समाचार

    Showing 17,191-17,200 of 25,912 items.
  • भन्सार छलेर ल्याइएको ट्रक सशस्त्र प्रहरी बलको टोलीले नियन्त्रणमा

    काठमाण्डौ। भन्सार छलेर ल्याइएको काजु-किसमिस बोकेको ट्रक सशस्त्र प्रहरी बलको टोलीले नियन्त्रणमा लिएको छ।१२ सय किलो काजु र ५ सय ४० किलो किसमिस बोकेको ट्रक सोमबार साँझ जनकपुर उपमहानगरपालिका-१ स्थित सिता चोकबाट प्रहरीले नियन्त्रणमा लिएको हो।विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल सुरक्षा बेस जनकपुरबाट प्रहरी निरीक्षक उमेशकुमार कार्कीको कमान्डमा खटिएको गस्ती टोली र जनकपुर भन्सार कार्यालयबाट अधिकृत रविनलाल दासको कमान्डको संयुक्त टोलीले उक्त काजु तथा किसमिस बरामद गरेको हो।भारतबाट मधेस प्रदेश ०४-००१ ख ०१७१ नम्बरको ट्रकमा ल्याएको २३ लाख २६ हजार मूल्य बराबरको काजु र किसमिस बरामद गरेको सशस्त्र प्रहरी बल न

    • प्रकाशित मितिः जेठ १६, २०८१
    • 331 पटक पढिएको
  • सहकारी ठगीमा संसदीय छानबिन समिति गठनका लागि ४ बुँदे सहमति

    काठमाण्डौ । सहकारी ठगीमा संसदीय छानबिन समिति गठनका लागि सत्तारूढ दल र नेपाली कांग्रेसबीच चार बुँदे सहमति भएको छ।कानुन मन्त्रालयमा बसेको कार्यदलको बैठकमा सहमति जुटेपछि कार्यदलका सदस्यहरुले सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष प्रतिवेदन पेश गरेका हुन् ।कानुन मन्त्री पदम गिरी नेतृत्वमा रहेको कार्यदलमा नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौला, कांग्रेस सहमहामन्त्री जीवन परियार र केन्द्रीय सदस्य ज्ञानेन्द्र कार्की, रास्वपा सांसद शिशिर खनाल थिए।मंगलबारको छलफलमा नेकपा माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डे पनि सहभागी थिए।कार्यदलमा समग्र सहकारीको संरचनात्मक समस्या हेर्ने, समस्या

    • प्रकाशित मितिः जेठ १६, २०८१
    • 410 पटक पढिएको
  • सञ्चारको १ अर्ब बजेट कटौती, सामाजिक सञ्जालमा गरिने विज्ञापनलाई नियमन गर्ने

    काठमाण्डौ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि १८ खर्ब ६० अर्ब ३० करोड बराबरको बजेट अनुमान प्रस्तुत गर्दा सञ्चार तथा सूचना-प्रविधि मन्त्रालयलाई ७ अर्ब ३५ करोड रुपैयाँ विनियोजन गरेका छन् ।चालु आर्थिक वर्षको बजेट प्रस्तुत गरेका निर्वतमान अर्थमन्त्री डा. प्रकाशशरण महतले सञ्चार तथा सूचना-प्रविधि मन्त्रालयका लागि ८ अर्ब ७१ करोड विनियोजन गरेका थिए । वर्तमान अर्थमन्त्री पुनले भने १ अर्ब रुपैयाँभन्दा बढी कटौती गर्दै बजेट छुट्याएका हुन्‌ ।सञ्चारकर्मीको क्षमता अभिवृद्धिका लागि तालिम दिने नयाँ कार्यक्रम पनि पुनले ल्याएको बजेटमा समावेश छ ।आगामी बजेटमा सामाजिक सञ्जाल (फेसबुक,

    • प्रकाशित मितिः जेठ १६, २०८१
    • 281 पटक पढिएको
  • बजेटले बियरको मूल्य बढायो

    काठमाण्डौ । सरकारले पाँच प्रतिशतसम्म अल्कोहल भएको बियरको मूल्य पाँच रूपैयाँले बढाएको छ । यस्तै १७ प्रतिशतभन्दा बढी अल्कोहल भएको वियरको मूल्य प्रतिलिटर १९ रुपैयाँसम्म मूल्य बढाएको छ ।यो मूल्य आजबाट नै लागु हुनेछ । १२ प्रतिशत अल्कोहल भएको बियरको मूल्य प्रतिलिटर १६ रुपैयाँ बढाइएको छ।त्यस्तै, ३९.९४ प्रतिशत अल्कोहल भएको बियरको मूल्य प्रतिलिटर ४० रुपैयाँ र अन्य बियरको मूल्य भने ६० रुपैयाँसम्म मूल्य बढेको बताइएको छ ।

    • प्रकाशित मितिः जेठ १६, २०८१
    • 183 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ । नेपालमा स्थानीय वायुको प्रभावसँगै देशको पूर्वी भूभागमा ‘रेमल’ चक्रवातको आंशिक प्रभाव रहेको छ। हाल देशको कोशी प्रदेश लगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहेको छ। कोशी र बागमती प्रदेशको पहाडी भू-भागको एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ।दिउँसो कोशी प्रदेश लगायत पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ/हावा हुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थान

    • प्रकाशित मितिः जेठ १६, २०८१
    • 250 पटक पढिएको
  • आज आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरिँदै

    काठमाण्डौ । सरकारले आज आर्थिक वर्ष २०८१–०८२ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) सार्वजनिक गर्दैछ ।अर्थमन्त्री वर्षमान पुनले बजेट सार्वजनिक गर्नेछन् ।यसका लागि सङ्घीय संसद्को संयुक्त बैठक दिउँसो १ बजे बोलाइएको छ ।सहकारीको रकम हिनामिना र अपचलनबारे गठन गर्ने भनिएको संसदीय छानबिन समितिको कार्यादेशबारे दलहरू सहमति नजिक पुगेकोले आजको संसद् बैठकमा सौहार्दपूर्ण वातावरणमा बजेट प्रस्तुत हुने देखिएको छ ।

    • प्रकाशित मितिः जेठ १५, २०८१
    • 260 पटक पढिएको
  • कांग्रेस संसदीय दलको बैठक बस्दै

    काठमाण्डौ । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज मंगलबार बस्ने भएको छ ।कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बिहान ११ बजे बैठक बस्न लागेको जानकारी दिए । उनका अनुसार बैठक संघीय संसद् भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बस्नेछ ।कांग्रेसले पछिल्लो समय सहकारी ठगीबारे अनुसन्धान गर्न संसदीय समिति गठन गर्न माग गर्दै संसद अवरुद्ध गर्दै आएको छ । सरकारले आज बजेट ल्याउने तयारी गरिरहेका बेला कांग्रेस संसदीय दलको बैठक बस्न लागेको हो ।

    • प्रकाशित मितिः जेठ १५, २०८१
    • 160 पटक पढिएको
  • आज गणतन्त्र दिवस

    काठमाण्डौ। नेपाली जनताको सङ्घर्ष, बलिदान र परिवर्तनसँग जोडिएको गणतन्त्र स्थापनाका अवसरमा आज(मङ्गलबार)राष्ट्रिय दिवस मनाइँदैछ । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को सशस्त्र युद्ध र सात संसद्वादी राजनीतिक दलको शान्तिपूर्ण आन्दोलनको जगमा तत्कालीन राजा ज्ञानेन्द्र शाहले आफ्नो प्रत्यक्ष शासनसत्तालाई जनतालाई फिर्ता गर्दै २०६३ वैशाख ११ गते तत्कालीन संसद् पुनः स्थापना गरेका थिए भने त्यसपछि गठित सरकारबाट भएको संविधानसभाको निर्वाचनबाट निर्वाचित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते व्यवस्थापिका–संसद्बाट गणतन्त्र स्थापनाको घोषणा गरेको थियो ।सरकारले ‘गणतन्त्र दिवस २०८१’ लाई भव्यरूपमा मना

    • प्रकाशित मितिः जेठ १५, २०८१
    • 351 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ । नेपालमा स्थानीय वायुसँगै देशको पूर्वी भूभागमा ‘रेमल’ चक्रवातको सामान्य प्रभाव रहेको छ। जसको प्रभावले हाल देशको कोशी, मधेस, बागमती, गण्डकी र कर्णाली प्रदेश लगायत बाँकी पहाडी भू-भागमा आंशिक देखि साधरणतया बदली रहेको छ। बागमती प्रदेश र गण्डकी प्रदेशको थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा वर्षा भइरहेको छ।दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा साधारण बदली तथा बाँकी भू-भागमा आंशिकदेखि मौसम मुख्यतया सफा रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा मधेस प्रदेश र कर्णाली प्रदेशका एक–दुई स्थानमा  चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भा

    • प्रकाशित मितिः जेठ १५, २०८१
    • 354 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ । हाल नेपालमा स्थानीय वायु आंशिक प्रभाव रहेको छ । बागमती, गण्डकी र कर्णाली प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । कोशी, बागमती र लुम्बिनी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भैरहेको छ ।दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा देशका बाँकी भू-भागका एक-दुई स्थानमा

    • प्रकाशित मितिः जेठ १२, २०८१
    • 359 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.