समाचार

    Showing 22,891-22,900 of 26,023 items.
  • उपचारका क्रममा अस्पतालबाट फरार थुनुवा पक्राउ

    बिर्तामोड / उपचारको क्रममा रहेको अवस्थामा वीर अस्पतालबाट फरार भएका थुनुवालाई प्रहरीले पक्राउ गरेको छ । उनी वीर अस्पतालबाट चैत २९ फरार भएका थिए ।  उनलाई काठमाडौँको बुढानीलकण्ठ नगरपालिका १२ राधाकृष्ण मन्दिर नजिकबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।   सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका वडा ३ का ४५ वर्षीय राजेश तिरुवालाई प्रहरीले पक्राउ गरि केन्द्रीय कारागार जगन्नाथ देवलको थुनामा राखिएको थियो । 

    • प्रकाशित मितिः वैशाख ६, २०७९
    • 62 पटक पढिएको
  • १५ वर्षीया किशोरीलाई यौन दुर्व्यवहार गरेको आरोपमा २० वर्षीय युवक पक्राउ

    झापा / उदयपुरमा १५ वर्षीया किशोरीलाई बालयौन दुरुपयोग गरेको आरोपमा प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुर उदयपुरगढी गाउँपालिका-७ घर भएका २० वर्षीय कमल मगर रहेका छन् । उनलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो । प्रहरी चौकी कोषाहाटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  ती किशोरीलाई सुनकोशी गाउँपालिका-९ तेर्सेस्थित सार्वजनिक बाटोमा आइतबार बेलुकी मगरले बालयौन दुरुपयोग गरेको प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः वैशाख ६, २०७९
    • 77 पटक पढिएको
  • स्थानीय तह निर्वाचन : आयोगद्वारा मौन अवधिमा मदिरा बिक्री वितरणमा प्रतिबन्ध

    बिर्तामोड / निर्वाचन आयोगले आसन्न स्थानीय तह निर्वाचनको मौन अवधिमा मदिरा बिक्री वितरणमा प्रतिबन्ध लगाउने भएको छ । निर्वाचन भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न आयोगले मौन अवधिमा मदिरा बिक्री वितरणमा प्रतिबन्ध लगाउने भएको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जानकारी दिए । थपलियाले आसन्न स्थानीय तहको निर्वाचनको सन्दर्भमा प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासङ्घको सहयोगमा निर्वाचन आयोगले आयोजना गरेको कार्यक्रममा यस्तो बताएका हुन् ।आमसञ्चारमाध्यमको खबरदारी र सञ्चारकर्मीको निष्ठाका कारण मुलुक स्थानीय तह निर्वाचनको प्रक्रियामा प्रवेश गरेको उल्लेख गर्दै उनले पत्रकार आचारसंहिता र

    • प्रकाशित मितिः वैशाख ६, २०७९
    • 64 पटक पढिएको
  • पौडी खेल्ने क्रममा डुबी बेपत्ता भएका युवा मृत भेटिए

    झापा / पाँचथरको कुम्मायक गाउँपालिका-५ लुम्वुघाट तमोर नदीमा पौडी खेल्ने क्रममा डुबी बेपत्ता भएका बेलका नगरपालिका-६ उदयपुरका ३० वर्षीय हरि राई मृत अवस्थामा फेला परेका छन । गत बैशाख २ गते दिउँसो साथीहरूसँग रवरको ट्युवमा पौडी खेल्ने क्रममा तमोर नदीमा डुबी बेपत्ता भएका राईको खोज तलासको क्रममा हिजो बेलुका ५ बजे धनकुटाको चौबिसे गाउँपालिका-७ स्थित तमोर नदीको किनारमा मृत अवस्थामा लाश फेला परेको हो । मृतक राई स्वच्छन्द निर्माण सेवा प्रा.लि.ले निर्माण गर्दै गरेको कुम्मायक-५ लुम्वुघाट स्थित तमोर नदीमा पाँचथर-तेह्थुम जोड्ने निर्माणाधीन पुलका कामदार हुन ।  घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय पाँ

    • प्रकाशित मितिः वैशाख ६, २०७९
    • 77 पटक पढिएको
  • ट्रयाक्टरको ठक्करबाट वृद्धको मृत्यु

    बिर्तामोड / मोरङको कानेपोखरी गाउँपालिका-७ स्थित भित्री सडक खण्डमा ट्रयाक्टरको ठक्करबाट वृद्धको मृत्यु छ । मृत्यु हुनेमा लेटाङ-५ का ८१ वर्षीय मान बहादुर राई रहेको प्रहरीले जनाएको छ । हिजो बिहान साढे ७ बजेको समयमा प्रदेश १-०२-००३ त ८२० नम्बरको ट्रयाक्टरले राईलाई  ठक्कर दिएको थियो । ट्रयाक्टरको ठक्करबाट  घाईते भएका राईको मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर उर्लावारीमा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने ट्रयाक्टर र चालक मिक्लाजुङ-५ मोरङका महेश कार्कीलाई इलाका प्रहरी कार्यालय पथरीले नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः वैशाख ६, २०७९
    • 68 पटक पढिएको
  • विराटनगरको हस्पिटल चोकमा रहेको एक होटलमा आगलागी, हुँदा तीन कर्मचारी घाइते

    विराटनगर / मोरङको विराटनगर महानगरपालिका –९ स्थित अस्पताल चोकमा रहेका होटलमा सोमवार मध्यराति आगलागी हुँदा तीन जना कर्मचारी घाइते भएका छन् । आगो नियन्त्रणमा खटिएका विराटनगर –४ का ३७ वर्षीय भीम विष्ट, विराटनगर –२ का ३७ वर्षीय अशेष दाहाल र सुनसरी दुहवी –१२ का १९ वर्षीय प्रेमकुमार राजवंशी घाइते भएका हुन् ।घाइते उनीहरूको म्याक्सल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपक श्रेष्ठले जानकारी दिए ।श्रेष्ठका अनुसार राति १२ः१५ बजेतिर शुरु भएको आगो दमकल, स्थानीय र प्रहरीको सक्रियतामा डेढ घण्टापछि १ : ४० मा नियन्त्रणमा लिइएको थियो । कुमारप्रसाद घिमिरे

    • प्रकाशित मितिः वैशाख ६, २०७९
    • 66 पटक पढिएको
  • ६ ग्राम ब्राउन सुगर सहित मेचीनगर बाट २ जना पक्राउ

    बिर्तामोड / झापाको मेचीनगर नगरपालिका-६ बाट प्रतिबन्धित लागूऔषध ब्राउनसुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेलम्ची नगरपालिका-१० सिन्धुपाल्चोक घर भई झापा बिर्तामोड नगरपालिका- ८ स्थित  नवदुर्गा सुनचाँदी पसल  सञ्चालन गरी बसेका २८ वर्षीय सविन गोले तामाङ र आठराइ गाउँपालिका-७ तेह्रथुम घर भई विर्तामोड-८ स्थितमा अटो टेम्पो ग्यारेज सञ्चालन गरी बसेका २७ वर्षीय धन बिर बराल रहेका छन । सोमबार दिउँसो ३ बजे इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारतबाट नेपाल तर्फ आँउदै गरेका तामाङ र बरालको साथबाट

    • प्रकाशित मितिः वैशाख ५, २०७९
    • 82 पटक पढिएको
  • इटहरीमा दुई बालक बेपत्ता

    बिर्तामोड / इटहरीमा कक्षा ४ मा अध्ययनरत दुई बालक बेपत्ता भएका छन् । बेपत्ता हुनेमा महेन्द्र माविको कक्षा ४ मा अध्ययनरत १४ वर्षीय रञ्जित निरौला र ११ वर्षीय लकी बिक्रम साह रहेका छन् । इटहरी २ देवीथान घर भएका दुवै जना विद्यालयमा परीक्षा सकेर घर फर्किने क्रममा चैत्र २९ गतेदेखि बेपत्ता भएको रञ्जित निरौलाको आमा रचना निरौलाले जानकारी दिएकी छिन् । दुवै परिवारले चैत्र ३० गते इलाका प्रहरी कार्यालय इटहरीमा खोज तलासको लागि निवेदन दिएपनि दुवै बालक अहिलेसम्म फेला पर्न सकेका छैनन् ।   विद्यालय प्रशासन, आफन्त र प्रहरीले दुवै बालकको खोजी कार्य गरिरहेको छ । बालकहरूलाई कसैले भेटाएमा

    • प्रकाशित मितिः वैशाख ५, २०७९
    • 86 पटक पढिएको
  • ५९ हजार भारुसहित एक पक्राउ

    बिर्तामोड / विराटनगरमा प्रहरीले स्रोत नखुलेको ५९ हजार भारु सहित एकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत अहमदाबाद गुजरात बस्ने ३९ वर्षीय नरेश कुमार बाबुभाई रहेका छन् ।प्रहरीले विराटनगर महानगरपालिका-१५ स्थित २ नम्बर ढाटबाट शनिबार बिहान उनलाई पक्राउ गरेको हो । पक्राउ परेका उनलाई आवश्यक कारबाहीको लागि आन्तरिक राजस्व कार्यालय इटहरीमा बुझाइएको छ ।

    • प्रकाशित मितिः वैशाख ५, २०७९
    • 46 पटक पढिएको
  • ७० वर्षीया वृद्धा बलात्कृत २७ वर्षीय युवक पक्राउ

    झापा / पाल्पामा ७० वर्षीया वृद्धालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रिब्दीकोट गाँउपालिका-४ भैरवस्थानका २७ वर्षीय सञ्जय सुनार रहेको प्रहरीले जनाएको छ ।शनिबार राति तानसेन नगरपालिकामा बस्दै आएकी वृद्ध महिलालाई सुनारले बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता डीएसपी विरेन्द्र थापाले जानकारी दिए । सुनारले ति वृद्ध महिलालाई मध्यराति भैरवस्थान मन्दिर नजिकै बलात्कार गरेको प्रहरी अनुसन्धानमा खुलेको छ । 

    • प्रकाशित मितिः वैशाख ५, २०७९
    • 93 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.