काठमाडौं । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकास्थित सेल्फीडाँडामा शुक्रबार यात्रुवाहक बस दुर्घटना भएको छ। दुर्घटनामा परी सात जनाको मृत्यु भएको छ भने १५ जना घाईते भएको काभ्रेका डीएसपी रविन बिष्टले जानकारी दिए । बनेपाबाट रोशी चम्पातर्फ जाँदै गरेको बस सडकबाट अनियन्त्रित भई दुर्घटनामा परेको हो।

दुर्घटनापछि स्थानीयवासी, प्रहरी र उद्धारकर्मी घटनास्थलमा खटिएका छन्। घाइतेहरूको उद्धार तथा उपचारका लागि नजिकका स्वास्थ्य संस्थातर्फ पठाउने काम भइरहेको प्रहरीले जनाएको छ।

काभ्रे जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी रवीन्द्र कार्कीका अनुसार घटनास्थलमा उद्धार कार्य तीव्र रूपमा चलिरहेको छ। दुर्घटनामा मानवीय क्षति भएको हुन सक्ने आशंका गरिए पनि यकिन विवरण आउन बाँकी छ। बस दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरिएको छ भने घाइते र यात्रुको संख्या सम्बन्धी विस्तृत विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।