काठमाडौं । प्रहरी प्रभाग, बलम्बुमा गोली लागेर दुई जना घाइते भएका छन्।

इन्स्पेक्टर सुरेन्द्र श्रेष्ठ ड्युटी सकेर जाने क्रममा पेस्तोल बुझाउन कोर्टमा गएका थिए । त्यसक्रममा गोली चलेको हो । गोली लागेर उनको बडीगार्ड र एक सर्वसाधारण घाइते भएका छन् । दुबैको एपीएफ अस्पताल, बलम्बुमा उपचार भइरहेको छ ।

OM Sai Pathibhara Hospital

घटनाबारे तत्काल छानबिन गर्न एसएसपी भूपेन्द्र खत्रीलाई निर्देशन दिएको उपत्यका प्रहरी प्रमुख एआईजी दीपक थापाले जानकारी दिए ।