर्षयता
बागलुङ / जननेता मदन भण्डारीका नाममा बागलुङ नगरपालिका –३ चिप्लेटीमा बहुउद्देश्यीय कभर्डहल निर्माण गरिएको छ । मदन भण्डारी स्पोर्टस् एकेडेमीले तीन वर्ष लगाएर कभर्डहल बनाएको हो।बजेट अभावमा गत वर्ष कभर्डहलको काम रोकिएको थियो । पहिलो वर्ष खेलकुद मन्त्रालयबाट आएको २० लाख बजेटबाट भुइँ ढलान र छानो राख्ने काम मात्र भएको थियो । मन्त्रालयबाट थप १० लाख बजेट थपिएपछि बाँकी काम पूरा भएको एकेडेमीका अध्यक्ष कृष्ण कार्कीले बताएका छन् ।“कभर्डहलको काम करिब सकियो, छिटपुट काम अहिले भइरहेको छ”, उनी भन्छन् । पछिल्लो बजेटबाट बार, झ्यालढोका, शौचालय, रङरोगन लगायतका काम गरिएको छ । कभर्डहल निर्माणका लागि नगरपाल
ओखलढुङ्गा / पहिराले लिखु गाउँपालिका–९ पोकलीका आठ घर विस्थापित भएका छन् । स्थानीय तहले विस्तार गरेको ग्रामीण सकडका कारण पहिरो जाँदा पोकलीका आठ घर विस्थापित भएका हुन् ।गाउँमा खनिएको सडकले घरमुनिबाट तान्ने र माथिबाट पहिरो झर्ने क्रम बढेपछि स्थानीय दुई टोलका आठ परिवार पूर्णरूपमा विस्थापित भएका वडाध्यक्ष सुकवीर तामाङले बताएका छन् । साविक पोकली गाविसमा पर्ने च्याम्पोला र काउलेगाउँमा पहिराका कारण टोल नै जोखिममा परेपछि सुरक्षित ठाउँमा सारिएको छ । विस्थापित परिवारलाई वडा कार्यालयले खाद्यान्न र त्रिपाल सहयोग गरेको छ । घर छाडेका स्थानीयवासी वर्षाको समयमा गाउँ नजिकैको सुरक्षित स्थानमा गोठ बनाएर बसेका छन्
जलेश्वर / प्रलोभनमा पारेर भारतको मुम्बई शहरमा बेच्न लैजाँदै गरिएका सात बालिकालाई उद्धारपछि ओरेक नेपालले धम्की दिएर बयान फेर्न लगाएको बालिकाका आफन्तले आरोप लगाएका छन् । गत चैत १७ गते महोत्तरीको भङ्गाहा नगरपालिका–८ स्थित धर्मपुरका सात किशोरी एकाएक हराए थिए । यद्यपि भोलिपल्टै भारत बिहारको सितामढीमा भेटिएका ती किशोरी हराएको घटनाले चार महिनापछि आएर नयाँ मोड लिएको छ ।टिकटक हेरेर गायिका बन्न भारततर्फ गएको भनिएका भङ्गाहा–८ स्थित धर्मपुरका सात किशोरीलाई बेच्ने उद्देश्यले योजनाबद्ध तरिकाले भारत पु¥याइएको रहस्य युवतीका आफन्तले खोलेका छन् । साथै आफ्ना बालिकालाई कसले, कहाँ र कसरी लैजाँदै गरेको बारेमा कसैला
नवलपरासी / बर्दघाट–सुस्तापूर्वमा भएको छुट्टछुट्टै दुर्घटनामा परी छ जना घाइते भएका छन् । जिल्लाको मध्यविन्दु–१५ र कावासोती–१ मा शनिबार भएका छुट्टाछुट्टै दुईवटा दुर्घटनामा परी छ जना घाइते भएका प्रहरीले जनाएको छ ।शनिबार राति मध्यविन्दु–१५ मा पर्ने अरुणखोला र चोरमाराबीचको जङ्गलमा भएको सवारी दुर्घटनामा परी तीन जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गमा भएको उक्त दुर्घटनामा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र३–०१–०२४च६३८१ नंको बोलेरो र विपरीत दिशाबाट आउँदै गरेको रा१ख ७६९ नंको ट्रक एकापसमा ठक्कर खाँदा भएको दुर्घटनामा तीन जना गम्भीर घाइते भएका हुन् । दुर्घटनामा परी ट्रक चालक सल्यानको शारदा नगरपालिका–
नवलपुर / नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा मादक पदार्थ सेवन गरेर झगडा गर्दा पाँच महिने बालिकाको हत्या भएको छ। जिल्लाको देवचुली–६ मिर्तुङमा मादक पदार्थ खाएर भएको पारिवारिक झगडामा परी पाँच महिने बालिकाको ज्यान गएको हो ।शुक्रबार देवचुली–६ बस्ने कर्णबहादुर सारुले मादक पदार्थ सेवन गरी आफ्नै मामा पदमबहादुर बाह्रघरेसँग झगडा गर्ने क्रममा मामाकी पाँच महिने छोरी धनमाया बाह्रघरेलाई उचालेर घरको पिँढीमा फालेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिएका छन् । पिँढीमा फालिएर गम्भीर घाइते भएकी बालिकाको उपचारका क्रममा शनिबार स्थानीय प्राथमिक स्वास्थ्य केन्द्र दुम
म्याग्दी / पहिराले थुनिएको म्याग्दीको धवलागिरि गाउँपालिका–१ स्थित गुर्जाखोला तलाउ भरिएर प्राकृतिकरूपमा बग्न थालेको छ । गुर्जाको खास्टा भन्ने ठाउँमा शनिबार दिउँसो पहाड भत्किएर पहिरो खस्दा थुनिएको खोला रातिदेखि ‘ओभरफ्लो’ भएर बग्न थालेको गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले जानकारी दिएका छन्। “तलाउ भरिएर माथिबाट बग्न थालेको हो”, उनि भन्छन्, “थप जोखिमको अवस्था अध्ययनका लागि आज बिहानै पहिरो गएको ठाउँतर्फ हिँडेका छौ ।” तलाउ एकैपटक फुटेर बगेको अवस्थामा तटीय क्षेत्रमा बाढी आउने र कटान गर्ने जोखिम हुने भएकाले सतर्कता अपनाइएको छ । गुर्जा हिमालको फेदीमा मुहान भएको गुर्जाखोला म्याग्दी नद
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.