समाचार

    Showing 2,491-2,500 of 25,372 items.
  • पेट्रोल र डिजेल मुल्य घट्यो हवाई इन्धन र एलपीजी ग्याँसको मुल्य भने बढ्यो

    काठमाण्डौ । नेपाल आयल निगमले शुक्रबार बिहान १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजेल–मट्टितेलको मूल्य घटाएको छ भने खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य बढाएको छ।निगमका अनुसार पेट्रोलमा प्रति लिटर २ रूपैयाँ र डिजेल तथा मट्टितेलमा प्रति लिटर १२ रूपैयाँ घटाइएको हो । मूल्य घटेसँगै काठमाडौ जस्ता तेस्रो वर्गका सहरहरूमा गएराति १ बजेदेखि पेट्रोलको खुद्रा मूल्य २१७ र डिजेलको २२५ रूपैयाँ कायम भएको छ।एलपी ग्यासको मूल्यमा भने प्रति सिलिन्डर १५० रूपैयाँले वृद्धि गरेको छ । इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ मूल्य सूची र अन्तर्राष्ट्रिय बजारको प्रभावमा समायोजन गरिएको निगमले जनाएको छ ।

    • प्रकाशित मितिः वैशाख १८, २०८३
    • 253 पटक पढिएको
  • कविता :'विद्रोह '

    कविता :'विद्रोह '-देशबन्धु  क्षेत्री नागरिकता पुरिएको बस्तीमामाटोले चिच्याइरहेको छ—'हामी छौँ, हामी जिउँदै छौँ!'सिमसिम पानीले धोइरहेको छैन पीडा,बरु झन्  प्रष्ट देखाइरहेको छराज्यको संवेदनहीन अनुहार।त्यहीँ, चिसो हावासँग काँप्दैजीर्ण अस्थिपंजर जस्तो जीवन बोकेरमिनाकुमारीहरु  उभिएकी छन्—आँखाभरि प्रश्न, हातभरि खालीपन,र मनभरि अधुरो अस्तित्व बोकेर ।उनीहरु खोजिरहेकी छिन्—कुनै सुन होइन, कुनै सम्पत्ति होइन,एउटा कागज—तर त्यो कागज होइन केवल कागज,त्यो हो नाम, पहिचान,अधिकारको ढोका खोल्ने साँचो- नागरिकता ।तर डोजरले बुझेनकागज र अस्तित्वबीचको सम्बन्ध।डोजरले देखेनकिताबका पानामा

    • प्रकाशित मितिः वैशाख १७, २०८३
    • 269 पटक पढिएको
  • त्रिविका उपकुलपतिसहित तीनै पदाधिकारीले दिए सामूहिक राजीनामा

    काठमाडौं— त्रिभुवन विश्वविद्यालयका उपकुलपतिसहित सबै पदाधिकारीले सामूहिक राजीनामा दिएका छन् ।बिहीबार उपकुलपति प्रा.डा. दीपक अर्याल, शिक्षाध्यक्ष खड्ग केसी र रजिष्टार केदारप्रसाद रिजालले राजीनामा दिएका हुन् । नयाँ सरकारलाई काम गर्न सहज होस् भनेर आफूहरुले राजीनामा दिएको उनीहरुको भनाइ छ।सरकारले यसअघि भएका राजनीतिक नियुक्ति हटाउने तयारी गरेको छ।केसी र रिजाल प्रचण्ड प्रधानमन्त्री भएका बेला मेरिटका आधारमा नियुक्त भएका थिए भने अर्याल केपी शर्मा ओलीको पालामा मेरिटकै आधारमा नियुक्त भएका थिए ।

    • प्रकाशित मितिः वैशाख १७, २०८३
    • 530 पटक पढिएको
  • पालिकामा खटाएपछि दुई उपसचिवले दिए राजीनामा

    डडेल्धुरा—सुदूरपश्चिम प्रदेशका स्थानीय तहमा खटाइएका दुई उपसचिवले राजीनामा दिएका छन् । डडेल्धुरा र बाजुरा जिल्लाका स्थानीय तहमा खटाइएका उपसचिव नवराज ओझा र भोजबहादुर ऐडीले राजीनामा दिएका हुन् ।ओझालाई डडेल्धुरा सदरमुकाममा रहेको अमरगढी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा सरुवा गरेर पठाएको थियो । उनले स्वास्थ्य अवस्था र व्यक्तिगत समस्याका कारण सुदूरपश्चिमका प्रमुख सचिव वैकुण्ठप्रसाद अर्याललाई राजीनामा बुझाएका छन् ।ओझा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत थिए । उनी मुख्यमन्त्री कार्यालयमा प्रवक्ताको जिम्मेवारी पनि सम्हालिरहेका थिए । सेवा अवधि एक वर्ष मात्रै रहेको तथा स्थानीय त

    • प्रकाशित मितिः वैशाख १७, २०८३
    • 484 पटक पढिएको
  • एकताको आवरणभित्रको द्वन्द्व: नेकपाको कार्यविभाजन विवाद र कम्युनिष्ट आन्दोलनको चुनौती

    -देवेन्द्र के. ढुङगाना नेपालको वामपन्थी राजनीतिमा एकताको नारा नयाँ होइन, तर त्यसको अभ्यास सधैँ जटिल र द्वन्द्वपूर्ण रहँदै आएको छ। पछिल्लो समय नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय संयोजन समितिको लामो बैठकपछि सार्वजनिक भएका निर्णयहरू र त्यसले जन्माएको असन्तुष्टिले फेरि एकपटक देखाएको छ—संगठनात्मक एकता घोषणाले मात्र वैचारिक र मनोवैज्ञानिक एकता सुनिश्चित हुँदैन। कार्यविभाजनको विषयमा देखिएको विवाद, वरिष्ठ नेताहरूको असन्तुष्टि, र वरीयता विवादले पार्टीभित्र गहिरो शक्ति संघर्ष र अविश्वासको संकेत गरेको छ।बैठकको औपचारिक निष्कर्ष हेर्दा १९ बुँदे प्रस्ताव पारित, चुनावी समीक्षाको प्रतिवेदनमाथि

    • प्रकाशित मितिः वैशाख १७, २०८३
    • 182 पटक पढिएको
  • स्थानीय तहको विकास बजेट खर्च न्यून, मन्थली नगरपालिकाको ९ महिनाको खर्च जम्मा २१ प्रतिशत मात्र

    रामेछाप— रामेछापको मन्थली नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ को ९ महिना एक चौथाइ विकास बजेट पनि खर्च गर्न नसकेको पाइएको छ ।नगरपालिकाले नौं महिनाको अवधिमा जम्मा २१.०७ प्रतिशत मात्रै पुँजीगत खर्च गरेको छ ।नगरपालिकाको-८ मा भएको सार्वजनिक सुनुवाइ कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत देवर्षि सापकोटाले सो कुराको जानकारी दिएका हुन् ।ठेक्का कार्यको भुक्तानीको क्रममा नै रहेका कारण पुँजीगत खर्च कमजोर देखिएको उनले दाबी गरे । प्रमुख प्रशासकीय अधिकृत सापकोटाले १ अर्ब ४ करोड ६५ लाख ६४ हजार रुपैयाँ बजेट स्वीकृत गरेकोमा चालु खर्च ५९.९६ प्रतिशत प्रगति हुँदा विकास खर्च भने न्यून भएको जानकारी गराए ।नगरपालिकाबाट

    • प्रकाशित मितिः वैशाख १७, २०८३
    • 474 पटक पढिएको
  • विपक्षी दलहरूको संयुक्त बैठक: सरकारका नीतिप्रति कडा आपत्ति, तत्काल समाधानको माग

    काठमाडौं—  नेकपा (एमाले) राष्ट्रियसभा संसदीय दलका नेता प्रेमप्रसाद दंगालको अध्यक्षतामा विपक्षी दलहरूको संयुक्त बैठक बसेको छ ।नेकपा एमाले, नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टीको संयुक्त बैठकले बैठकले सरकारका विभिन्न गतिविधिप्रति गम्भीर असन्तुष्टि व्यक्त गर्दै नौं बुँदे निर्णय सार्वजनिक गरेको छ ।बैठकले देशका विभिन्न स्थानमा सुकुम्वासी तथा अव्यवस्थित बसोबासहरूको पहिचान र वैकल्पिक आवासको व्यवस्था नगरी बस्ती हटाउने कार्यप्रति कडा विरोध गरिएको छ ।यस्तो कदमले नागरिकमा भय र असुरक्षा बढाएको उल्लेख गर्दै तत्काल सुरक्षित आवासको व्यवस्था गर्न उनीहरुले सरकारसँग माग गरेका छन् ।विपक्षी दलहरूले दैन

    • प्रकाशित मितिः वैशाख १७, २०८३
    • 464 पटक पढिएको
  • अहिंसा, मैत्री, करूणा र प्रज्ञाको सन्देशलाई व्यवहारमा उतार्न सकेमात्र दिगो शान्ति र समृद्धिको आधार निर्माण हुन्छः राष्ट्रपति

    काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलले शान्ति, सह–अस्तित्व, मध्यम मार्ग र करुणामा आधारित बुद्धको दर्शनले विश्व समुदायलाई स्थायित्व, सहकार्य र आपसी विश्वासको मार्गतर्फ अग्रसर गराउन महत्वपूर्ण योगदान दिन सक्ने बताएका छन् ।बिहीबार ललितपुरस्थित हिरण्यवर्ण महाविहार तारेमाम् संघको हीरक महोत्सवलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले बुद्धका अहिंसा, मैत्री, करुणा र प्रज्ञाका सन्देशलाई हामीले व्यवहारमा रूपान्तरण गर्न सके मात्र दिगो शान्ति र समृद्धिको आधार निर्माण गर्न सकिने बताएका हुन् ।आजको विश्व अनेकन समस्याहरू द्वन्द्व, स्वार्थपरायणता, आदर्शस्खलन, नैतिकताको क्षयीकरण, असहिष्णुता र मानवीय मूल्यहरूको ह्रा

    • प्रकाशित मितिः वैशाख १७, २०८३
    • 427 पटक पढिएको
  • अनलाइन टिभी पत्रकार संघ मोरङको अध्यक्षमा भण्डारी

    मोरङ— अनलाइन टिभी पत्रकार संघ मोरङको प्रथम अधिवेशनबाट अध्यक्षमा रमेश भण्डारी सर्वसम्मत चयन भएका छन् । मोरङको उर्लाबारीस्थित सम्पन्न अधिवेशनले भण्डारीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।नवगठित समितिको उपाध्यक्षमा सङ्गिता कार्की, सचिवमा विजय धिमाल र कोषाध्यक्षमा देव राई चयन भएका छन् । त्यसै गरी सदस्यहरूमा लक्ष्मीकुमार तामाङ, विवेक हिङमाङ र मनिता विश्वकर्मा रहेका छन् ।कार्यक्रम मोरङ क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य यज्ञमणि न्यौपानेको प्रमुख आतिथ्य तामा सम्पन्न भएको थियो । साथै सञ्चार क्लब नेपालका अध्यक्ष घनश्याम भण्डारी, अनलाइन टिभी पत्रकार संघ प्रदेश नम्बर १ का अध्यक्ष किशोर श्रेष्ठ

    • प्रकाशित मितिः वैशाख १७, २०८३
    • 430 पटक पढिएको
  • भन्सारमा एमआरपी स्वघोषणा गरेर सामान छुटाउन पाइने

    काठमाण्डै । भन्सार विभागले विदेशबाट आयात गरिने वस्तुहरूमा अधिकतम खुद्रा मूल्य उल्लेख गर्ने अनिवार्य व्यवस्थाका कारण उत्पन्न झन्झटलाई सम्बोधन गर्दै आयात प्रक्रियामा सहजीकरण गरेको छ। विभागले एक पत्राचार गर्दै अब आयातकर्ताले भन्सार विन्दुमा एमआरपीको स्वघोषणा गरेर सामान छुटाउन पाउने व्यवस्था गरेको हो।यसअघि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले २०७९ चैत ३० गते सूचना जारी गर्दै नेपालमा आयात गरिने सम्पूर्ण वस्तुहरूमा पैठारीकर्ताले अनिवार्य रूपमा एमआरपी उल्लेख गर्नुपर्ने व्यवस्था गरेको थियो।यो व्यवस्थाले गर्दा विशेषगरी औद्योगिक कच्चा पदार्थ, मेसिनरी, औजारका साथै फलफूल तथा तरकारी जस्ता नाशवान व

    • प्रकाशित मितिः वैशाख १७, २०८३
    • 90 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.