वाग्मती / मकवानपुरगढी गाउँपालिका वडा न ६ स्थित डुम्रेकुनामा ६ करोड ५७ लाखका लागतमा १५ शैयाको अस्पताल निर्माण भइरहेको छ । पन्ध्र शैयाको अस्पताल सङ्घीय सरकारको आर्थिक सहयोगमा निर्माण जारी रहेको गाउँपालिकाका इञ्जिनीयर सुवास अधिकारीले जानकारी दिएका छन् ।

OM Sai Pathibhara Hospital

अस्पताल बनाउन स्थानीयवासी नरबहादुर  स्यागंतान तथा वीरबहादुर लुगङवाले नौ रोपनी जग्गा प्रदान गरेका थिए । गाउँपालिकाले  आर्थिक वर्ष २०७८/०७९मा अस्पतालको निर्माण , संरक्षण तथा व्यवस्थापनका लागि ३० लाख बजेट विनियोजन गरेको गाउँपालिका अध्यक्ष विदुर हुमागार्इंले जानकारी दिएका छन् ।

अस्पताल नहुँदा उपचारका लागि हेटौडा र चितवन जानुपर्ने बाध्यता छ । गाउँपालिकाले  सुत्केरी भत्ताबापत पाँच हजार प्रदान गर्दै आएको छ । सङ्घीय सरकारले सुत्केरी भत्ताबापत दुई हजार ८०० दिँदै आएकोमा गाउँपालिकाले सुत्केरी भत्तालाई बढाएर पाँच हजार कायम गरेको अध्यक्ष हुमागाईंले जानकारी दिएका छन् ।

गाउँपालिकाले गर्भवतीका लागि घरदैलो सेवासमेत प्रदान गरेको बताइएको छ ।