बिर्तामोड / इटहरीमा कक्षा ४ मा अध्ययनरत दुई बालक बेपत्ता भएका छन् । बेपत्ता हुनेमा महेन्द्र माविको कक्षा ४ मा अध्ययनरत १४ वर्षीय रञ्जित निरौला र ११ वर्षीय लकी बिक्रम साह रहेका छन् ।
इटहरी २ देवीथान घर भएका दुवै जना विद्यालयमा परीक्षा सकेर घर फर्किने क्रममा चैत्र २९ गतेदेखि बेपत्ता भएको रञ्जित निरौलाको आमा रचना निरौलाले जानकारी दिएकी छिन् । दुवै परिवारले चैत्र ३० गते इलाका प्रहरी कार्यालय इटहरीमा खोज तलासको लागि निवेदन दिएपनि दुवै बालक अहिलेसम्म फेला पर्न सकेका छैनन् ।
विद्यालय प्रशासन, आफन्त र प्रहरीले दुवै बालकको खोजी कार्य गरिरहेको छ । बालकहरूलाई कसैले भेटाएमा ९८१०५८४४४१ नम्बरमा वा प्रहरी कार्यालयमा सम्पर्क गरिदिन समेत आफन्तहरूले आग्रह गरेका छन् ।
इटहरीका डीएसपी खगेन्द्र खड्काका अनुसार २९ गते ३ जना बालक एकै पटक हराएको र साँझ एक जना परिवारको सम्पर्कमा आएपनि दुईजना अझैसम्म फेला पर्न नसकेको बताएका छन् ।
‘