काठमाण्डौ  ।   हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपासमा र पश्चिममा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको छ । बिहान कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मुख्यतया सफा रहेको छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

OM Sai Pathibhara Hospital

दिउँसो कोशी, मधेश, वागमती, गण्डकी र लुम्बिनीका अधिकांश तथा कर्णाली र सुदूरपश्‍चिमका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, मधेश, वागमती, गण्डकी र लुम्बिनीका थोरै तथा सुदूरपश्‍चिम र कर्णालीका १/२ स्थानमा भारी वर्षाको सम्भावना छ। यस्तै, कोशी, मधेश, वागमती, गण्डकी र लुम्बिनीका १/२ स्थानमा धेरै भारीदेखि अति भारी वर्षाको सम्भावना छ।

राति कोशी, मधेश, वागमती, गण्डकी र लुम्बिनीका धेरै तथा कर्णाली र सुदूरपश्‍चिमका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, मधेश, गण्डकी, लुम्बिनी र सुदूरपश्‍चिमका थोरै स्थानमा  भारी वर्षाको सम्भावना छ। यस्तै, कोशी, मधेश र गण्डकीका १/२ स्थानमा धेरै भारी वर्षाको सम्भावना छ।