समाचार

    Showing 2,091-2,100 of 26,789 items.
  • स्थानीय तहका समस्या समाधानमा सङ्घ–मधेस प्रदेश सहकार्य गर्ने

    काठमाडौं— स्थानीय तहमा देखिएका प्रशासनिक तथा प्राविधिक समस्याको समाधान र सङ्घ, प्रदेश तथा स्थानीय तहबीचको समन्वयलाई थप प्रभावकारी बनाउने विषयमा भूमि व्यवस्था, सहकारी तथा सङ्घीय मामिला एवं सामान्य प्रशासनमन्त्री प्रतिभा रावल र मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवबीच छलफल भएको छ।सिंहदरबारमा भएको भेटवार्तामा स्थानीय तहका कर्मचारी व्यवस्थापन, दरबन्दी मिलान, बजेट तर्जुमा तथा अन्य प्रशासनिक चुनौतीबारे विस्तृत रूपमा विचार–विमर्श गरिएको मन्त्रीको सचिवालयले जनाएको छ।मुख्यमन्त्री यादवले स्थानीय तहमा देखिएका समस्याबारे प्रदेश सरकार जानकार रहेको उल्लेख गर्दै तिनको समाधानका लागि आवश्यक सबै पहल गर्न

    • प्रकाशित मितिः असार १६, २०८३
    • 385 पटक पढिएको
  • रायोको सागमा भेटियो उच्च विषादी, नष्ट गर्न निर्देशन

    काठमाडौं । काठमाडौंको कालीमाटीस्थित फलफूल तथा तरकारी बजारमा गरिएको नियमित विषादी परीक्षणका क्रममा भक्तपुरबाट ल्याइएको रायोको सागमा तोकिएको मापदण्डभन्दा बढी विषादी अवशेष फेला परेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत कृषि विभागको केन्द्रीय कृषि प्रयोगशाला, विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइले असार १६ गते सार्वजनिक गरेको परीक्षण प्रतिवेदनअनुसार मध्यपुर थिमी नगरपालिका, भक्तपुरबाट ल्याइएको रायोको सागमा अर्गानोफस्फेट समूहको विषादी ८०.०१६० प्रतिशत भेटिएकाले उक्त नमुनालाई ‘विसर्जन गर्ने’ श्रेणीमा राखिएको हो । प्रतिवेदनअनुसार उक्त नमुना किसान सिता रेग्मीको उत्पादन रहेको र कालीमाटीमा

    • प्रकाशित मितिः असार १६, २०८३
    • 246 पटक पढिएको
  • इरानले जहाजमा आक्रमण गरेपछि होर्मुज जलमार्ग ठप्प

    काठमाडौं— होर्मुज जलमार्ग हुँदै आवतजावत गर्ने एक जहाजमाथि शनिबार भएको आक्रमणपछि उक्त क्षेत्रमा समुद्री आवागमन उल्लेख्य रूपमा घटेको छ ।सामुद्रिक अनुगमन संस्था केप्लरका अनुसार शनिबार २९ वटा मालवाहक जहाजले जलमार्ग पार गरे पनि आइतबार यो सङ्ख्या घटेर १२ मा सीमित भयो ।अमेरिका–इरान तनावका बीच सुरक्षा चिन्ता बढेपछि केही जहाजले वैकल्पिक मार्ग प्रयोग गरेका छन् ।सक्रिय ट्रान्सपोन्डर भएका जहाजको मात्र तथ्याङ्क उपलब्ध भएकाले वास्तविक सङ्ख्या केही बढी हुन सक्ने बताइएको छ ।यसैबीच, इरानले होर्मुज जलमार्ग व्यवस्थापनबारे ओमानसँग छलफल थालेको छ भने अमेरिकाले अन्तरराष्ट्रिय जलमार्ग प्रयोगमा कुनै ‘ट्रान्जिट शुल्क’

    • प्रकाशित मितिः असार १६, २०८३
    • 544 पटक पढिएको
  • भ्रामक समाचारप्रति नेपाल चिकित्सक संघको गम्भीर ध्यानाकर्षण

    काठमाडौं— नेपाल चिकित्सक संघले पछिल्लो समय विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा संघसँग सम्बन्धित प्रकाशित एवं प्रसारित भ्रामक, तथ्यहीन तथा जनमानसमा भ्रम फैलाउने अभिव्यक्तिप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।संघले नेपाल मेडिकल काउन्सिल ऐन, २०२० को दफा २७-१ अनुसार आधुनिक चिकित्सा अभ्यास गर्ने उद्देश्यले आफूले प्राप्त नगरेको डिग्री, डिप्लोमा, प्रमाणपत्र, लाइसेन्स वा उपाधि नामसँग जोडेर प्रयोग गर्न कानुनले निषेध गरेको स्मरण गराएको छ। साथै, आवश्यक शैक्षिक योग्यता हासिल गरी कानुनी प्रक्रिया पूरा गर्दै नेपाल मेडिकल काउन्सिलमा विधिवत् दर्ता भएका चिकित्सकले मात्र आधुनिक चिकित्सा सेवा प्रदा

    • प्रकाशित मितिः असार १६, २०८३
    • 474 पटक पढिएको
  • सुनचाँदीको मूल्य घट्यो

    काठमाडौं—  नेपाली बजारमा मंगलबार सुन र चाँदी दुवैको मूल्यमा उल्लेख्य गिरावट आएको छ। सुनको मूल्य तोलामा ४ हजार ५ सय रुपैयाँले घटेर २ लाख ७७ हजार ९०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।यसअघि सोमबार नेपाली बजारमा सुन प्रतितोला २ लाख ८२ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।सुनसँगै आज चाँदीको मूल्यमा पनि गिरावट दर्ता भएको छ। सोमबार प्रतितोला ४ हजार ३१० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबार ओरालो लागेर ४ हजार २८५ रुपैयाँ कायम भएको छ। अन्तर्राष्ट्रिय बजारको उतारचढावका कारण स्थानीय बजारमा पनि सुनचाँदीको मूल्यमा यो भारी गिरावट आएको व्यवसायीहरूले बताए

    • प्रकाशित मितिः असार १६, २०८३
    • 392 पटक पढिएको
  • कान्तिलोकपथमा दुई स्थानमा पहिरो, सडक पूर्ण अवरुद्ध

    मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका–१२ ठिंगनस्थित कान्तिलोकपथ सडकखण्डमा माथिबाट ढुंगासहितको पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।सोमबार मध्य राति करिब १२:३० बजे माथिबाट ढुंगासहितको पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको हो पहिरो खसेको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय ठिंगनबाट प्रहरी सहायक निरीक्षक अर्जुन बरुवालको नेतृत्वमा चार सदस्यीय प्रहरी टोली घटनास्थल पुगेको थियो । निरन्तर वर्षा भइरहेका कारण पहिरो खस्ने क्रम नरोकिएकाले तत्काल सडक खुलाउन सम्भव नभएको प्रहरीले जनाएको छ ।मंगलबार बिहान ५ः३० बजेदेखि ठिंगनस्थित पहिरो पन्छाउने कार्य सुरु गरी ६ः३५ बजे सडक खुलाइएको छ ।त्यसलगत्

    • प्रकाशित मितिः असार १६, २०८३
    • 172 पटक पढिएको
  • भारी वर्षाको सम्भावना अति जोखिमयूक्त ठाउँमा आवश्यक सतर्कता अपनाउन मौसम विभागको चेतावनी

    काठमाडौं / आज र भोलि देशका विभिन्न स्थानमा भारी वर्षा हुनेभएकाले सवैमा सतर्क रहन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । महाशाखाका अनुसार मनसुनी गतिविधि थप सक्रिय हुने भएकाले यो समयमा त्यस्तो ठाउँमा नजान वा जानैपरे ख्याल गरेर आवतजावत गर्न भनिएको छ । बङ्गालको खाडीमा विकसित न्यून चापीय प्रणालीका कारण नेपालतर्फ जलवाष्पयुक्त हावाको प्रवाह बढ्दै गएकाले वर्षा तीव्र हुने अनुमान गरिएको हो ।मौसम विभागले जोखिमयूक्त ठाँउपहिले नै पहिचान गरी आफू सुरक्षित रहन पनि आग्रह गरेको छ । 

    • प्रकाशित मितिः असार १६, २०८३
    • 160 पटक पढिएको
  • वर्षा पछि अवरुद्ध सडक, भयो यात्रुलाई सास्ती

    काठमाडौं । देशका विभिन्न ठाँउमा पानी पर्दा सानो ठुलो पहिरो खस्दा बाटा तथा सडकहरू जोखिममा परेका छन् । दुई दिनको अविरल वर्षापछि दार्चुला र बैतडीका विभिन्न स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । मंगलबार बिहान खसेको पहिरोका कारण दार्चुलाको मालिकार्जुन गाउँपालिका–४ का दुई स्थान र बैतडीको गोकुलेश्वर–लटिनाथ सडक खण्डको एक स्थानमा यातायात पूर्ण रूपमा प्रभावित भएको प्रहरीले जनाएको छ । प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार पहिरोले सडक अवरुद्ध भएपछि उक्त मार्गमा सवारीसाधन सञ्चालन हुन सकेको छैन । यात्रुहरू गन्तव्यमा पुग्न समस्या भोगिरहेका छन् भने सडक खुलाउन स्थानीय तहको समन्वयमा पहिरो हटाउने क

    • प्रकाशित मितिः असार १६, २०८३
    • 208 पटक पढिएको
  • अर्थ समितिको बैठक बस्दै

    काठमाडौं— अर्थ समितिको बैठक आज बस्ने भएको छ । बैठक मंगलबार अपराह्न ४ बजे सिंहदरबारमा बस्ने भएको हो । आजको बैठकमा नेपाल राष्ट्र बैंकबाट प्राप्त प्रतिवेदनमा र उपसमितिहरूको हालसम्मको कामकारबाही सम्बन्धी छलफल हुने कार्यसूची रहेको छ । 

    • प्रकाशित मितिः असार १६, २०८३
    • 423 पटक पढिएको
  • जापानलाई पराजित गर्दै ब्राजिल फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश

    काठमाडौं— फिफा विश्वकप २०२६ अन्तर्गतको खेलमा ब्राजिलले जापानलाई पराजित गरेको छ ।  सोमबार राती भएको खेलमा जापानलाई २–१ गोलले पराजित गर्दै ब्राजिल फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको हो ।खेलको २९ औं मिनेटमा काइशु सानोले गोल गर्दै जापानलाई अग्रता दिलाएका थिए ।५६ औं मिनेटमा कासेमिरोले गोल गर्दै ब्राजिललाई बराबरीमा ल्याए । त्यसपछि खेलाडी गाब्रियल मार्टिनेलीले गोल गर्दै ब्राजिललाई जित महत्वपूर्ण जित दिलाए ।यस जितसँगै ब्राजिल फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ ।ब्राजिलले अब अन्तिम १६ मा आइभरी कोस्ट र नर्वेबीचको विजेतासँग खेल्नेछ ।

    • प्रकाशित मितिः असार १६, २०८३
    • 777 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.