समाचार

    Showing 2,391-2,400 of 19,043 items.
  • सडक थप ५० रुग्ण ठेक्का तोड्न सार्वजनिक सूचना

    काठमाडौं— सडक र पुल निर्माणका लागि ठेक्का सम्झौता गरी काम नगरेर वर्षोंदेखि अलपत्र पारिएका थप ५० रुग्ण ठेक्का तोड्ने प्रक्रिया सुरु भएको छ । सडक विभागअन्तर्गत पुष्पलाल (मध्यपहाडी) राजमार्ग, संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौं,इटहरी, जनकपुर पोखरा र सुर्खेत मातहतका सडक डिभिजन कार्यालयले रुग्ण अवस्थामा रहेका ५० वटा ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाएका छन् । शुक्रबार १७ र शनिवार एक वटा रुग्ण ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाइएको थियो । सडक डिभिजन कार्यालय जनकपुरले २१,काठमाडौंले सात, ओखलढुङ्गा तथा अछाम डिभिजनले पाँच/पाँच, पाल्पा तथा दमौलीले चार÷चार र धनकुटा, पोखरा, मध्यपहाडी

    • प्रकाशित मितिः कार्तिक २, २०८२
    • 385 पटक पढिएको
  • ग्लोबल आइएमई दोस्रो पटक नेपालको उत्कृष्ट बैंक घोषित

    काठमाडौं— ग्लोबल आइएमई बैंक लिमिटेड लगातार दोस्रो पटक नेपालको उत्कृष्ट बैंक घोषित भएको छ ।अन्तर्राष्ट्रिय वित्तीय प्रकाशन ग्लोबल फाइनान्स म्यागेजिनले यस बैंकलाई लगातार दोस्रो पटक ‘द बेस्ट बैंक इन नेपाल’को उपाधि प्रदान गरेको हो ।यो सम्मान बैंकले वित्तीय सेवा, ग्राहकको सन्तुष्टि, नवीन प्रविधिको प्रयोग तथा समग्र बैंकिङ क्षेत्रको विकासमा पु¥याएको योगदानका आधारमा प्रदान गरिएको हो । ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्र प्रसाद ढकालले सामाजिक सञ्जाल फेसबुकमार्फत यस बारेमा जानकारी दिएका हुन् ।उनले लेखेका छन,‘गौरव र खुशीको यस अवसरमा नेपाल सरकार, नियामक निकायहरू, आदरणीय ग्राहक, समर्पित कर्मचारी तथा शुभेच्छ

    • प्रकाशित मितिः कार्तिक २, २०८२
    • 423 पटक पढिएको
  • डेडिकेटेड ट्रंक लाइन बक्यौता विवादः प्राधिकरणले दिएको समय आज सकिँदै

    काठमाडौं— डेडिकेटेड र ट्रंक लाइनको बक्यौता रकम बुझाउन नेपाल विद्युत प्राधिकरणले दिएको पछिल्लो समय आज सकिँदै छ । उद्योगीहरुलाई प्राधिकरणले दिएको किस्ताबन्दी सुविधा अनुसार आज बेलुका सम्म पनि किस्ता बुझाउन नगए प्राधिकरणले उद्योहरुमा लाइन काट्ने सम्मको चेतावनी दिएको छ ।बक्यौता तिर्न चाहने उद्योगीहरुका लागि प्राधिकरणले २८ महीनाको किस्ताबन्दी सुविधा दिएको छ । यसअघि १२ असोजमा बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले प्रशासकीय पुनरवलोकनसँग सम्बद्ध सम्पूर्ण कामकारबाही खारेज गर्दै १७ कात्तिकभित्र बक्यौता भुक्तानी गर्न सूचना जारी गरेको थियो ।तर, प्राधिकरणले फेरि १३ असोजमा अघिल्लो सूचना सच्याउँदै २ कात्तिकभ

    • प्रकाशित मितिः कार्तिक २, २०८२
    • 409 पटक पढिएको
  • अफगानिस्तान र पाकिस्तानका अधिकारीबीच सीमा तनाव कम गर्न दोहामा वार्ता

    काठमाडौं— अफगानिस्तान र पाकिस्तानका वरिष्ठ सरकारी अधिकारीहरू आफ्नो साझा सीमामा बढ्दो तनाव कम गर्ने उद्देश्यले कतारको दोहामा वार्ताका लागि पुगेका छन् ।पाकिस्तानको सरकारी टेलिभिजनका अनुसार रक्षा मन्त्री ख्वाजा आसिफको नेतृत्वमा पाकिस्तानी प्रतिनिधि मण्डल शनिबार दोहा पुगेको हो । त्यस्तै, अफगान अधिकारीहरूले पनि रक्षा मन्त्री मुल्ला मोहम्मद याकूबको नेतृत्वमा उच्चस्तरीय टोली कतार प्रस्थान गरेको पुष्टि गरेका छन् ।यो वार्ता पछिल्ला हप्ता–दिनयता अफगानिस्तान–पाकिस्तान सीमाक्षेत्रमा भएका सानातिना सशस्त्र झडपहरूका बीच भइरहेको हो । यी झडपहरूले दुबै देशबीच पुनः तनाव बढ्ने चिन्ता उत्पन्न गरेका छन् ।यसअघि दुबै

    • प्रकाशित मितिः कार्तिक २, २०८२
    • 419 पटक पढिएको
  • नारायणहिटी दरबार सङ्ग्रहालय अगाडि दुलालको काग सम्मेलन

    काठमाडौँ, २ कात्तिकः काग तिहारका अवसरमा कलाकार रमेश दुलाल ‘कागे’ले राजधानीको नारायणहिटी दरबार सङ्ग्रहालयद्वार अगाडि ‘२२औँ काग सम्मेलन’सम्पन्न गर्नुभएको छ ।टप राजधानी रोधी र ग्रीनसिटी अस्पताल वसुन्धाराको सहआयोजनामा भएको कार्यक्रममा दुलालले आफ्नो विशेष कला प्रस्तुत गर्दै कागलाई आकर्षित गर्नुभयो । आज बिहान पौने ६ बजे सुरु भएको कार्यक्रममा उहाँले कागको आवाज निकाल्नासाथ काग भेला भएका थिए ।दुलालले कागसहित १७३ प्रकारका जनावर र चराचुरुङ्गीका आवाज नक्कल गर्नुहुन्छ । उहाँसँग मुखकै सहायताले मादल, सनाई, सारङ्गी, पियानो, ड्रम सेट, मुर्चुङ्गा र गितारको धुन निकाल्ने कला पनि छ । उहाँका अनुसार, विगतका वर्

    • प्रकाशित मितिः कार्तिक २, २०८२
    • 119 पटक पढिएको
  • पोर्चुगलमा एक नेपाली युवा बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

    लिस्बन (पोर्चुगल), २ कात्तिकः वैदेशिक रोजगारीका सिलसिलामा पोर्चुगल आएका एक नेपाली युवा बेपत्ता भएका छन् ।तनहुँ, भानु नगरपालिका–९ पिपलपानी घर भई विगत दुई वर्षदेखि पोर्चुगल बस्दै आएका ३४ वर्षीय जितेन्द्र पाण्डे बेपत्ता भएका हुन् । उनी गत साता सोमबारदेखि राजधानी लिस्बन नजिकैको सिन्ट्रा क्षेत्रबाट सम्पर्कविहीन भई बेपत्ता भएको पाण्डेका साथी विदुर तामाङले राससलाई जानकारी दिनुभयो । गत आइतबार राति घरमा तामाङको आएका पाण्डे साथीको फोन आयो भनेर गएका थिए । त्यसपछि पाण्डे सम्पर्कविहीन भएको तामाङले बताउनुभयो ।सँगै काम गर्ने साथीलाई आफ्ना लागि पनि खाना लगिदिन भनेका पाण्डे सोमबार काममै नगएपछि उनको खोजी गरिएको

    • प्रकाशित मितिः कार्तिक २, २०८२
    • 205 पटक पढिएको
  • यस्तो रहनेछ तिहारमा मौसम

    काठमाडौँ, २ कात्तिकः नेपालीको दोस्रो ठूलो पर्व तिहारमा मौसम सामान्य रहने छ । पश्चिमी वायुको प्रभावका कारण देशका केही पहाडी भूभागमा आंशिकदेखि साधारण बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले उल्लेखनीय रूपमा मौसम प्रणालीको प्रभाव नपरे पनि पश्चिमी वायुका कारण पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदलीसम्म हुने जनाएको छ ।तिहारको समयमा पहाडी भूभागका एकदुई स्थानमा फाटफुट वर्षा हुने र उच्च हिमाली भूभागमा हलुका वर्षा र हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाले प्रकाशन गरेको यही कात्तिक ३ देखि ६ गतेसम्मको मौसम विवरणमा लक्ष्मीपूजाका दिन (कात्तिक ३ गते) देशका पहाडी भूभागमा आ

    • प्रकाशित मितिः कार्तिक २, २०८२
    • 203 पटक पढिएको
  • तिहारलाई झिनियाँ बेचेर मनग्य आम्दानी

    तानसेन (पाल्पा), २ कात्तिकः हिन्दूहरूको दोस्रो ठूलो महानपर्व तिहार नजिकिएसँगै पाल्पाका बजारमा झिनियाँ बिक्री बढ्दो छ । तिहारमा दिदीबहीनीले दाजुभाइलाई उपहारस्वरुप झिनियाँ दिने गर्दछन् । जसका कारण यसको माग बढ्दो छ । यतिबेला यहाँका महिला उद्यमीलाई झिनियाँ बनाएर बेच्न भ्याइनभ्याई छ । तिहारमा अत्यावश्यक परिकारका रूपमा मानिएको झिनियाँ र चिनीसहितका विभिन्न रोटीका परिकार बनाएरै महिला उद्यमीले मनग्य आम्दानी गर्दै आएका छन् । झिनियाँसहित विभिन्न तयारी रोटी उत्पादन हुन थालेपछि घरमै बनाउने रोटीका परिकार पनि स्थानीयले खरिद गरेर लैजान थालेपछि घरेलु महिला उद्यमी व्यस्त भएका छन् । जिल्लाका तानसेन, नि

    • प्रकाशित मितिः कार्तिक २, २०८२
    • 97 पटक पढिएको
  • स्थानीयको चन्दा र श्रमदानबाट प्रहरी भवन पुनःनिर्माण

    रौतहट । रौतहटमा जेनजी आन्दोलनका क्रममा क्षति पुगेको प्रहरी कार्यालय भवन पुनःनिर्माण गरि हस्तान्तरण गरिएको छ ।गत भदौ २४ गते आन्दोलनका क्रममा जेनजीहरुले इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको भवनमा आगजनी गरेका थिए ।भवनमा आगजनी छि बस्न अयोग्य भएपछी स्थानीयवासीहरूले चन्दा र श्रमदानबाट भवन पुनःनिर्माण थालेको करिब दुई महिनापछि हस्तान्तरण गरिएको हो ।उक्त भवन शनिबार प्रहरीलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको छ । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरकी प्रहरी नायव उपरीक्षक रुपा लाबुङले जलेको भवन  भवनको पुनःनिर्माण गरी प्रहरीलाई बस्न र प्रशासनिक एवम अनुसन्धानमा सहज पुर्याएकोमा भवन निर्माणका अभियन्ताप

    • प्रकाशित मितिः कार्तिक १, २०८२
    • 143 पटक पढिएको
  • तिहार फ्लोरा एक्स्पोमा मनिषा कोइराला, आफ्नै माटोमा हुर्किँएका फूललाई माया गर्न आग्रह

    काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा असोज २८ गतेदेखि सञ्चालनमा आएको तेस्रो तिहार फ्लोरा एक्स्पो शनिबार समापन गरिएको छ ।नर्सरी व्यवसायी सङ्घ नेपालको आयोजनामा सम्पन्न उक्त मेलाको समापन अभिनेत्री मनिषा कोइरालाको विशेष उपस्थितिमा गरिएको हो ।समापन कार्यक्रममा बोल्दै अभिनेत्री कोइरालाले प्राकृतिक सौन्दर्य र वनस्पतिको संरक्षणप्रति जोड दिइन् । उनले भनिन्, ‘हामीले विदेशी फूलहरू पनि ल्याएर बुझ्नुपर्छ, कस्तो हुन्छन् भनेर जान्नुपर्छ । तर आफ्नै माटोमा हुर्किएका पूराना बोटबिरुवालाई हेप्नु हुँदैन ।’उनले नेपाललाई प्रकृतिले सजिएको सुन्दर देशको रूपमा चित्रण गर्दै वातावरणीय संरक्षणमा सबैको ध्यान जानुपर्ने बताइन्

    • प्रकाशित मितिः कार्तिक १, २०८२
    • 184 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा