काठमाडौं / प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले घटित अपराधहरूको अनुसन्धान गर्ने सन्दर्भमा हालसम्म टुङ्गोमा पुग्न नसकेका पुराना घटनाहरूको अनुसन्धानलाई उच्च प्राथमिकतामा राखी सबै घटनाको अनुसन्धान सफल बनाउनेतर्फ अनुसन्धानमा संलग्न प्रहरी कर्मचारीहरू सक्रिय हुनुपर्ने बताएका छन् । नेपाल प्रहरी प्रधान कार्यालयबाट भिडियो कन्फरेन्स मार्फत आइतबार आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक सिंहले सातवटै प्रदेश प्रहरी कार्यालयहरू, नेपाल प्रहरी प्रदेश कार्यालयहरू, प्रदेश ट्राफिक प्रहरी कार्यालयहरू, जिल्ला प्रहरी कार्यालयहरू, सशस्त्र प्रहरी गणहरू, दंगा नियन्त्रण प्रहरी गण लगायतका कार्यालय प्रमुखहरूलाई निर
झापा / रूपन्देहीमा गाउँपालिका उपाध्यक्षका देवरको मृत्यु भएपछि गाउँपालिका भरी सार्वजनिक बिदा दिइएको छ । मर्चवारी गाउँपालिकाको उपाध्यक्षको देवरको दुर्घटनामा मृत्यु भएपछि सार्वजनिक बिदाको दिइएको जनाएको छ । गाउँपालिकाले आइतबार एक विज्ञप्ति जारी गर्दै सार्वजनिक बिदाको दिइएको हो ।गाउँपालिकाका अध्यक्ष गया प्रसाद बरईद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘‘मिति २०७९ /० ३ / ०५ गतेका दिन यस का कार्यालय लगायत सम्पूर्ण वडा कार्यालयहरू, सामुदायिक तथा निजी विद्यालयहरू तथा अन्य संघ संस्थाहरू समेत बन्द रहने व्यहोरा यसै सूचनाद्वारा जानकारी गराइन्छ ।’
एजेन्सी / भारतको आसाम र मेघालयमा आएको व्यापक बाढीमा परेर कम्तीमा पनि ३२ जनाको मृत्यु भएको छ । आसाम र मेघालयमा शुक्रबारदेखि बाढी र पहिरोको प्रकोप बढेको बताइएको छ । भारतीय उत्तर - पश्चिमी यी दुई राज्यमा वर्षा आइतबार पनि जारी रहेको बताइएको छ ।आसामको विपद् व्यवस्थापन विभागका अनुसार आसाममा शुक्रबारदेखि निरन्तर वर्षा जारी रहेको पाइएको छ । आसाममा मात्र बाढीमा परेर १३ जनाको ज्यान गएको बताइएको छ । यहाँका २८ जिल्लामा बाढी आएको र त्यसमा परेर कम्तीमा पनि १८ लाखभन्दा बढी मानिस प्रभावित भएका छन् ।उता मेघालयका पनि दर्जनौँ जिल्लामा बाढीको प्रकोप बढेको छ । ती जिल्लामा शनिबारसम्ममा १९ जनाको ज्यान गएको बता
काठमाडौं / अष्ट्रेलिया र क्यानडा पठाइदिने भन्दै २१ लाख रुपैयाँ ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको जितपुर सिमरा उपमहानगरपालिका –१ घर भएका ३२ वर्षीय रूपेश कार्की रहेका छन् । डिपेन्डेन्ट भिसामा अष्ट्रेलिया र क्यानडा पठाउँछु भनेर पोखरा र काठमाडौंका २ जना महिलालाई ठगेको आरोपमा कार्कीलाई काठमाडौंबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए ।मैनालीका अनुसार कार्कीले पोखरा महानगरपालिका –१६ बिरौटा घर भएकी २२ वर्षीया एक महिलालाई क्यानडा पठाइदिने भन्दै ११ लाख ७१ हजार रुपैयाँ र काठमाडौं महानगरपालिका –३२ पेप्सीकोला बस्ने २८
ताप्लेजुङ / लगातार परेको अविरल वर्षाका कारण गएको पहिरोले ताप्लेजुङमा आठ घर बगाएको छ भने ३५ घरपरिवार विस्थापित भएका छन् । जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार गत बिहीबार यता वर्षासँगै गएको पहिरोका कारण सिरिजङ्गा गाउँपालिका –६ स्थित मामङ्खेमा दुई र वडा नं ७ खेवाङ गाउँमा एक गरी तीन घर पहिराले बगाएको छ । त्यस्तै मिक्वाखोला गाउँपालिकामा तीन घर र फक्ताङलुङ गाउँपालिका –२ खेजिनेम गाउँमा दुई घर पहिराले बगाएको विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले बताए । गत शुक्रबार सिरिजङ्गामा पहिरामा परी दुई जनाको मृत्यु भएको थियो ।पोखरेलका अनुसार ३५ घरपरिवार वि
बिर्तामोड \ मोटरसाइकल चोरीको आरोपमा पक्राउ परेका मोरङको बुढीगंगा गाउँपालिका- ६ का ३२ वर्षीय बिनोद चौधरीको डेराबाट १ थान पेस्तोल बरामद भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङले विगत १ महिनाको अवधीमा मोटरसाइकल चोरीमा संलग्न १६ जना मानिस २१ थान मोटरसाइकल सहित पक्राउ गरेको थियो । मोटरसाइकल चोरीको आरोपमा पक्राउ परेका उनीहरूको सम्बन्धमा थप अनुसन्धान गर्ने क्रममा चौधरीको डेरामा १ थान चाइनिज पेस्तोल, सोही पेस्तोलको गोली १ राउन्ड र म्यागजिन १ थान भएको खुले सँगै बरामद भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । घटना सम्बन्धमा अन्य थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।
बिर्तामोड \ सुनसरीको धरान उपमहानगरपालिका- ५ बाट अवैध लागूऔषध गाँजा सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय रीत बहादुर राई रहेका छन् । लागूऔषध गाँजाको ओसार पसार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । राईले सञ्चालन गर्दै आएको किराना पसल खानतलासी गर्दा २ केजी गाँजा बरामद भएको थियो । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।
बिर्तामोड / मोरङको दुई छुट्टाछुट्टै स्थानमा पानीमा डुबेर १ बालक सहित २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङको जहदा गाउँपालिका- ४ बस्ने ६५ वर्षीया बुधिया देवी मुखिया र मोरङकै रतुवामाई नगरपालिका- १ मुस्लिमटोल बस्ने साकिर आलमका २ वर्षीय छोरा जासिद मिया रहेको प्रहरीले जनाएको छ । ६५ वर्षीया मुखिया जेठ ३ गते माइत जान्छु भनी हिडेकोमा शनिवार बिहान घर देखी केही मिटरको दूरीमा रहेको माछा पोखरीमा डुबेर मृत फेला परेकी थिइन् । घटनाको जानकारी पाए लगत्तै इलाका प्रहरी कार्यालय पोखरीयाबाट प्रहरी टोली खटि गई मृत शवको उद्धार गरी परीक्षणको लागी कोशी अस्पताल पठाएको छ । घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय
झापा \ रुकुम पश्चिममा जिप दुर्घटना हुँदा चालक र सहचालकको मृत्यु भएको छ । मृत्यु हुनेमा चालक बाँफिकोट गाउँपालिका–८ दुलिका कविराम बिक र सहचालक मुसीकोट नगरपालिका–११ का कमल खड्का रहेको प्रहरीले जनाएको छ । जिल्लाको आठबिसकोट नगरपालिका–११ चिसापनी नजिकै राडीबाट रिम्नातर्फ जाँदै गरेको जाँदै गरेको ग १ ज १८९७ नम्बरको जिप दुर्घटना भएको छ ।इलाका प्रहरी कार्यालय आठबिसकोटका अनुसार जिपमा चालक र सहचालक मात्र रहेको र जिप अनियन्त्रित भई भेरी नदीमा खसेको हो ।
काठमाडाैँ / नेपाल प्रहरीको प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त विरुद्धको रिटमा आज (आइतबार) सुनुवाइ हुँदैछ । सर्वोच्चका कायममुकायम प्रधान न्यायाधीश दीपक कुमार कार्की र न्यायाधीश कुमार चुडालले ३० जेठमा सुनुवाइ गरेर मुद्दा हेर्दा हेर्दैमा आदेश दिएका थिए । सोही मुद्दाको सुनुवाइ आज हुन लागेको हो । १८ वैशाखमा सरकारले धिरजप्रताप सिंहलाई आईजीपीमा नियुक्त गर्ने निर्णय गरेको थियो । वरिष्ठता मिचेर सरकारले सिंहलाई एआईजी बनाएको भन्दै एआईजी विश्वराज पोखरेलले सर्वोच्चमा रिट दायर गरेका थिए । वरिष्ठता र कार्यसम्पादन मूल्याङ्कनमा आफू अगाडि रहेकाले सिंहको नियुक्ति कानुनविपरीत रहेको पोखरेलको दाबी छ
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.