समाचार

    Showing 181-190 of 26,780 items.
  • भोटेकोशी बाढीपीडितका लागि ओम साईराम भलाईकोषको १ लाख ११ हजार सहयोग

    काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि ओम साईराम भलाईकोष एण्ड इन्भेष्टमेन्ट प्रालिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख ११ हजार १ सय रुपैयाँ सहयोग गरेको छ।संस्थाले बाढीपीडितको राहतका लागि उक्त रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको हो। सहयोग रकम २०८३ भदौ १४ गते सिटिजन्स बैंकको मोबाइल बैंकिङमार्फत कोषको खातामा पठाइएको भुक्तानी विवरणमा उल्लेख छ। संस्थामा आवद्ध गोपालकुमार रञ्जितकार,गोपालप्रसाद पौडेल,कृष्ण प्रसाद भुँगाई र खगेन्द्र अर्यालले उक्त रकम सहयोग गरेका हुन् । संस्थाले विपद्को कठिन समयमा प्रभावित परिवारलाई राहत पुर्‍याउने उद्देश्यले सहयोग

    • प्रकाशित मितिः भदौ १४, २०८३
    • 1,156 पटक पढिएको
  • चिनियाँ ट्रान्सपोर्ट विमानमार्फत काठमाडौं आइपुग्यो आपतलीन राहत सामग्र

    काठमाडौं / भोटेकोशी बाढीका कारण चपेटामा परेको नेपाललाई चीन सरकारले राहत सामग्री उपलब्ध गराएको छ । ५० टन आपत्कालीन राहत सामग्री लिएर आइतबार विहान चिनियाँ जनमुक्ति सेनाको वायुसेनाका दुईवटा वाई २० ठूला ट्रान्सपोर्ट विमान काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् । विमानमार्फत आपत्कालीन राहत सामग्रीका साथै चार जना चिनियाँ सुरुङ उद्धार विशेषज्ञ पनि आवश्यक उद्धार उपकरणसहित नेपाल आइपुगेका छन्।नेपाल सरकारका तर्फबाट विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले राहत सामग्री बुझ्नुका साथै नेपाल आएको टोलीलाई स्वागत गरेका थिए । सो अवसरमा नेपालका लागि चिनियाँ राजदू

    • प्रकाशित मितिः भदौ १४, २०८३
    • 194 पटक पढिएको
  • गोसाइँकुण्डबाट फर्किएका यात्रु उद्धारको प्रतीक्षामा (तस्बिरहरु)

    गोसाइँकुण्डबाट फर्किएका यात्रुहरू रसुवाको धुन्चे उद्धारको प्रतीक्षामा छन्।बाढी तथा पहिरोका कारण सडकमार्ग अवरुद्ध भएपछि गोसाइँकुण्ड क्षेत्रमा फसेका यात्रुहरूलाई हेलिकोप्टरमार्फत उद्धार गर्ने क्रम जारी छ।सडकमार्गबाट तल झर्न सक्ने अवस्था नरहेपछि यात्रुहरू धुन्चेस्थित नेपाली सेनाको ब्यारेकमा पुगेर हेलिकोप्टरको पालो पर्खिरहेका छन्।

    • प्रकाशित मितिः भदौ १४, २०८३
    • 50 पटक पढिएको
  • चीनबाट ५० टन राहत सामग्री काठमाडौं आइपुग्यो

    काठमाडौं । चीनबाट ५० टन आपत्कालीन राहत सामग्री बोकेका दुई ठूला चिनियाँ विमान काठमाडौं आइपुगेका छन्।काठमाडौंस्थित चिनियाँ दूतावासका अनुसार ती विमान आइतबार बिहान करिब ७ बजे राहत सामग्री लिएर काठमाडौं अवतरण गरेका हुन्। दुवै विमान चीनको चेङ्दु सुआङलिउ अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेर करिब तीन घण्टापछि काठमाडौं आइपुगेका हुन्।नेपालमा पछिल्लो समय देखिएको विपद्का कारण प्रभावित नागरिकका लागि आवश्यक राहत सामग्री सहयोगस्वरूप चीनले पठाएको हो।

    • प्रकाशित मितिः भदौ १४, २०८३
    • 53 पटक पढिएको
  • भोटेकोशी नदीमा जलसतह वृद्धि, निगरानी जारी

    काठमाडौं / रसुवाको भोटेकोशी नदीमा पानीको बहाव केही बढेपछि स्थानीय प्रशासनले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।बिहान नदीमा पानीको मात्रा बढेको जानकारी आएपछि प्रशासनले आवश्यक सावधानी अपनाउन अनुरोध गरेको हो। यद्यपि, मौसम पूर्वानुमान महाशाखाले हालको अवस्थालाई विश्लेषण गर्दा तत्काल ठूलो बाढी आउने जोखिम नरहेको जनाएको छ।महाशाखाका अनुसार जिल्ला प्रहरी कार्यालय रसुवाबाट प्राप्त सूचनाका आधारमा भोटेकोशी नदीको बहाव सामान्यभन्दा केही बढेको पुष्टि भएको छ। सम्बन्धित निकायले नदीको अवस्थाको निरन्तर निगरानी गरिरहेको र आवश्यक परे थप सूचना जारी गरिने जनाएको छ।

    • प्रकाशित मितिः भदौ १४, २०८३
    • 118 पटक पढिएको
  • भोटेकोशी विपत्तिमा चीनको ठूलो साथ स् ५० टन राहतसहित दुई सैन्य विमान काठमाडौंमा

    काठमाडौं । भोटेकोशी बाढीले नेपालमा ठूलो मानवीय संकट निम्त्याइरहेका बेला चीनले आपत्कालीन राहतसहित उद्धार टोली नेपाल पठाएको छ। चीनबाट ५० टन राहत सामग्री बोकेका जनमुक्ति सेनाका दुई ठूला वाई–२० विमान आइतबार बिहान काठमाडौं आइपुगेका हुन्।करिब बिहान ७ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका दुवै विमानमार्फत ५० टन आपत्कालीन राहत सामग्री नेपाल ल्याइएको चिनियाँ दूतावासले जनाएको छ।चीनको सहयोग राहत सामग्रीमा मात्र सीमित छैन। बाढी प्रभावित क्षेत्रमा उद्धार तथा खोजी अभियानमा सघाउन चार जना चिनियाँ सुरुङ उद्धार विशेषज्ञसमेत अत्याधुनिक उद्धार उपकरणसहित नेपाल आएका छन्।विशेषगरी बाढी र पहिरोका कारण स

    • प्रकाशित मितिः भदौ १४, २०८३
    • 57 पटक पढिएको
  • भोटेकोशी बाढीमा मृतकको संङ्ख्या ७३४ पुग्यो, २ हजार ४ सय ९८ जना अझै बेपत्ता

    काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीको असर तल्लो तटीय जिल्लासम्म फैलिँदा बाढीमा परी मृत्यु हुनेको संख्या ७३४ पुगेको छ। बाढीको बहावसँगै शवहरू रसुवाबाट तलका विभिन्न जिल्लासम्म पुगेपछि मृतकको संख्या ठूलो देखिएको हो।विपद् प्राधिकरणको पछिल्लो विवरणअनुसार चितवनमा मात्रै २५९ जनाको शव फेला परेको छ। त्यस्तै नवलपरासी पूर्वमा १८४, नवलपरासी पश्चिममा ८२, गोरखामा ५८, नुवाकोटमा ५२, धादिङमा ५०, तनहुँमा ३६ र रसुवामा १३ जनाको शव फेला परेको छ।तर, बाढीबाट भएको मानवीय क्षतिको वास्तविक तस्वीर अझै स्पष्ट भइसकेको छैन। २ हजार ४९८ जना अझै सम्पर्कविहीन छन्। बेपत्ताको सूचीमा जलविद्युत् आयोजनामा कार्य

    • प्रकाशित मितिः भदौ १४, २०८३
    • 87 पटक पढिएको
  • रसुवामा खाद्यसामग्री वितरण सुरु

    रसुवा। सरकारले आजदेखि हेलिकप्टरमार्फत बाढी प्रभावित रसुवावासीलाई दाल, चामल, नुन तेललगायतका अत्यावश्यक खाद्यसामग्री वितरण गरेको छ ।बिहान तीनवटा हेलिकप्टरमार्फत १५ क्विन्टल सामग्री प्रभावित क्षेत्रमा पठाइसकेको र थप हेलिकप्टरसमेत प्रयोग गरी बाढीप्रभावित क्षेत्रमा अत्यावश्यक सामग्री उपलब्ध गराइने जिल्ला प्रशासन कार्यालय, रसुवाले जनाएको छ ।भोटेकोशी बाढीले जिल्लाको मुख्य सडक तथा पुल बगाएपछि बाढी प्रभावित खैबी, डाँडा गाउँ, हाकु, ठूलो गाउँ, शेर्पा गाउँ, खाम्जिङलगायतका स्थानमा अत्यावश्यक खाद्यसामग्री पठाएको रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले जानकारी दिनुभयो ।जिल्ला विपद् व्यवस्था

    • प्रकाशित मितिः भदौ १४, २०८३
    • 89 पटक पढिएको
  • भोटेकोशी–त्रिशूली बाढी प्रभावितको कल्याणका लागि पशुपतिमा महारुद्री र गुह्येश्वरीमा चण्डीपाठ

    काठमाडौँ। भोटेकोशी र त्रिशूली नदीमा आएको बाढी, पहिरो तथा अन्य विपद्बाट प्रभावितको कल्याणको कामनासहित पशुपतिनाथ मन्दिरमा महारुद्री, अभिषेक, हवन तथा पूजा र गुह्येश्वरी मन्दिरमा चण्डीपाठ गरिने भएको छ ।पशुपति क्षेत्र विकास कोषले बाढी, पहिरो तथा विपद्बाट प्रभावितको जनजीवन शीघ्र सहज बनोस्, घाइतेको शीघ्र स्वास्थ्यलाभ होस् तथा बेपत्ता भएकाको सकुशल उद्धार होस् भन्ने कामनासहित यही भदौ १६ गते बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म महारुद्री, चण्डीपाठ तथा क्षमापूजा गर्न लागेको हो ।कोष सञ्चालक परिषद्का सदस्य केदारमान भण्डारीका अनुसार राष्ट्रदेव भगवान् पशुपतिनाथमा १२१ जना ब्राह्मणद्वारा महारुद्री, अभिषेक, हवन तथा

    • प्रकाशित मितिः भदौ १४, २०८३
    • 184 पटक पढिएको
  • पहिचान हुन नसकेका शवको देवघाटमा व्यवस्थापन गरिँदै

    नारायणगढ। त्रिशूली तथा नारायणी नदी किनारमा फेलापरेका पहिचान हुन नसकेका शवलाई भविष्यमा आफन्तजनले पहिचान गर्न सक्नेगरी वैज्ञानिक विधिअनुसार चितवनको भरतपुर–१ स्थित देवघाट जङ्गलमा सुरक्षित रूपमा जमिनमुनि व्यवस्थापन गर्न थालिएको छ ।रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण बगेर आएका शवलाई लामो समयसम्म राख्न सम्भव नभएपछि रेडक्रसको अन्तरराष्ट्रिय समिति (आइसीआरसी) को मापदण्डअनुसार वैज्ञानिक ढङ्गले जमिनमुनि व्यवस्थापन सुरु गरिएको हो । चितवनको फिस्लिङदेखि गोलाघाटसम्मको नदी तटमा हालसम्म २५९ शव फेला परेका छन् । तीमध्ये नौ जनाको शवको पहिचान भई आफन्तलाई बुझाइसकिएको छ ।शनिबार पहिचान हुन नसकेका ९६ शवमध्ये पहिलो

    • प्रकाशित मितिः भदौ १४, २०८३
    • 106 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.