काठमाण्डौ । इलाममा झुण्डिएको अवस्थामा आमा-छोरा मृत फेला परेका छन ।
इलाम नगरपालिका-२ सुम्बेक पराजुली गाँउमा ४३ वर्षीया फूलमाया तामाङ्ग र २० वर्षीय छोरा जीवन झुण्डिएको अवस्थामा घरमै मृत फेला परेका हुन।
फूलमायाका श्रीमान फुर्देन तामाङ घरमा नभएको बेला उनिहरूले आत्महत्या गरेको बुझिएको हो ।शनिबार पनि आमा छोराबिच विवाद सामान्य भएको थियो । विवाद पछि आमा फूलमायाले गाउँलेलाई लिएर आउँछु भनेर बोलाउन निस्किएकी थिइन् । आमा निस्केको मौका पारेर छोरा झुन्डिएका थिए ।
बुवा फुर्देन तामाङ घरमा नभएको बेला उनीहरू मृत भेटिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरिले जनाएको छ ।