काठमाण्डौ। भन्सार छलेर ल्याइएको काजु-किसमिस बोकेको ट्रक सशस्त्र प्रहरी बलको टोलीले नियन्त्रणमा लिएको छ।१२ सय किलो काजु र ५ सय ४० किलो किसमिस बोकेको ट्रक सोमबार साँझ जनकपुर उपमहानगरपालिका-१ स्थित सिता चोकबाट प्रहरीले नियन्त्रणमा लिएको हो।IMG-20240326-WA0001 8विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल सुरक्षा बेस जनकपुरबाट प्रहरी निरीक्षक उमेशकुमार कार्कीको कमान्डमा खटिएको गस्ती टोली र जनकपुर भन्सार कार्यालयबाट अधिकृत रविनलाल दासको कमान्डको संयुक्त टोलीले उक्त काजु तथा किसमिस बरामद गरेको हो।

भारतबाट मधेस प्रदेश ०४-००१ ख ०१७१ नम्बरको ट्रकमा ल्याएको २३ लाख २६ हजार मूल्य बराबरको काजु र किसमिस बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नं ८ गण धनुषा प्रहरीले जानकारी दिएको छ ।