समाचार

    Showing 17,171-17,180 of 25,910 items.
  • झापाका ६ अस्पतालमा मिर्गौलाको निःशुल्क डाइलासिस सेवा

    भद्रपुर । नेपाल सरकारद्वारा सञ्चालित विपन्न नागरिक उपचार कोष अन्तर्गत निःशुल्क हेमोडाइलासिस सेवा प्रदान गरिदै आइएको छ । सोही कोष अन्तर्गत झापाका छ वटा अस्पतालबाट मिर्गौला रोगीका बिरामीले निःशुल्क हेमोडाइलासिस सेवा पाउन थालेका छन् । झापाका बीएन्डसी टिचिङ अस्पताल, ओमसाई पाथिभरा हस्प्टिल, प्रादेशिक अस्पताल, लाइफलाइन अस्पताल, मनमोहन सामुदायिक अस्पताल र पूर्णटुंग बिर्तासिटी अस्पतालमा यो सेवा सुरु गरिएको हो ।बीएन्डसी टिचिङ अस्पतालले आइतबारदेखि पाँच वटा मेसिनमार्फत हेमोडाइलासिस सेवा सुरु गरेको अस्पतालका जनसम्पर्क अधिकृत प्रमिश गिरीले बताएका छन । उनका अनुसार अस्पतालमा ‘पेइङ डाइलासिस’ सेवा पह

    • प्रकाशित मितिः जेठ २१, २०८१
    • 304 पटक पढिएको
  • जिप दुर्घटना हुदा ६ भारतीय पर्यटक घाइते

    काठमाण्डौ  ।   चितवनमा पर्यटक बोकेको जिप दुर्घटना हुँदा ६ भारतीय नागरिक घाइते भएका छन । चितवनको कुमरोज सामुदायिक वन हुँदै चितवन राष्ट्रिय निकुञ्जतर्फ जाँदै गरेको ना–४ च ८८५५ नम्बरको जिप आज खैरहनी नगरपालिका–१२ दराई ताल नजिक दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।उक्त जिप अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । दुर्घटनामा घाइते भएका सबै भारतको महाराष्ट्र प्रान्तको मुम्बईको बेण्डाली थानाका रहेका प्रहरीले जानकारी दिएको छ ।घाइते हुनेमा ५२ वर्षीया सुस्मिता सुदेश खाडिया, ७४ वर्षीया रेखारामचन्द्र जादव, ६० वर्षीय सुदेशशङ्कर खाडिया, ६४ वर्षीय विजय मो

    • प्रकाशित मितिः जेठ २१, २०८१
    • 228 पटक पढिएको
  • सिक्किम आइपुग्यो मनसुन, कहिले आइपुग्छ नेपाल ?

    काठमाण्डौ। यस वर्षको मनसुनी प्रणाली भारतको सिक्किम आइपुगेका छन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार भारतको पूर्वी-उत्तर भूभाग, बंगलादेश, भुटान हुँदै मनसुनी प्रणाली सिक्किम पुगेका हुन् ।औसत नेपालमा १३ जुनमा मनसुन भित्रिने गर्छन् । यसपटक निर्धारित समयमै मनसुन भित्रिने अनुमान गरिएको मौसमविद् गोविन्द झाले बताए । उनले भने, ‘अहिलेसम्मको स्थिति हेर्दा औसत समयमै मनसुन भित्रिने देखिन्छ । तर, यसबीचमा अन्य प्रणालीको असर कस्तो हुन्छ, त्यसमा भर पर्ने भएकाले अहिले नै भन्न सकिँदैन।’नेपालको पूर्वी भेगबाट मनसुन प्रवेश गरेर पश्चिमसम्म पुग्न कम्तीमा एक साता लाग्छ, गत वर्ष भने २३ दिन लागेको थियो । मनसुन देशभर फैल

    • प्रकाशित मितिः जेठ २१, २०८१
    • 227 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ । देशका केही भू–भागमा आज वर्षाको सम्भावना छ । केही क्षेत्रमा बिहानैदेखि वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार कोसी प्रदेशलगायत देशका पहाडी भू–भागमा बिहान आंशिकदेखि साधारणतया बदली रहेको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मुख्यतया मौसम सफा छ । कोसी र गण्डकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ।दिउँसो कोसी, मधेस, वाग्मती, गण्डकी र कर्णाली प्रदेशलगायत पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । कोसी, मधेस, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानमा तथा बाँकी भू–भागका एकदुई

    • प्रकाशित मितिः जेठ २१, २०८१
    • 276 पटक पढिएको
  • इलाममा आमा-छोरा मृत फेला

    काठमाण्डौ   । इलाममा झुण्डिएको अवस्थामा आमा-छोरा मृत फेला परेका छन ।इलाम नगरपालिका-२ सुम्बेक पराजुली गाँउमा ४३ वर्षीया फूलमाया तामाङ्ग र २० वर्षीय छोरा जीवन झुण्डिएको अवस्थामा घरमै मृत फेला परेका हुन।फूलमायाका श्रीमान फुर्देन तामाङ घरमा नभएको बेला उनिहरूले आत्महत्या गरेको बुझिएको हो ।शनिबार पनि आमा छोराबिच विवाद सामान्य भएको थियो । विवाद पछि आमा फूलमायाले गाउँलेलाई लिएर आउँछु भनेर बोलाउन निस्किएकी थिइन् । आमा निस्केको मौका पारेर छोरा झुन्डिएका थिए ।बुवा फुर्देन तामाङ घरमा नभएको बेला उनीहरू मृत भेटिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरिल

    • प्रकाशित मितिः जेठ २०, २०८१
    • 336 पटक पढिएको
  • गृहमन्त्री लामिछानेविरुद्धको दर्ता भएको रिटमा आज सुनुवाइ

    काठमाण्डौ  ।  उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासमा पेसी तोकिएको छ । गृहमन्त्री लामिछानेविरुद्ध अधिवक्ता अनुपम भट्टराईले दर्ता गरेको रिटमा आज सुनुवाइ हुन लागेको हो ।अधिवक्ता भट्टराईले गृहमन्त्री लामिछाने पदमा रहेर सहकारी ठगीको छानबिन निष्पक्ष नहुने भनी निलम्बनको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।लामिछानेविरुद्ध सहकारी ठगीको कुनै मुद्दा छैन भन्ने महान्यायाधिवक्ता कार्यालयको पत्र खारेज गर्न समेत माग गरिएको छ ।रिटमा महान्यायाधिवक्ता कार्यालय, महान्यायाधिवक्ता दिनमणि पोखरेल र गृहमन्त्री लामिछानेलाई विपक्ष

    • प्रकाशित मितिः जेठ २०, २०८१
    • 374 पटक पढिएको
  • उड्न लागेको श्री एयरलाइन्सको जहाज धावनमार्गबाट पुन: पार्किङमा फर्काइयो

    काठमाण्डौ । काठमाडौंबाट धनगढी उड्न लागेको श्री एयरलाइन्सको जहाज धावनमार्ग नजिकैबाट पुन: पार्किङमा फर्काइएको छ ।त्रिभुवन विमानस्थल स्रोतका अनुसार एसएचए २२१ उडान नम्बरको ९एनएएनएस जहाज धावनमार्ग फर्काइएको हो ।जहाजभित्र इन्धनको गन्ध आएको र थप प्राविधिक परिक्षणका लागि जहाज फिर्ता बोलाइएको स्रोतले जनाएको छ ।विमानस्थलको तालिका अनुसार जहाज काठमाडौं बाट ८:२५ मा उडिसक्नु पर्ने थियो ।

    • प्रकाशित मितिः जेठ २०, २०८१
    • 278 पटक पढिएको
  • सशस्त्र प्रहरिद्वारा २ सय ८० किलो गाँजा बरामद

    काठमाण्डौ । सशस्त्र प्रहरीले आइतबार बिहान करिव ७ बजे उदयपुरको बेलका नगरपालिका–८ सिसौलीघाटबाट सशस्त्रकरिव २ सय ८० किलो गाँजा बरामद गरेको छ ।सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश रामपुरले एरिया गस्ती गर्दै जाने क्रममा सिसौली घाटको जंगलमा ६ वटा बोरामा लुकाइ छिपाइ राखेको अवस्थामा सो परिमाणको गाँजा बरामद गरेको हो ।  सशस्त्र प्रहरीले २ थान ट्युब र सानो ठेला गाडा १ थानसमेत बरामद गरेको छ ।सो गाँजा ट्युबसहित भएकाले कोशी नदी हुँदै तस्करी गर्न लागिएको आशंका गरिएको छ । बरामद गाँजा र अन्य सामान आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रियामा रहेको सशस्त्र प्रहरी बलले जनाएको छ ।

    • प्रकाशित मितिः जेठ २०, २०८१
    • 304 पटक पढिएको
  • ट्रयाक्टर दुर्घटना हुदाँ २ जनाको मृत्यु, २४ जना घाइते

    सप्तरी । सप्तरीको कञ्चनपुर राजविराज हुलाकी सडक खण्डको महुली र सुन्दरी पुलको विचमा पर्ने सुब्बाटोल नजिक सडकमा ट्रयाक्टर दुर्घटना हुदाँ २ जनाको घटनास्थलमै मृत्यु भएको छ भने २४ जना घाइते भएका छन्।शनिवार बेलुका करिब ७ बजेको समयमा हुलाकी सडक भएर राजविराज तर्फबाट आँप लिए कञ्चनपुर आउँदै गरेको अवस्थामा स १ त ६२९५ नम्बरको ट्रयाक्टर दुर्घटना हुदाँ घटना स्थलमै २ जनाको मृत्यु भएको सप्तरी प्रहरी प्रवक्ता डुण्डिराज न्यौपानेले जानकारी दिए। मृत्यु हुनेमा सिरहा लाहान १९ बस्ने ३२ को मोहम्मद इसाद र सप्तरीको कञ्चनरुप नगरपालिका–७ का २१ सुशिल राम रहेको न्यौपानेको भनाइ छ।घाइते मध्ये १४ जनाको विराटनगरको गोल्डेन सिटी

    • प्रकाशित मितिः जेठ २०, २०८१
    • 456 पटक पढिएको
  • सुनसरीबाट सशस्त्र प्रहरीले स्रोत नखुलेको १ करोड १ लाख रुपैयाँ सहित एक जना पक्राउ

    काठमाण्डौ । सुनसरीबाट सशस्त्र प्रहरीले श्रोत नखुलेको १ करोड १ लाख नेपाली रुपैयाँ बरामद गरेको छ ।शनिबार राति ०८:३० बजेको समयमा सुनसरीको हरिनगर गाउँपालिका-५ दुर्गा मन्दिर स्थित सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बसन्तपुरको चेकप्वाईन्ट टोलीले घुस्की नाकाबाट हरिनगरतर्फ जाँदै गरेको बा १६ च ७६१३ नम्बरको कारलाई शङ्का लागि चेकजाँच गर्दा कारभित्र बोरामा लुकाइछिपाइ राखेको सो रकम बरामद भएको हो ।बरामद भएको रकममा १ हजार दरको नोट ९ हजार ७ सय थान (९७ लाख) र ५ सय दरको ८ सय थान (४ लाख) रहेको छ । रकमसँगै कार र चालक हरिनगर गाउँपालिका-५ बस्ने अन्दाजी ३७ वर्षीय ईसा अन्सारीलाई नियन्त्रणमा लिइएको छ । प्र

    • प्रकाशित मितिः जेठ २०, २०८१
    • 472 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.