समाचार

    Showing 16,991-17,000 of 23,767 items.
  • सुजुकी फ्रोङ्क्स र जिम्नीको मूल्य सार्वजनिक

    काठमाडौं / नेपाली बजारमा उपलब्ध सुजुकीका दुई मोडल फ्रोङ्क्स र जिम्नीको मूल्य सार्वजनिक भएको छ । नेपालका लागि आधिकारिक वितरक सीजी मोटर्सले यी दुई सवारी साधनको मूल्य सार्वजनिक गरेको हो ।केही दिन पहिले देखि नै बुकिङ खुला गरिएको यी दुई सवारी साधनको मूल्य साउन ८ गते सार्वजनिक गर्ने पहिले नै घोषणा गरिएको थियो ।सुजुकी जिम्नी दुई भेरियन्टमा उपलब्ध हुनेछ । ती मध्ये जिम्नी जेटाको मूल्य ५९ लाख ९९ हजार र जिम्नी अल्फाको मूल्य ६४ लाख ४९ हजार रुपैयाँ हुनेछ ।त्यसैगरी सुजुकी फ्रोङ्क्स तीन भेरिएन्ट सिग्मा, डेल्टा र डेल्टा प्लस भेरिएन्टमा उपलब्ध हुनेछ । यी भेरिएन्टको मूल्य क्रमशः ३९ लाख ९९ हजार, ४१ लाख ९९ हजार र

    • प्रकाशित मितिः साउन ८, २०८०
    • 115 पटक पढिएको
  • रिलिज अघि नै करण जोहरको फिल्म ‘रकी और रानी’ को कमाइ १६० करोड

    एजेन्सी / बलिउड निर्देशक तथा निर्माता करण जोहरको फिल्म ‘रकी और रानी की प्रेमकथा’ यही आउँदो जुलाई २८ मा हलमा रिलिज हुँदैछ । फिल्मले भने रिलिज अगावै बजेटको ९० प्रतिशत लगानी रिकभर गरिसकेको छ । बलिउड सञ्चारमाध्यमका अनुसार १६० करोडको बजेटमा बनेको यो फिल्मको प्रिन्ट र पब्लिसिटीमा १८ करोड रुपैयाँ खर्च भएको छ । यस्तो अवस्थामा फिल्मको कुल लागत १७८ करोड भारु हुन्छ ।फिल्मले अहिलेसम्म डिजिटल राइट्सबाट ८० करोड र स्याटेलाइट राइट्सबाट ५० करोड कमाएको छ । यसबाहेक निर्माताले यसको संगीत अधिकार ३० करोडमा बेचेका छन् । यी सबै सहित अहिलेसम्म १६० करोड रुपैयाँ असुल भइसकेको छ । यसरी हेर्दा फिल्म बक्स अफिसमा सुरक्षित अव

    • प्रकाशित मितिः साउन ८, २०८०
    • 104 पटक पढिएको
  • सवारी ज्यान मुद्दामा फरार रहेका झापा गौरादहका कार्की पक्राउ

    बिर्तामोड / सवारी ज्यान मुद्दामा फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको गौरादह नगरपालिका वडा नं १ का ५५ वर्षीय चित्र बहादुर पृथ्वीबहादुर कार्की रहेका छन् । जिल्ला प्रहरी कार्यालय झापाबाट फैसला कार्यन्वयनको लागि खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । झापा जिल्ला अदालतको मिति २०७८/१२/१० गतेको फैसला अनुसार सवारी ज्यान मुद्दामा फरार रहेका प्रतिवादी कार्कीलाई शुक्रवार पक्राउ गरी शनिवार फैसला कार्यन्वयनको लागि झापा जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराइएको  हो । फरार प्रतिवादी कार्कीलाई २ महिना कैद २ हजार जरिवाना र दुई सय रुपैयाँ  पीडित राहत कोष

    • प्रकाशित मितिः साउन ८, २०८०
    • 139 पटक पढिएको
  • पहिरोमा परि २ जनाको मृत्यु , ३ जना घाइते

    झापा / बैतडीको पुर्चौडी नगरपालिका -२ मा पहिरोले घर पुरिँदा आमाछोराको मृत्यु भएको छ । नगरपालिकाको भैरु टोलमा घर पुरिँदा २५ वर्षीय अञ्जु जागरी र उनका छोरा ५ वर्षीय रिजनको मृत्यु भएको हो । मृतक अञ्जुका सासूआमा ४५ वर्षीया राइमती र देवर १७ वर्षीय गोब्बर जागरी घाइते छन् । सोही घरमा पाहुना बस्न आएकी छिमेकी ६० वर्षीय जस्मा बोहरा पनि घाइते भएकी छन् । मृतक अञ्जुका श्रीमान भने रोजगारीको सिलसिलामा भारतमा रहेको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख, प्रहरी निरीक्षक कमल प्रसाद चौधरीले जानकारी दिए । 

    • प्रकाशित मितिः साउन ८, २०८०
    • 132 पटक पढिएको
  • दादागिरी शैलीमा उत्रँदै धरानका हर्क मेयर सम्पाङ , अर्काको नम्बरी जग्गामा गरे वृक्ष रोपण

    बिर्तामोड / पछिल्लो समय विभिन्न कारणले विवादित बन्दै गएका धरानका मेयर हर्क साम्पाङले सर्दु जलाधार क्षेत्रको जग्गा भन्दै व्यक्तिले भोगचलन गरिरहेको जग्गामा वृक्षारोपण गराएका छन् । उनले हिजो दादागिरी शैलीमा आएर जग्गाधनीलाई प्रहरीले लछारपछार गर्दै वृक्षारोपण गराइएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । मेयर साम्पाङले वृक्षारोपण गराएको जग्गा धरान ४ छोटी मोरङ भन्ने स्थानमा पर्छ । जग्गाको भोगचलन भने स्थानीय रोशन अधिकारीले गरिरहेका छन् । उनको नाममा जग्गाधनी पुर्जासमेत छ । अधिकारी पर्यटन व्यवसायी हुन् । उनले सो जग्गाबाट प्याराग्लाइडिङ उडान गराउने गरेका छन् । अधिकारीले त्यहाँ पक्की घरसमेत बनाएका छन् ।

    • प्रकाशित मितिः साउन ७, २०८०
    • 789 पटक पढिएको
  • अब विदेश भ्रमणमा जानेले २५ सय डलर सटही सुविधा पाउने

    काठमाडौँ / विदेश भ्रमणमा जाने नेपाली नागरिकले पाउने सटही सुविधा बढेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिमा  भारतबाहेक अन्य मुलुकको भ्रमणमा जाने नेपाली नागरिकलाई राहदानी सुविधाबापत एक वर्षमा दुई पटकसम्म अमेरिकी डलर दुई हजार पाँचसम्म सटही सुविधा उपलब्ध गराउने भएको हो । हाल त्यस्तो सुविधा अमेरिकी डलर एक हजार पाँच सय बराबर मात्रै थियो । 

    • प्रकाशित मितिः साउन ७, २०८०
    • 124 पटक पढिएको
  • ललिता निवास जग्गा प्रकरण : थप एकजना पक्राउ

    काठमाडौँ / काठमाडौंको बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा गरेको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तत्कालीन नापीका कर्मचारी अरुणकुमार श्रेष्ठ छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले आइतबार उनलाई  जोरपाटीस्थित घरबाट पक्राउ गरेको हो।सिआइबीका एसएसपी दिनेश आचार्यका अनुसार सरकारी जग्गा व्यक्तिको नाममा गर्नमा उनले पनि भूमिका खेलेका थिए । यो प्रकरणमा हालसम्म पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ लगायत १९ जना पक्राउ परिसकेका छन् ।

    • प्रकाशित मितिः साउन ७, २०८०
    • 134 पटक पढिएको
  • साताको पहिलो दिन आज सुनचाँदीको मूल्यमा गिरावट

    काठमाडौं / साताको पहिलो दिन आज आइतबार सुन र चाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा ५०० र चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ । आज छापावाल सुनको मूल्य एक लाख १२ हजार ३००, तेजाबी सुनको मूल्य एक लाख ११ हजार ७५० र चाँदीको मूल्य तोलामा एक हजार ४६५ रुपैयाँ कायम भएको छ । शुक्रबार छापावाल सुन एक लाख १२ हजार ८००, तेजाबी एक लाख १२ हजार २५० रुपैयाँ र चाँदी १४ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।

    • प्रकाशित मितिः साउन ७, २०८०
    • 140 पटक पढिएको
  • ड्युटीमा रहेका ट्राफिक प्रहरी कुट्ने २६ वर्षीय युवक पक्राउ

    काठमाडौँ / ड्युटीमा रहेका ट्राफिक प्रहरी कुटपिट गर्ने एक युवकलाई हरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ताप्लेजुङ घर भई चापागाउँ दोबाटोमा मोबाइल पसल गर्ने २६ वर्षीय विश्वास राई छन् । राईले दिउँसो ललितपुरको चापागाउँ दोबाटोमा ड्युटीमा खटिएका ट्राफिक प्रहरी हवलदार सुनिल शाहमाथि राईले निर्घात कुटपिट गरेका थिए । राईलाई सोही दिन पक्राउ गरी सातदोबाटो प्रहरी वृत्तमा राखिएको छ । उनीविरूद्ध अभद्र व्यवहारमा मुद्दा चलाउने र घटनाबारे थप अनुसन्धान भइरहेको एसपी कार्कीले जानकारी दिए ।

    • प्रकाशित मितिः साउन ७, २०८०
    • 138 पटक पढिएको
  • अज्ञात समुहद्धारा नेपाल-भारत सीमा क्षेत्रमा महिलाको गोली हानी हत्या

    झापा / हिजो शनिबार राति मोटरसाइकलमा सवार दुईजना अज्ञात व्यक्तिले अन्दाजी ३५ वर्षीया महिलालाई  गोली हानी हत्या गरेका छन् । नेपाल-भारत सीमा क्षेत्रमा पर्ने धनुषाको मुखियापट्टि मुसहरनिया गाउँपालिका २ स्थित दशगजा पारी  महिलाको  हत्या गरेका हुन् । हत्या हुने महिलाको पहिचान भने खुलेको छैन । ती महिला नेपाली हुन् कि भारतीय भन्ने पनि नखुलेको धनुषा प्रहरीले जनाएको हो । घटना दशगजा पारी भए पनि सीमा क्षेत्रमा भएकाले धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्कासहितको टोली घटनास्थल पुगेको थियो । भारतीय भूमिमा घटना भएकाले भारतीय प्रहरीले लास पोस्टमार्टमका लागि लगेको धनुषाका प्रहरी प्रवक्ता डीएसप

    • प्रकाशित मितिः साउन ७, २०८०
    • 151 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.