चितवन ।  नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहित आएको पहिरोले बगाएर त्रिशूली नदीमा दुईवटा बस बेपत्ता भएका छन् । ती बसमा चालकसहित ६५  जना रहेका  चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए।

यादवका अनुसार शुक्रबार बिहान ३:३० बजे दुई बस त्रिशूलीमा खसेका हुन् । काठमाडौंबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स र वीरगन्जबाट काठमाडौँ जाँदै गरेको एञ्जल बस त्रिशूलीमा खसेको हो। 

प्रजिअ यादवका अनुसार  गौर जाँदै गरेको बसमा ४१ र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको बसमा २४ जना रहेका थिए । उनले भने, 'हामी घटनास्थलमा छौँ । पानी परिरहेकाले छ । उद्धारको काम थालिएको छ । पहिरो पन्छाउन सुरु गरिएको छ ।' उनले ती बसमा रहेका यात्रुको  यकिन विवरण प्राप्त भइ नसकेको बताए।