भद्रपुर । नेपाल सरकारद्वारा सञ्चालित विपन्न नागरिक उपचार कोष अन्तर्गत निःशुल्क हेमोडाइलासिस सेवा प्रदान गरिदै आइएको छ । सोही कोष अन्तर्गत झापाका छ वटा अस्पतालबाट मिर्गौला रोगीका बिरामीले निःशुल्क हेमोडाइलासिस सेवा पाउन थालेका छन् । IMG-20240417-WA0001 2

झापाका बीएन्डसी टिचिङ अस्पताल, ओमसाई पाथिभरा हस्प्टिल, प्रादेशिक अस्पताल, लाइफलाइन अस्पताल, मनमोहन सामुदायिक अस्पताल र पूर्णटुंग बिर्तासिटी अस्पतालमा यो सेवा सुरु गरिएको हो ।

OM Sai Pathibhara Hospital

बीएन्डसी टिचिङ अस्पतालले आइतबारदेखि पाँच वटा मेसिनमार्फत हेमोडाइलासिस सेवा सुरु गरेको अस्पतालका जनसम्पर्क अधिकृत प्रमिश गिरीले बताएका छन । उनका अनुसार अस्पतालमा ‘पेइङ डाइलासिस’ सेवा पहिल्यैदेखि सञ्चालनमा थियो । आगामी एक महिनाभित्र २० वटा मेसिन थपेर सेवा विस्तार गर्ने तयारी भइरहेको उनले बताए ।

झापामा सबैभन्दा बढी १९ वटा मेसिन राखेर ओमसाई पाथिभरा अस्पतालले डाइलासिस सेवा दिइरहेको छ । अस्पतालका व्यवस्थापक मनोज दाहालका अनुसार ओमसाईले भद्रपुरबाहेक लहान र इटहरीबाट समेत मिर्गौला रोगीका लागि हेमोडाइलासिस सेवा उपलब्ध गराइरहेको छ ।

भद्रपुरको प्रादेशिक अस्पतलामा १३ वटा, बिर्तासिटीमा पाँच वटा र मनमोहन अस्पतालमा पाँच वटा मेसिन राखेर विरामीहरुलाई डाइलासिस सेवा दिइने गरेको छ ।

झापाका अस्पतालहरुमा हेमोडाइलासिस सेवा विस्तार भएसँगै पूर्वी नेपालको झापा, इलाम, पाँचथर र ताप्लेजुङका मिर्गौला रोगीहरुले हेमोडाइलासिसका लागि धरान र बिराटनगर धाउनु पर्ने बाध्यता हटेको छ ।