सिराहा । रौतहटमा प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ । ईशनाथ नगरपालिका–७ घिउराटोलमा सरस्वतीको मूर्ति सेलाउने बिषयमा शनिबार साँझ दुई पक्षबीच झडप भएपछि स्थिति नियन्त्रणमा लिन कर्फ्यू आदेश जारी गरिएको हो ।

प्रशासनले पूर्वमा जोकाहा गाउँ, पश्चिममा घिउरा, उत्तरमा रामपुरखाप र दक्षिणमा जयनगरसम्मको क्षेत्रमा अनिश्चितकालसम्मको लागि कर्फ्यू आदेश जारी गरिएको जनाएको छ ।दुई पक्षबीच झडपको अवस्था सिर्जना भएपछि स्थिति नियन्त्रणमा लिन कर्फ्यू आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।

OM Sai Pathibhara Hospital

सरस्तीको मूर्ति सेलाउन लैजान दिने र डिजे बाजा अर्को बाटोबाट लैजान दिने सहमति भए पनि केही उच्छृंखल व्यक्तिहरुले ढुंगामुडा गरेपछि स्थिति तनावग्रस्त बनेको प्रहरीले जनाएको छ ।त्यसपछि सो भीड नियन्त्रणमा लिन प्रहरी हवाई फायरसमेत गरेको थियो । झडपमा केही स्थानीय घाइते भएका छन् । अहिले घटनास्थलमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।