काठमाण्डौ । सहकारी ठगीमा संसदीय छानबिन समिति गठनका लागि सत्तारूढ दल र नेपाली कांग्रेसबीच चार बुँदे सहमति भएको छ।IMG-20240326-WA0001 8

कानुन मन्त्रालयमा बसेको कार्यदलको बैठकमा सहमति जुटेपछि कार्यदलका सदस्यहरुले सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष प्रतिवेदन पेश गरेका हुन् ।

OM Sai Pathibhara Hospital

कानुन मन्त्री पदम गिरी नेतृत्वमा रहेको कार्यदलमा नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौला, कांग्रेस सहमहामन्त्री जीवन परियार र केन्द्रीय सदस्य ज्ञानेन्द्र कार्की, रास्वपा सांसद शिशिर खनाल थिए।

मंगलबारको छलफलमा नेकपा माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डे पनि सहभागी थिए।

कार्यदलमा समग्र सहकारीको संरचनात्मक समस्या हेर्ने, समस्याग्रस्त सहकारीका विषय हेर्ने, गोरखा मिडिया नेटवर्कसँग सम्बन्धित व्यक्तिमाथि छानबिन गर्ने र गोरखा मिडिया नेटवर्कमा पैसा गएका सहकारीको छानबिन गर्ने विषयमा सहमति भएको छ।

टीओआरमा गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख नभए पनि उनी जोडिएको गोर्खा मिडिया, यसमा संलग्न भएका व्यक्तिमाथि पनि छानबिन हुने उल्लेख छ।

  

सहकारी छानबिन समितिमा कुन दलबाट को सांसद?

सहकारीको बचत ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन हुने भएको छ।मंगलबार साँझ सवा ६ बजे बस्ने प्रतिनिधि सभा बैठकबाट संसदीय छानबिन समिति गठनसम्बन्धी प्रस्ताव प्रस्तुत भई पारित गर्ने कार्यसूची छ।

संसदीय समिति सात सदस्यीय बनाउने दलहरूबीच सहमति छ। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबाट सांसदहरू बद्री पाण्डे र ईश्वरी न्यौपाने सदस्य रहने छन्।

सत्तारूढ नेकपा एमालेबाट सांसदहरू सूर्य थापा र सरिता भुसाल रहने छन्। यस्तै नेकपा माओवादी केन्द्रबाट लेखनाथ दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिशिर खनाल र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ध्रुवबहादुर प्रधान सदस्य रहने छन्