झमपा - आगलागी हुँदा पाँचथरको फालेलुङ गाउँपालिका–५ मा की विरमति तामाङको घर जलेर नष्ट भएको छ । आगलागीमा परी फालेलुङ–५ पेलिङटारमा रहेको तामाङको घर भित्रका नगद, लत्ताकपडा, अन्न लगायत सबै सामग्री जलेर नष्ट भएको भरत खपाङ्गी मगरले जानकारी दिए ।सोमबार साँझ करिब साढे सात बजे सुरु भएको आगलागी नियन्त्रणका लागि स्थानीय बासिन्दा र प्रहरी चौकी प्राङबुलबाट गएका प्रहरीले प्रयास गरे पनि सफल नभएको खपाङ्गीेले बताए ।आगलागीका कारण भएको क्षतिको विवरण संकलन भइरहको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । आगोले घर नष्ट भएपछि तामाङ परिवारका ५ जना सदस्य बिचल्लीमा परेका छन् ।
झापा । चितवनको रत्ननगर नगरपालिका–९ लालपर्सा नजिकै गैंडाको आक्रमणबाट एक पुरुषको मृत्यु भएको छ । सोहि ठाउँका करिब ६० वर्षीय चन्द्र बहादुर तामाङ मृत्यु भएको हो।आज बिहान करिब ५ः४५ बजेको समयमा मर्निङ वाकमा निस्किएका तामाङ गैंडाको आक्रमण परेका हुन ।मृतकको शवलाई पोष्टमार्टमको लागि भरतपुर अस्पतालको शव गृहमा राखिएको छ । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।
काठमाण्डौ । कलाकार, सर्जक साथै बिन्दबासिनी म्युजिक कम्पनीका सञ्चालक सुवास रेग्मी पक्राउ परेका छन्। केन्द्रीय साइबर ब्यूरोले रेग्मीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो।साइबर ब्यूरोका एसएसपी नवीन्द अर्यालका अनुसार थाईल्याण्डबाट नेपाल आउँदै गरेका बेला रेग्मीलाई विमानस्थलबाटै पक्राउ गरिएको हो । साइबर अपराधको आरोपमा पक्राउ परेका रेग्मीकाे आजै अदालतमा म्याद थप गरिनेछ ।गायक प्रमोद खरेलसहित ४ जना कलाकारले उजुरी दिएपछि उनलाई पक्राउ गरिएको बुझिएको छ ।रेग्मीले सामाजिक सञ्जालमामार्फत् विभिन्न कलाकारहरुविरुद्ध अपशब्द प्रयोग गरेको तथा लाञ्छना लगाउने गरेको आरोपमा साइबर ब्युरोमा केही दिन
झापा-हुम्लाको दक्षिणी क्षेत्र चङ्खेली गाउँपालिकाले दलित समुदायलाई ग्याँस चुल्होसहित भरिएको सिलिण्डर बितरण गरेको छ । लक्षित वर्गका सदस्यको घरलाई धुँवारहित बनाउन गाउँपालिकाले चुल्हो र सिलिण्डर वितरण गरेको हो । चङ्खेली गाउँपालिका– २ का कालुसिंह दमाईले गाउँपालिकाबाट अनुदानमा ग्याँस चुल्होसहित सिलिण्डर पाएको बताए । उनले परापूर्वकालदेखि सल्ला लगायतका दाउरा बाल्दै आएकोमा अब आधुुनिक ग्याँस घरमा प्रयोग गर्न पाएको बताए ।ग्याँस पाएलगत्तै घरमा जडान गर्नुभएका दमाईले दलितको स्वास्थ्य स्वच्छ राख्न पनि गाउँपालिकाको यो कामले सहयोग पुुग्ने बताए । गाउँपालिका अध्यक्ष प्यारीलाल शाहीले लक्षित बर
झापा- कपिलवस्तुमा भारतबाट अवैध रूपमा नेपाल भित्र्याउदै गरेका १५ सय कुखुराका चल्ला नष्ट गरिएको छ । सोमबार १५ सय कुखुराका चल्ला चल्लालाई ईलाका प्रहरी कार्यालय कृष्णनगरले नियन्त्रणमा लिएर नष्ट गरेको हो । कृष्णनगर-१२ बेदर्मीको बाटो हुँदै नेपाल छिर्दै गरेको सूचनाकाे आधारमा सोमबार बिहान साढे ७ बजे चल्ला चल्लालाई प्रहरीले नियन्त्रणमा लिएर सुरहि खोलामा नष्ट गरेकाे हाे ।भारतबाट कुखुरा चल्ला ल्याउन प्रतिबन्ध लगाएको भएपनि सस्तो मूल्यमा पाइने भएकोले अवैध रुपमा ल्याउने गरिएकाे छ । अवैध चल्लाको मूल्य १ लाख ३५ हजार रहेको ईलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएकाे छ ।
झापा- चितवन प्रहरीले ५३ किलो लागुऔषध गाँजासहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका–१६ बस्ने ३० वर्षीय अर्नुन दर्जी र गाडीमा सवार एक नाबालक छन् ।चितवनको राप्ती नगरपालिका–१, लोथरस्थित सडकखण्डमा पिप्लेबाट लोथरतर्फ जाँदै गरेको बा ३ च २५०४ नम्बरको टाडा डीआई गाडीमा लुकाइछिपाइ ल्याएको लागुऔषध गाँजा फेला परेको प्रहरीले जानकारी दिए ।
झापा –प्रहरीले काठमाडौँको नागार्जुनबाट जु्वातास खेलिरहेका ६ जनालाई पक्राउ गरेको छ ।नागार्जुन नगरपालिका–८ भिमढुङ्गा बस्ने ४५ वर्षीय उपेन्द्र पोखरेलको पसलमा जुवातास खेलिरहेको अवस्थामा पोखरेलसमेत ६ जनालाई प्रहरीले पक्राउ गरेको हो ।प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ५२ हजार रुपैयाँ र ६ बुक ताससहित पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । पक्राउ परेकाहरुमाथि अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
झापा – स्याङ्जाको वालिङमा ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको ज्यान गएकाे छ । जगत भञ्ज्याङबाट मिर्दीका लागि छुटेकाे ग १ त ६८८६ नम्बरकाे ट्र्याक्टर वालिङ-६ को आम्डालीमा दुर्घटना भएकाे हाे। दुर्घटनामा गम्भीर घाइते भएका चालक चापाकोट-२ का नविन सुनार र वालिङ-८ का १४ वर्षका सोविन विकको उपचारका क्रममा ज्यान गएको हो।गएराति ढुङ्गा बोकेको ट्र्याक्टर अनियन्त्रित भइ सडकबाट १५ मिटर तल झरेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले जानकारी दिनुभयो। चालक नविनको उपचारका क्रममा वालिङ अस्पतालमा र सहचालक विकको पोखरामा ज्यान गएकाे प्रहरीले जनाएकाे छ।
झापा-डडेल्धुरा कारागार बन्दीगृहमा रहेका कैदीहरुलाई सात दिने योग अभ्यासको प्रशिक्षण गरिएको छ । ७३ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा बन्दीगृहमा रहेका १ सय १० जना पुरुष र १५ जना महिलाहरुलाई योग भ्यासको प्रशिक्षण गरिएको हो । यहि फागुन ७ गतेदेखि १३ गतेसम्मका लागि शारीरिक योग अभ्यासको शिविर संचालन गरिएको कारागार कार्यालय डडेल्धुराले जनाएको छ ।जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र डडेल्धुराको आयोजना र पतंजली योग समिति डडेल्धुराको प्रशिक्षण सहयोगमा शिविर संचालन भएको गरिएको हो । शिविरलाई प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपानेलेले उद्घाटन गर्नुभएको हो । विभिन्न कारणले बन्दीगृहमा रहेका कैदी बन्दीलाई यो
झापा– विश्वमै लोपोन्मुख अवस्थामा रहेको सुगन्धकोकिला (मल्लागिरी)को उत्पादन यस वर्ष घटेको छ । हावाहुरीले फूल झारिदिएपछि दाङ तुलसीपुर उपमहानगरपालिपका–१९ छिल्लीकोटमा पाइने सुगन्धकोकिलाको उत्पादनमा गिरावट आएको हो ।विगतका वर्षमा पाँच सय क्विन्टल सुगन्धकोकिला उत्पादन हुने गरेकोमा पछिल्लो दुई वर्षमा उत्पादन घटेको स्थानीयले बताएका छन् । विगतमा पाँच सय क्विन्टल उत्पादन हुने गरेको भए पनि यस वर्ष करिब ५० क्विन्टल मात्रै उत्पादन भएको स्थानीय प्रवीर पुनले बताए । ‘विगतमा वर्षमा पाँच सय क्विन्टलसम्म हामीले मल्लागिरी बिक्री गर्थ्यौँ’, उनले भने, ‘गएको वर्ष पनि बर्सातले गर्दा फूल झारिदिएपछि दुई सय ५० क्विन्टल मा
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.