बिर्तामोड \ झापाको बेलडाँगी बस्दै आएका भुटानी शरणार्थी नेता डा. भम्पा राईको आज बिहान निधन भएको छ । विराटनगर स्थित नोबेल अस्पतालमा उपचारका क्रममा राईको ७५ वर्षको उमेरमा निधन भएको हो ।पाँच दिन अघि मात्र हर्नियाको शल्यक्रिया गरिएका राईको मुटुको चाल कम भएपछि शनिबार अस्पताल भर्ना गरिएको थियो । भुटानी नागरिक समाजका अगुवा, मानव अधिकारकर्मी, समेत रहेका राई दमक नगरपालिकाले उपलब्ध गराएको भाडाको घरमा एक्लै बस्दै आएका थिए ।भुटानी राजाका निजी डाक्टर रहेका राई सन् १९९१ मा भुटानबाट नेपालीभाषी लखेटिँदा स्वेच्छाले नेपाल आएका थिए । १ लाख १३ हजारभन्दा बढी भुटानी शरणार्थी आप्रवासनमा पश्चिमा देश गए पनि डा राई
भैरहवा / गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन जस्तो देखिने गहनासहित एक यात्रु पक्राउ परेका छन् । भन्सार परिसरमा आएका यात्रुले मोजामा लुकाइराखेको अवस्थामा एक सय २२ ग्राम गहना बरामद गरिएको हो ।जजिरा एयरलाइन्सको विमान मार्फत कतारबाट कुवेत हुँदै भैरहवा आएका पाल्पा रिब्दीकोटका राजेन्द्र कुँवरले अराइभल भन्सार एरियामा जाँच गर्ने क्रममा लुकाई छिपाई राखेको अवस्थामा उक्त परिमाणको गहना बरामद भएको गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलका निमित्त भन्सार अधिकृत तिर्थराज पासवानले जानकारी दिए ।बिहान करिब ६ बजे आएको विमानमा सवार यात्रुको भन्सार चेकजाँचको क्रममा वाकथ्रुबाट लुकाई छिपाई ल्याएको अवस्था देखि
काठमाडौँ / प्रधानसेनापति प्रभुराम शर्मा लेवनानतर्फ प्रस्थान गरेका छन् । द्वन्द्वग्रस्त क्षेत्रमा शान्ति स्थापनार्थ तैनाथ फौजको हौसला अभिवृद्धि गर्न तथा विभिन्न यूएन मिसनहरुको विविध पक्षहरू एवं भावी योजनाका बारेमा जानकारी हासिल गर्ने उद्देश्यका साथ शर्मा शनिबार लेवनानतर्फ प्रस्थान गरेका हुन् ।रक्षा सचिव सहित सात सदस्यीय भ्रमण दलको नेतृत्व गरी प्रधान सेनापति शर्मा लेवनान तर्फ प्रस्थान गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । शर्मालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा बलाधिकृत रथी बालकृष्ण कार्कीले बिदाई गरेका थिए ।प्रधान सेनापति शर्मा लगायतको भ्रमण दलले असार १० गतेसम
काठमाडौँ / एउटै शैक्षिक कन्सल्टेन्सीको सेयर दुई जनालाई बेचेर साढे तीन करोड रुपैयाँ ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।ठगी गर्ने भक्तपुरको चाँगुनारायण नगरपालिका –८ का ७२ वर्षीय केशवप्रसाद अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो । उनले काठमाडौंको एक शैक्षिक कन्सल्टेन्सीका सेयरधनीलाई ३ करोड ५० लाख रुपैयाँ ठगेको उजुरीको आधारमा प्रहरीले पक्राउ गरेको बताएको छ । पूर्वसञ्चालक अधिकारीले काठमाडौं महानगरपालिका –३२ स्थित अर्बिट इन्टरनेसनलका सेयरधनी नुवाकोटका श्री बहादुर तामाङलाई थाहै नदिई साढे तीन करोड ठगी गरेका हुन् । आफू ठगिएको भन्दै व्यवसायी तामाङको उजुरीपछि अधिकारीलाई पक्राउ गरिएको महा
काठमाडौँ / एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएकै बेला स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) लाई आईपीएसको अंग बनाउने खेलमा रोक लगाएको पाइएको छ ।एसपीपीलाई दुईपक्षीय सम्झौताकै रुपमा अघि बढाएर नेपाललाई इन्डो प्यासिफिक सैनिक रणनीति (आईपीएस) को अंग बनाउने प्रयासलाई ओली नेतृत्वको सरकारले रोक लगाएको भेटिएको हो ।सेनाले तीन पटक सरकारको स्वीकृतिमा यसअघि एसपीपीमा सहभागिता हुन पत्राचार गरेको थियो भने अमेरिकाले समेत त्यसमा स्वीकृति प्रदान गरेको थियो । पछि एसपीपीलाई अमेरिकाले आइपीएस मातहत ल्याएपछि भने सेना समेत हच्केको थियो । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि भने फेरी
झापा / हाल देशका प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ ।अन्य प्रदेशका भू–भागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र बिहारमा रहेको पूर्वपश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ । मौसमी प्रणालीको प्रभावले प्रदेश १, मधेस र बागमती प्रदेशमा सामान्य देखि पूर्ण बदली रही बाँकी भू–भागमा आंशिक बदली रहेको छ ।प्रदेश १, मधेश र बागमती प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।रातिको समयमा पनि सोही मौसमी प्रणाली कायम रहने जल तथा मौसम विज्ञान विभाग महाशाखाले जनाएको छ ।
काठमाडौं / धादिङमा मलामी सवार गाडी दुर्घटना हुँदा २६ जना घाइते भएका छन् ।सदरमुकाम धादिङबेसीबाट मलामी लिएर मैदी जाँदै गरेको स्वराज गाडी गएराति सडकमा पल्टिएर दुर्घटना भएको हो ।जिल्ला प्रहरी कार्यालय धादिङका डीएसपी जागेश्वर भण्डारीका अनुसार दुर्घटनामा परी घाइते हुने मध्ये ५ जनाको अवस्था भने गम्भीर रहेको छ ।दुर्घटनामा गम्भीर घाइते भएका ५ जनालाई उपचारका लागि ट्रमा सेन्टर काठमाडौं पठाइएको र बाँकी घाइतेको जिल्ला अस्पताल धादिङमा उपचार भइरहेको भण्डारीले बताए ।
काठमाडौँ / वैदेशिक रोजगारीको सिलसिलामा पोर्चुगल आएका एक नेपालीको निधन भएको छ । विगत चार वर्षदेखि पोर्चुगल बस्दै आएका चितवन जिल्ला भरतपुर महानगरपालिका –१७, बरुवाका ४१ वर्षीय राजन शर्मा सुवेदीको निधन भएको हो ।सुवेदीको गत शनिबार ग्वारडास्थित घर नजिकैको तालमा पौडी खेल्ने क्रममा डुबेर निधन भएको गैरआवासीय नेपाली सङ्घ पोर्चुगलका अध्यक्ष रवीन अधिकारीले जानकारी दिए ।कामबाट आएलगत्तै पौडी खेल्न गएका उनी लामो समयसम्म कोठामा नफर्केपछि सँगै बस्ने साथीहरू खोज्न जाँदा तालमा डुबेको अवस्थामा फेला परेको अधिकारीले बताए । सुवेदी तालमा डुबेको देखेपछि तत्काल प्रहरीलाई खबर गरिएको थियो ।मृतक सुवेदी ग्वारडास्थित ए
बिर्तामोड / झापाको प्रमुख व्यापारिक केन्द्रको रुपमा रहेको बिर्तामोड नगरपालिकाले पाँच वर्षे आवधिक योजना निर्माण गरेको छ ।स्थानीय तह निर्वाचन –२०७९ बाट नवनिर्वाचित जनप्रतिनिधि आएसँगै नगरपालिकाले दीर्घकालीन विकासका लागि योजना निर्माण गरेको हो । नगरपालिकाले शिक्षा, स्वास्थ्य, कृषि, भौतिक पूर्वाधार, वनजङ्गल, पर्यटन, व्यापार–व्यवसाय लगायतका विविध पक्षलाई समेटेर पाँच वर्षे आवधिक योजना निर्माण गरेको नगरप्रमुख पवित्रा महतरा प्रसाईँले जानकारी दिए ।‘उद्योग, व्यापार, स्वास्थ्य, शिक्षा, कृषि, र रोजगारको अभिवृद्धि : बिर्तामोड नगरको, विकास र सुशासन सहितको समृद्धि
काठमाडौँ / प्रतिनिधिसभाको आजको बैठकले तीन विधेयक विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ। बैठकले ‘आर्थिक विधेयक, २०७९’, ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७९’ र ‘ऋण तथा जमानत (पच्चिसौँ संशोधन) विधेयक, २०७९’ माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको हो।अर्थमन्त्री जनार्दन शर्माले उक्त प्रस्ताव सदनमा प्रस्तुत गरेका थिए। सभामुख सापकोटाले आर्थिक विधेयक २०७९ माथि दफावार छलफलका लागि यही असार ६ गतेको मिति तोकेका छन्। राष्ट्र ऋण उठाउने विधेयक माथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री जनार्दन शर्माले आवश्यक पर्दा मात्रै ऋण उठाइने गरिएको जानकारी दिए।उनल
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.