समाचार

    Showing 25,041-25,050 of 26,062 items.
  • पाँचखालका सुमन १३ दिनदेखि बेपत्ता

    पाँचखाल / पाँचखाल नगरपालिका–६ का ३६ वर्षीय सुमन ढुङ्गाना १३ दिनदेखि बेपत्ता भएका छन् । गत असार ३१ गतेदेखि सम्पर्कविहीन भएपछि खोजी तीव्र पारिएको परिवारले जनाएको छ । सुमनकी पत्नी सम्झनाले घरमा कसैलाई नभनी सम्पर्कविहीन भएको जनाउँदै खोजबिन गरिदिन पाँचखाल प्रहरी चौकीमा निवेदन दिएकि छन् । पाँच फिट उचाइका सुमन गहुँगोरो वर्ण र पातलो जीउडाल रहेको निवेदनमा उल्लेख गरिएको छ । “सबै आफन्तको घरमा नभएको जानकारी पाएपछि साउन ३ गते प्रहरीमा निवेदन दिएको छु”, सम्झनाले भनिन् ।खेती–किसानी गर्दै आउनुभएका सुमन हराएको दिन दिउँसो काभ्रेपलाञ्चोकको बनेपाबाट ‘पोखरा जागिर खान जान्छु’ भनेर काठमाडौँको गाडी चढेको र सोही

    • प्रकाशित मितिः साउन १२, २०७८
    • 73 पटक पढिएको
  • जुवाखालबाट दुई लाखसहित आठ पक्राउ

    सुर्खेत / जिल्ला प्रहरी कार्यालय सुर्खेतले जुवाखालबाट रु दुई लाखसहित आठ जनालाई पक्राउ गरेको छ । एक होटल सञ्चालक र सात जुवाडेलाई प्रहरीले सोमबार बेलुकी ५ः३० बजे पक्राउ गरेको हो ।वीरेन्द्रनगर नगरपालिका–४ सुर्खेतको जुम्ला रोडस्थित सकुन्तला न्यौपानेले सञ्चालन गरेको सुर्खेती स्टाप होटलमा जुवातास खेलिरहेको अवस्थामा चामुण्डा बिन्द्रासैनी नगरपालिका–२ दैलेख स्थायी घर भई हाल वीरेन्द्रनगर नगरपालिका–३ सुर्खेत तातोपानीका ३० वर्षीय किरण विष्ट, सोही नगरपालिका–७ निवासी हाल वीरेन्द्रनगर नगरपालिका–६ सुर्खेत रातोपुल नजिक बस्ने २२ वर्षीय बखत शाही र डुङ्गेश्वर गाउँपालिका–४ स्थायी घर भई हाल वीरेन्द्रनगर नगरपालिका–४

    • प्रकाशित मितिः साउन १२, २०७८
    • 57 पटक पढिएको
  • फरार प्रतिवादी पक्राउ

    सुर्खेत / जिल्ला प्रहरी कार्यालय सुर्खेतले सामाजिक अपराधमा संलग्न व्यक्तिलाई धमाधम पक्राउ गर्न थालेको छ । तीन दिनअघि छ जना फरार प्रतिवादीलाई पक्राउ गरेको प्रहरीले फेरि सोमबार पुनः छ प्रतिवादी पक्राउ गरेको गरेको छ ।अदालतको फैसला कार्यान्वयनका लागि प्रहरीले थालेको विशेष अभियानअन्तर्गत फरार प्रतिवादी शृङ्खलाबद्ध तवरले पक्राउ परिरहेका छन् । प्रहरीले यस अभियानलाई तीव्र बनाएर अदालतको फैसला कार्यान्वयनमा सहयोग पु¥याएको छ । त्यही क्रममा हिजो मात्र छ जना फरार प्रतिवादी पक्राउ गरेको हो ।पक्राउ पर्नेमा ठगी मुद्दाको कसुरमा छ महिना कैद र रु छ हजार जरिवाना सुनाइएका वीरेन्द्रनगर नगरपालिका–५ सुर्खेतका ५५ वर्ष

    • प्रकाशित मितिः साउन १२, २०७८
    • 52 पटक पढिएको
  • कागज उद्योग स्थापना हुँदै : दैनिक ७५ टन उत्पादन हुने

    महोत्तरी / महोत्तरीको गौशाला नगरपालिका–१ रामनगरमा एक अर्ब ५० करोडको लागतमा नयाँ कागज उद्योग स्थापनाका लागि आज शिलान्याश भएको छ । आज आइएमइ समूहका अध्यक्ष तथा उद्यमी चन्द्रप्रसाद ढकालसहितका उद्योगपतिले नेपाल पल्स ऐण्ड पेपर इण्डष्ट्रिज प्रालीको शिलान्याश गरेका छन्  ।अध्यक्ष ढकाल, जनकपुरधामको सर्राफ समूह, उद्योगपति सुनिल गोपाल श्रेष्ठ, होमनाथ ज्ञवालीलगायतको सो उद्योगमा लगानी रहेको छ । उनिहरूले आज संयुक्तरुपमा उद्योप स्थापनाको शिलान्याश गरेका छन्  ।आइएमइ समूहद्वारा प्रवद्र्धित यस उद्योगको आफ्नै ११ बिघा जमिनमा निर्माण हुने भवनमा कारखाना सञ्चालन हुनेछ। उद्योगलाई आवश्यकपर्ने सबै उपकर

    • प्रकाशित मितिः साउन ११, २०७८
    • 69 पटक पढिएको
  • प्रदेश सरकार परिवर्तनको कुरा निराधार : मुख्यमन्त्री भट्ट

    डोटी / सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश सरकारको नेतृत्व परिवर्तनको कुरा निराधार भएको बताएका छन् । “प्रदेश सरकार तथा नेतृत्व परिवर्तनको कुनै कुरा उठेको छैन, सरकार परिवर्तनको हल्ला निराधार हो ।” पछिल्लो समय प्रदेशका कैलालीलगायत जिल्लामा पुनःकोरोना सङ्क्रमितको सङ्ख्या थपिँदै गएकाले आफूहरु रोकथाम तथा नियन्त्रणमा बढी केन्द्रित भएको उनले जानकारी दिएका छन् ।“हामी हाम्रो प्रदेशमा कसरी कोरोना नियन्त्रण तथा रोकथाम गर्ने भन्ने प्रयासमा छौँ”, उनी थप भन्छन्, “काम नपाएकाहरु सरकार परिवर्तन हुँदैछ भन्ने हल्ला फिँजाउँदैछन् ।” साथै मुख्यमन्त्री भट्टले सरकार परिवर्तन हुने भन्ने

    • प्रकाशित मितिः साउन ११, २०७८
    • 59 पटक पढिएको
  • हराएका बालबालिकालाई भारतबाट उद्धार

    कोहलपुर / बाँकेको कोहलपुरबाट छ महिनाअघि हराएका तीन बालबालिकालाई भारतको बरेलीबाट उद्धार गरिएको छ । कोहलपुर नगरपालिका– ४ का ती बालबालिकालाई भारतको बरेलीस्थित एक बालगृहबाट स्वदेश ल्याइएको हो ।कोहलपुर–४ का वडाध्यक्ष तीर्थराम थारुका अनुसार उद्धार गरिएका बालबालिकामा ११ वर्षीय रोशन वादी,  सात वर्षीय विशाल वादी र पाँच वर्षीया पूजा वादी छन् । रुपन्देहीस्थित ‘मानवकल्याण मित्र मञ्च’ नामक संस्थाका समन्वयमा उद्धार गरिएका ती बालबालिकालाई आज परिवारको जिम्मा लगाइँदै छ । भारतको बरेलीस्थित नारी निकेतन अनाथ आश्रममा रहेका उनीहरुलाई आवश्यक कागजातको प्रमाण जुटाएर फिर्ता ल्याइएको हो । उनीहरुसँगै बैतडीक

    • प्रकाशित मितिः साउन ११, २०७८
    • 71 पटक पढिएको
  • प्रधानमन्त्री देउवाद्वारा घिमिरेको निधनप्रति दुःख व्यक्त

    काठमाडौँ / प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस जिल्ला कार्यसमिति ललितपुरका सचिव भीमसेन घिमिरेको निधनप्रति दु:ख व्यक्त गरेका छन् ।सचिव घिमिरेको आज बिहान पाटन अस्पतालमा उपचारका क्रममा ४७ वर्षको उमेरमा निधन भएको हो । प्रधानमन्त्री देउवाले शोक विज्ञप्तिमार्फत उनको निधनको खबरले आफूलाई स्तब्ध र दुःखित बनाएको उल्लेख गर्दै उनको आत्माको चिरशान्तिको कामना र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् । उनले स्व घिमिरेले पार्टी र नेपालको लोकतान्त्रिक आन्दोलनमा पुर्याएको सक्रिय योगदान पार्टीमा सदा स्मरणीय रहने उल्लेख गरेका छन् । सचिव घिमिरे २०७४ सा

    • प्रकाशित मितिः साउन ११, २०७८
    • 62 पटक पढिएको
  • मकवानपुर गढीमा १५ शैयाको अस्पताल निर्माण

    वाग्मती / मकवानपुरगढी गाउँपालिका वडा न ६ स्थित डुम्रेकुनामा ६ करोड ५७ लाखका लागतमा १५ शैयाको अस्पताल निर्माण भइरहेको छ । पन्ध्र शैयाको अस्पताल सङ्घीय सरकारको आर्थिक सहयोगमा निर्माण जारी रहेको गाउँपालिकाका इञ्जिनीयर सुवास अधिकारीले जानकारी दिएका छन् ।अस्पताल बनाउन स्थानीयवासी नरबहादुर  स्यागंतान तथा वीरबहादुर लुगङवाले नौ रोपनी जग्गा प्रदान गरेका थिए । गाउँपालिकाले  आर्थिक वर्ष २०७८/०७९मा अस्पतालको निर्माण , संरक्षण तथा व्यवस्थापनका लागि ३० लाख बजेट विनियोजन गरेको गाउँपालिका अध्यक्ष विदुर हुमागार्इंले जानकारी दिएका छन् । अस्पताल नहुँदा उपचारका लागि हेटौडा र चितवन जानुपर्ने बाध्य

    • प्रकाशित मितिः साउन ११, २०७८
    • 66 पटक पढिएको
  • मानव बेचबिखनको कानूनी व्यवस्थाले अन्तरराष्ट्रिय कानूनसँग मेल खाएन

    काठमाडौँ / मानव बेचबिखन तथा ओसारपसार ऐनमा गरिएको बेचबिखन सम्बन्धी परिभाषा अन्तरराष्ट्रिय कानून अनुसार मेल नखाने भएकाले संशोधन गरिनुपर्नेमा जोड दिइएको छ ।महिला, कानून र विकास मञ्चले आज यहाँ आयोजना गरेको ‘विश्वव्यापी आवधिक समीक्षा र मानव बेचबिखन’ विषयक छलफल कार्यक्रममा ऐनको प्रावधान अन्तरराष्ट्रिय कानूनसँग मेल नखाने भएकाले सुपुर्दगी एवं कारवाही प्रक्रियामा असहजता आई कार्यान्वयन हुन नसक्ने हुँदा संशोधन गरिनुपर्ने आवश्यकता औँल्याइएको हो । वैदेशिक रोजगार ऐनको दफा ५५ मा वैदेशिक रोजगारका क्रममा एउटा काममा भनी लगेर अर्को काममा लगाए ठगी हुने भनी परिभाषित गरिएको छ ।ऐनमा ठगी हुने व्यवस्था गरिए पन

    • प्रकाशित मितिः साउन ११, २०७८
    • 65 पटक पढिएको
  • दुग्ध व्यवसायमा संलग्नलाई खोप दिन माग

    काठमाडौँ / दुग्ध क्षेत्रका काम गर्ने व्यवसायी तथा मजदूरले सरकारसँग कोरोनाविरुद्धको खोप माग गरेका छन् । सरकारले दुग्ध क्षेत्रलाई अत्यावश्यक क्षेत्रमा राखेको जनाउँदै नेपाल डेरी एसोसिएसन नेपालले खोपको व्यवस्थापन गर्न आग्रह गरेका हुन् ।एसोसिएसनले एक विज्ञप्ति जारी गर्दै तत्काल दुग्ध क्षेत्रका मजदूर, उद्योगी तथा व्यवसायी र किसानलाई खोप दिन माग गरेको हो । “दुग्ध व्यवसाय अति संवेदनशील अत्यावश्यक वस्तुभित्र रहेको र दैनिक जोखिम मोल्दै अग्रपङ्क्तिमा रही बजारलगायत भिडभाडमा काम गर्नुपर्ने हुन्छ । पहिलो प्राथमिकता दिइ खोप उपलब्ध गराई सहज वातावरण बनाउनु हुन अनुरोध गरिन्छ ।” विज्ञप्तिमा भनिएको छ ।एसोस

    • प्रकाशित मितिः साउन ११, २०७८
    • 68 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.