काठमाण्डौ  ।   भैरहवा विमानस्थलको रनवेमा बुद्ध एयरको जहाज चिप्लिएर घाँसे मैदानमा पुगेको छ।

भैरहवामा बुद्ध एयरको जहाज रनवेमा चिप्लिएर धावनमार्गबाहिर पुगेको छ । जहाज अवतरण गर्ने बेलामा चिप्लिएको थियो । ५९ यात्रु बोकेर भैरहवा गएको उडान नम्बर ८०५ को जहाज पूर्वबाट पश्चिमतर्फ अवतरण गर्ने क्रममा भारी वर्षाका कारण चिप्लिएको बताइएको छ ।  

OM Sai Pathibhara Hospital


बिहिबार राति ९ बजेको समयमा काठमाडौंबाट भैरहवा गएको नाइन एन-एओसी जहाज रनवेमा चिप्लिएको हो। उडान नम्बर ८०५ को सो जहाज भारी वर्षाका कारण चिप्लिएको बताइएको छ।


विमानस्थल सुरक्षा प्रहरीका अनुसार जहाजकाे केही भाग घाँसे मैदानमा पुगेकाे थियाे। बुद्ध एयरका अनुसार सम्पूर्ण यात्रु र चालक दलका सदस्य सुरक्षित छन्। काठमाडौंबाट आजै प्राविधिक टिम त्यसतर्फ पठाइएको छ। 

Screenshot_2024_0712_095144

जहाज सोही ठाउँमै रहेका कारण अन्य उडान ठप्प रहेको छ । जहाज धावनमार्गमा रहेका कारण विमानस्थल बन्द भएको हो । राति नै बुद्ध एयरको प्राविधिक र प्रहरीले तान्ने प्रयास गरे पनि सफल हुन नसकेपछि अहिले काठमाण्डौंबाट प्राविधिक टोली पठाइएको बताइएको छ ।

सबै यात्रु सकुशल रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय बिमानस्थल सुरक्षा प्रमुख एसएसपी रमेशकुमार बस्नेतबाट जानकारी दिएका छन।