समाचार

    Showing 2,451-2,460 of 19,047 items.
  • अभाव र गरिबी बिर्साउँदै दीपावली र छठ

    महोत्तरी, ३१ असोज : मधेसको महोत्तरीसहितका मिथिला क्षेत्रमा अहिले दीपावली र छठपर्वको तयारी छ । रमझम र उज्यालोको पर्व दीपावली एवं त्यसलगत्तै आउने निष्ठाको महापर्व छठको तयारीले अहिले जताततै खुसी देखिन्छ । सधैँ गरिबी र अभावले गाँजेका गरिब बस्तीमा पनि यी पर्वले दुःख भुलाएझैँ लाग्छ । निरन्तर कडा परिश्रम गरे पनि सधैँ गुजाराको चिन्ता हुने बनिहारा (श्रमजीवी) पनि अहिले हाँसीखुसी पर्वको तयारीमा जुटेका छन् । यमपञ्चक पनि भनिने यसपालिको दीपावली पर्व यही आउने आइतबार सुरु हुँदैछ ।बाँसको चोया र झिक्राले भित्ता बेरेका कच्ची घर पनि अहिले लिपपोत र रङ्गरोगनले चिटिक्क बनाइँदैछन् । दीपावली पर्व नजिकिँदै गर्दा पराले

    • प्रकाशित मितिः असोज ३१, २०८२
    • 115 पटक पढिएको
  • निर्वाचनको सफल पार्दै इतिहास रच्न जेनजीहरूलाई राष्ट्रपति पौडेलको आग्रह

    काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते हुने निर्वाचनलाई सफल पार्दै इतिहास रच्न जेनजीहरूलाई आग्रह गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा विहिबार राष्ट्रपति पौडेलले अन्तरिम सरकारसहित जेनजी अभियान्ताहरूसँगको छलफलमा निर्वाचनलाई सफल बनाउन आग्रह गरेका हुन् । उनले युवा पुस्ताले चलाएको आन्दोलनले देश साच्चिकै भ्रष्टाचार, नातावाद, कृपावाद मुक्त होस्, पक्षपातपूर्ण व्यवहारबाट मुक्त होस र सही मानिसले देश चलाओस् भनेर नै नयाँ चुनाव घोषणा गरिएको बताए । साथै, उनले चुनावलाई सामान्य रुपमा नलिई राष्ट्रको काँचुली फेर्ने महाअभियानका रुपमा प्रतिष्ठाको विषय बनाएर लाग्न युवाहरूलाई आग्

    • प्रकाशित मितिः असोज ३१, २०८२
    • 380 पटक पढिएको
  • टी–२० विश्वकप छनोटः उपाधिका लागि आज नेपाल सामोआसँग भिड्दै

    काठमाडौं— टी–२० विश्वकप एसिया एन्ड इएपी छनोटको उपाधिका लागि आज नेपाल सामोआसँग भिड्दैछ ।शुक्रबार ओमानमा जारी टी–२० विश्वकप एसिया एन्ड इएपी छनोटको उपाधिका लागि अपराह्न सवा ४ बजे नेपाल र सामोआबीच खेल हुन लागेको हो । दुवै टिमले प्रतियोगिताको आफ्नो अन्तिम खेल खेल्दैछ भने नेपाल अहिलेसम्म अपराजित छ ।समूह चरणमा जापान र कतारलाई पराजित गर्दै शीर्ष ६ मा पुगेको नेपाल अंक तालिकामा ८ अंकसहित शीर्ष स्थानमा छ । दोस्रो स्थानमा रहेको युएईको ६ अंक छ । यस्तै ओमानको पनि ६ अंकसहित तेस्रो स्थानमा छ । उसले आज अन्तिम खेल जापानसँग बिहान ११ बजे खेल्दैछ । आज नेपालले सामोआलाई पराजित गरेको खण्डमा भने नेपाल च्याम्

    • प्रकाशित मितिः असोज ३१, २०८२
    • 327 पटक पढिएको
  • आजको मौसमः देशभर मौसम सफा रहने

    काठमाडौं— जल तथा मौसम विज्ञान विभागले हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जनाएको छ ।महाशाखाका अनुसार आज दिउँसो सबै प्रदेशको पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया मौसम सफा रहने छ ।त्यसैगरी, आज राति देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

    • प्रकाशित मितिः असोज ३१, २०८२
    • 441 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाडौं— नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको मूल्य घटेको छ। शुक्रबारका लागि अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ २२ पैसा र बिक्रीदर १४० रुपैयाँ ८२ पैसा निर्धारण गरिएको छ।यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ३१ पैसा र बिक्रीदर १६४ रुपैयाँ ०१ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८८ रुपैयाँ २१ पैसा र बिक्रीदर १८९ रुपैयाँ ०२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७५ रुपैयाँ ७५ पैसा र बिक्रीदर १७६ रुपैयाँ ५० पैसा कायम गरिएको छ।अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ २३ पैसा र बिक्रीदर ९१ रुपैयाँ ६२ पैसा, क्यानेडिय

    • प्रकाशित मितिः असोज ३१, २०८२
    • 420 पटक पढिएको
  • आज २०८२ साल असोज ३१ गते शुक्रबारको राशिफल

    काठमाडौं— आज २०८२ साल असोज ३१ गते शुक्रबार। मेषः दिन सामान्य छ । हरेक कुरामा अवरोध हुनेछ । खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ । राजनीतिमा घेराबन्दी हुनेछ । व्यापारमा घाटा हुने भएकाले लगानी गर्नु उचित हुन्छ ।वृषः दिन राम्रो छ । सहकार्यमा गरेको लगानीबाट फाइदा हुनेछ । शिक्षा र स्वास्थ्यमा लाभ हुनेछ । स्वास्थ्यको लगानीमा फाइदा हुनेछ । राजनीतिमा प्रगति हुनेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ ।मिथुनः दिन राम्रो छ । बोलीको प्रयोग परोपकारमा गर्नु उचित हुन्छ । स्वास्थ्यमा सुधार हुनेछ । लगानीका क्षेत्र सबल छन् । दाजुभाइसँगको सहकार्यले फाइदा हुनेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ ।कर्कटः

    • प्रकाशित मितिः असोज ३१, २०८२
    • 509 पटक पढिएको
  • सञ्चारमन्त्री खरेल ‘हरिप्रसाद कल्याणी रिमाल सञ्चार सेवा पुरस्कार’बाट सम्मानित

    काठमाडौँ, ३० असोज : सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल ‘हरिप्रसाद कल्याणी रिमाल सञ्चार सेवा पुरस्कार’बाट सम्मानित हुनुभएको छ ।हरिप्रसाद कल्याणी रिमाल नाट्य प्रतिष्ठानले आज जमलस्थित राष्ट्रिय नाचघरमा अयोजना गरेको नाट्यसङ्गीत एवं सञ्चार सेवा सम्मान तथा पुरस्कार वितरण समारोहमा मन्त्री खरेललाई उक्त सम्मान प्रदान गरिएको हो । संस्थाका अध्यक्ष प्राडा वासुदेव त्रिपाठीले मन्त्री खरेललाई दोसल्ला ओढाएर ताम्रपत्र र नगदसहित सम्मान गर्नुभयो ।सञ्चारमन्त्री खरेललाई पत्रकारिता विधामा खासगरी टेलिभिजन पत्रकारिताका माध्यमबाट मुलुक र जनताको आवाजलाई मुखरित गरी जनताको सच्चा पहरेदारी र पैरवी गरेबापत उक्त सम्म

    • प्रकाशित मितिः असोज ३०, २०८२
    • 179 पटक पढिएको
  • सगरमाथाको पहिलो सफल आरोहण दलका सदस्य कान्छा शेर्पाको निधन

    काठमाडौँ, ३० असोज : सगरमाथाको पहिलो सफल आरोहण दलका  सदस्य कान्छा शेर्पाको ९२ वर्षको उमेरमा निधन भएको छ ।सन् १९५३ को सगरमाथा आरोहणमा एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले सगरमाथा शिखर आरोहण गरेका थिए । उक्त आरोहण दलमा भरियाका रूपमा संलग्न शेर्पा आठ हजार मिटरमाथिसम्म पुग्नुभएको थियो । उहाँले दुई दशकसम्म पर्वतारोहण क्षेत्रमा काम गर्नुभयो । शेर्पा हालसम्म सो आरोहण दलको एकमात्र जीवित सदस्यका रूपमा हुनुहुन्थ्यो ।उहाँको आज काठमाडौँ कपनस्थित निवासमा निधन भएको उहाँको पारिवारिक स्रोतले जनाएको छ ।

    • प्रकाशित मितिः असोज ३०, २०८२
    • 264 पटक पढिएको
  • उच्च अदालतले भन्यो: रवि र छविको फाइल एकै साथ पेश गर्नु

    काठमाण्डौ । सुप्रिम सहकारी ठगी मुद्दामा उच्च अदालत तुलसीपुर बुटवल इजलासले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीको फाइल एकै साथ पेश गर्न आदेश दिएको छ ।बिगोबमोजिमको रकम बुझाएर बाहिरै बसेर मुद्दा लड्न पाउनु पर्ने माग गर्दै लामिछाने र जोशीले दायर गरेको रिटमा अदालतले दुवैको फाइल एकैसाथ पेस गर्न आदेश दिएको हो ।यसअघि जिल्ला अदालतले लामिछाने र जोशी दुवैले समान रकमको जमानत पेस गरे पनि उनीहरूको व्यक्तिगत हिस्सामा कति बिगो पर्ने भन्ने स्पष्ट नभएकाले रिहा गर्न नमिल्ने आदेश गरेको थियो ।जिल्लाको आदेशपछि उनीहरू उच्च अदालत पुगेका हुन् । जेनजी आन्दोलनपछि पनि लामिछाने र जोशी

    • प्रकाशित मितिः असोज ३०, २०८२
    • 334 पटक पढिएको
  • कानूनी तथा संवैधानिक जनचेतनाका लागि पोखरामा प्रदर्शनी

    पोखरा । कानूनी तथा संवैधानिक जनचेतनाका लागि पोखरा रिसर्च सेन्टरले  संविधानमा भएका व्यवस्थाहरु प्रदर्शनीमा राखेको छ ।असोज २६ देखि ३१ गतेसम्म चल्ने यो प्रदर्शनीले संघीयता र यसको संरचनात्मक विषयलाई बलियो बनाउने पोखरा रिसर्च सेन्टरका अनुसन्धान सहायक श्रीकृष्णध्वज बस्नेतले बताए । ‘अहिले हामीले संविधानमा भएका व्यवस्थाहरु प्रदर्शनीमा राखेका छौँ । जसको कारणले एउटा नागरिक स्तरमा एउटा कानुनी जनचेतना तथा संवैधानिक चेतना   वृद्धि गर्ने हिसाबले हामीले यो कार्यक्रम गर्दै आइरहेका छौँ,’ उनले भने । उनका अनुसार प्रदर्शनीमा संविधानमा भएका व्यवस्थाको विषयमा अन्तक्र्रिया गर्नुका साथै विभिन

    • प्रकाशित मितिः असोज ३०, २०८२
    • 240 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा