समाचार

    Showing 17,651-17,660 of 25,912 items.
  • आयल निगमको कार्यकारी निर्देशकमा चण्डिका प्रसाद भट्ट नियुक्त

    काठमाडौं । नेपाल आयल निगमको कार्यकारी निर्देशकमा चण्डिका प्रसाद भट्ट नियुक्त भएका छन् ।आइतबार बसेको मन्त्रिपरिषद बैठकले भट्टलाई नियुक्त गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

    • प्रकाशित मितिः फागुन ६, २०८०
    • 234 पटक पढिएको
  • दूरसञ्चार प्राधिकरणको अध्यक्षमा भूपेन्द्र भण्डारी नियुक्त

    काठमाडौं । नेपाल दुरुसञ्चार प्राधिकरणको अध्यक्षमा भूपेन्द्र भण्डारीलाई नियुक्त भएका छन् ।आइतबार बसेको मन्त्रिपरिषद बैठकले भण्डारीलाई नियुक्त गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् । प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले राजीनामा दिएपछि पद रिक्त भएको थियो ।भण्डारी सञ्चारमन्त्री शर्माका सूचना प्रविधि सल्लाहकार हुन् ।

    • प्रकाशित मितिः फागुन ६, २०८०
    • 244 पटक पढिएको
  • सशस्त्र प्रहरीका ९ हजार २४९ कर्मचारीले दिए राजीनामा

    काठमाडौँ । पछिल्लो १० वर्षमा सशस्त्र प्रहरी बलमा कार्यरत ९ हजार २४९ जना कर्मचारीले राजीनामा दिएका छन् । पछिल्लो १० वर्षमा ९ हजार २४९ जनाले राजीनामा रोजेको सशस्त्र प्रहरी बलका प्रवक्ता (एसएसपी) राजेन्द्र खड्काले बताए ।राजीनामा दिनुको कारणबारे एसएसपी खड्का भन्छन्,‘अन्यत्र अवसर पाएर राजीनामा दिने गरेको हाम्रो निष्कर्ष छ ।’त्यस्तै, चालु आर्थिक वर्षमा सशस्त्र प्रहरी बलमा कार्यरत ३ सय ४४ जना प्रहरी कर्मचारी कारबाहीमा परेका छन् । २०८० साउन भन्दा पछि कारबाहीमा पर्नेहरूमा प्रहरी उपरीक्षक भन्दा तल्लो तहका कर्मचारी छन् ।

    • प्रकाशित मितिः फागुन ६, २०८०
    • 335 पटक पढिएको
  • कृषिमन्त्री भुसालको राजीनामा माग्दै चितवनका कृषकले सडकमा पोखे दूध

    कृषि मन्त्री बेदुराम भुसालको राजीनामा माग्दै चितवनका दूग्ध किसानहरुले सडकमा दूध पोखेका छन्।दूध बिक्री तथा भुक्तानीमा देखिएको बेतिथीविरुद्धको आन्दोलनका क्रममा उनीहरूले आइतबार सडकमै दूध पोखेर विरोध जनाएका हुन्। भरतपुरको केन्द्रीय बस टर्मिनल चोकमा किसानहरू भेला भएर दुई क्यान दूध सडकमै पोखेर विरोध गरेका हुन्।उनीहरूले कृषि मन्त्री भुसालविरुद्ध चर्को नारा लगाएका छन्। तत्काल कृषिमन्त्री भुसालले राजीनामा दिनुपर्ने बताएका उनीहरूले कडा आन्दोलन गर्ने चेतावनी दिए।चितवन जिल्ला दूग्ध उत्पादक सहकारी संघ लिमिटेडको अगुवाइमा किसानहरू चरणबद्ध आन्दोलनमा उत्रिएका हुन्।

    • प्रकाशित मितिः फागुन ६, २०८०
    • 315 पटक पढिएको
  • भीम उपाध्यायसहित ३ पूर्वसचिव विरुद्ध भ्रष्टाचार मुद्दा

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेलम्ची खानेपानी आयोगजनामा ठेकेदारलाई बढी रकम भुक्तानी गरेर भ्रष्टाचार गरेको भन्दै भीम उपाध्यायसहित ३ जना पूर्वसचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।अख्तियारले पूर्वसचिवहरू भीम उपाध्याय, सञ्जय शर्मा र गजेन्द्र ठाकुरविरुद्ध मुद्दा दायर गरेको हो। अख्तियारले अध्यागमन विभागका महानिर्देशक रुद्रसिंह तामाङविरुद्ध पनि भ्रष्टाचार मुद्दा चलाएको छ। अख्तियारले तीन पूर्वसचिव र अध्यागमन विभागका प्रमुख तामाङसहित १७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा चलाएको हो।भ्याटबाहेक ७ अर्ब ७२ करोड रुपैयाँमा मेलम्चीको ठेक्का सम्झौता गर्दा कानुनले तोकेभन्दा बढी पेश्की मोबि

    • प्रकाशित मितिः फागुन ६, २०८०
    • 365 पटक पढिएको
  • बलम्बुमा गोली चल्यो, दुई जना घाइते

    काठमाडौं । प्रहरी प्रभाग, बलम्बुमा गोली लागेर दुई जना घाइते भएका छन्।इन्स्पेक्टर सुरेन्द्र श्रेष्ठ ड्युटी सकेर जाने क्रममा पेस्तोल बुझाउन कोर्टमा गएका थिए । त्यसक्रममा गोली चलेको हो । गोली लागेर उनको बडीगार्ड र एक सर्वसाधारण घाइते भएका छन् । दुबैको एपीएफ अस्पताल, बलम्बुमा उपचार भइरहेको छ ।घटनाबारे तत्काल छानबिन गर्न एसएसपी भूपेन्द्र खत्रीलाई निर्देशन दिएको उपत्यका प्रहरी प्रमुख एआईजी दीपक थापाले जानकारी दिए ।

    • प्रकाशित मितिः फागुन ६, २०८०
    • 279 पटक पढिएको
  • सशस्त्र प्रहरीका डीएसपी केसी स्वयम्भूबाट पक्राउ

    काठमाडौँ । सशस्त्र प्रहरी बलका डीएसपी तुलसिंह केसीलाई प्रहरीले पक्राउ गरेको छ ।पोखरास्थित नम्बर–४ बाहिनी पोखरामा कार्यरत केसीलाई स्वयम्भूबाट पक्राउ गरिएको उपत्यका प्रहरी कार्यालयका एकजना अधिकृतले बताए ।डीएसपी केसीलाई अहिले प्रहरी वृत्त स्वयम्भूमा राखिएको छ । उनले स्वयम्भूस्थित न्यु इभान पोइन्ट रेस्टुरेन्टमा महिलाको अश्लील भिडियो खिचेको आरोप छ ।पीडितहरूले उनीविरुद्ध प्रहरी वृत स्वयम्भूमा जाहेरी दिएका छन् । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । 

    • प्रकाशित मितिः फागुन ६, २०८०
    • 388 पटक पढिएको
  • जीप दुर्घटनाहुदा एकको मृत्यु, सात घाइते

    काठमाण्डौ  । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ नारीघाटमा गए राति भएको जीप दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने सातजना घाइते भएका छन् ।डुम्रेबाट आँबुखैरेनी जाँदै गरेको बा१६च ४९१८ नम्बरको बोलेरो जीप अनियन्त्रित भई सडकछेउमा पल्टिँदा जीपमा सवार चितवनको इच्छाकामना गाउँपालिका–६ का २२ वर्षीय सागर गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिए । गुरुङको पुरानो मेडिकल कलेज चितवनमा उपचारका क्रममा मृत्यु भएको हो ।दुर्घटनामा चितवनको इच्छाकामना–५ का २२ वर्षीय डम्बरबहादुर गुरुङ, सोही ठाउँका २४ वर्षीय कमल गुरुङ, ४६ वर्षीय रु

    • प्रकाशित मितिः फागुन ६, २०८०
    • 233 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले कोशी, बागमती र  गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहेको छ।दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशसहित देशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा फाटफुट देखि हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा  र बाँकी उच्च पहाडी तथा हिमाली भूभागका एक

    • प्रकाशित मितिः फागुन ६, २०८०
    • 297 पटक पढिएको
  • रौतहटमा प्रहरिले गोलि चलायो, अनिश्चितकालका लागि कर्फ्यू आदेश जारी

    सिराहा । रौतहटमा प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ । ईशनाथ नगरपालिका–७ घिउराटोलमा सरस्वतीको मूर्ति सेलाउने बिषयमा शनिबार साँझ दुई पक्षबीच झडप भएपछि स्थिति नियन्त्रणमा लिन कर्फ्यू आदेश जारी गरिएको हो ।प्रशासनले पूर्वमा जोकाहा गाउँ, पश्चिममा घिउरा, उत्तरमा रामपुरखाप र दक्षिणमा जयनगरसम्मको क्षेत्रमा अनिश्चितकालसम्मको लागि कर्फ्यू आदेश जारी गरिएको जनाएको छ ।दुई पक्षबीच झडपको अवस्था सिर्जना भएपछि स्थिति नियन्त्रणमा लिन कर्फ्यू आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।सरस्तीको मूर्ति सेलाउन लैजान दिने र डिजे बाजा अर्को बाटोबाट लैजान दिने सहमति भए पनि केही उच्छृंखल व्यक्तिहरुले ढु

    • प्रकाशित मितिः फागुन ५, २०८०
    • 233 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.